Posted by: Birkhe_Maila January 29, 2006
KAVITAKO DESH
Login in to Rate this Post:     0       ?        
समय बोल्छ - एक्लै थिएँ म। र म हेर्दै थिएँ वर्तमानहरु। अनायाशै, म जस्ता करोडौँ मान्छे हरुबाट म घेरिएँ र मलाइ मेरो कर्तव्यबोध भयो! मैले त, मेरो अस्तित्व ढाक्ने क्रुर कालो बादललाई हटाउनु छ, म बोल्न खोज्दा मेरो मुख थुन्ने कालो हातलाई काट्नु छ। मैले त, म हाँस्न र नाच्न पाउने चौरको पर्खाल फोर्नु छ, मेरो गाउँको मन्दीर बाट त्यो दानवको मुर्ती फाल्नु छ! र भन्नु छ मैले गाउँले लाई, धेरै पुज्यौँ हामिले दानवलाई! धेरै बली दियौँ, दाईको,भाईको,बुबाको, काकाको र हजूरबाको। अब बलीलाई रोक्नु छ। अब त पुरा गाउँलाई नै मन्दीर बनाउनु छ, जहाँ सबैको अस्तित्व सबैलाई स्विकार्य हुनेछ। त्यसैले, अहिले त लाखौँ ढुकढुकीहरुले मलाई परिवर्तन गरिसके। मलाइ शुद्ध पारिसके ती आवाजहरुले, जुन बर्षौँ देखी गुम्सिएका थिए, छोपिएका थिए र दबाईएका थिए! म त अहिले, बिशुद्ध स्वतंत्र हावा हुँ। जसको अस्तित्व छ , गति छ र बल छ। बाटोमा आउने जुनसुकै पर्खाललाई पनि भत्काउने साहस छ। बहावलाई रोक्न खोज्ने जुनसुकै अवरोधलाई पनि हटाउन सक्ने सामर्थ्य छ। किनकी, अब म संग म जस्ताहरुको जमात नै छ। जुन पर्याप्त छ, हामी सबैलाई थिच्ने र मिच्ने दानवलाई धर्ती बाट फाल्न!
Read Full Discussion Thread for this article