Gautam B.
Replies to this thread:

More by Gautam B.
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 KAVITAKO DESH

[Please view other pages to see the rest of the postings. Total posts: 305]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 101030 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 11-28-05 11:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"कविताको देश"

मैले साझामा बिभिन्न धागाहरुमा छरेर टाँसेका छन्दविहीन कविताहरुलाई एकै ठाऊँमा ल्याउन र अब टाँस्ने कविताहरुलाई पनि यसैमा टाँस्न भनेर यो नया धागो फुकाको हुँ।

साझामा आउनु मेरो लागि जीवनको सानोतिनो क्रान्तिनै भएजस्तो मानेको छु मैले, विशेष गरी मेरो रोकिएको लेखन यात्रामा फेरि गति आएकोमा । नेपाली भाषा मेरो जिन्दगीको मिठास जस्तो लाग्छ मलाई। साझामा मिल्ने प्रतिकृयाहरुले मलाई धेरै सुधारेका छन्, मेरो जिन्दगीमा
"मिठास" थपेका छन् ।

यो धागोमा सबै साथीहरुलाई सकृय सहभगिताको लागि स्वागत छ।
साथीहरुका कविताहरु पनि पढ्न पाउने आशा गरेको छु।
***********************************************************

पहिले टाँसिसकेका कविताहरुबाट शुरु गर्दैछु। सबभन्दा पहिला, मेरो कविताको
"परिभाषा" बाटै ।



"मेरो कविता"


दिनभरि यन्त्रहरू, यान्त्रिक समीकरणहरू र रेखाहरूसँग

यन्त्रवत् चलेपछि,

साँझ पर्दासम्म

मुटु यन्त्रवत् टुक्रिएर चोइटा चोइटा बनिसक्छ;

म थुपार्छु चोइटाहरू

र कलमको अगुल्टो झोसेर फुकिदिन्छु,

हुर्हुरी बल्छ मेरो कविताको आगो

र म एकपटक फेरि जन्मन्छु ।
 
Posted on 02-03-06 6:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

this is a work in progress
i dont quite like the way it scans yet
posting it for feedback

सन्त महत्मा भन्छन्
बालक को पहिलो रुवाईमा
ॐकार गुन्जन्छ रे
हर बिहानिको किरन
अनी हर पुर्निमको चन्द्रबाट
तिम्रै तेज बहन्छ रे
उसोभए
मरभुमिको प्यासी बालुवझै
निमोठिएर निरश भएका मेरा सपनाहरु
अनि
यो मेरो कुहिएको देब्रे बाङ्गारा;
हे इश्वर्
के यि पनि तिम्रै अवतार हुन ?
 
Posted on 02-03-06 9:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिशको झोंकमा
म नदीलाई मुड्की हान्छु
पानीको तरहले
छाललाई बगाई लान्छ
तर पत्थर भने अझै मुटुमै अड्केछ
 
Posted on 02-04-06 10:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एउटा गाउँ फेरि थप्न मन लाग्यो कबिताको देशमा ! :)

भुतपूर्व प्रेमिका -

अलिकता म हड्बडाएँ,
अलिकता म झस्किएँ।
आत्तिएकै त म हैन,
तर, अलिकता म धकाएँ।

मान्छेको भिड थियो
एकछिन अघि सम्म।
अहिले भर्खर, म एक्लिएँ।
मुख रसिलै थियो शायद;
तर अनायाश जिब्रो लट्पटियो,
ओठ सुकेको भान भयो,
एकछिन मै कयौँ पटक
ओठमा जिब्रो फिराएछु।

अनुहार मेरो ठिकै थियो
बिहान दाह्रि काट्दा।
अहिले लाग्छ केहि बिग्रियो।
म उभिएको छु
तर हिजो अस्ति जस्तो
सम्हालिन सजिलो लागेन।

पाइँटको माथिल्लो घेराबाट
मेरो कमिज निस्केको जस्तो लाग्यो।
हेरेँ, ठिकै देख्दै छु
जिउमा अप्ठ्यारो भयो।
दायाँ कुम शायद माथि उचालेछु कि?
कुम मिलाएँ,
अझै केहि कुरा मिलेन।
आँखामा चिप्रा पो छ कि?
आँखा मिचेँ बिस्तारै
अहँ सजिलो भएन

कतै बसेर यो सब भएको भए हुन्थ्यो।
तर उफ! म खुल्ला छु अहिले
किनकी म उभिएको छु।
म उतै फर्केको छु
हो, भर्खर देखेँ उनलाई,
म उतैतिर फर्केको छु,
सडकको त्यो छेउमा,
जता मेरि ‘भुतपूर्व प्रेमिका’ छिन!!

 
Posted on 02-04-06 10:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के सारो आत्तेको त नि बिर्के जी। छोडेर जाने जैरी ढुक्क देखिन्छे। काली गए गोरी आउँछन,
चिन्ता नगर्नुस। धेरै आत्तिएर फेरि पाईँट पनि फुत्त खस्ला। :P

गजब छ ! तपाईँको धेरै तिर पकड रे'छ। तामाङ् सेलो,लोक गीतहरु पनि सप्पै कण्ठै, गफ उस्तै, कविताहरु
उस्तै। पढ्न पाउँदा सारै खुशी लागेको छ। निरन्तरता दिनुहोला, मेरो शुभकामना !

:-)
-भउते
 
Posted on 02-05-06 8:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्मालको प्रवाह ईर्ष्यालायक छ। अरु पनि जाओस् जिम्माल।
जासूस केटा र le chef du nuitजी, कविताहरु राम्रा छन्। म त्यस्तो समालोचक त हैन, तर अलिक भाषागत शुध्दतालाई भने ध्यानमा राख्ने हो कि?
लेख्दै जानुहोस्, धेरै कुरा सिकिदैं गईन्छ। मेरो अनुभव त त्यस्तै छ।

र अन्तिममा एउटा कुरा साथीहरुसंग, नेपाली ब्याकरणमा अलिक दक्षता भएका साथीहरुमध्ये कसैले एउटा "नेपाली ब्याकरण" धागो शुरु गर्ने हो कि? के विचार छ जिम्माल, भउतेजी, मुन्द्रेजी, माष्टर्नी नानी, नेपेजी, शिरिषजी, दादा गिरिजी,नवप्रयोगीजी, spyboyजी,le chef du nuitजी.............................? त्यो धागोमा शुध्द नेपाली लेखनका
बारेमा छलफल चलाऔँ।
 
Posted on 02-05-06 10:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद् गौतम गुरु !
तपाईँको कुरा मन पर्यो। वास्तवमा नेपाली व्याकरणको धागो त सुरु गर्नै पर्ने भएको छ।
खै गुरु म त शून्य प्राय छु यसमा तर धागो त जसले सुरु गरे पनि भयो नि, साझा मा चिहाउनेहरुमा कोहि न कोहि त हुनुहोला नि सुझाव दिने।
 
Posted on 02-06-06 12:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गौतमजी ले राम्रो कुरो उठाउनुभयो। सुन्दा एउटै सुनिएपनि ब्याकरण नमिल्दाफरक अर्थ दिने शब्दहरु अनगन्ति छन हाम्रो भाषामा। भाषिक शुद्दता बोलीचाली तथा साहित्य श्रृजनाको लागि अपरिहार्य नै छ।नेपाल भन्दा बाहिर बस्ने हामी जस्ताको लागि त झन नेपाली माषा कायम राख्न चुनौती जस्तो नै भैसक्यो।

हो मा हो मिलाउन त सजिलो लाग्छ मलाई पनि । तर........नेपाली ब्याकरणको लागि चाहिने प्रयाप्त जानकारीको अलि कमि भएको पाउछु म आफू भित्र । बिर्खे जी
ले भनेजस्तै "साझा मा चिहाउनेहरुमा कोहि न कोहि त हुनुहोला नि सुझाव दिने" ।
:)
 
Posted on 02-06-06 1:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सानो हुदा सबैले अंग्रेजी सिक्नमानै encourage गरे, अब के भन्नु, नेपालिमा encourage लाई के भन्छन् नै थाहा भयन। ब्याकरण मात्रै हैन, एउटा नेपालि शब्दकोश को पनी आवश्यक्ता छ।
 
Posted on 02-06-06 2:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यसो हैन. नेपाली व्याकरण विदेशमा बस्ने नेपालीहरुमाझ झन मौलाएको छ. खासगरी युनिकोडको विकासपछि.
 
Posted on 02-06-06 2:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

spyboy,
>

के कमि थियो र मेरो माया-मा
के ट्रुटि भेट्यो मेरो कोमल् नयन मा,


Ho yasrai bhanesi hunchha.
la la aru ni jaos!
 
Posted on 02-06-06 11:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के भुल् भयो प्रीय मसङ्ग बोल्दिनौ
 
Posted on 02-06-06 11:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल ल ब्रो यस्तै लेख्दै जाउला । ।

ॐ नम सिवाय
 
Posted on 02-06-06 12:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शिरीषको धागोबाट पुनर्चक्रिकरण (recycle) ग-या है यो अंश...

म पनि व्याकरणको, खास गरेर ह्रस्व-दीर्घको मामलामा, खत्तम छु । फेरि वाक्य-विन्यासमा पनि अंग्रेजीको प्रशस्त नक्कल हुन जान्छ ।

'भाषा विकास परियोजना' मा कार्यरत केदार शर्माजी साझाका आक्कल झुक्कल आउनुहुने भए तापनि साझाको एक योग्य भाषाविद् एवं श्रोतसम्पन्न व्यक्ति हुनुहुन्छ ।

- http://www.sajha.com/sajha/html/openthreadall.cfm?forum=2&threadid=17982&start=21

वहाँलाई साझामा पनि एक 'भाषा सहयोगी परियोजना' शुरु गर्न सादर निवेदन गर्ने हो कि ?
__
 
Posted on 02-06-06 12:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उसोभए
मरुभूमिको प्यासी बालुवा झै
निमोठिएर निरस भएका मेरा सपनाहरु
अनि
यो मेरो कुहिएको देब्रे बङ्गारा;
हे इश्वर
के यि पनि तिम्रै अवतार हुन ?


Classic !

___
 
Posted on 02-06-06 3:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपे दाजै,
तेत्तीसकोटी पु-याउनलाइ कुहिएकै भएपनि उधारो लिएँ लौ मैले । पछि म सित भएछ भने पैँचो तिरम्ला ! :)
हा हा हा !
 
Posted on 02-07-06 11:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एउटा गाउँ फेरि थप्दै छु!
के बहुलाएर लेखेको होला भन्ठान्नु होला कतिपयले तर जे भन्ठाने पनि लेखेको यहि हो। यति कुरा ओकलेर मेरो मन शान्त भएको छ। धन्यवाद् सबैलाई, पढ्नेलाई पनि नपढ्नेलाई पनि!

रक्सी र म -

हरेक साँझ, मनभरि भएका
गुनासोहरु केलाउँछु
र म पाउँछु आफूलाई;
कहिले परिचितहरुका जालहरुमा जेलिएको,
कहिले जीवनका सवालहरुले घेरिएको,
कहिले एक्लोपनाका हालहरुमा हराइरहेको,
र कहिले,
जवानीका जंजालहरुले बिथोलीरहेको!

त्यो सबैलाई एक एक गर्दै,
झिक्दै, थुत्दै, तान्दै निकाल्छु म
र एउटा बलियो पोको बनाएर,
म त्यसलाई रक्सी संगै
गिलाँसमा झोस्छु,
अनि एक सासमा गिलाँस रित्त्याउँछु,
मानौँ म अमृत पिउँदैछु!

त्यसपछि, कहिले वास्तबिकता बिर्सेर
अट्टाहास लगाउँछु
र दंग पर्छु म गुनासो सकिएकोमा।
कहिले सबै गुनासो सम्झेर
फेरि धुरुधुरु रुन्छु।
अनि क्यासेटमा बज्दै गरेको
गजल संगै एकछिन गाउँछु
र बेहोश हुन्छु!

बिहान अचानक थाहा पाउँछु;
हिजोको गुनासोमा,
अर्को एउटा गुनासो पनि थपेछु
आफैँले रक्सी छाड्न नसकेको!!
यसरि सधैँ गुनासो थपिँदै छ
मेरो जिन्दगीमा दिन दिन,
र मेरो दिनमा छिन छिन
एउटा दीर्घरोग जस्तै!
मलाइ थाहा छ,
यो झिनो सासको यात्रामा,
यसले मलाई क्षण क्षण मार्दै छ।
तर पनि हरेक साँझ म ब्यूँतन्छु
र फेरि भोलि मर्ने जोहो गर्छु!!!

 
Posted on 02-08-06 1:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिहान अचानक थाहा पाउँछु;
हिजोको गुनासोमा,
अर्को एउटा गुनासो पनि थपेछु
आफैँले रक्सी छाड्न नसकेको!!

वाह! वाह!

चुरोठ र मेरो लामो प्रेमकहानि को याद दिलाउनु भयो
 
Posted on 02-08-06 11:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वसन्त कुमार गौतम (हाल: चुबु विश्वविद्यालय, आइची, जापान)

गजल

फेरि कालो वर्षातको याम आयो
लाग्छ बादलमा लुकी घाम आयो !

खोटा सिक्काले भरेर खल्तीहरु
नया 'दण्ड, दान, भेद, साम आयो !

बस्ती कसरी पसे कंकालहरु?
प्रेतहरुको तामझाम आयो !

प्वाँख पलाए जस्तो छ कमिलाको
पुतली हुँ भन्दै छलछाम आयो !

अधूरै नराख्नु अब इतिहास
अवसरको अन्तिम खाम आयो !

www.nepalikavita.com
 
Posted on 02-08-06 5:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यी शिरीष पनि गजल भनेसि सासले टिपेर ल्याउछन् । भएन कि अब, गौतमजीको पहिलो नाम र साहुको अड्डा समेत सबले थाहा पाए अब ।

*** *** *** *** *** ***

बिर्खेजी,

शैलीको हिसाबले अत्यन्त समृद्ध र वजनदार कविता । एक एक शब्दहरुले तपाईको कुशलताको साक्षी बकिरहेका छन् ।

भावको हकमा भने मेरो व्यक्तिगत रुचि सक्रियतावाद र आशावादमा अधिक आकृष्ट हुने हुँदा सम्भवत: तपाईको यो केही निस्क्रियतावादी, केही पलायनवादी भावनाहरुको निराग्रह मुल्याङ्कन गर्न अयोग्य छु म ।

तर भनिहालें नि, प्रस्तुती भने बडो स्वादिलो ।

कविताका अनेक उपकरणहरु- अनुप्रास, उपमा, व्यञ्जना- नाम पनि जान्दिन म त के के हो के के- को कुशल प्रयोग गरेर एउटा स्वादिलो टुक्रो सृजना गर्नु भो है तपाईले ।
_
 
Posted on 02-08-06 5:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nepe wrote:
यी शिरीष पनि गजल भनेसि सासले टिपेर ल्याउछन् । भएन कि अब, गौतमजीको पहिलो नाम र साहुको अड्डा समेत सबले थाहा पाए अब

Nepe guru

I don't think I did any wrong.

Any way, talents can not be hidden ;-)
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Travelling to Nepal - TPS AP- PASSPORT
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Reregistration and EAD Approval Timeline.......
nrn citizenship
Morning dharahara
Another Song Playing In My Mind
TPS Renewal Reregistration
WHAT DO YOU GUYS THINK ABOUT THIS?
हेर अमेरिकामा नेपालीहरुको बेज्जत
Does the 180 day auto extension apply for TPS?
जाडो, बा र म……
1974 AD Pinjadako Suga Remixed
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters