Posted by: Birkhe_Maila February 7, 2006
KAVITAKO DESH
Login in to Rate this Post:     0       ?        
एउटा गाउँ फेरि थप्दै छु! के बहुलाएर लेखेको होला भन्ठान्नु होला कतिपयले तर जे भन्ठाने पनि लेखेको यहि हो। यति कुरा ओकलेर मेरो मन शान्त भएको छ। धन्यवाद् सबैलाई, पढ्नेलाई पनि नपढ्नेलाई पनि! रक्सी र म - हरेक साँझ, मनभरि भएका गुनासोहरु केलाउँछु र म पाउँछु आफूलाई; कहिले परिचितहरुका जालहरुमा जेलिएको, कहिले जीवनका सवालहरुले घेरिएको, कहिले एक्लोपनाका हालहरुमा हराइरहेको, र कहिले, जवानीका जंजालहरुले बिथोलीरहेको! त्यो सबैलाई एक एक गर्दै, झिक्दै, थुत्दै, तान्दै निकाल्छु म र एउटा बलियो पोको बनाएर, म त्यसलाई रक्सी संगै गिलाँसमा झोस्छु, अनि एक सासमा गिलाँस रित्त्याउँछु, मानौँ म अमृत पिउँदैछु! त्यसपछि, कहिले वास्तबिकता बिर्सेर अट्टाहास लगाउँछु र दंग पर्छु म गुनासो सकिएकोमा। कहिले सबै गुनासो सम्झेर फेरि धुरुधुरु रुन्छु। अनि क्यासेटमा बज्दै गरेको गजल संगै एकछिन गाउँछु र बेहोश हुन्छु! बिहान अचानक थाहा पाउँछु; हिजोको गुनासोमा, अर्को एउटा गुनासो पनि थपेछु आफैँले रक्सी छाड्न नसकेको!! यसरि सधैँ गुनासो थपिँदै छ मेरो जिन्दगीमा दिन दिन, र मेरो दिनमा छिन छिन एउटा दीर्घरोग जस्तै! मलाइ थाहा छ, यो झिनो सासको यात्रामा, यसले मलाई क्षण क्षण मार्दै छ। तर पनि हरेक साँझ म ब्यूँतन्छु र फेरि भोलि मर्ने जोहो गर्छु!!!
Read Full Discussion Thread for this article