Posted by: Gautam B. November 28, 2005
KAVITAKO DESH
Login in to Rate this Post:     0       ?        
"कविताको देश" मैले साझामा बिभिन्न धागाहरुमा छरेर टाँसेका छन्दविहीन कविताहरुलाई एकै ठाऊँमा ल्याउन र अब टाँस्ने कविताहरुलाई पनि यसैमा टाँस्न भनेर यो नया धागो फुकाको हुँ। साझामा आउनु मेरो लागि जीवनको सानोतिनो क्रान्तिनै भएजस्तो मानेको छु मैले, विशेष गरी मेरो रोकिएको लेखन यात्रामा फेरि गति आएकोमा । नेपाली भाषा मेरो जिन्दगीको मिठास जस्तो लाग्छ मलाई। साझामा मिल्ने प्रतिकृयाहरुले मलाई धेरै सुधारेका छन्, मेरो जिन्दगीमा "मिठास" थपेका छन् । यो धागोमा सबै साथीहरुलाई सकृय सहभगिताको लागि स्वागत छ। साथीहरुका कविताहरु पनि पढ्न पाउने आशा गरेको छु। *********************************************************** पहिले टाँसिसकेका कविताहरुबाट शुरु गर्दैछु। सबभन्दा पहिला, मेरो कविताको "परिभाषा" बाटै । "मेरो कविता" दिनभरि यन्त्रहरू, यान्त्रिक समीकरणहरू र रेखाहरूसँग यन्त्रवत् चलेपछि, साँझ पर्दासम्म मुटु यन्त्रवत् टुक्रिएर चोइटा चोइटा बनिसक्छ; म थुपार्छु चोइटाहरू र कलमको अगुल्टो झोसेर फुकिदिन्छु, हुर्हुरी बल्छ मेरो कविताको आगो र म एकपटक फेरि जन्मन्छु ।
Read Full Discussion Thread for this article