[Show all top banners]

Gautam B.
Replies to this thread:

More by Gautam B.
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 KAVITAKO DESH

[Please view other pages to see the rest of the postings. Total posts: 305]
PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 101040 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 11-28-05 11:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"कविताको देश"

मैले साझामा बिभिन्न धागाहरुमा छरेर टाँसेका छन्दविहीन कविताहरुलाई एकै ठाऊँमा ल्याउन र अब टाँस्ने कविताहरुलाई पनि यसैमा टाँस्न भनेर यो नया धागो फुकाको हुँ।

साझामा आउनु मेरो लागि जीवनको सानोतिनो क्रान्तिनै भएजस्तो मानेको छु मैले, विशेष गरी मेरो रोकिएको लेखन यात्रामा फेरि गति आएकोमा । नेपाली भाषा मेरो जिन्दगीको मिठास जस्तो लाग्छ मलाई। साझामा मिल्ने प्रतिकृयाहरुले मलाई धेरै सुधारेका छन्, मेरो जिन्दगीमा
"मिठास" थपेका छन् ।

यो धागोमा सबै साथीहरुलाई सकृय सहभगिताको लागि स्वागत छ।
साथीहरुका कविताहरु पनि पढ्न पाउने आशा गरेको छु।
***********************************************************

पहिले टाँसिसकेका कविताहरुबाट शुरु गर्दैछु। सबभन्दा पहिला, मेरो कविताको
"परिभाषा" बाटै ।



"मेरो कविता"


दिनभरि यन्त्रहरू, यान्त्रिक समीकरणहरू र रेखाहरूसँग

यन्त्रवत् चलेपछि,

साँझ पर्दासम्म

मुटु यन्त्रवत् टुक्रिएर चोइटा चोइटा बनिसक्छ;

म थुपार्छु चोइटाहरू

र कलमको अगुल्टो झोसेर फुकिदिन्छु,

हुर्हुरी बल्छ मेरो कविताको आगो

र म एकपटक फेरि जन्मन्छु ।
 
Posted on 11-29-05 12:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"सप्ताहान्तको साँझ"

सप्ताहान्तको साँझ

एक्लै आउँछ,

गुलुपबाट मधुरो पहेँलो उदासी निकाल्छ

र मेरो अनुहारमा पोतिदिन्छ,

ऊ मलाई गिजोल्छ, चिथोर्छ र निचोर्छ

अनि एक्लोपनका अनगिन्ती माउसुलीहरू बनेर

रातभर मेरा भित्ताहरूमा घस्रिरहन्छ,

सप्ताहान्तको साँझ

एक्लै आउँछ।

 
Posted on 11-29-05 12:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"?"

जुनेली साँझ,

म यात्राको तयारीमा छु

लाग्छ म सधैंभरि यात्राको तयारीमा छु

भगवान् !

जीवन के हो ?

यात्रा वा यात्राको तयारी ?
 
Posted on 11-29-05 12:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"कुरुप वर्तमान"-१

जताततै हनुमानहरु दौडिरहेछन्
पूच्छरमा आगोको लप्का बोकेर चाकडीको
विनाकारण जलाउँदै सुनका लंकाहरु,
स्वचालित वेहोश हातमा बजिरहेछ डमरु
मस्त धङ्धङेमा रमाएर हेर्दैछन प्रभुहरु
र अनियन्त्रित नाचिरहेछन् बाँदर टुकडीहरु ;

रंगीचंगी नाराका खोल ओढेर
अवसरको खेती गरिरहेछन्
आत्माहीन दासहरु,
र एक बाली भित्र्याई डकारेर
नयाँ फसलको तयारीमा
रंग फेरिरहरछन् छेपाराहरु ।

"कुरुप वर्तमान"-२

रगतको आहालमा डुबेका छन् हिमालहरु
डढेको जंगलबाट षडयन्त्रको गन्ध आईरहेछ
र ठाऊँ ठाऊँमा उम्रन थालेका छन्
तावेदारीका नयाँ झारहरु ;

भित्र बैठकमा,
हिसाब नमिलेर होला भागबण्डाको-
लूटेराहरु एक आपसमा औँला ठड्याईरहेछन्
र बाहिर,
'जिन्दाबाद', 'मूर्दाबाद' उचालीरहेका सडकहरुमा
भविष्यको पदचाप सुनिदैन ।

 
Posted on 11-29-05 12:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"शहरको एक दिन"


बिहान सबेरै,
एक हुल कुकुरहरु आएर
सडकमा राशलीला मच्चाईदिन्छन ;

दिनभरि,
नाङ्?गो एकलास डाँडोमा
आफ्नै छायाँमा गाडिएर
एउटा रुख रोइरहन्छ;

साँझ परेपछि,
अराजक सडकहरु
पहाडमा ठोक्किएर चूपचाप घर फर्कन्छन ;

र आफ्नै सुरक्षामा खटिएको शहर,
आफ्नै आँसुको घोर वर्षामा
रातभर एक्लै रुझिरहन्छ ।


 
Posted on 11-29-05 12:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"प्रश्न तिमीसंग"


डाँडाबाट देखिने हजारौँ बत्तीहरुमाझ
कुनै एक होला तिम्रो घरको बत्ती,
ती हजारौँ घरहरुमाझको कुनै घरमा
मस्त निद्रामा हौली तिमी;

के तिम्रो सपनीमा मलाई पनि ठाउँ छ?
झस्केर अचानक ब्युँझदा
के मेरो याद आउँछ तिमीलाई?
र के तिमीपनि
मध्यरातमा उठेर आकाश नियाल्दै
मेरो नाम लिन्छ्यौ?

 
Posted on 11-29-05 12:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"पोखरा"

पोखरा-
जहाँ ढाका टोपी लागाएर झरेको गाऊँलेलाई
गुण्डाले लुट्छ र ठोक्छ
कुकुरले भुक्छ र टोक्छ,
पोखरा-
जहाँ बस चालक र सञ्चालकहरु
बिहान सबेरैदेखि सुन्दर "रात्रिभाषा" बोल्छन्
र यात्रुका कानलाई "पवित्र" पार्छन्,
पोखरा-
जहाँ जहाँ उभिएर हेरेपनि तारहरुले
अन्नपूर्णलाई तीन टुक्रा
र माछापूच्छ्रेलाई चारटुक्रा पार्छन्,
पोखरा-
जहाँ एकै पटक सडकमा
मोटरहरु र मोटरसाइकलहरु
गाईहरु र भैँसीहरु
मान्छेहरु र कुकुरहरु
भेला हुन्छन्
र प्रजातन्त्रको सदुपयोग गर्छन्,
पोखरा-
जहाँको शब्दकोषमा "सडक" भन्नाले
प्रत्येक घरको ढल निकास अथवा
भैँसीको आहाल भन्ने अर्थ लाग्छ,
पोखरा!
सौन्दर्यको बस्ती
जहाँ मनपरी घरहरुको गाँड पलाउँछ
पोखरा!
तालहरुको शहर
जहाँ सडकमा ताल
र सडक किनारामा छाल हुन्छ ,

म जहाँ भएपनि-ए पोखरा!
गुम्दै गएको तिम्रो सौन्दर्य
र बढ्दै गएको तिम्रो कुरुपता देख्दा
मलाई रुन मन लाग्छ ।
 
Posted on 11-29-05 12:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"म"

म थुप्रै सपनाहरुले किचिएको जीव,
म महत्वाकांक्षाहरुले लतारिएको यात्री;

म रित्तै हात फर्केको लाहुरे,
म फाइल बोकेर जुत्ता खियाउने योध्दा,
म हरेकपटक थचारिइएको-
आफैँ उठ्न खोज्ने मान्छे;

म यहाँ प्रमाणपत्रहरुको निर्जीव पोको,
म परदेश पलायनको एउटा अर्को धोको।

 
Posted on 11-29-05 12:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



"तिम्रो आकृति"


लठ्ठिएको मोहक साँझ,
झ्यालबाहिरको संसार,
कुनै क्यानभासमा उत्रन तयार छ;
म मेरो मनको बुरुशले
स्मृति र कल्पनाका रंगहरु घोलेर
जताततै तिमीलाई सजाइरहेछु।

 
Posted on 11-29-05 12:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



"शायद यहि त प्यार होला"


तिम्रो आगमनको संकेत छ आज,
नत्र बतासमा किन यति बिघ्न मात हुन्थ्यो?
तिम्रो स्वागतको तयारी छ धर्ती र आकाशमा,
नत्र साँझ किन यति मोहक घुम्टो हाल्थी?
नत्र आकाश किन चम्किलो बुट्टे खाष्टो ओढ्थी?

अब चन्द्रमा अनायाश उदाउनेछ तिम्रो यात्रामा
जूनले निथ्रुक्क पार्दै तिम्रा गेरटाहरु;
र फूलका गुच्छा बन्नेछन् बादलहरु ।

म संघारमा छु प्रिये, तिम्रो स्वागतमा,
बोकेर खुला आलिगंन मेरा दुई हातमा;
मेरो उपहार छ तिमीलाई-
केवल तिम्रो यादले भरिएको यो दिल
र मिलनका दुई थोपा आँसु;
शायद यहि त प्यार होला !

 
Posted on 11-29-05 12:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो तलको कविताचैँ दादाको कुनै धागोमा टाँसिएको थियो। माथिका कविताहरुभन्दा नया हो यो।


"परदेशी"

एक जुग पछि फर्केर हेरेँ
आफू आएको बाटो
लामो भइसकेछ
बिरानो भइसकेछ,
बास बसेका ती पाटीहरु
यात्राका अनगिन्ती मोडहरुमा
ओझेल परिसकेछन्;,

खण्डहरजस्तो घरको मझेरीमा
दु:खी आमालाई एक्लै छोडेर,
भिरालो पाखो बारीमा
बूढा बालाई एक्लै छोडेर,
एक जुग अघि हिँडेको म-
यी विराना सडकहरु नापिरहेछु निरन्तर
पोखिरहेछु विरानो माटोमा पसिना तरतर,

भोलि कहाँ खोज्ने मैले मेरो पसिनाको मोल?

किनकि मेपलहरुले मलाई अपनाऊँदैनन्
किनकि साकुराले मलाई आफ्नो ठान्दैन
न त मध्यरातको सूर्य मेरो हुनसक्छ
न म छ महिने हिऊँमा रमाउन सक्छु
न म खाडीमा अड्डा जमाउन सक्छु,
र नेपालसंग मागौँ भने
मेरो जवानीले मैले नेपाल सिंच्न पाईँन!

एक जुग पछि-
हिजो सपनीमा घर गएँ सुटुक्क
आगो लिन गएझैँ गएँ सुटुक्क,
तीन वर्षे भतिजीले सोधी
?तिम्लो घल काँ??

एक जुगअघि घर छोडेर हिँडेको म
घरमा पराइ भइसकेछु,
विदेशमा सधैँ विदेशी म
देशमा पनि विदेशी भइसकेछु,
सबै सबै ठाऊँमा
सधैँ सधैँको लागि
परदेशी भइसकेछु,

एक जुग अघि घर छोडेर हिँडेको म
सबै सबै ठाऊँमा
सधैँ सधैँको लागि
परदेशी भइसकेछु।


*?तिम्लो घल काँ?? - बच्चाहरुको तोते बोली ?तिम्रो घर कहाँ??

 
Posted on 11-29-05 12:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


यो पनि हालसालैको हो, तर एकचोटि टाँसिसकेको हो पहिला।


"घर जाँदैछु"

घर जाँदैछु-
परिश्रमी बूढा बा को आडमा
दुनियाँको क्रुरताबाट सुरक्षा
भोलिको लागि आशिक लिन जाँदैछु;
घर जाँदैछु-
हिमालजस्ती आमाको काखमा लुकेर
जिन्दगीका घात र पीडा पखाल्न
एकचोटि डाँको छोडेर रुन जाँदैछु;
घर जाँदैछु-
"आज" ले ठगेका र "भोलि"ले तर्साएका
फुच्चेहरुसँग हाँस्न जाँदैछु
अलिकति आशा र विश्वास भर्न जाँदैछु;
घर जाँदैछु-
अतृप्त प्रेतात्माले अड्किने ठाउँ खोजेझैँ
स्म्रतिको मेरो गाऊँ
र सपनाको मेरो नेपाल खोज्न जाँदैछु ;

घर जाँदैछु,
सपनाको मेरो नेपाल खोज्न जाँदैछु ।


 
Posted on 11-29-05 12:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो चैँ साझामा आजै आऊँदैछ। अलिक निराशाको क्षणमा लेखिएको हो, मैले प्रयोग गरेका बिम्बहरुले पनि त्यै बताऊँछन्।

"जिन्दगी"


महत्वाकांक्षाको बलले
अलिकति तन्केर अगाडि जान्छ,
र फर्केर फेरि थन्किन्छ
पुरानै ठाऊँमा;
आशाको घामले
अलिकति माथि चढ्छ,
र झरेर फेरि अड्किन्छ
पुरानै सतहमा।

यसरी हरेक पटक जिन्दगीको पाइला
शून्यबाट शुरु हुन्छ
र छोटो यात्रापछि फेरि
शून्यमै टुंगिन्छ;

हो,
कुखुरा जोख्ने स्प्रिङ जस्तो छ जिन्दगी
थर्मामीटरभित्रको पारो जस्तो छ जिन्दगी !
 
Posted on 11-29-05 12:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

A great project ! Will join you.

Nepe
 
Posted on 11-29-05 12:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Keep Rolling Gautam jee.
I have printed the whole of this thread and will read one by one.

I was reading " how to read a poem" and here are some what I gathered. yo biddhiman harulai maile ke bhannu parla ra tara general readers haru lai hai. Because people like me have to literary background.

1. Read the poem quickly for the first time and get the general idea or theme of the poetry. Don't worry if you do not understand.

2. Second time pick the key words even though it is compact and economical. Mark the sentences, words and idioms and phrases.

3. Do not read word by word, read sentence by sentence.

4. Try to relate that with your own experience and events.

5. See how the time and events have influenced the poet.

6. Try to find the music in it with the rhymes and rythms and the flow.

7. Read aloud in your mind. Do you understand more this time ? Read again !

8. Poems are not supposed to be understood perfectly.
 
Posted on 11-29-05 12:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"Sabhyata Ko Khoji Maa"
------------------------------
Dhakkamakka neon sign haru le
Bahiri bhitta haru chan
Sabhyata ko khoji maa
Sapta rishi haru haraye jasto cha
Mero sabhayata ko bhitri kakshya bata
Ma astha ko bandi jhain bibas chu
Ma mero sabhyata ko khoji maa chu

Kaaragar ka aru aatma haru sangai
Bhadkiye jasto cha mero astha
Ma andhabiswas ko aids le grasta chu
Mero sabhyata ko "near-death"anubhav le
Ma attalliyako chu
Ma mero sabhayta ko khoji maa chu

Andhakar chu ma bhitra
Neon sign le sajiyeko cha mero jail
Ma "renaissance"ko khoji ma chu
Arya ghat mai pani ma biswast chu
Ma mero sabhyata ko khoji maa chu

(Angreji mafi pau,am too lazy for nepali version hai)
Thanks
-iZen

 
Posted on 11-29-05 4:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गौतमजी,
'धन्यवाद्','शुभकामना', 'साहस' र 'साथ' एकै चोटी दिएँ है मैले!
म साझामा धेरै ढिलो आएछु। कता कता छरिएर रहेको र मैले पढ्नै नपाएको तपाइका
कबिताहरु अझै अनगिन्ति रेछन। तपाइँका यि रचनाहरुले नेपालि लेख्ने अनि कबिता लेख्न सिक्ने उत्साह जगाएको छ मलाई (म जस्ता अरु पनि धेरै साथीहरु होलान्) त्यसको लागि धेरै धेरै धन्यवाद।
अझ नयाँ नयाँ श्रीजनाहरु पढ्?न पाइयोस - मेरो शुभकामना छ।
तपाईको यो यात्रामा 'साहस' थप्ने र साथ दिने मित्रहरुको हुलमा म पनि सुटुक्क छिरेँ है।


 
Posted on 11-29-05 4:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thanks to Nepeji, Shirishji and iZenji. Our talk will continue. It is great to have a chance to share the language of heart. I think nothing is nearer to heart than poetry.

iZenji, नेपाली शब्द छञ्जेल अंग्रेजी शब्द किन राख्ने, हैन र? जस्तो "near-death" को सट्टा मेरो विचारमा "मृत्युको आभाष" (अथवा अरु शब्द पनि हुनसक्छ; गुरुहरुलाई थाहा छ होला।) राखे हुन्छ। त्यस्तै "renaissance"को नेपालीचैं "पुनर्जागरण" हो।

कविता राम्रो छ। यात्रा जारी राख्नुहोला।




 
Posted on 11-29-05 4:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thanks Birkhe Mailaji. Lets walk together.


 
Posted on 11-29-05 5:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"इलामको यादमा"

याद आऊँछ मलाई घमाइलो दिन
चिया बगानको गहनतामा मन साटेको,
र साँझको चिसो बतास
तिम्रो सलले छेकेर बजार उक्लेको ;

हुस्सु उठ्दै आऊँछ खोंचबाट
र तिम्रो बस्तीले चोली फेर्छ,
बादल झर्दै आऊँछ आकाशबाट
र तिम्रो बस्तीले घुम्टो ओढ्छ,
कति लज्जालु वस्ती यो तिमीजस्तै!
मतिर मात्र अलिकति मुस्कान छोड्छ ;

हुस्सूको सेतो अन्धकारभित्र म विलीन हुन्छु
र म मात्र सास फेराई बन्छु,
मेरो अस्तित्वहीनताको डर छैन मलाई
म तिम्रो प्यारको खोजीमा छु।
 



PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
मन भित्र को पत्रै पत्र!
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
Top 10 Anti-vaxxers Who Got Owned by COVID
I regret not marrying a girl at least for green card. do you think TPS will remain for a long time?
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Dementia Joe has been selected to become the next President
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters