Posted by: Gautam B. November 29, 2005
KAVITAKO DESH
Login in to Rate this Post:     0       ?        
"पोखरा" पोखरा- जहाँ ढाका टोपी लागाएर झरेको गाऊँलेलाई गुण्डाले लुट्छ र ठोक्छ कुकुरले भुक्छ र टोक्छ, पोखरा- जहाँ बस चालक र सञ्चालकहरु बिहान सबेरैदेखि सुन्दर "रात्रिभाषा" बोल्छन् र यात्रुका कानलाई "पवित्र" पार्छन्, पोखरा- जहाँ जहाँ उभिएर हेरेपनि तारहरुले अन्नपूर्णलाई तीन टुक्रा र माछापूच्छ्रेलाई चारटुक्रा पार्छन्, पोखरा- जहाँ एकै पटक सडकमा मोटरहरु र मोटरसाइकलहरु गाईहरु र भैँसीहरु मान्छेहरु र कुकुरहरु भेला हुन्छन् र प्रजातन्त्रको सदुपयोग गर्छन्, पोखरा- जहाँको शब्दकोषमा "सडक" भन्नाले प्रत्येक घरको ढल निकास अथवा भैँसीको आहाल भन्ने अर्थ लाग्छ, पोखरा! सौन्दर्यको बस्ती जहाँ मनपरी घरहरुको गाँड पलाउँछ पोखरा! तालहरुको शहर जहाँ सडकमा ताल र सडक किनारामा छाल हुन्छ , म जहाँ भएपनि-ए पोखरा! गुम्दै गएको तिम्रो सौन्दर्य र बढ्दै गएको तिम्रो कुरुपता देख्दा मलाई रुन मन लाग्छ ।
Read Full Discussion Thread for this article