Posted by: Gautam B. November 29, 2005
KAVITAKO DESH
Login in to Rate this Post:     0       ?        
यो चैँ साझामा आजै आऊँदैछ। अलिक निराशाको क्षणमा लेखिएको हो, मैले प्रयोग गरेका बिम्बहरुले पनि त्यै बताऊँछन्। "जिन्दगी" महत्वाकांक्षाको बलले अलिकति तन्केर अगाडि जान्छ, र फर्केर फेरि थन्किन्छ पुरानै ठाऊँमा; आशाको घामले अलिकति माथि चढ्छ, र झरेर फेरि अड्किन्छ पुरानै सतहमा। यसरी हरेक पटक जिन्दगीको पाइला शून्यबाट शुरु हुन्छ र छोटो यात्रापछि फेरि शून्यमै टुंगिन्छ; हो, कुखुरा जोख्ने स्प्रिङ जस्तो छ जिन्दगी थर्मामीटरभित्रको पारो जस्तो छ जिन्दगी !
Read Full Discussion Thread for this article