Posted by: Gautam B. November 29, 2005
KAVITAKO DESH
Login in to Rate this Post:     0       ?        

यो पनि हालसालैको हो, तर एकचोटि टाँसिसकेको हो पहिला। "घर जाँदैछु" घर जाँदैछु- परिश्रमी बूढा बा को आडमा दुनियाँको क्रुरताबाट सुरक्षा भोलिको लागि आशिक लिन जाँदैछु; घर जाँदैछु- हिमालजस्ती आमाको काखमा लुकेर जिन्दगीका घात र पीडा पखाल्न एकचोटि डाँको छोडेर रुन जाँदैछु; घर जाँदैछु- "आज" ले ठगेका र "भोलि"ले तर्साएका फुच्चेहरुसँग हाँस्न जाँदैछु अलिकति आशा र विश्वास भर्न जाँदैछु; घर जाँदैछु- अतृप्त प्रेतात्माले अड्किने ठाउँ खोजेझैँ स्म्रतिको मेरो गाऊँ र सपनाको मेरो नेपाल खोज्न जाँदैछु ; घर जाँदैछु, सपनाको मेरो नेपाल खोज्न जाँदैछु ।
Read Full Discussion Thread for this article