Posted by: Gautam B. November 29, 2005
KAVITAKO DESH
Login in to Rate this Post:     0       ?        
"इलामको यादमा" याद आऊँछ मलाई घमाइलो दिन चिया बगानको गहनतामा मन साटेको, र साँझको चिसो बतास तिम्रो सलले छेकेर बजार उक्लेको ; हुस्सु उठ्दै आऊँछ खोंचबाट र तिम्रो बस्तीले चोली फेर्छ, बादल झर्दै आऊँछ आकाशबाट र तिम्रो बस्तीले घुम्टो ओढ्छ, कति लज्जालु वस्ती यो तिमीजस्तै! मतिर मात्र अलिकति मुस्कान छोड्छ ; हुस्सूको सेतो अन्धकारभित्र म विलीन हुन्छु र म मात्र सास फेराई बन्छु, मेरो अस्तित्वहीनताको डर छैन मलाई म तिम्रो प्यारको खोजीमा छु।
Read Full Discussion Thread for this article