[Show all top banners]

Gautam B.
Replies to this thread:

More by Gautam B.
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 KAVITAKO DESH

[Please view other pages to see the rest of the postings. Total posts: 305]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 101031 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 11-28-05 11:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"कविताको देश"

मैले साझामा बिभिन्न धागाहरुमा छरेर टाँसेका छन्दविहीन कविताहरुलाई एकै ठाऊँमा ल्याउन र अब टाँस्ने कविताहरुलाई पनि यसैमा टाँस्न भनेर यो नया धागो फुकाको हुँ।

साझामा आउनु मेरो लागि जीवनको सानोतिनो क्रान्तिनै भएजस्तो मानेको छु मैले, विशेष गरी मेरो रोकिएको लेखन यात्रामा फेरि गति आएकोमा । नेपाली भाषा मेरो जिन्दगीको मिठास जस्तो लाग्छ मलाई। साझामा मिल्ने प्रतिकृयाहरुले मलाई धेरै सुधारेका छन्, मेरो जिन्दगीमा
"मिठास" थपेका छन् ।

यो धागोमा सबै साथीहरुलाई सकृय सहभगिताको लागि स्वागत छ।
साथीहरुका कविताहरु पनि पढ्न पाउने आशा गरेको छु।
***********************************************************

पहिले टाँसिसकेका कविताहरुबाट शुरु गर्दैछु। सबभन्दा पहिला, मेरो कविताको
"परिभाषा" बाटै ।



"मेरो कविता"


दिनभरि यन्त्रहरू, यान्त्रिक समीकरणहरू र रेखाहरूसँग

यन्त्रवत् चलेपछि,

साँझ पर्दासम्म

मुटु यन्त्रवत् टुक्रिएर चोइटा चोइटा बनिसक्छ;

म थुपार्छु चोइटाहरू

र कलमको अगुल्टो झोसेर फुकिदिन्छु,

हुर्हुरी बल्छ मेरो कविताको आगो

र म एकपटक फेरि जन्मन्छु ।
 
Posted on 02-08-06 6:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शिरिषजी, धन्यवाद। ब्यस्तताका कारण साझा बाहेक अरु अड्डाहरु डुल्न पाइएको थिएन (ज्यान जाला बरु,साझा डुल्न भने छोडिन्न!) गुरुले खबर नगरेको भए थाहै नहुन पनि सक्थ्यो। मैले त्यो गजल "तरंग"को लागि भनेर पठाएको थिएँ; त्यता आउला भन्ने लागेको थिएन।

शिरिषजी, नेपेजी र साझाका अन्य मित्रहरुको प्रेरणाले गजल लेख्न सिक्दै गरेको हुनाले एक चोटि फेरि धन्यवाद।
**********************
जिम्माल, कविताको देशलाई अगाडि बढाऊँदै गर्नुभएकोमा धन्यवाद। साथ दिन फर्कौँला चाँडैनै।
 
Posted on 02-08-06 9:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

le chef du nuit जी, धन्यवाद्! आशा छ तपाइँको प्रेमकहानिको सुखद अन्त्य छिटै नै हुनेछ! :)
--------------------------
नेपे दाजू,
धन्यवाद् कविता मनपराईदिनु भएकोमा!
यो कविता क्षणिक भावावेशको ऊपज हो जस्तो लाग्छ मलाइ।
तर म स्विकार्छु, यो लेख्ने बेलामा निराशावाद्,निस्क्रियतावाद् र पलायनवाद् म मा हावि भएको थियो!
-------------------------
हे हे हे गौतम जी को नाम पनि थाहा पाइयो! अनि दादा गिरी जीको बाट कति टाढा हो तपाईँ?
:)
 
Posted on 02-08-06 10:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल, दादाको शहरबाट यहाँको गोली रेल (Bullet train) मा हिँड्दा दुई घण्टा जतिको दूरीमा छु म, नागोया भन्ने शहरमा। दादासंग अहिलेसम्म भेट भा' भने छैन है साझामा बाहेक।
 
Posted on 02-09-06 1:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गुरुहरुमा सादर प्रणाम।

होनहार र हस्तीहरुको अगाडि म यहाँ एउटा सानो दुस्साहस गर्दैछु, कृपया पढिदिनु होला। गल्ति माफ पाउँ है।

मन मेरो सँधै थियो उदास उदास
खुसियालीको फिंजायौ सुवास सुवास
कसरी गरुँ म तिम्रो बर्णन
देख्छु म तिमीनै सपना बिपना

मृगिनी झैं चञ्चल चञ्चल
झरनाझैं तिमी निश्छल निश्छल
गिरेकि छौ त्यो उचाईबाट
तैपनि छौ तिमी उज्वल उज्वल

चम्किला आँखा ती रिमझिम रिमझिम
हिड्दछौ तिमी छमछम छमछम
रम्न चाहन्छु म तिम्रै वरिपरि
मन्द बर्षाझैं सिमसिम सिमसिम

ब्यवहारमा तिमी सुशिला सुशिला
सहनसिलतामा मिथिला मिथिला
अभेद्य गहिराईको मायाँकि खानि
तिमीनै हौ मेरी चपला अबला

हिमप्रदेशबाला सरला सरला
बोलिमा तिमी छौ मृदुला मृदुला
म हुँ एउटा हावाको चंगा
सम्हाल मलाइ हे सफला सफला।
 
Posted on 02-09-06 1:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा टा गरेँ है.
 
Posted on 02-09-06 2:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो गिलास आधी खाली छ

झरनाको टुप्पो बाट खस्दा
पानीको temprature बढ्छ रे
मेरो त लाश सेलाउँछ

btw, नेपालीमा temprature लाई के भन्छन ?
 
Posted on 02-09-06 7:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गौतमजी, म तपाईका कविताहरुको शान्‍त प्रशंसक (silent admirer) हु । तपाईका हरेक कविता गहकिला छन्‌। Keep it up man. I have always had great respect for the poets. You are the people who can express your joys and sorrows through your pen. It's a born talent, I guess. spy boy, rishi jee, birkhe jee, shirisj jee, chef jee,sahila jee, dada jee, miss me jee, new user jee, sajha busaima jee, world map jee, sense jee; you all rock. Hats off to a wonderful bunch of emerging nepalese poets. honestly, I am feeling jealous, how can you people create so wonderful poems.
नेपे सरका सुझावहरुले यो धागोलाई सुनमा सुगन्‍ध थपिदिएको छ। BTW, nepe sir, one of my former teachers knows you personally and is a big admirer of your gazals.
Simply the best thread I have visited on sajha. कवीज्‍यूहरु, Thanks a lot for contributing to such a wonderful thread. Its a honour for the people like us who can't compose poems but are big admirers of poems.
cheers,
 
Posted on 02-09-06 8:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

le chef du nuit जी temprature हो अथवा temperature हो ? यदि temperature हो भने नेपालीमा तापक्रम भन्छन
 
Posted on 02-09-06 11:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज फेरि
मेरो मुटु रोकियो
मैले सहास बटुले
अंजुलीभरि आँशु
अनि सयपत्रीको थुंगा
तिम्रो संझनामा
मैले समर्पितगरे।
 
Posted on 02-09-06 12:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

aauchau ki timi bhanera
bato heri rahe
bato nai khayo haar timro intajaar ma
tara ma kuri rahe
timi nai mero bachne aadhar......
 
Posted on 02-09-06 4:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hey guys...I'm new to Sajha....So..Hi to everyone...and..my kavita goes like this..

Timi ochhyan bhaye ma shirani,
Timi aago bhaye ma kharani,
Timi current bhaye ma current ko pol
Timi sutkeri bhaye ma jwaanu ko jhol

I know its kinda Muktak...but I hope u guys will accept this....
 
Posted on 02-09-06 10:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो झिनो सासको यात्रामा,
यसले मलाई क्षण क्षण मार्दै छ।
तर पनि हरेक साँझ म ब्यूँतन्छु
र फेरि भोलि मर्ने जोहो गर्छु!!!

सारै राम्रो छ है कविता ।

बिर्खे दाई तपाईंले त पुराना कुरा सम्झौनु भो ।

आतितका कुरा खेल्न थले मनमा
ती रात फेरी सलबलाए सम्झनामा
आगो एउटा छ यो दिलमा
कसैले दिएको उपहार मायामा

साँझको बतास थपी उर्जा आगोमा
जब परिनत हुन्छ त्यो ज्वालामा
तिर्खाएको यो मन आन्धेरी रातमा
डूब्न पाएहुन्थ्यो भन्छ बिजुली पानीमा
 
Posted on 02-09-06 10:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद् तरूण तपसी जी! तपाइँको पुराना कुरा सम्झेर आएका भावना गजब छन्!

साईँला, राम्रो कविता छ! यो सफला को हो खास? :)

माष्टरनी नानी, त्यो कवितालाई बढाउन मिल्छ? :)

KOOLDUDE र Criminal लाई स्वागत छ! ( के गर्नु आधिकारिक स्वागत गर्ने गौतमजी हुनुहुन्न जस्तो छ अहिले त्यसैले मैले नै स्वागत गरिदिएँ याहाँको एक यात्रीको हैसियतले!
 
Posted on 02-09-06 10:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ग्वान्चेजी छुट्नुभएछ माफ पाउँ!
धन्यवाद् छ! तपाईँको पनि पढ्न पाउने आशा छ
:)
 
Posted on 02-09-06 10:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

स्वदेश को माया
मै मरिगए विदेशमा बस्दा स्वदेशको मायाले
नेपाली आमा बोलाउछिन छोराको मायाले
पानीको खाचो माछालाई हुन्छ पानीलाई हुँदैन
बत्तिको लागी पुतली मर्छ बत्तिलाई थाहा हुँदैन
माइतिको माया छोरिमा भन्दा बधुमा भरिन्छ
स्वदेशको माया प्रवेशमा हुँदा अति नै गरिन्छ
गुराश तिम्रो नाकको फुली डाफेले छोयको
बिर्सने छैन म हिड्ने बेला ति आमा रोएको
पूर्व पश्चिम हात पाउ दुबै बराबर फेलाइ
विरही आशु नबगाउ आमा ति नदी बनाइ
आउनेछु छिटिइ सेवार्थ तिम्रो लिएर सच्चाइ
 
Posted on 02-10-06 12:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्याबाद बिर्खे माहिलाजी, गौतमजी ,चित्रे, दादा साझाबस, gwanche र अरुहरु जस्ले मेरो गन्थन हेरिदिनु भएर मलाई हौसला बढाई दिनु भएकोछ । कतै गल्ति भएऔल्याइदिनु हुनेछ भन्ने आशा गरेकिछु।

त्यहि माथिको गन्थन जो बिर्खेजिले बढाउन भन्नु भएको थियो:)

भावपूर्ण सलाम तिमीलाई

एक पटक फेरि
मेरो मुटु रोकियो
मैले सहास बटुले
दुई थोपा आँशु हत्केलामा
अनि सयपत्रीको थुंगा
तिम्रो संझनामा
मैले समर्पितगरे।

हेर त!
तिम्रो त्यागले
कायरता होइन आत्मविश्वास
उर्लिरहेछ
मिथ्या होइन तिम्रो रगत
रक्तविज भएर जागिरहेछ
अफशोच!!
तिम्रो पाइला रोकाइयो
तर लाखौ कदम भएर उठिरहेछ।

तारा भएर उदाउनू तिमी
हरेक को स्वासमा
तिम्रो सहासी मुटु धड्किरहेछ
तिम्रो शरिर छैन यँहा
तर तिम्रो आत्मा शक्ति भएर जुटिरहेछ।

तिम्रो त्यो सहासिक यात्रा
लक्षमा पुगी रोकिनेछ
जो समर शुरु गर्यौ तिम्ले
त्यसकोलागि तिमिलाई
भावपूर्ण सलाम छ !!
 
Posted on 02-10-06 1:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 02-10-06 7:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कविताको देशमा गाऊँहरु थपिएका थपियै छन् , चाँडै साम्राज्यनै खडा गर्ला जस्तो छ यो देशले।
*********
साहिलोको पहिलो प्रयास राम्रो छ। मलाई मन परेको टुक्रो,
....म हुँ एउटा हावाको चंगा
सम्हाल मलाइ हे सफला सफला।.....

अनि कति धेरै नाम केटीहरुका? (यो चाहिँ ठट्टा है!)
************************
माष्टर्नी नानी, साँच्चैनै राम्रो कविता छ। विशेष गरी यो टुक्रोले त साह्रै प्रभाव पा-यो।

...एक पटक फेरि
मेरो मुटु रोकियो
मैले सहास बटुले
दुई थोपा आँशु हत्केलामा
अनि सयपत्रीको थुंगा
तिम्रो संझनामा
मैले समर्पितगरे। ....

********************
जिम्माल, कविता राम्रो छ, तर नेपे गुरुले भनेजस्तै निराशावादी हुनु भएन। पहिला पहिला म पनि अलिक निराशावादी टुक्राहरु कोर्थें, तर जिन्दगीलाई आशाको नजरले हे-यो भने धेरै कुरा आफैं उज्यालिँदा रहेछन्।
अनि एक्लै बस्दा बस्दै निराशा जागेको हो भने, एउटी चट्ट परेकी जिम्माल्नी खोजिहाल्नु प-यो! (ठट्टा है!) पहिलो श्रोताको रुपमा आफ्नै बूढीलाई पाएपछि, ज्यान जाला तर निराशावादी कविता भने फुर्दैन। ( यो चाहिँ साँचो हो!)
*************
जासूस केटा, हजूरको स्वदेश प्रेमलाई मेरो सलाम। त्यो प्रेममा मेरो प्रेम पनि मिसाएँ मैले।
**********
तरुण तपसीजी र सेफजी, यात्रालाई निरन्तरता दिईरहनु होला।
 
Posted on 02-10-06 7:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ग्वाँचेजी, cool dude जी र criminal जीलाई मेरो तर्फबाट पनि स्वागत छ कविताको देशमा।
(यो जिम्मालको कुरो चित्त बुझेन मलाई, कविताको देशमा नया यात्रीलाई हामीमध्ये जस्ले स्वागत गरे पनि हुन्छ। आईन्दा यस्तो कुरा नगरौ!)
ग्वाँचेजी, प्रशंशा र प्रेरणाका शब्दहरुका लगि धन्यवाद। तपाईहरुको मायाले हाम्रो यो यात्रालाई अझ बढी उर्जा दिनेछ। नेपाली कविताको आँगनमा यो धागोले पनि केहि सुन्दर फूल फूलाउन सकोस् भन्ने हाम्रो चाहना हो। तपाईँहरुको साथ पायो भने त्यो असम्भव छैन।
 
Posted on 02-10-06 7:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आजभोलि मैले गफैमात्र गर्ने गरेको छु यो देशमा, कविता थप्नुको साटो। अब त लाजै लागिसक्यो!

अहिलेलाई यो एउटा सानो गाऊँ।

"मेरो पेट"

अघाएको बेला मेरो पेटले
मलाई कविता लेख् भन्छ
र आफू उपरखुट्टी लगाएर
ध्यानमग्न सुनेको निहुँ पार्दै
भुसुक्क निदाऊँछ,
भोकाएको बेला मेरो पेटले
मेरो कवितालाई देख्यो भने
झम्टेर मार्न खोज्छ,
मलाई थाहा छ
कविताले मेरो पेटको भोक मार्दैन
तर मलाई थाहा छैन
खान नमिल्ने मेरो कविता मारेर
मेरो पेटले के पाऊँछ?
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Lets play Antakshari...........
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
TPS Re-registration case still pending ..
Democrats are so sure Trump will win
is Rato Bangala school cheating?
What Happened to Dual Citizenship Bill
Basnet or Basnyat ??
nrn citizenship
H1B fraud
इन्दिरा जोशीको चिन्ता लौच
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
श्राद्द
सेक्सी कविता - पार्ट २
डलराँ कमाएर ने .रु मा उडांउदा !@#
ChatSansar.com Naya Nepal Chat
Why always Miss Nepal winner is Newari??
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters