Posted by: Gautam B. February 10, 2006
Login in to Rate this Post:
0
?
कविताको देशमा गाऊँहरु थपिएका थपियै छन् , चाँडै साम्राज्यनै खडा गर्ला जस्तो छ यो देशले।
*********
साहिलोको पहिलो प्रयास राम्रो छ। मलाई मन परेको टुक्रो,
....म हुँ एउटा हावाको चंगा
सम्हाल मलाइ हे सफला सफला।.....
अनि कति धेरै नाम केटीहरुका? (यो चाहिँ ठट्टा है!)
************************
माष्टर्नी नानी, साँच्चैनै राम्रो कविता छ। विशेष गरी यो टुक्रोले त साह्रै प्रभाव पा-यो।
...एक पटक फेरि
मेरो मुटु रोकियो
मैले सहास बटुले
दुई थोपा आँशु हत्केलामा
अनि सयपत्रीको थुंगा
तिम्रो संझनामा
मैले समर्पितगरे। ....
********************
जिम्माल, कविता राम्रो छ, तर नेपे गुरुले भनेजस्तै निराशावादी हुनु भएन। पहिला पहिला म पनि अलिक निराशावादी टुक्राहरु कोर्थें, तर जिन्दगीलाई आशाको नजरले हे-यो भने धेरै कुरा आफैं उज्यालिँदा रहेछन्।
अनि एक्लै बस्दा बस्दै निराशा जागेको हो भने, एउटी चट्ट परेकी जिम्माल्नी खोजिहाल्नु प-यो! (ठट्टा है!) पहिलो श्रोताको रुपमा आफ्नै बूढीलाई पाएपछि, ज्यान जाला तर निराशावादी कविता भने फुर्दैन। ( यो चाहिँ साँचो हो!)
*************
जासूस केटा, हजूरको स्वदेश प्रेमलाई मेरो सलाम। त्यो प्रेममा मेरो प्रेम पनि मिसाएँ मैले।
**********
तरुण तपसीजी र सेफजी, यात्रालाई निरन्तरता दिईरहनु होला।