Posted by: Gautam B. February 10, 2006
KAVITAKO DESH
Login in to Rate this Post:     0       ?        
आजभोलि मैले गफैमात्र गर्ने गरेको छु यो देशमा, कविता थप्नुको साटो। अब त लाजै लागिसक्यो! अहिलेलाई यो एउटा सानो गाऊँ। "मेरो पेट" अघाएको बेला मेरो पेटले मलाई कविता लेख् भन्छ र आफू उपरखुट्टी लगाएर ध्यानमग्न सुनेको निहुँ पार्दै भुसुक्क निदाऊँछ, भोकाएको बेला मेरो पेटले मेरो कवितालाई देख्यो भने झम्टेर मार्न खोज्छ, मलाई थाहा छ कविताले मेरो पेटको भोक मार्दैन तर मलाई थाहा छैन खान नमिल्ने मेरो कविता मारेर मेरो पेटले के पाऊँछ?
Read Full Discussion Thread for this article