Gautam B.
Replies to this thread:

More by Gautam B.
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 KAVITAKO DESH

[Please view other pages to see the rest of the postings. Total posts: 305]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 101034 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 11-28-05 11:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"कविताको देश"

मैले साझामा बिभिन्न धागाहरुमा छरेर टाँसेका छन्दविहीन कविताहरुलाई एकै ठाऊँमा ल्याउन र अब टाँस्ने कविताहरुलाई पनि यसैमा टाँस्न भनेर यो नया धागो फुकाको हुँ।

साझामा आउनु मेरो लागि जीवनको सानोतिनो क्रान्तिनै भएजस्तो मानेको छु मैले, विशेष गरी मेरो रोकिएको लेखन यात्रामा फेरि गति आएकोमा । नेपाली भाषा मेरो जिन्दगीको मिठास जस्तो लाग्छ मलाई। साझामा मिल्ने प्रतिकृयाहरुले मलाई धेरै सुधारेका छन्, मेरो जिन्दगीमा
"मिठास" थपेका छन् ।

यो धागोमा सबै साथीहरुलाई सकृय सहभगिताको लागि स्वागत छ।
साथीहरुका कविताहरु पनि पढ्न पाउने आशा गरेको छु।
***********************************************************

पहिले टाँसिसकेका कविताहरुबाट शुरु गर्दैछु। सबभन्दा पहिला, मेरो कविताको
"परिभाषा" बाटै ।



"मेरो कविता"


दिनभरि यन्त्रहरू, यान्त्रिक समीकरणहरू र रेखाहरूसँग

यन्त्रवत् चलेपछि,

साँझ पर्दासम्म

मुटु यन्त्रवत् टुक्रिएर चोइटा चोइटा बनिसक्छ;

म थुपार्छु चोइटाहरू

र कलमको अगुल्टो झोसेर फुकिदिन्छु,

हुर्हुरी बल्छ मेरो कविताको आगो

र म एकपटक फेरि जन्मन्छु ।
 
Posted on 11-29-05 5:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो धागोमा म त छिरेकै रै'नछु ल। गजब छ गौतम जी, निरन्तरता दिनुस। शुभकामना मेरो।
 
Posted on 11-29-05 6:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thank you Gautam bandu, very beautiful and thoughtful poems. Keep rolling. I will get to the thread soon.
 
Posted on 11-29-05 9:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद भउतेजी र लालुपातेजी। कविताको देशमा स्वागत छ। हजुरहरुको सकृय सहभगिताको अपेक्षा छ।

भउतेजी, यो धागो नया हो, छरेर टाँसिएका कविताहरुलाई एकैठाऊँमा टाँस्न भनेर हिजैमात्र जन्माईएको हो । त्यो "जिन्दगी" बाहेक अरु सबै पहिल्यै टाँसिसकिएका हुन्। अब कविता लेख्न सकियो भने पनि यसमै टाँसिनेछ।

 
Posted on 11-29-05 10:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Tadhaa katai baseko chhau timi kina ?
chhati bhitra mutu ma katai basi diye hunthiyo timi...
dukh ma duber jindagi kin barbaad gardai chhau timi le ?
raati sapni ma bhetna aaye pani hunthiyo timi..

kotha ko andhakaar le gherer bhanchha malaai
hidda uder jau man ko bhabanaa sangai katai..
jati najik aauna khoje timro tetinai tadha hunchha kin timi ??
maya chha mutu bhari aayer here hunthiyo timile pani
kati maya garchhu timilaai ek chotti mero mutu ma baser here hunthiyo timile pani

 
Posted on 11-29-05 10:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Jindagi khai ke ho?? maile janna sakina,maya khai ke ho bujhnai sakin..
maya ta dherai nai gareko thiye unilaai..tara dekhauna nai sakina .....
dekhdai rahe sadhai unilaai tara....maya darshauna nai sakina ...
jindagi bhari saath dinchhu ta bhanin..tara kasam khana sakinna ...

sayaad ahile pani unilaai nai maya garchhu holaa
aaj pani unilaai nai samjhi baacheko chhu holaa
aaj pani nisthuriko parkhai ma baseko chhu holaa
tara malai thaha chha uni kahile pani aaudinna yo ta kewal mero man ko bhram matrai holaa

 
Posted on 11-29-05 11:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

gotame ji,

tyo haiku barsa garaun na. khubai interesting bhaira' thiyo. seriously ramro thiyo yaar.

ra arko kura, kunai pani bisay ma nagayi tesai abstract lekhan garaun na ani sabai lai trip dinchha ke.

 
Posted on 11-30-05 1:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

spyboyji and nepesahilaji, thank you and welcome to कविताको देश .

spyboyji, please continue your poetic journey. I hope to read more from you.

nepesahilaji, HAIKU THREAD is different. Link is here;
-http://www.sajha.com/sajha/html/OpenThread.cfm?forum=2&ThreadID=24060

And about writing "abstract", as you say it to be about nothing, I am unable to do that. I write when something touches me inside. That "something" can be anything; love, lust, happiness, anger and helplessness. Writing something which you yourself can't understand (what about others!) has no attraction to me. I try to be as simple as possible and try to write with as few words as possible.

Waiting eagerly for your input too.
 
Posted on 11-30-05 6:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गौतम गुरु॥
धेरै राम्रो सुरुआत गर्नुभएछ, मूरी-मूरी बधाई अनि साधुवाद॥ "परदेशी" ले त साह्रै नै छोयो यो दिल अनि कता-कता मगजका यन्त्रहरू बिगतलाई सम्झन पुगे। म पनि एक दिन भरी घोत्ले एउटा कविता लेख्ने प्रयास गरी तपाई कै धागोमा उन्ने धृष्टता गरेको छु ल॥

काश समयले साथ दिन्थ्?यो!

म त खोजुँ भन्?थें
मेरो आफ्?नै अस्?तित्?व
तिम्रा गहिरा नयनहरूमा॥
म त सुस्ताऊँ भन्थे
मेरो थकित अनि शून्?य जीवन
तिम्रै मायाको सीतल छाँयामा॥
मेरो गतिहीन जीवन
तिम्रो प्यारको कल्?पनामा
गति लिने गर्थ्?यो॥
मेरो धड्कनरहीत मुटु
तिम्रो निश्?वासको आभाषमा
स्?पन्?दित हुने गर्थ्?यो॥
म मायाको तृष्?णामा
भड्कीएको एक
प्?यासी बटुवा॥
म जीवनको भव-सागरमा
पोतवार गुमाएको एक
लक्षहीन नाविक॥
तिम्रो अपनत्?वमा
अमृत-सागर पाउँथे
जीवनको गन्तब्?य भेट्?थें॥
तर अफसोच
मेरो नियती नै तेस्?तै
कोरा कागज जस्तै॥
तिमी रातो रंगमा
सजिएर पराई भएको
टुलु-टुलु हेर्न बिबस॥
मेरो प्रेम फक्रनु
अगावै ओइली झरेको
सहन बिबस॥
कास समयले साथ दिन्थ्?यो
म तिम्रो हुन्?थें
तिमी मेरी हुन्थ्?यौ॥
हाम्रो नया
संसार हुनथ्यो
एउटा नया इतिहास बन्थ्?यो॥


 
Posted on 11-30-05 2:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गौतम जी,
आज मजाले तपाईँका सबै कबिता पढेँ ।
यो 'परदेशी' ले मुटु छोयो मेरो!

.....
खण्डहरजस्तो घरको मझेरीमा
दु:खी आमालाई एक्लै छोडेर,
भिरालो पाखो बारीमा
बूढा बालाई एक्लै छोडेर,
एक जुग अघि हिँडेको म-
यी विराना सडकहरु नापिरहेछु निरन्तर
पोखिरहेछु विरानो माटोमा पसिना तरतर,

भोलि कहाँ खोज्ने मैले मेरो पसिनाको मोल?

किनकि मेपलहरुले मलाई अपनाऊँदैनन्
किनकि साकुराले मलाई आफ्नो ठान्दैन
न त मध्यरातको सूर्य मेरो हुनसक्छ
न म छ महिने हिऊँमा रमाउन सक्छु
न म खाडीमा अड्डा जमाउन सक्छु,
र नेपालसंग मागौँ भने
मेरो जवानीले मैले नेपाल सिंच्न पाईँन!
.......



 
Posted on 11-30-05 2:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.ऋषी जी
धेरै राम्रो छ! अरु पनि टाँसौ है?
:)

 
Posted on 11-30-05 6:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फेरी पनि धृष्टता गरें ल, गौतम गुरु। यो धागोमा उनिएपछि त उनिईरहन मन लाग्दो रैछ हौ॥ माइला गुरुलाई हौसलाकानिम्ति धन्यवाद।

एउटा मधूर सम्बन्ध गाँसौ!

धेरै भयो
दिल खोलेर नहाँसेको
तनावग्रस्त भै बाँचेको
पीडाको पोको साँचेको
त्यसैले पृय ! आऊ
मुटुको गाँठो फुकाएर हाँसौ
एउटा मधूर सम्बन्ध गाँसौ॥

जिन्दगी फगत यात्रा न रहेछ
अविराम मृत्यूतिर बढिरहने
बाचुञ्जेलको द्वैध बिचार
मृत्यूसँगै अस्ताई जाने
अधुरा सपना धुमील नहुँदै
भावनाका भेल साटौं
समाजको कृत्रिम परिधी नाघि
एउटा मधूर सम्बन्ध गाँसौ॥

कति बस्छ्यौ?
अन्तर्मनमा पीडा लुकाई
ह्र्दयका तरंग कूण्ठित पारी
आडम्बरको खोल ओढेर
त्यसैले पृय ! आऊ
मनका बह फोएर नाचौं
एउटा मधूर सम्बन्ध गासौं॥

यहाँ कसलाई कसको मतलब छ?
दुनीया यस्तै हो, रीत यस्तै छ
सबै एक्ला, गन्तब्यहीन दौडिरहेका
दिक्भ्रमित बिचरा ! आँफैसँग तर्सिरहेका
स्वार्थको पोको थाँती राखी
स्वच्छ चोखो माया साटौं
जीवनका गूढ रहस्य बुझ्न
एउटा मधूर सम्बन्ध गासौं॥
 
Posted on 11-30-05 6:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दामी छ ऋषिजी।

"मुटुको गाँठो फुकाएर हाँसौ
एउटा मधूर सम्बन्ध गाँसौ॥ -----"

हाँस्ने कोशिशनै जीवन होला शायद।
अनि धृष्टता केहि पनि भएको छैन ऋषिजी। यो धागोमा जतिसक्दो कविता उनौँ।

ऋषिजी र बिर्खे माइलाजी, "परदेशी" मनपराइदिनुभएकोमा धन्यावाद। यो कविता जन्मनुको श्रेयचैँ दाद गिरिजीलाई जान्छ। उहाँले एउटा कार्यक्रमको लागि कविता अनूरोध नगरेको भए शायद यो लेखिईन्न थियो होला।

 
Posted on 11-30-05 10:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एक्लै बस्दा अचानक मन मा यस्तो कुरा आयो। कबिता भन्ने कि के भन्ने थाहा छैन।
न व्याकरण मिलेको छ न त छन्द नै। तै पनि मन को खुल्दुली पोख्न मन लाग्यो-


अस्तित्वबोध!!---------

बजार मा थिएँ
एउटा मुखौटो पाएँ, लगाएँ
म एउटा भिडको सदस्य भएँ।
सामान किनेँ, भाउ घटाएँ
त्यसै रमाएँ।

घरमा गएँ,
बुबा, आमा अनि दाजुभाइ, दिदि बहिनी,
अर्को मुखौटो भेटेँ
त्यो पनि लगाएँ
म एउटा छोरा भएँ, दाइ भएँ,
एउटा भाइ भएँ
अनि छुट्टै बसेँ।

मित्र भेटेँ,
फेरि अर्को मुखौटो लगाएँ
सामुहिक भएँ,
हासेँ, पिएँ,नाचेँ
कहिले रिस गरेँ,
कहिले इख गरेँ
अनि छुट्टिएँ।

तिमी भेटेँ
एउटा अर्को मुखौटो खोजेँ
लगाएँ।
म एक प्रेमी भएँ,
वाचा गरेँ, कसम खाएँ
सबै तोडेँ
एक्लै भएँ।

आज अचानक
आफुले आफैँलाइ हेरेँ
एउटा मुखौटो अझै रेछ
जसभित्र म छु!
म हुनुको बोध,
यो मुखौटो भित्र छ
फुकाल्न खोज्छु
फेरि अर्को मुखौटोले छोप्छ
मुखौटो माथि मुखौटो,
म मुखौटै मुखौटोले जेलिएको रहेछु!!


 
Posted on 12-01-05 1:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खे माइलाजी, तपाईँको कविता पढेपछि मलाई मचैँ तेस्सै गम्केको रहेछु जस्तो लाग्छ। गजब छ। बरु एउटा कुरा, गुरु किन यति सारो निराश?

तपाईँलेनै भन्नु भएको छ;
"---एउटा मुखौटो अझै रेछ
जसभित्र म छु! "

यो जिन्दगीको वासतविक उपलब्धि भनेकै आफ्नो वास्तविक मुखौटो, आफ्नो वास्तविक स्वरुप भेट्नु होइन र? भेटिसकेपछि पनि अझै निराश?

 
Posted on 12-01-05 3:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गोतामे जी,
त्यो "परदेशी" ले त मलाइ एकदम भावुक बनायो लौ
एकछिन त ट्वाल्ल परेर नेपाल सम्झेर बसिरहेँ।

 
Posted on 12-01-05 7:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गौतमजी,
'परदेशी' त साँच्चिकै मार्मिक र शक्तिशाली कविता हो, विशेषगरी हामी जस्ता विदेशिएकाहरूका लागि। यो कविता त जति पढे पनि, फेरी पढुँ पढुँ लाग्छ। अरू पनि जावस्!
 
Posted on 12-01-05 5:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गौतम जी,
मैले छरेको अक्षरहरु मन पराइदिनु भएको मा धन्यावाद्!
दिनभरी फुर्सत नै भएन। यहाँ सालतमामी(End of the Semester ) हुन लागेको भएर दिनभरी साझामा चिहाउने मौका सम्म मिलेन, भर्खर हेरेको। गुरुको शब्दले मलाइ ठुलो प्रोत्साहन र हौसला दियो!

----- "---एउटा मुखौटो अझै रेछ
जसभित्र म छु! " -------

खै गौतम गुरु, अनायाशै यो मनले के के सोचेको बेलामा लेखिहालेको हो त्यतिबेला 'सबै मुखौटो फाल्न पाए आफुलाइ भेट्थेँ कि जस्तो लाग्यो। मलाइ लाग्यो कि 'वास्तविक म' कुनै पनि किसिम को मुखौटोरहित छु र म अनवरत् रुपमा त्यसको खोजिमा छु!
त्यसलाइ कसरि लेख्दा राम्रो हुन्छ सुझाव को अपेक्षा मा छु ! :)
 
Posted on 12-01-05 5:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्षे गुरू!
सजिला शब्दहरू उनेर जिवनको यथार्थ नै देखाउनु भो। वास्तवमा जिवन आँफैमा मुखौटो न हो।
"-----आफुले आफैँलाइ हेरेँ
एउटा मुखौटो अझै रेछ
जसभित्र म छु!
म हुनुको बोध,
यो मुखौटो भित्र छ
फुकाल्न खोज्छु
फेरि अर्को मुखौटोले छोप्छ
मुखौटो माथि मुखौटो,
म मुखौटै मुखौटोले जेलिएको रहेछु!! "

दामी छ । अरू पनि जाओस है।


 
Posted on 12-01-05 5:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेउपानेजी र मानचित्रजी, धन्यवाद।
बिर्खे गुरु, 'आफू'लाई खोज्ने तपाईँको प्रयास सफल होस्, मेरो शुभकामना।

आज एउटा छोटो टुक्रो। जिन्दगीको कुनै एक क्षणमा यो अनूभूति आएको थियो।
कतै नगईकनै पनि कुनै नया मोडमा पुगेजस्तो लागेको थियो। त्यै भावनालाई
कागजमा उतार्दा यस्तो भएछ।



"जिन्दगी यतिखेर"

अपरिचित शहरमा आईपुगेको छु,
मध्यरातको सूनसान छ,
बास मागेर निद्रा बिगारीदिने मन छैन मलाई;
म उज्यालोको खोजीमा सडकहरु नापीरहेछु।




 
Posted on 12-01-05 6:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Travelling to Nepal - TPS AP- PASSPORT
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Reregistration and EAD Approval Timeline.......
nrn citizenship
Morning dharahara
Another Song Playing In My Mind
TPS Renewal Reregistration
WHAT DO YOU GUYS THINK ABOUT THIS?
हेर अमेरिकामा नेपालीहरुको बेज्जत
Does the 180 day auto extension apply for TPS?
जाडो, बा र म……
1974 AD Pinjadako Suga Remixed
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters