Posted by: Birkhe_Maila November 30, 2005
KAVITAKO DESH
Login in to Rate this Post:     0       ?        
एक्लै बस्दा अचानक मन मा यस्तो कुरा आयो। कबिता भन्ने कि के भन्ने थाहा छैन। न व्याकरण मिलेको छ न त छन्द नै। तै पनि मन को खुल्दुली पोख्न मन लाग्यो- अस्तित्वबोध!!--------- बजार मा थिएँ एउटा मुखौटो पाएँ, लगाएँ म एउटा भिडको सदस्य भएँ। सामान किनेँ, भाउ घटाएँ त्यसै रमाएँ। घरमा गएँ, बुबा, आमा अनि दाजुभाइ, दिदि बहिनी, अर्को मुखौटो भेटेँ त्यो पनि लगाएँ म एउटा छोरा भएँ, दाइ भएँ, एउटा भाइ भएँ अनि छुट्टै बसेँ। मित्र भेटेँ, फेरि अर्को मुखौटो लगाएँ सामुहिक भएँ, हासेँ, पिएँ,नाचेँ कहिले रिस गरेँ, कहिले इख गरेँ अनि छुट्टिएँ। तिमी भेटेँ एउटा अर्को मुखौटो खोजेँ लगाएँ। म एक प्रेमी भएँ, वाचा गरेँ, कसम खाएँ सबै तोडेँ एक्लै भएँ। आज अचानक आफुले आफैँलाइ हेरेँ एउटा मुखौटो अझै रेछ जसभित्र म छु! म हुनुको बोध, यो मुखौटो भित्र छ फुकाल्न खोज्छु फेरि अर्को मुखौटोले छोप्छ मुखौटो माथि मुखौटो, म मुखौटै मुखौटोले जेलिएको रहेछु!!
Read Full Discussion Thread for this article