Posted by: Birkhe_Maila November 30, 2005
KAVITAKO DESH
Login in to Rate this Post:     0       ?        
गौतम जी, आज मजाले तपाईँका सबै कबिता पढेँ । यो 'परदेशी' ले मुटु छोयो मेरो! ..... खण्डहरजस्तो घरको मझेरीमा दु:खी आमालाई एक्लै छोडेर, भिरालो पाखो बारीमा बूढा बालाई एक्लै छोडेर, एक जुग अघि हिँडेको म- यी विराना सडकहरु नापिरहेछु निरन्तर पोखिरहेछु विरानो माटोमा पसिना तरतर, भोलि कहाँ खोज्ने मैले मेरो पसिनाको मोल? किनकि मेपलहरुले मलाई अपनाऊँदैनन् किनकि साकुराले मलाई आफ्नो ठान्दैन न त मध्यरातको सूर्य मेरो हुनसक्छ न म छ महिने हिऊँमा रमाउन सक्छु न म खाडीमा अड्डा जमाउन सक्छु, र नेपालसंग मागौँ भने मेरो जवानीले मैले नेपाल सिंच्न पाईँन! .......
Read Full Discussion Thread for this article