Posted by: rhishi November 30, 2005
KAVITAKO DESH
Login in to Rate this Post:     0       ?        
फेरी पनि धृष्टता गरें ल, गौतम गुरु। यो धागोमा उनिएपछि त उनिईरहन मन लाग्दो रैछ हौ॥ माइला गुरुलाई हौसलाकानिम्ति धन्यवाद। एउटा मधूर सम्बन्ध गाँसौ! धेरै भयो दिल खोलेर नहाँसेको तनावग्रस्त भै बाँचेको पीडाको पोको साँचेको त्यसैले पृय ! आऊ मुटुको गाँठो फुकाएर हाँसौ एउटा मधूर सम्बन्ध गाँसौ॥ जिन्दगी फगत यात्रा न रहेछ अविराम मृत्यूतिर बढिरहने बाचुञ्जेलको द्वैध बिचार मृत्यूसँगै अस्ताई जाने अधुरा सपना धुमील नहुँदै भावनाका भेल साटौं समाजको कृत्रिम परिधी नाघि एउटा मधूर सम्बन्ध गाँसौ॥ कति बस्छ्यौ? अन्तर्मनमा पीडा लुकाई ह्र्दयका तरंग कूण्ठित पारी आडम्बरको खोल ओढेर त्यसैले पृय ! आऊ मनका बह फोएर नाचौं एउटा मधूर सम्बन्ध गासौं॥ यहाँ कसलाई कसको मतलब छ? दुनीया यस्तै हो, रीत यस्तै छ सबै एक्ला, गन्तब्यहीन दौडिरहेका दिक्भ्रमित बिचरा ! आँफैसँग तर्सिरहेका स्वार्थको पोको थाँती राखी स्वच्छ चोखो माया साटौं जीवनका गूढ रहस्य बुझ्न एउटा मधूर सम्बन्ध गासौं॥
Read Full Discussion Thread for this article