Posted by: Birkhe_Maila January 27, 2006
Login in to Rate this Post:
0
?
'उदासी' , सबैले कुनै न कुनै बेला भोग्ने कुरा हो। यस्तै एउटा उदासी म लेख्न खोज्दै छु कविताको देशमा।
उदास रात -
एउटा उदास कोठामा,
बत्तिको पहेँलो उदास उज्यालोमा,
उदास ‘म’;
मेरा सबै उदासीहरु केलाइरहेछु।
कोठाको भित्ता भित्ताले मलाइ हेर्दैछ
र मानौँ भन्दै छ,
तेरो र मेरो एउटै नियती छ,
म जड् छु र एक्लो छु
तँ भौँतारिन्छस र एक्लो छस!
भित्ते घडिको उराठ ‘टिकटिक’ ले,
मेरो व्यर्थ गएको समयको बोध गराउँदा,
‘प्राप्ती’ मेरो लागि अझै असाध्य हुन पुग्छ।
र फेरि अर्को उदासि म जोड्छु
मेरा अघिका कयौँ उदासीहरुमा!
एउटा साङ्ग्लो,
भुइँको एउटा कुना बाट,
दौडँदै अर्को कुना तिर लाग्छ।
म हेर्छु उसको दौड, र सोच्छु-
अनिश्चित र निरुदेश्य दौड त हैन यसको?
तर, अचानक म बुझ्छु
म त्यो साङ्गलो हैन!
धेरै बेरको औडाहा पछि,
चिसो पानीले मेरो अनुहार भिजाउँछु।
चिसै मेरो रगतमा,
म फेरी त्यही उदासी पाउँछु
जुन मुटु देखि ढाड सम्म,
ढाड देखि हात खुट्टा सम्म
र हात खुट्टा देखी टाउको सम्म पुग्छ!
निंद्रा;
एउटा लामो भुतकालको
यथार्थ बनेको छ मेरो लागि,
दायाँ कोल्टेले,
मलाइ मेरो पुरानो पिनास संगै आउने
सकसको आभाष दिन्छ।
बायाँ कोल्टेले,
मलाइ जीवनको तितो संग्राममा लैजान्छ।
उत्तानो पर्दा म पागल हुन्छु,
घोप्टो पर्दा म धुरुधुरु रुन्छु।
यसरि कयौँ उदासी फेरी
मेरो निंद्रा संगै आउँछ!!