Posted by: miss_ me January 30, 2006
KAVITAKO DESH
Login in to Rate this Post:     0       ?        
सम्झना रनवन डुल्दा खेरि फुस्केका ति भाका सुसेली भै घन्किन्छ कि?भीरपाखा सारा कहिले झर्थे वेसीं खोला कैले माथि पाखा सम्झिन्छ कि अझै पनि ?मलाई मेरै रारा।। सुनाखरी फुल्दा मेरो शिर माथि फुल्थ्यो सुगन्धित बतासले मलाइ छुदै बग्थ्यो चौरी संग हातेमालो गर्दै पहाड वेसी सुख दुख साट्ने गर्थी मेरै डाँफे चरी।। संझना त्यो आँखा भरि झलझली आउछ सपनामा कोहि मलाई बोलाए झै लाग्छ पसिना यो मेरो हात को बगिरेछ कतै खट्किनेछ जीवनभर गुनासो यो सधै।। ताजा नै छन यादहरु मेट्दा मेटिन्छर? भेट्न खोजी त्यो द्यौराली जा’तै भेटिन्छर? माथि हेर्दा हिमाल हास्ने तल त्यो कर्णाली छाती भरि साँचेकिछु विशाल आमा मेरी।।
Read Full Discussion Thread for this article