nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ ~ चौतारी महोत्सब~ ~

[Please view other pages to see the rest of the postings. Total posts: 373]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 NEXT PAGE
[VIEWED 124153 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 19 pages, View Last 20 replies.
Posted on 09-06-06 12:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ ~ चौतारी महोत्सब~ ~





एक बर्षसम्म चौतारीमा बिताउदा २४ पटक चौतारीका छपनिहरु त फेरीसकिएचन । बार्है महिनाका चिसा र ताता हावा खादै गफ मार्दा कम्ता रमाइलो त हुदो रइनच गाठे । अब त झन यो पहिलो महोत्सबमा कति रमाइलो हुने हो कति? यसपाली त खास्साले कुदेको छु के रे चौतारीका छपानि पनि । अब सप्पैले यि चिटिक्का परेका छपनिमा कथा,कबिता,गजल,गित,ठट्टा,राम्रा राम्रा फुटा अनि अरु कुराहरुले बुट्टा भरेर च्याट्ट पार्नु पर्च के रे । गाम तिर मेलाको चापा चाप भए नि चिया खाने निउ पारेर यो महोत्सबलाइ महामहोत्सब बनाउनु पर्च है ?
ल हेर सप्पै जनालाइ चौतारी महोत्सबको चाड लागिसकेच । मलाइ त नाम पनि सप्पैको कण्ठ भइसकेच के रे !नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, चित्रे,काका,निरे,सन्जु, सिरे, भौते, कुम्ले,गोतामे,ग्वाचे,फुलौरे ,भट्टे, मास्टर्नी नानी,डल्ली,तिरु, ठुल्नानि, प्रिती, मुन्द्रे, लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते,काने,मुखियाबा, लालुपाते, गुरासे, ईश्वर,लाउरे दाई, लुते, नटे, सेर्पिनि, चमेली,लन्लि, रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, हिते ,नारने, कैले, झाक्री, चरीनङ्रगे, बब दाई, सान्कान्छा, राते, रामे, माने, इन्द्रेणी,हिमाल, फोक्से, डि बी र मिस्टे , मज्जाले जम्न पर्च है यो बिसेष चौतारीमा । ल हेर मैले त मलाइ नै बिर्सेचु । मेरो नाम चै नमे है ?
यो एकदमै बिसेष भकोले मुइले त लम्बर पनि देको छैन यसलाइ । सप्पै मिलेर २ दिनामा भर्ने कुरा भको छ के रे ? अब भर्नि भनेको जति भरे पनि हुन्च है रउसीको घ्याम्पो भरे जस्तै अरेर । तर चाड आयो भनेर टन्न रौसि धोकेर नआम है,ह्या आमा पाटी न भे नि दिदी बैनि पार्टी छन् क्या , फेरी उठ बस अराउलान सप्पैको अगाडी । दशैमा सप्पैले बर्ष भरिको रिस, झगडा भुलेर मिलिजुलि चाड मनाउचन के रे, अब यो चौतारीमा कोइ कोइलाइ तेस्तै परेको भए एइ अबसर पारेर नराम्रो कुरा भुलेर आम के रे । हुन त तेस्तो कल झगडा परेको त छैन यो चौतारीमा तर अलिकति मुन्छेहरु आउन छोड्दा केइ भ कि भन्नि यो पापी मन को सुर्तना क्या ?
मैले मात्रै बोले त फेरी अरुको बोल्ने पालो नै नआउला , ल त है गोतामेको देशको मया अर्नि कबिता जप्दै म अलि उता सरें ।
पूरै जुनी अटेको निमेष देखें
आज फेरि सपनीमा देश देखें,

हिमाली सेतो आकाशमा ठोक्किई
चम्केको फाँट, वन-प्रदेश देखें,

थाप्लामाथि,लहरै पाखाहरुको
निला दह सुसेलेको भेष देखें,

फूलमा चढेको रंगको के कुरा?
पातमा वसन्तको प्रवेश देखें,

कस्ले कोरिदियो त्यति राम्रो चूल्ठी?
पहरामा छहराको केश देखें,

आफ्नो भन्नु रहेनछ अरु केहि
"नेपाल" नै श्री-सम्पत्ती, यश देखें,

आज फेरि सपनीमा देश देखें
आज फेरि सपनीमा चौतारी देखें।
 
Posted on 09-08-06 1:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Philippines ko jhanda ho la.
 
Posted on 09-08-06 1:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा!!

मलाई सोधेको हो ठुल्नानी??

ल सुन, तिमी घरबाट बाहिर निस्केर, ति साना साना गल्लिहरु काटेर हाइवे तिर निस्क अनि त्यहाँ कतै तिमीले I 95 South लेखेको देख्यौ भने, त्यस्लाई समातेर १०-१५ घन्टा गाडी हुइँक्याउ। त्यस्पछि ठुलो स्वरले मलाई "ए कुम्ले!!" भनेर बोलाउ त म तिम्रो सामुन्ने टुप्लुक्क आइपुग्छु।
:D
 
Posted on 09-08-06 1:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तितौरी सान्नानि र थुल्नानि चौतारी इस्कुल् मा!!

 
Posted on 09-08-06 1:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ग्वाँचे कथ मजाको लाओ!:)
पुन्टे दाई ha ha ha
कुम्ले, आई पन्चानब्बे???


एsss आयो कलि
धपक्कै बलि
दिदि भन्दा
बैनि झन नक्कली
ऐना टल्लाम्ने
झ्यालमा बसेर
आँखा सन्काम्ने

 
Posted on 09-08-06 1:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तितौरी कस्तो राम्रो चित्र! तिमीले बनाएको हो? यो रिया हो कि दिया हो कि पिया हो के जाति लेखेको छ त पुछारमा त? :)
 
Posted on 09-08-06 1:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Tyra nai chha ni! Birkhe Bro k bhaako? :P
 
Posted on 09-08-06 1:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो बब दाई! के छ हालखबर शेरखाँ? :)
हरे हे हे हे बब दाई हो त है? क्यार्नु बुडेसकालाँ आँखोले नि दोका दिँदो रेछ।

बरु यो के जाति ब्याकग्राउन्ड मा तिनजना केटिहरुको माथि पट्टि बालद जस्तो रंग साह्रै राम्रो लाग्यो! तितौरि गजबकै चित्रकार रैछिन्! लु लु ट्याम मिले म बुडोले तमाखु तानेओ चित्र नि बनाइदेऊन है? :)
 
Posted on 09-08-06 1:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो! क्या राम्रो चित्र बनाकी हौ तितौरीले। अनि कुन चाहि को नि?

हाम्रो नि चित्र कोरेर टाँस त। ए जिम्माल बा! भन्नुस् त तितौरीलाई मान्छिन कि।
 
Posted on 09-08-06 1:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

थ्यांक्उ कुम्ले ।
ओहो कस्तो राम्रो फुतो तासेको तितौरी ले ।
त्यो फुतोमा tyra नै लेखेको छ । वीरखे दाई ले चस्मा लगार हेर्नु त ।
बबे दाई धरै दिन पछी बाटो भुल्नु भो नि ।
 
Posted on 09-08-06 1:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो त नि थुल्ननि तो फुतोमा ताइरा नै लेकेको रेच, के गर्नु बुदेसकलमा आका कमजर भएच :)

हे हे हे मैले भनिदिनु पर्ने रे :)
कुम्ले भनिसकेँ मैले, मलाई चाहिँ एउडा तमाखु तान्दै अरेओ चित्र बना'र घरको भित्तामा टाँस्न मन छ। बरु तिमिलाई कस्तो चाहिने हो तितौरी सँअ नै भन न।
 
Posted on 09-08-06 1:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यबाद् जिम्माल् बा, कुम्ले ,ठुल्नानि राम्रो भन्दिएको मा :)

हा हा हा जिम्माल् बा तितौरि ले दुख गरेर बनाएको चित्र रिया ले बनाएको भन्दिने हजुर् :P
..... हस् मौका मिले हजुर् ले तमाखु तानेको अनि कुम्ले ले काक्रा चोर्दै गरेको सबै को बनाउछु फेरि, :D

कुम्ले कन्फ्युज् भा' नाम् देको छ नि त माथि।

बब् दाइ नमस्कार् धेरै दिन् पछि आउनु भयो चौतारि मा ।
 
Posted on 09-08-06 1:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आहा त्यति राम्रो चित्र टाँस्दिन भनेर घुर्कि लाकि हेर तितौरिले। कति राम्रो बनाकि लौन, अरु पनि बनाउन त अब।
बब् लाई मेरो नि नमस्कारम्।
 
Posted on 09-08-06 2:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए तितौरी!
तिन जनामा कुन् चाँहि तिमी हो नि? मलाई चाँहि तिमी बिचको हो जस्तो लागेको छ।

कहाँ मकै चोरेको चित्र बनाउने नि, लौ! त्यो तिमीले मलाई माछाको चित्र बनाएर दिएको बेलाको बनाउन। नत्र मलाई तानेर मिस भा'ठाम मा लैजादै गर्दा को बनाए पनि हुन्छ। नत्र अस्ति दर खाने दिनमा खीर खाँदै गरेको बनाए पनि भो। नत्र तिम्रो सेलरोटी चोरेर भागेको बेलाको चित्र बनाएपनि हुन्छ। अथवा सबै बनाएपनि हुन्छ।
:D
 
Posted on 09-08-06 2:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्ले आर यु ओके? त्यो बिच को त म हो । मकै र काँक्रो मा झुकिएजस्तो छ नि कुम्ले ।
 
Posted on 09-08-06 2:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तितौरी, चित्र राम्रो छ।

ल, मैले भर्खरै लेखेको मेरो पुरानो कथाहरूको पाँचौं भाग हो यो। यो कथा पढ्नु अघि चौथो भागसम्म पढ्नुहोला धनकुटाको बारेमा, चौतारीको पुराना भागमा छन्।

आज म यौटा धमाका गर्दैछु।
के होला भनेर सोच्नुभो होला, कुरा के भने म मेरो फोटो टाँस्दैछु चौतारीमा!
भर्खरै दिदीले ईमेलमा पठाउनु भएको ताजा फोटो, तर बालककालको! :D
प्रतीक्षा गर्नुहोला।

काठमाडौंको कोलाहल

काठमाडौंको दिनचर्या धनकुटाको भन्दा नितान्त बेग्लै थियो, जताततै मान्छेको भीड, घरैघरको जंगल जस्तो ठाउँमा मेरो बालमन उकुसमुकुस हुन थाल्यो। भूपी शेरचनको कविताको ‘साँघुरो गल्लीमा मेरो चोक छ, यहाँ के छैन सब थोक छ’ भन्ने पंक्ति वास्तविकतामा सलबलाइरहेको हुन्थ्यो। न यहाँ पिङ् थियो, न खेल्ने चौर, न त धनकुटाको जस्तो स्वतन्त्र र उन्मुक्त वातावरण, म धेरै सानो हुनाले एक्लै बाहिर पनि जान पाउँदैनथें। मलाई धनकुटाको साह्रो याद आउँथ्यो, खेत बारीमा उफ्री उफ्री खेलिरहेको, उकाली ओरालीमा हराइरहेको सम्झनाले मनै प्रफुल्लित हुन्थ्यो।

म घरको टुप्पोमा रहेको कौसीमा गएर यताउति हेर्थें, जताततै घरै घर देखिन्थे, अझ त्यतिबेला अहिलेको जस्तो बाक्लो बस्ती बसिसकेको थिएन, उपत्यकाका धेरै कुराहरू त्यहाँबाट छर्लङ्गै देखिन्थे, जस्तै एयरपोर्ट, धरहरा, घण्टाघर, स्वयम्भू आदि। एकदिन म उत्तरपश्चिमतिरको डाँडामा खूब ध्यान दिएर हेर्न थालें, मेरा कलिला आँखा त्यतिबेला असाध्यै तेज थिए। मैले डाँडाको टुप्पोमा यौटा सेतो रंगको ग्रामीण घर देखें, खरको छानो भएको। म एक्कासी झसंग भएँ, अनि खुशीले उफ्रिन थालें, हतार हतार तल ओर्लिएर बुबालाई भनें, ‘ ड्याडी! मैले कौसीबाट धनकुटा देखें! हाम्रो घर पनि देखिन्छ!’

बुबाले सोध्नु भयो, ‘कहाँ देख्यौ?’

मैले उत्तरपश्चिमतिर औंल्याएँ। बुबा हाँस्न थाल्नुभयो, म छक्क परें। बुबाले पूर्वतिर देखाउँदै भन्नुभयो, ‘धनकुटा त पूर्वमा पो छ त। फेरी यहाँबाट देख्न पनि सकिंदैन, धेरै टाढा छ।‘

मलाइ अझै विश्वास भएको थिएन, तैपनि चूप लागें।


एकदिन बरन्डामा बसेर खेलिरहेको बेला एक्कासी ठूलो आवाज आयो, ‘ड्याङ्, ड्याङ् ड्याङ्……’, म यो के आवाज होला भनी सोचिरहेको थिए। फुपूले भन्नुभो, ‘ल बाह्र बज्यो, टुँडिखेलमा बढाईं भयो।‘

बुबाले लन्डनबाट फर्कँदा हामी तीनैजनालाई एक एक वटा घडी ल्याइदिनुभएको थियो, जेठी दिदीले रातो छानिन्, कान्छि दिदीले गुलाबी, मेरो लागि चैं कालो थियो। म घडि पाएर दंगदास थिएँ, एक एक मिनेटमै घडि हेरेर समय भन्दै हिंड्थें। जेठी दिदी ज्वरो आएर सुतिरहेकि थिइन्, मलाई पनि सर्ने डरले उक्त कोठाभित्र जान दिईएको थिएन, तर म भने बाहिर ढोकैबाट,’ तिम्रो घडिमा कति बज्यो?’ भनी सोध्थें। अनि ,’मेरोमा त ७ बजेर २८ मिनेट गयो’ भन्दै हिड्थें।

फेरी पाँच मिनेटपछि त्यहीं गएर त्यही प्रश्न दोहोर्याउथें र आफ्नो घडिको पनि समय भनेर हिंड्थें। यो क्रम धेरै दिनसम्म चलिरह्यो, दिदीको ज्वरो निको नभएसम्म।

समय बित्दै जाँदा घडिको सिसामा धूलो जम्न थाल्यो, समय हेर्नै मुस्किल भयो, अब यस्लाई कसरी सफा गर्ने भन्ने चिन्ता लाग्न थाल्यो। मेरो दाई(मामाको छोरा) पनि मेरी जेठी दिदीकै उमेरका थिए, उनी हाम्रो घरमा आएको बेला मैले घडिको सिसा धमिलो हुँदै गएको र सफा गर्ने तरीका सोधें। उनले आफ्नो घडीलाई खोलेर सफा गरेर देखाए। म पनि आफ्नो घडी खोलेर सफा गर्ने निर्णयमा पुगें, तर घडी खोलेको बेला चैं कसैले नदेखोस् भनेर चाहन्थें किनकी आमा बुबाले घडी खोलेर बिगारिस् भनेर गाली गर्नुहुने हो कि भन्ने डर ममा थियो।

एकरात मैले अलि साहस बटुलेर घडिको पछाडीको पाटा निकालें, अनि भित्रको मेसिन पनि निकालें, अब सिसा पुछ्नु थियो, के ले पुछुँ भनेर यताउति हेर्दाहेर्दै भर्याङमा कोही हिंडेको आवाज आयो। म झसंग भएँ, अनि हतार हतार घडीको मेसिन भित्र राखेर पछाडीको बिर्को लाएर थिचें, तर राम्ररी बिर्को लागेन, झन् डराई डराई जोरले थिचें। तर घडीमा रहेका दाँतहरू नमिलाई थिचेकाले भाँच्चिए, अब राम्ररी बन्द पनि नहुने भयो। मेरो घडी आधा बिग्रियो। अब गाली खाने डरले म यसको बारेमा चुँक्क बोलिन। तर सिसा भने अलि सफा देखियो, यसैमा खुशी हुने ठाउँ पाएँ।

मेरी कान्छी दिदीको घडीको सिसा पनि धमिलियो, मैले उनलाई आफ्नो घडी खोलेर सफा गरेको वृत्तान्त सुनाएँ। तर उनको घडीको बिर्को निकै कडा भैसकेको थियो, जति तान्दा पनि खुलेन। एकदिन घरबाहिरको फलैंचामा उनी घडी खोल्ने प्रयास गर्दै घडीलाई ढुंगामा ‘ट्वाक, ट्वाक’ गरेर हल्का किसिमले ठोक्दै थिइन।

बाटोमा हिंड्ने एक बटुवाले भने ‘, ए नानी, किन घडी बिगार्न लागेको? मन नपरे मलाई देउ न!’

हामी एक अर्काको मुख हेरेर हास्यौं।
 
Posted on 09-08-06 2:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ बिचको त म हो नि माथि हेरन तितौरिको caption सबै जना झुक्केछन्। :D
 
Posted on 09-08-06 2:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

upsssssss sorry saannani .
 
Posted on 09-08-06 2:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे सारै राम्रो बाल्यकाल् को सम्झना को "कथा" । हसायौ पनि घडि को समय सोधेर अनि घडि को मर्मत् पनि राम्ररि गरेछौ हास्दा हास्दा मरे म त । अरु पनि लेख है अनि फोटु छिटो टास । :D

यो कुम्ले मलाइ नि चिन्दैन , त्यो छेउ को के म २ चुल्ठा बाट्ने ।

थुल्नानि मकै ,काक्रा ,मिस् को सखर के के चोरेको छ के के इस्कुलाँ अनि कन्फ्युज् हुदैन त कुम्ले । :D

सान्नानि,हाउ आर् उ ग्रल्?? :p
 
Posted on 09-08-06 2:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे साह्रै राम्रो लाग्यो तपाईंको बाल्यकाल । अनि तिरु ले भने जस्तै घडीको समए सोदेर घडी को मर्मत गरेको सुनेर हाँस्दा हाँस्दा मेरो गाला दुःèयो ।
तिरु यो कुम्ले ले खै के के मात्र चोरएको हुन कुन्नी ।
 
Posted on 09-08-06 2:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्ले को बाल्यकालको सम्झना रमाईलो लाग्यो :D
तिरु आइ आम् फ्यान् थान्कु, हाउ आर् यु डुइन्?
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Driver license help ASAP sathiharu
Nepali **fake** Veterans. Be aware!!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters