nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ ~ चौतारी महोत्सब~ ~

[Please view other pages to see the rest of the postings. Total posts: 373]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 NEXT PAGE
[VIEWED 124131 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 19 pages, View Last 20 replies.
Posted on 09-06-06 12:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ ~ चौतारी महोत्सब~ ~





एक बर्षसम्म चौतारीमा बिताउदा २४ पटक चौतारीका छपनिहरु त फेरीसकिएचन । बार्है महिनाका चिसा र ताता हावा खादै गफ मार्दा कम्ता रमाइलो त हुदो रइनच गाठे । अब त झन यो पहिलो महोत्सबमा कति रमाइलो हुने हो कति? यसपाली त खास्साले कुदेको छु के रे चौतारीका छपानि पनि । अब सप्पैले यि चिटिक्का परेका छपनिमा कथा,कबिता,गजल,गित,ठट्टा,राम्रा राम्रा फुटा अनि अरु कुराहरुले बुट्टा भरेर च्याट्ट पार्नु पर्च के रे । गाम तिर मेलाको चापा चाप भए नि चिया खाने निउ पारेर यो महोत्सबलाइ महामहोत्सब बनाउनु पर्च है ?
ल हेर सप्पै जनालाइ चौतारी महोत्सबको चाड लागिसकेच । मलाइ त नाम पनि सप्पैको कण्ठ भइसकेच के रे !नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, चित्रे,काका,निरे,सन्जु, सिरे, भौते, कुम्ले,गोतामे,ग्वाचे,फुलौरे ,भट्टे, मास्टर्नी नानी,डल्ली,तिरु, ठुल्नानि, प्रिती, मुन्द्रे, लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते,काने,मुखियाबा, लालुपाते, गुरासे, ईश्वर,लाउरे दाई, लुते, नटे, सेर्पिनि, चमेली,लन्लि, रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, हिते ,नारने, कैले, झाक्री, चरीनङ्रगे, बब दाई, सान्कान्छा, राते, रामे, माने, इन्द्रेणी,हिमाल, फोक्से, डि बी र मिस्टे , मज्जाले जम्न पर्च है यो बिसेष चौतारीमा । ल हेर मैले त मलाइ नै बिर्सेचु । मेरो नाम चै नमे है ?
यो एकदमै बिसेष भकोले मुइले त लम्बर पनि देको छैन यसलाइ । सप्पै मिलेर २ दिनामा भर्ने कुरा भको छ के रे ? अब भर्नि भनेको जति भरे पनि हुन्च है रउसीको घ्याम्पो भरे जस्तै अरेर । तर चाड आयो भनेर टन्न रौसि धोकेर नआम है,ह्या आमा पाटी न भे नि दिदी बैनि पार्टी छन् क्या , फेरी उठ बस अराउलान सप्पैको अगाडी । दशैमा सप्पैले बर्ष भरिको रिस, झगडा भुलेर मिलिजुलि चाड मनाउचन के रे, अब यो चौतारीमा कोइ कोइलाइ तेस्तै परेको भए एइ अबसर पारेर नराम्रो कुरा भुलेर आम के रे । हुन त तेस्तो कल झगडा परेको त छैन यो चौतारीमा तर अलिकति मुन्छेहरु आउन छोड्दा केइ भ कि भन्नि यो पापी मन को सुर्तना क्या ?
मैले मात्रै बोले त फेरी अरुको बोल्ने पालो नै नआउला , ल त है गोतामेको देशको मया अर्नि कबिता जप्दै म अलि उता सरें ।
पूरै जुनी अटेको निमेष देखें
आज फेरि सपनीमा देश देखें,

हिमाली सेतो आकाशमा ठोक्किई
चम्केको फाँट, वन-प्रदेश देखें,

थाप्लामाथि,लहरै पाखाहरुको
निला दह सुसेलेको भेष देखें,

फूलमा चढेको रंगको के कुरा?
पातमा वसन्तको प्रवेश देखें,

कस्ले कोरिदियो त्यति राम्रो चूल्ठी?
पहरामा छहराको केश देखें,

आफ्नो भन्नु रहेनछ अरु केहि
"नेपाल" नै श्री-सम्पत्ती, यश देखें,

आज फेरि सपनीमा देश देखें
आज फेरि सपनीमा चौतारी देखें।
 
Posted on 09-08-06 9:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिहे त बेलैमा गर्नु पर्ने हो गाँठे!!
खुइयssssss
 
Posted on 09-08-06 9:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शुभा साँच्चिकै कति राम्री! भनेपछि मिस पनि असाध्यै राम्री हुनुहुन्छ ल!
अनि मिस, शुभा साझामा आउन सक्ने भईसकिन् भन्या? अस्ति अस्ति आएजस्तो लाग्छ!
 
Posted on 09-08-06 9:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

छोराको कि नातिको जिम्माल?
 
Posted on 09-08-06 9:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा "छोराको कि नातिको जिम्माल?" रे!
सकिएन प्रभो सकिएन।
नातिको नि गोताएँ, अब नातिनि बुहारि हेर्न मन छ। :):)
 
Posted on 09-08-06 9:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो! मास्टर्नी दिदी, कस्ता राम्रा भान्जीहरु,

धेरै धेरै माया सुनाइदिनुस् है कुम्ले मामाको तर्फबाट।

:-)

जिम्माल बा को नातीको बिहे गर्ने रे? कहिले??
 
Posted on 09-08-06 10:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिसले अघि जिम्माल, कुम्ले, तितौरी, सान्नानी र ठूल्नानीको साँच्चिकैको फोटो टाँस्दिन्छु भन्नु भा थ्यो'। कहिले टाँस्ने मिस?
 
Posted on 09-08-06 10:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kasti raamri ho mis ko chhori haru cuteeeeeeee!! :D
 
Posted on 09-08-06 10:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म नि मेरी छोरीको फोटो टाँस्नु पर्यो छैटौं चौतारी महोत्सवमा।
:-)
 
Posted on 09-08-06 10:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो नि त कुम्ले, अब तिम्रो चाइन्जो छोरिको फोटु टाँस्ने कुरो अर्छौ मेरो नातिको बिहा हुनु कुन ठुलो कुरो भो र? अब यसपालि त यास्यालसि नि पास अर्छ। दुई बिषय मात्तै बाँकि छ, के जाति टिउसन पड्न जान्छ। :)
 
Posted on 09-09-06 1:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एउटा फुच्चिको नाम नि आर्या थियो, साँढे दुई बर्षको जति होलिन। नानु तिम्रो नाम के हो भनेर सोधेको, "ऐया" रे, आर्या भन्न नआएर। क्यार्नु, बिर्खेले नि कुरो त घत लाग्दो गर्छ ट्याम ट्याम मा। साँच्चि बिहे त ट्याम-मै गर्नु पर्दो रैछ गाँठे। ट्याम मा बिहे भा भे यो कलंकि "कैले मोरा" ले नि छोरा फोटो टास्थ्यो साझामा, गोतामे ले भन्या जस्तो घाउको खद सुम्सुम्याएर किन बस्नु पर्थ्यो राम राम। गोतामेको छोरी नि ठ्याम्मै आमा पट्टि गा होला, त्यसैले त त्यति सुकुमारी। :P मिसको छोरी नि कति माया लाग्दा गाँठे, सत्य धरोधर्म यस पालि झ्याई नपारी भएन थरुनी संग। मिसको बुईनी सुईनी छईनन्? :P गोतामेको साली नि होलिन नि, र्‍याङ्का-ठ्याङ्ग पारुम न :D सुटुक्क भन्नु पर्छ फेरि, साझामा आँखा लाउने धेरै छन् !!;););)
 
Posted on 09-09-06 1:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन यो एक छिनमै दुइतिन पाना पल्टिएर, हामी जस्तो कम फुर्सद हुने मान्छेले त केहि भेउ नै न पाउने भएम गाँठे।
आग्राको कुरा गर्या जस्तो लागेर एक् छिन हास्यो, मख्ख पर्यो अनि एकै छिन पछि यस्सो केहि लेखुम न त भनेर लाग्यो भने, कुरो गाग्रामा पुगिसक्या हुने र' छ। तर जे भे नी महोत्सवमा एक दम रमाइलो लाग्यो।
कुम्ले, ग्वाँचे, पुन्टे दाइ, दिप ब्रो, मीस, तितौरी, ठुल्नानी, भउते, गोताएँ, जिम्माल, दादा, चित्रे, कैले, प्रीति, हाम्रो नमे इनिन्नियर सबै प्रति हार्दिक साभार। हाम्रो यो चौतारीले थोरै भएपनि, नेपालको तृष्णा मेटाउने काम गरेको छ। यो चौतारी २५ बाट ५०, अनि १०० अंक सम्म पुगोस्, सबै जानाबाट यस्तै राम्रा राम्रा कथा, कबिता, भावनाहरु पढ्न पाइयोस। सबैजाना बाट यस प्रती मलजल भाई नै रहोस्,
अस्तु ।
 
Posted on 09-09-06 12:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरे चौतारी त हराउन लाग्या कुराकानि बाट् ,धकेलेर माथि ल्याइदिए है मैले । :D
 
Posted on 09-09-06 12:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौन के भन्या होला नि त्यस्तो मैले शुभको( गौतमजी कसरी था'भो? हजूर लाई शुभ भन्ने ) १२ वटा फोटु टाँस्या भे'सि मिस को १ दर्जन छोरीहरु राम्रा रैचन भन्थेउ कि कसो तिरु र कुम्ले ??!!! दुइटै फोटु एउटैको हो क्या।
धन्यवाद कुम्ले "...भान्जि"शब्दको लागि

"म नि मेरी छोरीको फोटो टाँस्नु पर्यो छैटौं चौतारी महोत्सवमा।
:-) "...... यैबेला टाँसे भैहालयो नि कुम्ले। 'पर्यो' को ठाँउमा 'पर्ला' भन्न खोज्या हो कि ?? ।

बिर्खेकाकाको पनाति होला नि ( जिम्माल त्यसै हुन पाइन्छ ?) :D


"कैले मोरा ----झ्याई नपारी भएन थरुनी" :) दांग तिरको पर्नु भो कि कसो ?

तिरु के छ बुइनी ? आशिर्वाद दिए है ( अब बुइनीलै नमस्ते गर्न भे'न के रे )
:D
 
Posted on 09-09-06 12:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते है गाम्लेहरू,
गोतामे ज्यूले भन्नुभए जस्तै चौतारी महोत्सवको विशेष पुरस्कार तितौरीलाई नै दिनुपर्ला, चित्र बनाए बापत। म पनि पहिले पहिले बनाउँथें चित्र, मलाई एकदम रूचि थियो, तर अचेल समयको कारणले नबनाएको धेरै भो।

गोतमेज्यूकी छोरी आर्याको फोटो राम्रो छ। चित्रे काकाको माया सुनाईदिनुस् है!

मास्टर्नी दिदीकी छोरी शूभको फोटो नि गजबको छ। यो चित्रे मामाको माया सुनाईदिनुस् है!
 
Posted on 09-09-06 1:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

cute baby boy ko chai chitre laai dinu parchha puraskaar ! kaso chitre ? :D
 
Posted on 09-09-06 1:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिरुले कविता प्रतियोगिता बाट नि पाउछ
 
Posted on 09-09-06 1:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल, अब म पुरस्कारहरू अघि राख्छु, हाम्रा पर्मुख अतिथि ज्यूले पुरस्कारहरू वितरण गरिदिनुहुनेछ।

 
Posted on 09-09-06 1:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो भूगोल क्वीजको लागि:
नमे - ३ सही उत्तर (अरूबा, बेलिज, आइसल्याण्ड)

 
Posted on 09-09-06 1:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कार है सबैलाई हिहि,
ओहो चित्रे बुरो त कस्तो किउट्, त्यो नेपाली टोपी कत्ति सुहाएको! मैले त चिन्या चिन्या जस्तो लाग्यो नि :पी

गौतम ज्यूको छोरी पनि कस्ती राम्री, परी जस्ती!
अनि मिस् को छोरी पनि कस्तो अबोध (इनोसेन्ट), माया लाग्दी। सार्है भाग्यमानी हुनुहुँदो रहेछ ल दुबैजना। हुन त बच्चाहरु भनेपछि म पनि हुरुक्क हुन्छु त्यसमाथि छोरी बच्चाहरु छोराहरु भन्दा राम्रा लाग्छन् :) छोरा अलि चक्चके हुन्छन म जस्तो हाहाहाहहाहाहा :पी
अब गोडा ५-७ बर्षमा, मेरो पनि छोरी भएपछी टासम्ला फुटो हिहि।।।

अनि टाइरु, तिम्रो पनि बच्चाको टाँस्ने हैन त अब? :पी

लूते
 
Posted on 09-09-06 1:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए लुते बुरो,
के छ हालखबर? बच्चामा किउट् भए नि अहिले त कैले (Kalankisthan) ले भने जस्तै विचित्रे भइसक्याछु के गर्ने! फेरी तिमीले मलाई चिन्यौ रे? :D तिम्रो नि बच्चाको फोटो किउट् लाग्यो, अर्को गाममा देख्याथें, मैले चैं तिम्लाई चिन्न सकिनँ त्यो फोटो हेरेर।

यो महोत्सवको कन्सेप्ट ल्याउने दादा चैं महोत्सव भरी एकदम कम मात्र देखा पर्नु भो, किन होला? कि व्यवस्थापन (management) गर्नमै व्यस्त हो? :P
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
TPS Work Permit/How long your took?
कल्लाई मुर्ख भन्या ?
Morning dharahara
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Travelling on TPS advance travel document to different country...
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
मन भित्र को पत्रै पत्र!
Informatica consultancy share
Are you ready to know the truth?
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Does the 180 day auto extension apply for TPS?
lost $3500 on penny stocks !!!
Another Song Playing In My Mind
जाडो, बा र म……
Guess how many vaccines a one year old baby is given
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters