[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ ~ चौतारी महोत्सब~ ~

[Please view other pages to see the rest of the postings. Total posts: 373]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 NEXT PAGE
[VIEWED 124126 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 19 pages, View Last 20 replies.
Posted on 09-06-06 12:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ ~ चौतारी महोत्सब~ ~





एक बर्षसम्म चौतारीमा बिताउदा २४ पटक चौतारीका छपनिहरु त फेरीसकिएचन । बार्है महिनाका चिसा र ताता हावा खादै गफ मार्दा कम्ता रमाइलो त हुदो रइनच गाठे । अब त झन यो पहिलो महोत्सबमा कति रमाइलो हुने हो कति? यसपाली त खास्साले कुदेको छु के रे चौतारीका छपानि पनि । अब सप्पैले यि चिटिक्का परेका छपनिमा कथा,कबिता,गजल,गित,ठट्टा,राम्रा राम्रा फुटा अनि अरु कुराहरुले बुट्टा भरेर च्याट्ट पार्नु पर्च के रे । गाम तिर मेलाको चापा चाप भए नि चिया खाने निउ पारेर यो महोत्सबलाइ महामहोत्सब बनाउनु पर्च है ?
ल हेर सप्पै जनालाइ चौतारी महोत्सबको चाड लागिसकेच । मलाइ त नाम पनि सप्पैको कण्ठ भइसकेच के रे !नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, चित्रे,काका,निरे,सन्जु, सिरे, भौते, कुम्ले,गोतामे,ग्वाचे,फुलौरे ,भट्टे, मास्टर्नी नानी,डल्ली,तिरु, ठुल्नानि, प्रिती, मुन्द्रे, लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते,काने,मुखियाबा, लालुपाते, गुरासे, ईश्वर,लाउरे दाई, लुते, नटे, सेर्पिनि, चमेली,लन्लि, रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, हिते ,नारने, कैले, झाक्री, चरीनङ्रगे, बब दाई, सान्कान्छा, राते, रामे, माने, इन्द्रेणी,हिमाल, फोक्से, डि बी र मिस्टे , मज्जाले जम्न पर्च है यो बिसेष चौतारीमा । ल हेर मैले त मलाइ नै बिर्सेचु । मेरो नाम चै नमे है ?
यो एकदमै बिसेष भकोले मुइले त लम्बर पनि देको छैन यसलाइ । सप्पै मिलेर २ दिनामा भर्ने कुरा भको छ के रे ? अब भर्नि भनेको जति भरे पनि हुन्च है रउसीको घ्याम्पो भरे जस्तै अरेर । तर चाड आयो भनेर टन्न रौसि धोकेर नआम है,ह्या आमा पाटी न भे नि दिदी बैनि पार्टी छन् क्या , फेरी उठ बस अराउलान सप्पैको अगाडी । दशैमा सप्पैले बर्ष भरिको रिस, झगडा भुलेर मिलिजुलि चाड मनाउचन के रे, अब यो चौतारीमा कोइ कोइलाइ तेस्तै परेको भए एइ अबसर पारेर नराम्रो कुरा भुलेर आम के रे । हुन त तेस्तो कल झगडा परेको त छैन यो चौतारीमा तर अलिकति मुन्छेहरु आउन छोड्दा केइ भ कि भन्नि यो पापी मन को सुर्तना क्या ?
मैले मात्रै बोले त फेरी अरुको बोल्ने पालो नै नआउला , ल त है गोतामेको देशको मया अर्नि कबिता जप्दै म अलि उता सरें ।
पूरै जुनी अटेको निमेष देखें
आज फेरि सपनीमा देश देखें,

हिमाली सेतो आकाशमा ठोक्किई
चम्केको फाँट, वन-प्रदेश देखें,

थाप्लामाथि,लहरै पाखाहरुको
निला दह सुसेलेको भेष देखें,

फूलमा चढेको रंगको के कुरा?
पातमा वसन्तको प्रवेश देखें,

कस्ले कोरिदियो त्यति राम्रो चूल्ठी?
पहरामा छहराको केश देखें,

आफ्नो भन्नु रहेनछ अरु केहि
"नेपाल" नै श्री-सम्पत्ती, यश देखें,

आज फेरि सपनीमा देश देखें
आज फेरि सपनीमा चौतारी देखें।
 
Posted on 09-07-06 8:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो चाँहि चित्रे
 
Posted on 09-07-06 8:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उत्तर् - आसुकबि चित्रे
yaaaaaaaaaaaaaa..........!!!!!!!मिलो पुरस्कार्.................चाहियो। :D
 
Posted on 09-07-06 8:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"भोलि भोलि ले बिकास भोलि भोलि ले
गृह, बिदेस, उप बिभाग रोजी रोजी दे।
सुरुवालको इँजार पनि छोटो नै छ हाल
१ वर्षमै देखाउनेछन् चिरञ्जीवीको ताल। "---------------
?
 
Posted on 09-07-06 8:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनि तलको हरफ कस्ले लेखेको ??

""...............
हजुर त। मेरी हुने वाला बुढी लाइ हजुर कै उदाहरण दिनु पर्यो। केहि सिख्छिन कि तिनले। """
 
Posted on 09-07-06 8:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उत्तर्- कथाकार् कुम्ले :p
 
Posted on 09-07-06 8:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म हो र????

लौ मैले त पास गर्न ला'थिएँ।
 
Posted on 09-07-06 9:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले धेरै मिलाए के रे ,खै दिहाल्नुस् न मिस् मेरो पुरस्कार् के के हो लिएर जाम् घर्
हे... हे हे त्यो चित्रे को पनि मैले मिला'हो टाइप् गर्न थाल्दा ढिलो भा हो ,
कुम्ले झेल्लि हतार् हतार् गएर "चित्रे" रे ! :p

साझा ले ब्यान्ड् गर्न ला' छ मलाइ २० पटक् भन्दा धेर् बोल्न लागे रे म ।मिस् ले सोधेको उत्तर् दिन नपाउने होला मैले......... क्यर्नि होला ...... :( :(
 
Posted on 09-07-06 9:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ तितौरीको कुरा, झेली रे!

झन तितौरी सङ्ग के कम्पिटिसन गर्नु भनेर आफुले लेखेको कुरो त पास गरेर बसेको छु। मैले जिते पनि पुरस्कार तिमीलाई नै दिने बिचार गर्‍या थिएँ मैले त। :D
 
Posted on 09-07-06 9:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल है यो चाइ मेरो राष्ट्रीय गित ।
-----------------------------------------------



नेपाली माया बुद्दको छाया सगरमाथामा
हिमाल पहाड तराइ उठाइ एउटै साथमा
मेचि महाकाली मिलाइ हिड्छौ प्रगती पथमा
शान्ती र बिकास बोकेर हिड्छौ एउटै रथमा
एउटै जात एउटै धर्म नेपाली रगतमा
चन्द्र र सुर्य संगै नेपाल राख्नेछौ जगतमा

 
Posted on 09-07-06 10:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल यो चाइ उराठ जिन्दगी जिउने प्रती सम्रपित ।
-------------------------------------------------------------

न खाने रोटी न पिउने पानी
कसरी जिउने यो जिन्दगानी
म मर्दा जाने छैन मलामी
न सहिद हुदा पाउछु सलामी
न बाच्दा सार न मर्दा भार
कठोर जिबन एक्लो चित्कार
छैन सेवा न केइ आभार
जिउने सासलाइ न छ सत्कार
खोटो जिबन खालि निधार
सुन्य कर्म जन्म धिक्कार
 
Posted on 09-07-06 10:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

...

कुम्ले:
सुर्खेत बुलबुल ताल
माया मै सानु हुनाले छुट्यो माया जाल

तितौरी:
सुर्खेत बुलबुल ताल
माया मै सानी हुनाले छुट्यो माया जाल


कुम्ले:

पहाडको तिते फापर मधेशको तोरी छिर्लिगं छ्याईँ
धनी बाउकी छोरीसित के को माया लाउनी छिर्लिगं छ्याईँ कुम्ले

सुर्खेत बुलबुल ताल
माया मै सानु हुनाले छुट्यो माया जाल

कुम्ले+तितौरी:
सुर्खेत बुलबुल ताल
माया मै सानु हुनाले छुट्यो माया जाल
सुर्खेत बुलबुल ताल
माया मै सानी हुनाले छुट्यो माया जाल

 
Posted on 09-07-06 11:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिसले राख्नु भएको पहिलो टुक्रो देवकोटा बूढाको हो। अरु कस्को हो पत्तो लाउन सकिएन यो सानो दिमाख जत्ति छडकाएपनि!

नमेका कविता राम्रा छन्।

अनि दादा बूढा, तिमीचैँ के जतिखेर पनि दोहरी गा'र बस्या छौ? यस्सो कथा हाल न।
 
Posted on 09-07-06 11:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आइते-

पानी त खाने खोलाको पानी त खाने
फुस्केला तुना चोलाको फुस्केला तुना
मोहर पैसा लिन्छौ कि मोहर पैसा
घरमा हाम्रो जान्छौ कि घरमा हाम्रो


फूलमाया-

फूलै फुल्यो मखमली फुलै फुल्यो
नभन केटा मनपरी नभन केटा
बैँस त हाम्रो सक्कली बैस त हाम्रो
पैसा पो हुन्छ नक्कली पैसा पो हुन्छ


आइते-

उँभो त खेति लेकैमा उँभो त खेति
गाइ भैँसिको डमाडम गाइ भैँसिको
तिमी जस्ता केटि काँ हो काँ तिमी जस्ता केटि
पोइला गै सके धमाधम पोइला गैसके


फूलमाया-

हाम्रो त टुर्टेन खर्कमा हाम्रो त टुर्टेन
भेडिको गोठ छ डमाडम भेडिको गोठ छ
हामि त पोइला जाँदैनौ हामि त पोइला
गाई खाने सत्य रामाराम गाई खाने सत्य


आइते-

Posted on 09-07-06 11:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के भओ एस्तो??? :O
 
Posted on 09-07-06 11:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मार्ने भए गाम्लेअरुले! यो बुडो हड्डि जोगाउन गाह्रो पर्ला अस्तो छ!
 
Posted on 09-07-06 11:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एउटा आर्को जोक।

एउटा मिठाइ पसलमा एउटा मारवाडी आयो र भन्यो "जरा बाल्टी लाओ--!"
अब मिठाइ पसलमा बाल्टी लिन यो कुन बहुलाहा आयो भनेर काम गर्ने केटाहरु छक्क परे। तर मिठाइ साहूले भनेको चिनेको रहेछ।
"अरे बनबारीलाल सेठ आप--! आइए, आइए---!" सेठलाई स्वागत गर्यो उस्ले र एउटा केटालाई पल्लो दोकानबाट बाल्टी किनेर ल्याउन पठायो।
"इसमे एक किलो हलुवा डालो।" बाल्टी आइपुगेपछि बनबारीलाल सेठले अह्रायो।
"एक किलो जेरी, आधा किलो रसबरी, एक किलो लालमोहन----- भी डालो।"
सबै छक्क परेर हेर्न थाले।
"अब इसको घोलो, बहुत घोलो।" सबै थोक बाल्टीमा राखिसकेपछि सेठ बोल्यो।
काम गर्ने केटाहरुले बेस्करी घोले सब मिठाइलाई।
अनि बनबारीलाल सेठ नजिकै आयो र भन्यो;
"इसमे से दश रुपएका निकालकर हमको दे दो।"
 
Posted on 09-07-06 11:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा गोताएँ!
मुल्ला नशरुद्दिनको जावस न! :)
 
Posted on 09-07-06 11:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:D :D कति हसाउन सक्या होला

माथिको पहिलो हरफको पंक्ति को जवाफ मिलेन गौतमजी अब अर्को है त

यो कस्ले कस्लाइ भनेको हो? ( चौतारी बाटै )
"अब सुन्नुस्-
यता उता नगर्नुस् झिल्के भै
नत्र कुरा लाइदिउला भाउजुलाइ
घर् त पोखरा....... छोरो लाइ पट्याउला बुडो ससुरा , "

*****************
"दुवै लड्दा लड्दै नियतिवश बिज्ञान बलियो
विजेता भै निस्कयो,स्थविर बिचरो धर्म थलियो
थिए मैले हेर्दा तिनी उभय निस्सार नकली
विजेताले पायो तर पनि ठूलो नाम सकली "----------यो पंक्तिको लेखक कवि को नाम के हो
 
Posted on 09-08-06 12:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब आफ्नै एउटा कथा र कबिताले हाजिर गर्न पर्यो।

मन मेरो सँधै थियो उदास उदास
खुसियालीको फिंजायौ सुवास सुवास
कसरी गरुँ म तिम्रो बर्णन
देख्छु म तिमीनै सपना बिपना

मृगिनी झैं चञ्चल चञ्चल
झरनाझैं तिमी निश्छल निश्छल
गिरेकि छौ त्यो उचाईबाट
तैपनि छौ तिमी उज्वल उज्वल

चम्किला आँखा ती रिमझिम रिमझिम
हिड्दछौ तिमी छमछम छमछम
रम्न चाहन्छु म तिम्रै वरिपरि
मन्द बर्षाझैं सिमसिम सिमसिम

ब्यवहारमा तिमी सुशिला सुशिला
सहनसिलतामा मिथिला मिथिला
अभेद्य गहिराईको मायाँकि खानि
तिमीनै हौ मेरी चपला अबला

हिमप्रदेशबाला सरला सरला
बोलिमा तिमी छौ मृदुला मृदुला
म हुँ एउटा हावाको चंगा
सम्हाल मलाइ हे सफला सफला।
 
Posted on 09-08-06 12:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु सुन जिम्माल, मूल्लाको एउटा जोक।

मूल्लाले एकदिन बिहानै उठेर रउसी नखाने प्रण गरेछ।

उस्लाई आफ्नी बेगम शबनम अरुसंग लहसिन्छे कि भन्नी ठूलो डर भएकोले शबनमलाई घरभित्र थुनेर ताल्चा लगाएर दफ्तरतिर लाग्यो।

अब प्रण त गरिहाल्यो, तर दफ्तर जाने बाटैमा चाइञ्जो मइखाना के रे! आज त तेतातिर फर्केर पनि हेर्दिन भनेर मन दह्रो बनाएर गयो मूल्ला दफ्तर। तर मइखानाको अघिल्तिर
पुगेपछि मूल्लाका खुट्टा काप्न थालिहाले। भित्र जाऊँ कि नजाऊँ हुन थालीहाल्यो मूल्लालाई। जाऊँभने बिहान बिहानै गरेको कसमको कुरा छ, नजाऊँ भने हड्डीदेखुन् तलतल लागेर आईसक्यो! कहिले मइखानाको ढोकातिर, कहिले दफ्तर जाने बाटोतिर गरेर मूल्ला धेरै बेर अल्मलियो।
अन्त्यमा "छोड स्साला! आज शराब छोडेको उपलक्षमा एक गिलास दिएर जान्छु--!" भनेर मइखानाभित्र पस्यो।
*******************************
एक गिलास मात्रै दे'र के पुग्थ्यो मूल्लालाई!? दफ्तर जानै भूल्यो मूल्लाले। रात परेपछि घर जान भनेर निक्लियो।

'आजचैं नहल्लिकन सोझो भ'र हिँड्छु मैले पिएको कसैलेपनि थाहा नपाउने गरी।' मूल्लाले बिचार ग-यो र तिनिक्क जीउ तन्काएर हिड्न थाल्यो। बाटोमा आफू अगाडिको एउटा बिजुलीको पोलतिर उस्को ध्यान गयो।
'आजचैं यो पोलबाट पनि बचेर जान्छु, नठोक्किइकन।' मूल्ला बडो होशियारीपूर्वक बिस्तारै हिड्न थाल्यो। तर गएर ड्याम्म--- पोलमा टोक्कियो। (बच्चामा साईकल सिक्दा हामीलाई पनि हुन्थ्यो नी, जुन चीजबाट जोगिन्छु भन्यो त्यसमै गएर ठोक्किने!)
'भएन, अबचैं जोगिएर जान्छु' भनेर मूल्ला फेरि पहिलेकै ठाऊँमा गयो र पोलतिर बिस्तारै आयो तर फेरि ड्याम्म-- ठोक्कियो। धेरै चोटि 'अबचैं नठोक्किई जान्छु, मूल्लाको इज्जतको सवाल छ' भनेर पछाडि फर्कँदै, आऊँदै र पोलमा ठोक्किदैँ गरेपछि मूल्ला त्यैं बसेर रुन थाल्यो।
"हे अल्लाह! यो पोलै पोलको जंगलमा म कसरी आईपुगें!?--"
"के भो मूल्ला!? आजपनि धेरै पिईस् कि क्या हो?" ड्यूटीको पुलिसले चिनेको रहेछ मूल्लालाई,
समातेर घरसम्म पु-याइदियो। चाबी निकालेर मूल्ला ढोका खोल्न थाल्यो।
"कति हल्लेको मूल्ला!" मूल्ला शराबको तालमा हल्लेर ताल्चा खोल्नै नसकेको देखेर पुलिसले मूल्लालाई समात्यो।
"म हल्लेको छैन भाइ! भूइँचालो आएजस्तो छ, घर हल्लिरा'छ, घरलाई समात त!"

बाहिर खलबल सुनेर शबनम निस्किई झ्यालमा।

"के भयो मूल्ला, चाबी फरक परेछ कि क्या हो? अर्को चाबी फाल्दिऊँ?"
"हैन बूढी, ताल्चा फरक परे जस्तो छ आज, आर्को ताल्चा फाल् त!"
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
श्राद्द
TPS Re-registration
सेक्सी कविता - पार्ट २
What are your first memories of when Nepal Television Began?
पाप न साप घोप्टो पारि थाप !!
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
TPS Re-registration case still pending ..
ChatSansar.com Naya Nepal Chat
Lets play Antakshari...........
What Happened to Dual Citizenship Bill
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
is Rato Bangala school cheating?
मेरो अम्रिका यात्रा -२
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
susta manasthiti lai ke bhanchan english ma?
कृष्ण नै अन्तिम सत्य
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters