[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ ~ चौतारी महोत्सब~ ~

[Please view other pages to see the rest of the postings. Total posts: 373]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 NEXT PAGE
[VIEWED 124096 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 19 pages, View Last 20 replies.
Posted on 09-06-06 12:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ ~ चौतारी महोत्सब~ ~





एक बर्षसम्म चौतारीमा बिताउदा २४ पटक चौतारीका छपनिहरु त फेरीसकिएचन । बार्है महिनाका चिसा र ताता हावा खादै गफ मार्दा कम्ता रमाइलो त हुदो रइनच गाठे । अब त झन यो पहिलो महोत्सबमा कति रमाइलो हुने हो कति? यसपाली त खास्साले कुदेको छु के रे चौतारीका छपानि पनि । अब सप्पैले यि चिटिक्का परेका छपनिमा कथा,कबिता,गजल,गित,ठट्टा,राम्रा राम्रा फुटा अनि अरु कुराहरुले बुट्टा भरेर च्याट्ट पार्नु पर्च के रे । गाम तिर मेलाको चापा चाप भए नि चिया खाने निउ पारेर यो महोत्सबलाइ महामहोत्सब बनाउनु पर्च है ?
ल हेर सप्पै जनालाइ चौतारी महोत्सबको चाड लागिसकेच । मलाइ त नाम पनि सप्पैको कण्ठ भइसकेच के रे !नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, चित्रे,काका,निरे,सन्जु, सिरे, भौते, कुम्ले,गोतामे,ग्वाचे,फुलौरे ,भट्टे, मास्टर्नी नानी,डल्ली,तिरु, ठुल्नानि, प्रिती, मुन्द्रे, लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते,काने,मुखियाबा, लालुपाते, गुरासे, ईश्वर,लाउरे दाई, लुते, नटे, सेर्पिनि, चमेली,लन्लि, रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, हिते ,नारने, कैले, झाक्री, चरीनङ्रगे, बब दाई, सान्कान्छा, राते, रामे, माने, इन्द्रेणी,हिमाल, फोक्से, डि बी र मिस्टे , मज्जाले जम्न पर्च है यो बिसेष चौतारीमा । ल हेर मैले त मलाइ नै बिर्सेचु । मेरो नाम चै नमे है ?
यो एकदमै बिसेष भकोले मुइले त लम्बर पनि देको छैन यसलाइ । सप्पै मिलेर २ दिनामा भर्ने कुरा भको छ के रे ? अब भर्नि भनेको जति भरे पनि हुन्च है रउसीको घ्याम्पो भरे जस्तै अरेर । तर चाड आयो भनेर टन्न रौसि धोकेर नआम है,ह्या आमा पाटी न भे नि दिदी बैनि पार्टी छन् क्या , फेरी उठ बस अराउलान सप्पैको अगाडी । दशैमा सप्पैले बर्ष भरिको रिस, झगडा भुलेर मिलिजुलि चाड मनाउचन के रे, अब यो चौतारीमा कोइ कोइलाइ तेस्तै परेको भए एइ अबसर पारेर नराम्रो कुरा भुलेर आम के रे । हुन त तेस्तो कल झगडा परेको त छैन यो चौतारीमा तर अलिकति मुन्छेहरु आउन छोड्दा केइ भ कि भन्नि यो पापी मन को सुर्तना क्या ?
मैले मात्रै बोले त फेरी अरुको बोल्ने पालो नै नआउला , ल त है गोतामेको देशको मया अर्नि कबिता जप्दै म अलि उता सरें ।
पूरै जुनी अटेको निमेष देखें
आज फेरि सपनीमा देश देखें,

हिमाली सेतो आकाशमा ठोक्किई
चम्केको फाँट, वन-प्रदेश देखें,

थाप्लामाथि,लहरै पाखाहरुको
निला दह सुसेलेको भेष देखें,

फूलमा चढेको रंगको के कुरा?
पातमा वसन्तको प्रवेश देखें,

कस्ले कोरिदियो त्यति राम्रो चूल्ठी?
पहरामा छहराको केश देखें,

आफ्नो भन्नु रहेनछ अरु केहि
"नेपाल" नै श्री-सम्पत्ती, यश देखें,

आज फेरि सपनीमा देश देखें
आज फेरि सपनीमा चौतारी देखें।
 
Posted on 09-08-06 10:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्ले तपाईं को प्रश्नको उत्तेर चै प्रकाश ओझा हो
 
Posted on 09-08-06 10:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

थुल्नानी, म कसरी नेपालाँ हुनु नि? नेपालाँ भा'भे यति बेला मज्जाले "कसौटी जिन्दगी के" हेरेर बसिरा' हुन्थे नि।

सान्नानी के छ तिम्रो खबर? आजकाल धेरै दिन भो तिम्रो दर्शन् पाउन नि कत्ति गार्हो भन्या। सन्चै छौ?

लौ मार्‍यो! कहाँटी त्यो परकासे आयो नि चौतारीमा? थुल्नानी फेल।
 
Posted on 09-08-06 11:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्ले तेसो भए कता बात त । फेरी म किन फैल नि । यो प्रकाश नै हो। प्रस्न सुध्ने लाइ नि उत्तेर् आएन जस्तो च।
 
Posted on 09-08-06 11:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्लेकै हो ल त्यो कबिता भन्दे मैले।
 
Posted on 09-08-06 11:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्लेले कईले देखुन् एउटो लाखो पाल्न था’लेच, कुन्नि?
अनि ग्वाँचेले कईले देखुन् एउटा बार (भट्टी) खोलेछ, कुन्नि?

तर एक दिन कुम्लेले आफ्नो लाखोलाई समेत ले’र ग्वाँचेको बार गएछ, रउसी पिम्न।

कुम्ले बसेर रउसी घोक्दै थो रे, उस्को लाखो चई चक चक चक चक गर्दै डुल्न थालेछ। कागतिको डल्लो भेटेछ, घुग्लुक्कै निलेछ। फेरि एउटा चेरी (Cherry) भेटेछ, त्यो नि नचपाई क्वाप्पै निलेछ। ग्वाँचेलाई रिस उठ्दै थो रे, तो लाखोले फेरि अलिभ (Olive) भेटेछ, त्यो नि नचपाई क्वाप्पै निलेछ।

फेरि चक चक चक चक अर्दै तो लाखो पुल टेबुल निर पुगेछ। तो बडेमानको पुल बल (Pool खेल्ने cue ball) भेट्टाएछ। तेस्को मुखै नअट्नि तो पुल बल नि सकि नसकि ठस् ठस् अर्दै निल्देछ।

अत्ति भो ग्वाँचेलाई।

“हेर, कुम्ले, तिमी त मेरो चौतारीको दम्तरी, तिम्लाई म औधी रुचाम्छु। तर तिम्रो तो लाखोले जे भेट्यो तेई निल्दिन्छ। हुँदा हुँदा पुल बल नि निल्द्‌यो, अब मेरा अरु कस्टोमरहरु क्यारी पुल खेल्छन्? अर्को पाली तो लाखोलाई नलि’ आम्न हुँदैन?”

सुरुक्क ईस्कच घुट्काउँदै कुम्ले: मलाई अति प्यारो लाउँच तो लाखो, जाँ गएनि ले’र जान पर्छ। तेस्को बानी नै तेस्तै हो सानै देखि। गोलो, डल्लो बस्तु जे भेटेनि निल्नै पर्च तेस्लाई। बरु भन, ग्वाँचे, मेरो लाखोले तिम्रो के के निल्यो, तो सबको पैसा म तिर्दिन्छु।

पैसा सैसा सब तिरेर कुम्ले हिंडेछ घर तिर।

एक हप्तासि कुम्ले फेरि आयो बार, लाखोलाई डो-याउँदै। ग्वाँचेको निधार खुम्च्यो, तर कुम्ले सम्झेर चुप बस्यो।

मालिक कुम्ले “ग्वाँचे मित्र, मेरो रेगुलर ईस्कच, यसपालि डबल बनाईदेऊ…” मत्रै के भन्दैथ्यो, तो लाखो ले एउटा चेरी टयाप्प टिपेछ।

ग्वाँचेले हेर्दा हेर्दै, लाखोले तो चेरी सलक्क मुनि गुद्वाराँ हालेछ, सुलुत्त निकालेछ, अनि क्वाप्प मुखाँ हालेर घुग्लुक्क निल्देछ।

“छि छि छि छि छि! धत्! जे भनेनि तिम्रो तो लाखोलाइ अब देखि मेरो बारमा नलेऊ यार! अत्तिऽऽऽऽऽऽऽऽऽ भो! के ग्-यो था’छ तिम्रो तो लाखो ले भरखरै?”

ग्वाँचेले रनननन हुँदै सब सुनाएछ कुम्लेलाई।

कुम्ले: ए, बिचरा! अस्ति तो पुल बल निले देखुन् अचेल जे निल्दा नि मुन्तिर नापरे मात्रै निल्छ के तेल्ले! कठै!


:D
 
Posted on 09-08-06 11:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पून्ते दाइ "लाखो" भनेको के हो?
 
Posted on 09-08-06 11:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

eheheheh, thulbuini!

laakho=बाँदर
 
Posted on 09-08-06 11:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुन्टे दाई ------
बाँदर = monkey
 
Posted on 09-08-06 11:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पून्ते दाई र नमे दुबै लाई धन्यवाद ।
 
Posted on 09-08-06 12:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के छ आज्कल ठुलिको दिनच्र्या ?
 
Posted on 09-08-06 12:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कता अन्मरिए फेरि गाम्लेहुर?

लु त नि, म नि यस्सो फलाम सलाम ऊचालेर आम्छु, डेढ-दुई घण्टासि।
 
Posted on 09-08-06 12:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कार् है सबै लाइ! :D

कहा को पुगिसकेछ महोत्सब् त , आज नि कस्तो रमाइलो भएछ आफु मात्र ढिला भएछु सबै गएजस्तो छ ।पुन्टे दाको र गौतम जि को जोक् ले हसाउन सम्म हसायो :O :O,

ग्वाचे कुम्ले दीप् दाइ को त कुरै नगरुम् कत्ति लेख्न नि आउने हो हैन के खाएर त्य्स्तो आउछ राम्रो लेख्न भन्या? " ये तो राज् कि बात् है - मै रोज् सुबह हर्लिक्स् पिता हु " चै नभन्नुस् है, :p

सहिला को कथा नि पहिलेहेरे सक्या भएनि फेरि पनि राम्रो लाग्यो। :)

मिस् - सबै को स्कोर सुनाउस् न ।

प्रीति -ए हो र ल त्यसो भा'त म तिमि स रिसाउन्न है ।:D

ग्वाचे- तपाइ नेपाल को दशै अलि अलि हामि स नि बाड्नुस् है, उता को रमाइलो हरु यता सुनाउदै गर्नुस् ता कि बिदेश् मा बस्ने हरु को (सझा हेरेर)दशै रमाइलो होस्। अनि आउदा चै सक्ने भए अलिकति देशै ल्याइदिनुस् भन्थे ,अब थुल्नानि ले भनिहालि छे तेइ हो "तितौरा" ल्याइदिनुस् मलाइ पनि :D
 
Posted on 09-08-06 12:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेस्ताइ त होनि नमे काम्, घर र स्कुल । तपाईं को नि?
पून्ते दाइ धरै फलाम, सलाम घरै न-उचाल्नु यो बुदेस् काल मा फेरी हद्दी सद्दी भाचिएला नि ।
 
Posted on 09-08-06 12:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठूल्नानी, ल दीप ज्यो सँग कविता लेख्न सिक्ने भए सिक, तर पून्टेदाईले भन्नुभए जस्तै तितौरी र सान्नानीलाई नि लिएर जाउ है! :D :D

ग्वाँचेको कथा राम्रो लाग्यो।

लौ, आज चैं म अलि सजिलो प्रश्न सोध्छु।
४) यो कुन देशको झन्डा हो?

 
Posted on 09-08-06 12:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म नि अब एक डेढ घण्टामा आम्छु है!

५) यो कुन देशको नक्शा हो?

 
Posted on 09-08-06 12:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

May be recently proposed National flag of NEPAL??
 
Posted on 09-08-06 12:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रश्न #५ को चित्र हेर्दा त मुसाको चित्र जस्तो देखिन्छ ।
 
Posted on 09-08-06 12:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नयाँ सडक (nayasadak) तपाईं लाई चौतारी मा स्वागत छ ।
 
Posted on 09-08-06 12:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रेको प्रश्न हेर न!
खासमा कुरो के रहेछ भने, हाम्रो चित्रे यसो घरमा बसेर नक्शा बनाउदो रहेछ।

अनि अलि चारपाटे बन्यो अनि राम्रो रङ लाग्यो भने 'झन्डा' भनेर अनि अलि कर्याङ् कुरुङ् भयो अनि राम्रो रङ पनि लागेन भने 'देश' भनेर टाँसिदिने रहेछ।

अब कसरी पत्ता लाउनि नि हाम्ले? अझ उल्टो सजिलो सोध्छु भनेर उक्साउने के। मलाई चाँहि आउदैन है।

पून्टे दाईको जोक चाहि एक नम्बरी रहेछ हाँस्दा हाँस्दा!!

ए! ठुल्नानी!! तिमीलाई अझै थाहा छैन म कहाँ बाट भनेर? लौ!!

तितौरी, मैले भिटामिन खान थाले देखि त कविता, कथा त कत्ति हो कत्ति, आजकाल त जे पनि फरर :डि
 
Posted on 09-08-06 1:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Lets play Antakshari...........
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
[New post] Why Would Krishna Have To Run From The Battlefield
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
is Rato Bangala school cheating?
NRN card pros and cons?
Why always Miss Nepal winner is Newari??
Basnet or Basnyat ??
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
TPS Re-registration
श्राद्द
सेक्सी कविता - पार्ट २
What Happened to Dual Citizenship Bill
पाप न साप घोप्टो पारि थाप !!
अमेरिकामा छोरा हराएको सूचना
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters