nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ ~ चौतारी महोत्सब~ ~

[Please view other pages to see the rest of the postings. Total posts: 373]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 NEXT PAGE
[VIEWED 124159 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 19 pages, View Last 20 replies.
Posted on 09-06-06 12:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ ~ चौतारी महोत्सब~ ~





एक बर्षसम्म चौतारीमा बिताउदा २४ पटक चौतारीका छपनिहरु त फेरीसकिएचन । बार्है महिनाका चिसा र ताता हावा खादै गफ मार्दा कम्ता रमाइलो त हुदो रइनच गाठे । अब त झन यो पहिलो महोत्सबमा कति रमाइलो हुने हो कति? यसपाली त खास्साले कुदेको छु के रे चौतारीका छपानि पनि । अब सप्पैले यि चिटिक्का परेका छपनिमा कथा,कबिता,गजल,गित,ठट्टा,राम्रा राम्रा फुटा अनि अरु कुराहरुले बुट्टा भरेर च्याट्ट पार्नु पर्च के रे । गाम तिर मेलाको चापा चाप भए नि चिया खाने निउ पारेर यो महोत्सबलाइ महामहोत्सब बनाउनु पर्च है ?
ल हेर सप्पै जनालाइ चौतारी महोत्सबको चाड लागिसकेच । मलाइ त नाम पनि सप्पैको कण्ठ भइसकेच के रे !नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, चित्रे,काका,निरे,सन्जु, सिरे, भौते, कुम्ले,गोतामे,ग्वाचे,फुलौरे ,भट्टे, मास्टर्नी नानी,डल्ली,तिरु, ठुल्नानि, प्रिती, मुन्द्रे, लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते,काने,मुखियाबा, लालुपाते, गुरासे, ईश्वर,लाउरे दाई, लुते, नटे, सेर्पिनि, चमेली,लन्लि, रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, हिते ,नारने, कैले, झाक्री, चरीनङ्रगे, बब दाई, सान्कान्छा, राते, रामे, माने, इन्द्रेणी,हिमाल, फोक्से, डि बी र मिस्टे , मज्जाले जम्न पर्च है यो बिसेष चौतारीमा । ल हेर मैले त मलाइ नै बिर्सेचु । मेरो नाम चै नमे है ?
यो एकदमै बिसेष भकोले मुइले त लम्बर पनि देको छैन यसलाइ । सप्पै मिलेर २ दिनामा भर्ने कुरा भको छ के रे ? अब भर्नि भनेको जति भरे पनि हुन्च है रउसीको घ्याम्पो भरे जस्तै अरेर । तर चाड आयो भनेर टन्न रौसि धोकेर नआम है,ह्या आमा पाटी न भे नि दिदी बैनि पार्टी छन् क्या , फेरी उठ बस अराउलान सप्पैको अगाडी । दशैमा सप्पैले बर्ष भरिको रिस, झगडा भुलेर मिलिजुलि चाड मनाउचन के रे, अब यो चौतारीमा कोइ कोइलाइ तेस्तै परेको भए एइ अबसर पारेर नराम्रो कुरा भुलेर आम के रे । हुन त तेस्तो कल झगडा परेको त छैन यो चौतारीमा तर अलिकति मुन्छेहरु आउन छोड्दा केइ भ कि भन्नि यो पापी मन को सुर्तना क्या ?
मैले मात्रै बोले त फेरी अरुको बोल्ने पालो नै नआउला , ल त है गोतामेको देशको मया अर्नि कबिता जप्दै म अलि उता सरें ।
पूरै जुनी अटेको निमेष देखें
आज फेरि सपनीमा देश देखें,

हिमाली सेतो आकाशमा ठोक्किई
चम्केको फाँट, वन-प्रदेश देखें,

थाप्लामाथि,लहरै पाखाहरुको
निला दह सुसेलेको भेष देखें,

फूलमा चढेको रंगको के कुरा?
पातमा वसन्तको प्रवेश देखें,

कस्ले कोरिदियो त्यति राम्रो चूल्ठी?
पहरामा छहराको केश देखें,

आफ्नो भन्नु रहेनछ अरु केहि
"नेपाल" नै श्री-सम्पत्ती, यश देखें,

आज फेरि सपनीमा देश देखें
आज फेरि सपनीमा चौतारी देखें।
 
Posted on 09-07-06 10:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए नमे !!! पढ्ने जिम्मा मेरो भो ... तिमी लेख अब ...खालि तिमुर्ले लेख म पढ्चु भन्दै टार्दै .. :)

झेली गर्न नपाई ...सबैले लेख्न पर्च
 
Posted on 09-07-06 10:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हिहिहि ... पढिसके :D
कस्तो हसाइरा'होला ब्यान भरि हास्दा हास्दै बित्यो ...
 
Posted on 09-07-06 10:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खितितितिती खितितिती खितितिती......... राम्रो कुम्ले, अरु नि जावोस्!!
 
Posted on 09-07-06 10:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-07-06 10:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो नाकको टुप्पो क्यारि रातो भुनेर सोध्नु होला।

म त हरा’को।

मउसब त नयाँ चौतारिआँ मनाम्नि र’च, आफू पुगियो तेई २४ लम्बरको चौतारिआँ। २४ पछि त २५सै आम्न पर्नि हो के रे, तर आफूले देखिन २५। अल्मलिएर बरालिंदै थेम्, बाटैमा डल्ली मगर्नी भेट भो। उसैलाई था’ होला, बोल्नी निउ पुनि भो, भुनेर सोधें।

“मउसब सउसब त था’ छैन, नाच्ने, गाम्ने, कथा कविता सुनाम्ने, चईं उऽऽऽऽऽऽऽऽऽ तेता भा’ छ के रे” भन्दै एकोहोरो मेरो तालु हे-यो।

“अनि, दाजैको खप्पराँ त सलाई सल्काम्न नि मिल्छ कि के हो? चुरोट छ?”

“चुरोट पछि किन्दिम्ला, मेरो खप्पराँ सलाई सल्काईस् भुने चईं तलाईं नै बाल्दिम्ला, बरु कता हो भन न डल्ली तो नाच गाम् भ’को ठाम्?”

“हेऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽरि त्याँ!” डल्ली मगर्नीले तेर्सै तेर्सै ला’को बाटै औंलाईदी।

कस्तो बाटो परेछ फेरि तो, मेरी धोबिनीको भट्टीआँट उम्केर जानै नमिल्नि। पस्नै परो। मउसबाँ के के हुन्च था’ पाएसि त, “म नि जाने हो, मेरो तेई पुरानो पेटिकोट सि’देऊ!” रे!

“एक त म दमाई होईन तेरो पेटिकोट सिम्न लाई, अर्को, तो ठाम्मा तँ म संग आईस भुने, सारा गाम्लेहुरले मेरी जेठीसंग मिलेर हामी दुवैलाई भुत्ल्याम्चन्!” भुनेर निस्केम् त्याँट।

तेति कुरा अर्दा अर्दै नि घोक्न त भ्या’को थेम् के रे २-४ ट्वाक, बाटाँ फेरि अल्मलियम्। उताऽट आईर’च, जुरेली र भउते साढु।

“ए! जु-जु-जु-जुरेली ल भ-भ-भउते पो! मउसब जान ला’ हो? मु-मु-मु-मुलाई नि संगै लग, म त हराईं।“

“यो पात्त्या’ बुढो कईले नसुध्रने भो! तेई धोबिनी काँ धोकेर आ’को होला। ह्वास्सै गना’छ!” भउते गर्जियो!

मेरी साली मेरी ने हुन्। “मेरो भेनालाई तेस्तो भन्नि? खायो त खायो, तिम्रो के खायो? आफ्ने धोबिनीको खायो! आऽऽऽऽऽऽऽऽऽऽ! म त सक्दिन अब तिमी संग। तिमी जाऊ एक्ले तो मउसब, म त भेना संग आम्ला आए, नत्र साली भेना जाम्ला कतै अन्तै!” रे त नि!

म त ट्वाँऽऽऽऽऽ।

धत्! दिम्सै दिम्सै रउसिको झोंकाँ के के सपना देखेछु! आँखा मिच्दा त्याँ न त भउते, न जुरेली।

कसो अरि काँऽट आईपुगेम्, आखिरी। २५ लम्बरको मउसबे चौतारीऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ! :D

ग्वांचे तेईं अलि पर आम्नि पाउनाहुरलाई स्वागुत गर्दै रातो टिका लाउँदै र’च।

“लु ग्वांचे भाई, त्याँ पुगेर कथा कविता सुन्न हतार भो, झट्टै लगाईदेओ त टिका!”

ग्वाँचे त फेरि एकटकले मेरो निधाराँ धुरेर बस्छ, टिका सिका के भो?

“झट्टै गरन ग्वाँचे भाई!”

“हैन के, पुन्टे दाईको निधारै ठम्याउन सकिन। बडेमानको र’च, टिका काँ लाईदिम, काँ लाईदिम्” बज्जे खितिति हाँस्न था’लो।

“जाँ लाए नि लाईदेउन झट्टै!”

“ए! जाँ लाए नि हुनि हो? लु त!” बज्जेले नाकैं लाईदो। क्यार्नि, अस्तिन गालउ र गोताएंले भउतेको मास्टरी खडयन्त्र पारि मुलाई थुन्दा उम्काउने उही ग्वाँचे, जे अरेनि सहन्छु अचेल त!

टीका ला’को दउखिना माग्दै थो अझ! खल्तीमा एक मोर बाँकी र’च, तेई दियम्। “जाबो एक मोरले क्यार्नी हो, बुढो?” रे। “सहर गर पुस्टकारी खाउ” भन्दिएं।

“अनि सहर जानी बस भारा नि देउन त!”

“तो चईं भउतेले देला, जुरेलीको दाईजाऽट खुब कमा’छ उल्ले!”
 
Posted on 09-07-06 10:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुन्टेदा कता जानु भो छ भनेर सोचिरा'त ढल्मलिदै आइपुग्नु भे'छ । ल मचै हिडै मकै भाँच्न .. यो मोत्सुवाँ बेलाँ नि फुर्सद पाम्नि हैन के रे क्यार्नु र

सुइइइइइइइइइइय!!!!! हरिशरणम!!!
 
Posted on 09-07-06 10:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-07-06 10:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुन्टे दाइ, लौ टिका लाइ हालियो, यस्सो त्यो पछाडिको कुर्सिआँ बसुम क्यारे! आज मउसबमा चिया नास्ताआ नि बेबस्था छ ।

(खुसुक्क पुन्टे दाइको कान्मा: म त्यो चियाको गिलासमा चिया भुनेर तपाईंलाइ धोबिनिको भट्टिबाट ल्या' सर्बत दिन्छु, सुरुप्प परिहल्नुस् है)

तपाईंले जाबो एक मोर दखिना दे' नि, मैले त तपाईंको लागि खतरा बेबस्था अरेको छु गाँठे, बरु भोली शहर जाने भाडा पक्का है !! ;-)
 
Posted on 09-07-06 10:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ मिस् त मकै भाँच्न पो जानु भे'छ, आज मउसबआ दिन त काम-साम नगरे 'नि हुने ।
 
Posted on 09-07-06 11:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पून्ते दाई नमेस्ते ।
 
Posted on 09-07-06 11:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-07-06 11:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

परकास्


परकास्? ! एउटा यस्तै जिन्दगीको रजतोत्सब तिर हुदो हो आयो मेरो अगाडी तीन इन्च जतिको मुस्कान लिएर---

परकास्?! फेरि त्यै सम्बोधन् तर यस् पटक अलि सानो आवाज्मा फ्याँक्यो म तिर र मैले केइ बुझ्नु अघि नै हात पसार्यो मिलाउन लाइ --- मैले नी असमन्ज्यस्यमै बढाएं हात --- अखिल स्तरमा उस्ले हात मिलाउदै सोध्यो “अनि के छ?”

सोम निक्कै प्रफुल्ल देखिन्थ्यो खै किन हो? शहिद गेट नेर सूर्यका ढल्किदा किरण सङ्गै बरालिँदा चिसा झैं लाग्ने बतास माझ् उस्ले मलाइ भेट्टाकोथ्यो त्यो दिन।

चिनिनस् कि के हो मलाइ?” उस्को मुस्कन् तन्केर हासोको चौरमा लड्नै लाग्या देखिन्थ्यो। मेरो दिमाग घट्ट झै घुम्या सुन्या मात्रै हैन देख्या नी हुनु पर्छ तेस्ले। आफुले सम्झे जति मनिस् सङ्ग त्यस्को अनुहार् भिडार हेरें दिमागमा कसै सङ्ग मिलाउन सकिन। त्यस्तरी आफुलाइ चिन्या मन्छे लाइ आफुले चिनिन भन्नु धिक्कार हो जस्तो लाग्यो …तर को हो को खै भन्नै सकिन।

“खै चिन्या चिन्या जस्तो नि लाग्छ ---“
"चिनिन" लाइ सके सम्म राम्रो सुनिने गरी शब्दमा लडाएँ।

“बज्यालाइ दिन्छु घुच्चुकमा अनि ऐले चिनिन भन्दा त” शब्द कडा खाले प्रयोग् गरे पनि उस्को अनुहरमा नओइलाको मुस्कानले शब्दको अर्थ भावत्मक् भएको पुस्टि गर्थ्यो।

म पस्चिम् सन्सार तिर केहि बर्ष थन्किएर घर पुग्या दोस्रै दिन अफ्ना पुराना बाटाहरुम बरालिन पुग्या थिएँ उ फेला पर्यो।

उ अझै मेरै अनुहर हेरिराथ्यो मैले उस्लाइ चिनम्ला र उ चम्किम्ला भनेर होला --- मेरो मन्मा अब भने यो को होला भन्ने भन्दा के आइलाग्यो मलाइ यो फेरि भन्ने सोचाइ उर्लिदा थिए।

तँ त मोटाइछस् नी --- काँ छस अचेल्? सोध्यो।

म हीँ छु --- यसो आँखालाइ उस्को अनुहरबाट हटार अगाडी हेरेँ --- मोटाको कुरा त हो सबैले मोटाइछस् त भनेकै हुन् --- अब यो सोम चै मोटाको हो की दुब्ला हो मैले के भन्नी हो थाहा छैन--

के गोस्वारा हुलकाँ छस् तँ? सोध्यो।

"हैन…"

के त दुरसन्चाराँ?

"हैन ---ही भन्या काठ्मान्डुमा ---" मैले भनेँ ।

"काँ छ त जागिर्?" उस्लाइ चाहियो –

"जागिर सागिर छैन मेरो --- मैले मन् मनै फेरि भनेँ “थुक्क ---के आइलग्या यो? यसो घुममनत भन्या किन पाइन्थ्यो आफ्नो सुरमा”

के त बिजिनेस् छ? फेरि सोध्यो---

"छैन ----" म पनि जवाफ् चै दिदै थिएँ।

"हैन तैले साच्चिनै चिनिनस् कि के हो मलाइ?" उ फेरि पुरानै कुरामा आयो ---

"ह्ह्म्म्म्म्म्म्म्म्म्म् ---" मैले घोरिएर फेरि चिन्छु कि जस्तो नाटक गरेँ ---

"म डम्बर के --- अब चिनिस्?" उस्ले उस्को नाम भनेर मलाइ सजिलो पार्या होला झन् अप्ठेरोमा पार्यो --- मेरो मनले झर्केर सोध्यो मलाइ "को डम्बर?"

"ए परकासे --- हैन तँ त सन्किस् कि के हो?" अब भने उ अलि गम्भिर् भो
--- मलाइ नि डर् डर् लाग्यो ---अब के गर्ने हो यो डम्बरेले भनेर --- परकास् परकास् भन्छ ---- हुन त दीपको परिभासा नै परकास् हो ---त्यत्ति सम्म त मिलायो तर यो परकास् भन्या को हो --- यो डम्बरे को हो --- मलाइ केहि थाहा भएन ---

“सल्लेरी नि मा बि --- अब नी सम्झिनस् भने चै फेला पर्छस्” त्यस्को अर्को हिन्ट फेरि ब्यर्थ गयो --- कताको सल्लेरी नि मा बि हो ---- अब मेरो शंका पक्का हुदै गयो – म गलत् चिनारीको फन्दामा परें–

मैले “तपाइं अल्मलिनु भो जस्तो छ” भन्या मात्रै थिएँ छक्क पर्या दृस्टी म तिर हुर्‍याएर मेरो हात्मा समात्दै बदाम् बेचेर बस्या एउटी आइमाइ छेउ उभ्यायो "--- ए दिदि ल हेर त --- चिनेउ येस्लाइ?"

--- दिदि ले नियालेर हेरिन् --- दिदिले बोल्नु अघि नै फेरि डम्बरे बोल्यो --- "परकास् के चिनिनौ?—

“डाँडाको”? दिदि ले सोधिन् …

"अनि के त?" डम्बरे हास्यो ---

के दशा लाग्या बेलाँ निस्केछु आज ---डम्बरे मात्रै हैन दिदि नि आइलगिन् फेरि मनमा तर्कना आए --- डम्बरे ले हात् छोडया छैन मेरो अझै –फुस्काएर भाग्न नसक्ने नि हैन – बाझ्न नसक्ने नि हैन म तर तमासाको पात्र हुने नि मन् थिएन ---

“पराजुलि है? दिदि ले पक्का पार्न खोजिन्

डम्बरले “हो” ठोक्दियो।

हेर्दा हेर्दै म परकास् पराजुलि भएँ त्या शहिद् गेटाँ।

"अलि मोटाछन् नाक् नक्स त उहि" दिदिले नि चिनिन् मलाइ ---

"ओखर् बोटे दिदि चिनिस्?" डम्बरे ले सोध्यो मलाइ---

"उसैलाइ त चिन्या छैन अझ ओखर् बोटे दिदि रे फेरि ---- " मान्छे छिन्ने जाँचाँ म चिप्लेँ।

यत्तिकैमा ओखर् बोटे दिदि को बदाम् राख्या नाङ्लो एउटा राम्रो खुट्टा नटेकि झुम्दै गीत् गाउदै गर्याले ठोक्काएर घोप्ट्यायो --- दिदि कराइन् --- डम्बरे नि त्यतै तिर लाग्यो --- मौकामा आइपुग्या ट्याक्सि समातेर म नि हुइकिएँ --- “चाबेल् जाम्” राहत् सङ्ग मैले भने ---

ट्याक्सिमा ओखर् बोटे दिदि ---डम्बरे सम्झेर हासो पनि उठ्यो ---

चाबेल् चोकमा ट्याक्सि बाट ओर्लेर चारै तिर हेरेँ अनि ओरालो तिर बाट आउदै गर्या एउटा लाइ के सुर् चल्यो बोलाएँ मैले नी “परकास्”

उ अलमल्ल पर्यो --- अखिल् मार्का हात मिलाउदै भनें --- “अलि दुब्ला जस्तो लाग्यो हो?”

मैले फेला पर्या सोम् सिसुपाल् रे छ --- मोटायो भन्नै नसुहाउने ----

"अँ--- अलि दुब्लाइयो अस्ति टाइफाइड भएर झन्नै --"
- फेरी उस्ले सोच्यो होला यो को हो को लाइ --- ---

"मलाइ नचिन्या हो कि क्या हो?" सोधेँ।

“खै---------------“
के चिन्थ्यो तेस्ले ---

"म डम्बर ---" मैले चिनाएँ।
"सल्लेरी नि मा बि के– याद् आयो?---"

उस्ले अनुहारमा चिन्ताका बादल थुप्रै भेला पारी सकेछ।

ओखरबोटे दिदी खोज्दै थिएँ मेरो परकासले बाटो काटि सके छ --- फर्किदै हेर्दै लम्किदै बाटो तताउदोँ परकासे बिचरा टाइफाईडले झन्नै सिद्याएछ।
 
Posted on 09-07-06 11:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्याबात दीप जी
 
Posted on 09-07-06 11:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नया महोत्सब को चौतारी मा झुल्किन मात्रै
आएको है
काम को चटारो छ
आशा गरम् भोली बेलुका
बाट फुर्सद हुन्चकि ????????????????

को को हो चौतारी
मा बसिरा जस्तो मान्चु नि ................

दाया बाया फलफुल पसल पनि
देखिन्छन्
कपडा पसल पनि देखिन्छ


सबैलाइ महोत्सब को सुभकामना !!!!!!!!!!!!!

 
Posted on 09-07-06 11:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Sabai lai jadau ani subhakamana hai.
malai ta aafno bhaneko kehi lekhna aaudaina eheh euta geet gauchhu arkaa ko


Hope dangles on a string
Like slow spinning redemption
Winding in and winding out
The shine of which has caught my eye

And roped me in
So mesmerizing, so hypnotizing
I am captivated

(Chorus)
I am Vindicated
I am selfish
I am wrong
I am right
I swear I'm right
I swear I knew it all along

And I am flawed
But I am cleaning up so well
I am seeing in me now the things you swore you saw yourself

So clear
Like the diamond in your ring
Cut to mirror your intentions
Oversized and overwhelmed
The shine of which has caught my eye
And rendered me so isoloated, so motivated
I am certain now that

(Chorus)

So turn
Up the corners of your lips
Part them and feel my finger tips
Trace the moment, fall forever
Defense is paper thin
Just one touch and I'd be in
Too deep now to ever swim against the current
So let me slip away [3x]
So let me slip against the current and let me slip away

(Chorus)

Slight hope
It dangles on a string
Like slow spinning redemption...

Miste
 
Posted on 09-07-06 11:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस्टे, आयौ बा तिमी पनि, सञ्चै छ तिमीलाइ ? आउ आउ बस्..........के खाने हो तातो चिसो ?
 
Posted on 09-07-06 11:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु मजाओ कथा हाल्दै रेछन गाम्लेअरु!

कुम्ले, ग्वाँचे हालुम हालुम अरु नि हालुम। ग्वाँचे बरु तातो चिसो भन्दा पनि चुरठ छ चुरठ? घराँ काँचो पात सक्केछ तमाखु तान्न नि पाइएन गाँठे!

परकासको आफ्नै कथा त झन राम्रो। साँच्चि सल्लेरि नि मा बि मा आठ पास भ'र कता लागेऊ? :)

यामे र मिस्टे पनि आएछन् तर यो मोरो मिस्टेले पररर अउँरेजीमा के फलाको कुरो बुझे मार्दिनु!
 
Posted on 09-07-06 12:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु ग्वाँचे तिम्ले चाइन्जो नमस्ते अरेओ गल्तिले मिस्टेख भ'र देखिएनछ अइले देखेँ। मेरो नि नमस्ते छ तिम्लाई। बरु हाम्रो शहर यात्राको कथा हालन :)
 
Posted on 09-07-06 12:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मउसबको बेलाँ मिस्टेलाई बौसी चढ्यो कि के हो? के के बर्बराम्च, बुझ्दैन। नाचेको नि के हो तेस्तो? भन्न त डिस्को हो कि सिस्को भुने जस्तो लाउँच, अईले ढिस्कोमा अल्झेर ग्वारलाम् गुर्लुम् खस्लाऊ!

नमस्ते, नमस्ते, ठुल्बुईनी! दिपे सरकाँ ट्युसन पढ्नि भए साथीहुर बटुलेर मात्र जानि है! एक्लै नगएस्! चित्रेको मन सानो होला फेरि।

तातो चिसो केई था’ छैन, ग्वाँचे, बरु जे सुकै होस्, भित्र छिरेसि चईं छाती तातो बनाम्नि जे छ तेई लेऊ मुलाई त!

मिस चईं मकै भाँच्न गा’की, अईले सम्मुन् आईनन्, बा! कईले ल्याऊली र पोलेर खाम्ला भुनेर कुरि रा’ हो के रे।

होऽऽऽऽऽऽऽऽऽऽऽ तेई हो जस्तै लाउँच मुलाई नि! तेई दिपले चाबेलाँ भेट्या सिसुपाल हो के रे! आ’र मुलाई “परकास् सोम्, आँईच, नचिनेको जस्तो गरेर रड्डी चाईं नगरन हाउ! आम्बोऽऽऽऽऽऽऽऽऽऽऽ सोम त अलिक दुब्लाको जस्तो छ नि!” भन्दै थो। आफूले उसलाई चिने त मरिजाम्, लु! बोली नि के हो तेस्तो? दिसा अड्के जस्तो?

जिम्माले यतई मेरै छेऊमा बस, लौ! तो ग्वाँचेले यो कुनाँ मत्र ओखती ल्याउने ठेक्का लेको छ के रे।
 
Posted on 09-07-06 12:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिप ज्यो आउनुस् आउनुस् । हाम्रो दिप ज्यो लाई जित्ने कस्ले अब।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Nas and The Bokas: Coming to a Night Club near you
मन भित्र को पत्रै पत्र!
Will MAGA really start shooting people?
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Driver license help ASAP sathiharu
Travelling to Nepal - TPS AP- PASSPORT
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters