Posted by: Poonte September 7, 2006
Login in to Rate this Post:
0
?
मेरो नाकको टुप्पो क्यारि रातो भुनेर सोध्नु होला।
म त हरा’को।
मउसब त नयाँ चौतारिआँ मनाम्नि र’च, आफू पुगियो तेई २४ लम्बरको चौतारिआँ। २४ पछि त २५सै आम्न पर्नि हो के रे, तर आफूले देखिन २५। अल्मलिएर बरालिंदै थेम्, बाटैमा डल्ली मगर्नी भेट भो। उसैलाई था’ होला, बोल्नी निउ पुनि भो, भुनेर सोधें।
“मउसब सउसब त था’ छैन, नाच्ने, गाम्ने, कथा कविता सुनाम्ने, चईं उऽऽऽऽऽऽऽऽऽ तेता भा’ छ के रे” भन्दै एकोहोरो मेरो तालु हे-यो।
“अनि, दाजैको खप्पराँ त सलाई सल्काम्न नि मिल्छ कि के हो? चुरोट छ?”
“चुरोट पछि किन्दिम्ला, मेरो खप्पराँ सलाई सल्काईस् भुने चईं तलाईं नै बाल्दिम्ला, बरु कता हो भन न डल्ली तो नाच गाम् भ’को ठाम्?”
“हेऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽरि त्याँ!” डल्ली मगर्नीले तेर्सै तेर्सै ला’को बाटै औंलाईदी।
कस्तो बाटो परेछ फेरि तो, मेरी धोबिनीको भट्टीआँट उम्केर जानै नमिल्नि। पस्नै परो। मउसबाँ के के हुन्च था’ पाएसि त, “म नि जाने हो, मेरो तेई पुरानो पेटिकोट सि’देऊ!” रे!
“एक त म दमाई होईन तेरो पेटिकोट सिम्न लाई, अर्को, तो ठाम्मा तँ म संग आईस भुने, सारा गाम्लेहुरले मेरी जेठीसंग मिलेर हामी दुवैलाई भुत्ल्याम्चन्!” भुनेर निस्केम् त्याँट।
तेति कुरा अर्दा अर्दै नि घोक्न त भ्या’को थेम् के रे २-४ ट्वाक, बाटाँ फेरि अल्मलियम्। उताऽट आईर’च, जुरेली र भउते साढु।
“ए! जु-जु-जु-जुरेली ल भ-भ-भउते पो! मउसब जान ला’ हो? मु-मु-मु-मुलाई नि संगै लग, म त हराईं।“
“यो पात्त्या’ बुढो कईले नसुध्रने भो! तेई धोबिनी काँ धोकेर आ’को होला। ह्वास्सै गना’छ!” भउते गर्जियो!
मेरी साली मेरी ने हुन्। “मेरो भेनालाई तेस्तो भन्नि? खायो त खायो, तिम्रो के खायो? आफ्ने धोबिनीको खायो! आऽऽऽऽऽऽऽऽऽऽ! म त सक्दिन अब तिमी संग। तिमी जाऊ एक्ले तो मउसब, म त भेना संग आम्ला आए, नत्र साली भेना जाम्ला कतै अन्तै!” रे त नि!
म त ट्वाँऽऽऽऽऽ।
धत्! दिम्सै दिम्सै रउसिको झोंकाँ के के सपना देखेछु! आँखा मिच्दा त्याँ न त भउते, न जुरेली।
कसो अरि काँऽट आईपुगेम्, आखिरी। २५ लम्बरको मउसबे चौतारीऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ! :D
ग्वांचे तेईं अलि पर आम्नि पाउनाहुरलाई स्वागुत गर्दै रातो टिका लाउँदै र’च।
“लु ग्वांचे भाई, त्याँ पुगेर कथा कविता सुन्न हतार भो, झट्टै लगाईदेओ त टिका!”
ग्वाँचे त फेरि एकटकले मेरो निधाराँ धुरेर बस्छ, टिका सिका के भो?
“झट्टै गरन ग्वाँचे भाई!”
“हैन के, पुन्टे दाईको निधारै ठम्याउन सकिन। बडेमानको र’च, टिका काँ लाईदिम, काँ लाईदिम्” बज्जे खितिति हाँस्न था’लो।
“जाँ लाए नि लाईदेउन झट्टै!”
“ए! जाँ लाए नि हुनि हो? लु त!” बज्जेले नाकैं लाईदो। क्यार्नि, अस्तिन गालउ र गोताएंले भउतेको मास्टरी खडयन्त्र पारि मुलाई थुन्दा उम्काउने उही ग्वाँचे, जे अरेनि सहन्छु अचेल त!
टीका ला’को दउखिना माग्दै थो अझ! खल्तीमा एक मोर बाँकी र’च, तेई दियम्। “जाबो एक मोरले क्यार्नी हो, बुढो?” रे। “सहर गर पुस्टकारी खाउ” भन्दिएं।
“अनि सहर जानी बस भारा नि देउन त!”
“तो चईं भउतेले देला, जुरेलीको दाईजाऽट खुब कमा’छ उल्ले!”