Posted by: Deep September 7, 2006
Login in to Rate this Post:
0
?
परकास्
परकास्? ! एउटा यस्तै जिन्दगीको रजतोत्सब तिर हुदो हो आयो मेरो अगाडी तीन इन्च जतिको मुस्कान लिएर---
परकास्?! फेरि त्यै सम्बोधन् तर यस् पटक अलि सानो आवाज्मा फ्याँक्यो म तिर र मैले केइ बुझ्नु अघि नै हात पसार्यो मिलाउन लाइ --- मैले नी असमन्ज्यस्यमै बढाएं हात --- अखिल स्तरमा उस्ले हात मिलाउदै सोध्यो “अनि के छ?”
सोम निक्कै प्रफुल्ल देखिन्थ्यो खै किन हो? शहिद गेट नेर सूर्यका ढल्किदा किरण सङ्गै बरालिँदा चिसा झैं लाग्ने बतास माझ् उस्ले मलाइ भेट्टाकोथ्यो त्यो दिन।
चिनिनस् कि के हो मलाइ?” उस्को मुस्कन् तन्केर हासोको चौरमा लड्नै लाग्या देखिन्थ्यो। मेरो दिमाग घट्ट झै घुम्या सुन्या मात्रै हैन देख्या नी हुनु पर्छ तेस्ले। आफुले सम्झे जति मनिस् सङ्ग त्यस्को अनुहार् भिडार हेरें दिमागमा कसै सङ्ग मिलाउन सकिन। त्यस्तरी आफुलाइ चिन्या मन्छे लाइ आफुले चिनिन भन्नु धिक्कार हो जस्तो लाग्यो …तर को हो को खै भन्नै सकिन।
“खै चिन्या चिन्या जस्तो नि लाग्छ ---“
"चिनिन" लाइ सके सम्म राम्रो सुनिने गरी शब्दमा लडाएँ।
“बज्यालाइ दिन्छु घुच्चुकमा अनि ऐले चिनिन भन्दा त” शब्द कडा खाले प्रयोग् गरे पनि उस्को अनुहरमा नओइलाको मुस्कानले शब्दको अर्थ भावत्मक् भएको पुस्टि गर्थ्यो।
म पस्चिम् सन्सार तिर केहि बर्ष थन्किएर घर पुग्या दोस्रै दिन अफ्ना पुराना बाटाहरुम बरालिन पुग्या थिएँ उ फेला पर्यो।
उ अझै मेरै अनुहर हेरिराथ्यो मैले उस्लाइ चिनम्ला र उ चम्किम्ला भनेर होला --- मेरो मन्मा अब भने यो को होला भन्ने भन्दा के आइलाग्यो मलाइ यो फेरि भन्ने सोचाइ उर्लिदा थिए।
तँ त मोटाइछस् नी --- काँ छस अचेल्? सोध्यो।
म हीँ छु --- यसो आँखालाइ उस्को अनुहरबाट हटार अगाडी हेरेँ --- मोटाको कुरा त हो सबैले मोटाइछस् त भनेकै हुन् --- अब यो सोम चै मोटाको हो की दुब्ला हो मैले के भन्नी हो थाहा छैन--
के गोस्वारा हुलकाँ छस् तँ? सोध्यो।
"हैन…"
के त दुरसन्चाराँ?
"हैन ---ही भन्या काठ्मान्डुमा ---" मैले भनेँ ।
"काँ छ त जागिर्?" उस्लाइ चाहियो –
"जागिर सागिर छैन मेरो --- मैले मन् मनै फेरि भनेँ “थुक्क ---के आइलग्या यो? यसो घुममनत भन्या किन पाइन्थ्यो आफ्नो सुरमा”
के त बिजिनेस् छ? फेरि सोध्यो---
"छैन ----" म पनि जवाफ् चै दिदै थिएँ।
"हैन तैले साच्चिनै चिनिनस् कि के हो मलाइ?" उ फेरि पुरानै कुरामा आयो ---
"ह्ह्म्म्म्म्म्म्म्म्म्म् ---" मैले घोरिएर फेरि चिन्छु कि जस्तो नाटक गरेँ ---
"म डम्बर के --- अब चिनिस्?" उस्ले उस्को नाम भनेर मलाइ सजिलो पार्या होला झन् अप्ठेरोमा पार्यो --- मेरो मनले झर्केर सोध्यो मलाइ "को डम्बर?"
"ए परकासे --- हैन तँ त सन्किस् कि के हो?" अब भने उ अलि गम्भिर् भो
--- मलाइ नि डर् डर् लाग्यो ---अब के गर्ने हो यो डम्बरेले भनेर --- परकास् परकास् भन्छ ---- हुन त दीपको परिभासा नै परकास् हो ---त्यत्ति सम्म त मिलायो तर यो परकास् भन्या को हो --- यो डम्बरे को हो --- मलाइ केहि थाहा भएन ---
“सल्लेरी नि मा बि --- अब नी सम्झिनस् भने चै फेला पर्छस्” त्यस्को अर्को हिन्ट फेरि ब्यर्थ गयो --- कताको सल्लेरी नि मा बि हो ---- अब मेरो शंका पक्का हुदै गयो – म गलत् चिनारीको फन्दामा परें–
मैले “तपाइं अल्मलिनु भो जस्तो छ” भन्या मात्रै थिएँ छक्क पर्या दृस्टी म तिर हुर्याएर मेरो हात्मा समात्दै बदाम् बेचेर बस्या एउटी आइमाइ छेउ उभ्यायो "--- ए दिदि ल हेर त --- चिनेउ येस्लाइ?"
--- दिदि ले नियालेर हेरिन् --- दिदिले बोल्नु अघि नै फेरि डम्बरे बोल्यो --- "परकास् के चिनिनौ?—
“डाँडाको”? दिदि ले सोधिन् …
"अनि के त?" डम्बरे हास्यो ---
के दशा लाग्या बेलाँ निस्केछु आज ---डम्बरे मात्रै हैन दिदि नि आइलगिन् फेरि मनमा तर्कना आए --- डम्बरे ले हात् छोडया छैन मेरो अझै –फुस्काएर भाग्न नसक्ने नि हैन – बाझ्न नसक्ने नि हैन म तर तमासाको पात्र हुने नि मन् थिएन ---
“पराजुलि है? दिदि ले पक्का पार्न खोजिन्
डम्बरले “हो” ठोक्दियो।
हेर्दा हेर्दै म परकास् पराजुलि भएँ त्या शहिद् गेटाँ।
"अलि मोटाछन् नाक् नक्स त उहि" दिदिले नि चिनिन् मलाइ ---
"ओखर् बोटे दिदि चिनिस्?" डम्बरे ले सोध्यो मलाइ---
"उसैलाइ त चिन्या छैन अझ ओखर् बोटे दिदि रे फेरि ---- " मान्छे छिन्ने जाँचाँ म चिप्लेँ।
यत्तिकैमा ओखर् बोटे दिदि को बदाम् राख्या नाङ्लो एउटा राम्रो खुट्टा नटेकि झुम्दै गीत् गाउदै गर्याले ठोक्काएर घोप्ट्यायो --- दिदि कराइन् --- डम्बरे नि त्यतै तिर लाग्यो --- मौकामा आइपुग्या ट्याक्सि समातेर म नि हुइकिएँ --- “चाबेल् जाम्” राहत् सङ्ग मैले भने ---
ट्याक्सिमा ओखर् बोटे दिदि ---डम्बरे सम्झेर हासो पनि उठ्यो ---
चाबेल् चोकमा ट्याक्सि बाट ओर्लेर चारै तिर हेरेँ अनि ओरालो तिर बाट आउदै गर्या एउटा लाइ के सुर् चल्यो बोलाएँ मैले नी “परकास्”
उ अलमल्ल पर्यो --- अखिल् मार्का हात मिलाउदै भनें --- “अलि दुब्ला जस्तो लाग्यो हो?”
मैले फेला पर्या सोम् सिसुपाल् रे छ --- मोटायो भन्नै नसुहाउने ----
"अँ--- अलि दुब्लाइयो अस्ति टाइफाइड भएर झन्नै --"
- फेरी उस्ले सोच्यो होला यो को हो को लाइ --- ---
"मलाइ नचिन्या हो कि क्या हो?" सोधेँ।
“खै---------------“
के चिन्थ्यो तेस्ले ---
"म डम्बर ---" मैले चिनाएँ।
"सल्लेरी नि मा बि के– याद् आयो?---"
उस्ले अनुहारमा चिन्ताका बादल थुप्रै भेला पारी सकेछ।
ओखरबोटे दिदी खोज्दै थिएँ मेरो परकासले बाटो काटि सके छ --- फर्किदै हेर्दै लम्किदै बाटो तताउदोँ परकासे बिचरा टाइफाईडले झन्नै सिद्याएछ।