Posted by: Gautam B. September 8, 2006
~ ~ चौतारी महोत्सब~ ~
Login in to Rate this Post:     0       ?        
लु सुन जिम्माल, मूल्लाको एउटा जोक। मूल्लाले एकदिन बिहानै उठेर रउसी नखाने प्रण गरेछ। उस्लाई आफ्नी बेगम शबनम अरुसंग लहसिन्छे कि भन्नी ठूलो डर भएकोले शबनमलाई घरभित्र थुनेर ताल्चा लगाएर दफ्तरतिर लाग्यो। अब प्रण त गरिहाल्यो, तर दफ्तर जाने बाटैमा चाइञ्जो मइखाना के रे! आज त तेतातिर फर्केर पनि हेर्दिन भनेर मन दह्रो बनाएर गयो मूल्ला दफ्तर। तर मइखानाको अघिल्तिर पुगेपछि मूल्लाका खुट्टा काप्न थालिहाले। भित्र जाऊँ कि नजाऊँ हुन थालीहाल्यो मूल्लालाई। जाऊँभने बिहान बिहानै गरेको कसमको कुरा छ, नजाऊँ भने हड्डीदेखुन् तलतल लागेर आईसक्यो! कहिले मइखानाको ढोकातिर, कहिले दफ्तर जाने बाटोतिर गरेर मूल्ला धेरै बेर अल्मलियो। अन्त्यमा "छोड स्साला! आज शराब छोडेको उपलक्षमा एक गिलास दिएर जान्छु--!" भनेर मइखानाभित्र पस्यो। ******************************* एक गिलास मात्रै दे'र के पुग्थ्यो मूल्लालाई!? दफ्तर जानै भूल्यो मूल्लाले। रात परेपछि घर जान भनेर निक्लियो। 'आजचैं नहल्लिकन सोझो भ'र हिँड्छु मैले पिएको कसैलेपनि थाहा नपाउने गरी।' मूल्लाले बिचार ग-यो र तिनिक्क जीउ तन्काएर हिड्न थाल्यो। बाटोमा आफू अगाडिको एउटा बिजुलीको पोलतिर उस्को ध्यान गयो। 'आजचैं यो पोलबाट पनि बचेर जान्छु, नठोक्किइकन।' मूल्ला बडो होशियारीपूर्वक बिस्तारै हिड्न थाल्यो। तर गएर ड्याम्म--- पोलमा टोक्कियो। (बच्चामा साईकल सिक्दा हामीलाई पनि हुन्थ्यो नी, जुन चीजबाट जोगिन्छु भन्यो त्यसमै गएर ठोक्किने!) 'भएन, अबचैं जोगिएर जान्छु' भनेर मूल्ला फेरि पहिलेकै ठाऊँमा गयो र पोलतिर बिस्तारै आयो तर फेरि ड्याम्म-- ठोक्कियो। धेरै चोटि 'अबचैं नठोक्किई जान्छु, मूल्लाको इज्जतको सवाल छ' भनेर पछाडि फर्कँदै, आऊँदै र पोलमा ठोक्किदैँ गरेपछि मूल्ला त्यैं बसेर रुन थाल्यो। "हे अल्लाह! यो पोलै पोलको जंगलमा म कसरी आईपुगें!?--" "के भो मूल्ला!? आजपनि धेरै पिईस् कि क्या हो?" ड्यूटीको पुलिसले चिनेको रहेछ मूल्लालाई, समातेर घरसम्म पु-याइदियो। चाबी निकालेर मूल्ला ढोका खोल्न थाल्यो। "कति हल्लेको मूल्ला!" मूल्ला शराबको तालमा हल्लेर ताल्चा खोल्नै नसकेको देखेर पुलिसले मूल्लालाई समात्यो। "म हल्लेको छैन भाइ! भूइँचालो आएजस्तो छ, घर हल्लिरा'छ, घरलाई समात त!" बाहिर खलबल सुनेर शबनम निस्किई झ्यालमा। "के भयो मूल्ला, चाबी फरक परेछ कि क्या हो? अर्को चाबी फाल्दिऊँ?" "हैन बूढी, ताल्चा फरक परे जस्तो छ आज, आर्को ताल्चा फाल् त!"
Read Full Discussion Thread for this article