Posted by: Gautam B. September 7, 2006
~ ~ चौतारी महोत्सब~ ~
Login in to Rate this Post:     0       ?        
एउटा आर्को जोक। एउटा मिठाइ पसलमा एउटा मारवाडी आयो र भन्यो "जरा बाल्टी लाओ--!" अब मिठाइ पसलमा बाल्टी लिन यो कुन बहुलाहा आयो भनेर काम गर्ने केटाहरु छक्क परे। तर मिठाइ साहूले भनेको चिनेको रहेछ। "अरे बनबारीलाल सेठ आप--! आइए, आइए---!" सेठलाई स्वागत गर्यो उस्ले र एउटा केटालाई पल्लो दोकानबाट बाल्टी किनेर ल्याउन पठायो। "इसमे एक किलो हलुवा डालो।" बाल्टी आइपुगेपछि बनबारीलाल सेठले अह्रायो। "एक किलो जेरी, आधा किलो रसबरी, एक किलो लालमोहन----- भी डालो।" सबै छक्क परेर हेर्न थाले। "अब इसको घोलो, बहुत घोलो।" सबै थोक बाल्टीमा राखिसकेपछि सेठ बोल्यो। काम गर्ने केटाहरुले बेस्करी घोले सब मिठाइलाई। अनि बनबारीलाल सेठ नजिकै आयो र भन्यो; "इसमे से दश रुपएका निकालकर हमको दे दो।"
Read Full Discussion Thread for this article