Posted by: nepesahila September 9, 2006
~ ~ चौतारी महोत्सब~ ~
Login in to Rate this Post:     0       ?        
हैन यो एक छिनमै दुइतिन पाना पल्टिएर, हामी जस्तो कम फुर्सद हुने मान्छेले त केहि भेउ नै न पाउने भएम गाँठे। आग्राको कुरा गर्या जस्तो लागेर एक् छिन हास्यो, मख्ख पर्यो अनि एकै छिन पछि यस्सो केहि लेखुम न त भनेर लाग्यो भने, कुरो गाग्रामा पुगिसक्या हुने र' छ। तर जे भे नी महोत्सवमा एक दम रमाइलो लाग्यो। कुम्ले, ग्वाँचे, पुन्टे दाइ, दिप ब्रो, मीस, तितौरी, ठुल्नानी, भउते, गोताएँ, जिम्माल, दादा, चित्रे, कैले, प्रीति, हाम्रो नमे इनिन्नियर सबै प्रति हार्दिक साभार। हाम्रो यो चौतारीले थोरै भएपनि, नेपालको तृष्णा मेटाउने काम गरेको छ। यो चौतारी २५ बाट ५०, अनि १०० अंक सम्म पुगोस्, सबै जानाबाट यस्तै राम्रा राम्रा कथा, कबिता, भावनाहरु पढ्न पाइयोस। सबैजाना बाट यस प्रती मलजल भाई नै रहोस्, अस्तु ।
Read Full Discussion Thread for this article