crazy_love
Replies to this thread:

More by crazy_love
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 शीर्षक जे पनि हुन सक्छ।

[Please view other pages to see the rest of the postings. Total posts: 250]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 NEXT PAGE
[VIEWED 156649 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 13 pages, View Last 20 replies.
Posted on 11-11-08 11:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     4       ?     Liked by
 

 

भाग-१

( यो कथा पुरै कल्पनामा आधारित भएकोले कसैको जीवन सङ मिल्न गएमा संयोग मात्र हुनेछ। )

असनबाट सुरज आर्केड निस्किने गल्ली हुँदै उसले बाइकलाइ बल्लबल्ल त्यो भिंडबाट घिसार्दै मुख्य सडक भन्दा अलि वर आइपुग्यो। आकाशमा कालो बादल भए पनि पानी पर्ने संकेत थिएन, गर्मीले उ लखतरान भैसकेको थ्यो। धुवाँ, धुलो र दिनभरीको ब्यस्तताले उ एकैछिन भये पनि चिसो पिउन भनेर मुख्य सडकलाइ जोड्ने बाँयातिरको एउटा होटेल भित्र छिर्यो। मिठाइ सङै अन्य परिकार भएको त्यो पसल उसले पहिला त्यो बाटो हिडे पनि कहिले याद गरेको थिएन। भित्र पस्नासाथै उसले शीतल महसुस गर्यो। हेर्दाखेरि होटेल सफा देखिन्थ्यो, खुला र उज्यालो पनि थ्यो। उ सरासर कुनापट्टिको मेचमा गएर बस्यो। उ एकछिनको लागि भएपनि एकान्त चाहन्थ्यो, ब्यापार, नाफा, घाटा, मिटिङ र शेयर बजार झेल्दा झेल्दै उस्को जीबन एउटा तनाबको गोला भैसकेको थ्यो। बस्नासाथै उसले चिसो कोक अर्डर गर्‍यो र सङैको टेबुलमा कसैले छोडेको "कान्तिपुर" हेर्न थाल्यो, समाचार भन्दा पनि "हेडलाइन" हरु पढ्न थाल्यो।

उसलाइ कसो कसो त्यहाको बाताबरण एकदम आरामदायी लाग्न थाल्यो, एउटा मिठो सुवास जुन उस्ले पहिले पनि महसुस गरेको छ, त्यही बासना फैलिए जस्तो लाग्यो वरिपरि। मानौं उ त्यहाँको प्रत्यक सुक्ष्मतासङ राम्ररी परिचित छ। कतैबाट मसिनो गुनगुनको आवाजले उसले टाउको उठाएर हेर्‍यो, उसको ठ्याक्कै २ टेबुलभन्दा पर दुइ युबती उ पट्टि ढाड फर्काएर बसेका थे। बेला बेलामा मसिनो हाँसो सुनिन्थ्यो। उनिहरु शायद कुनै पत्रिका हेर्दै कुरा गरि रहेका थे। पछाडीबाट हेर्दा उसले उनिहरुको उमेर अड्कल गर्न सकेन तर उ दाँया पट्टी बसेकी केटिको सेतो कुर्ता हेरिरह्यो। त्यो सेरो कुर्ता उस्ले कतै देखेको जस्तो लाग्यो, कुर्ता मात्र होइन उस्को गलाभन्दा केहि तल झरेका केशराशी पनि आत्मिय लाग्यो। होइन होइन, कुर्ता बाहिर को उसको शारिरक बनोट यस्तो लाग्यो, उस्ले त्यो शरीरलाइ चिनेको छ। गोरो ढाडमुनिको पातलो कम्मर र त्यसमुनिको घुमाउरो फुकेको गोलाइ उसले देखेको मात्र होइन अनुभुत गरेको छ। उसले "कान्तिपुर"मा ध्यान दिन सकेन, उसलाइ सेतो कुर्ता बाहिर देखिने आकर्षक शरिरले  तानिरह्यो, उसलाइ त्यो शरीर प्यारो लाग्न थाल्यो, माया गरि रहुँ जस्तो। त्यस्तो अदभुत कुरा के छ र त्यो सेतो कुर्ता लाउने सङ? उसले आफैलाइ प्रश्न गर्यो र सेतो कुर्तासङै बसेकि हरियो कुर्तालाइ हेर्यो। पछाडी बाट त हरियो कुर्ता पनि उस्तै सुन्दर देखिन्थी, अझै राम्रो शरीर, लामो ढाड, चिटिक्क छिनिएको कम्मर र मन लोभ्याउने "सिल्की" लामो कपाल। तर हरियो कुर्ताले उसलाइ आकर्षण गरे पनि मनमा आफ्नै जस्तो भाव जन्माउन सकेन।

अब उसले एक्दम चनाखो भएर उनिहरुको स्वर सुन्ने प्रयाश गर्‍यो। दुबै स्वरहरु उस्तै उस्तै सुनिन्थे पछाडिबाट। हरियो र सेतो कुन चाहिको स्वर मधुर भन्नै गार्हो पर्‍यो। अगाडी गएर प्रतक्ष्य हेर्न पनि अलि अप्ठ्यारो हुने। पछाडीबाट झन धेरै कौतुहुलता जाग्ने। उस्लाइ सेतो कुर्ता लाउने को अनुहार हेर्न मन लाग्यो। शायद उसले देखेको हुनु पर्छ त्यो अनुहारलाइ। उसलाइ लाग्यो, सेतो कुर्ता लाउनेको शरीरको प्रत्येक अङसङ उ नजिकिएको हुनु पर्छ, प्रेम गरेको हुनु पर्छ। त्यो स्पर्श कल्पिएर उ एक्छिन आनन्दित भयो। एकैचोटि पछाडी फर्के पनि हुने नि सेतो कुर्ता, उसको मनमा उठिरहेको आँधी त केहि शान्त हुन्थ्यो कि। बेला न कुबेला मोबाइल बज्न थाल्यो उसको, उसले मोबाइल अफ गर्‍यो। उपाय सोच्यो कसरी सेतो कुर्ताको अनुहार हेर्ने भनेर। त्यतिकैमा ठुलो खित्का छुट्यो त्यो सेतो कुर्ताको टेबुलबाट, उ मात्रै होइन होटेलमा भएका सबैले उनिहरुतिर हेरे। उनिहरु फेरि खासखुस मात्र गर्न थाले। उसले राम्रो बहाना पायो, कोकको सिसी लिन आउने केटोलाइ सेतो कुर्ताहरुलाइ गएर त्यसरी हाँस्दा अरुहरुलाइ "डिस्टर्ब" हुन्छ भन्ने कुरा पठायो। त्यो केटो गएर उनिहरुलाइ केहि भन्यो। उसले सतर्क भएर प्रतिक्रिया कुरि रह्यो। उनिहरुले पनि केटोलाइ सोधे क्यारे, केटोले उ बसेको कुनामा त्यहीबाट चोर औँलाले देखायो।

"सरी" सेतो कुर्ता लाउने केटीले पछाडी फर्केर उसलाइ भनी। दुबैको नजर जुध्यो, समय केहि बेरलाइ रोकियो र फेरि पछि भाग्न थाल्यो। उसले केहि भन्नु वा सेतो कुर्ताले अरु केहि बोल्नु अगाडी उकुसमुकुस, भय र पग्लिएर नबगेको बिगतले उसको सबै उमङहरुमा प्रहार गर्यो। नसोचेको कुरा घट्यो त्यहाँ। हेर्दाहेर्दै सेतो कुर्ताको अनुहारमा संकोच र ग्लानिका रेखाहरु एक पछि अर्को गर्दै आउन थाले, सेतो कुर्ताले उसको आँखामा हेर्न सकिन। उ त्यहाँबाट हरियो कुर्तालाइ लिएर तुरुन्त निस्की हाली। उ जड भयो। आजै किन उस्लाइ यहाँ आउनु पर्‍यो? के काठमान्डु यति सानो छ जहाँ उसले आफुले कहिले हेर्न नचाहेको अनुहारलाइ देखि रहनु पर्छ? के जिन्दगीले फेरि उ सङ अर्को कुनै खेल खेल्न लागेको हो? यत्रो सहरमा उ नै किन भेटिनु पर्ने?

उसले आफ्नो मिल्ने साथी बिबेकलाइ त्यहीँ बाट फोन गर्‍यो।

"बिबेक, तँ मलाइ अहिले भेट्न सक्छस्?"

"अहिले त मि बिजि छु, किन?" बिबेकले सोध्यो।

"आज सारै नराम्रो दिन रैछ यार।" उसको स्वर सानो भयो।

"भुमिका नबाँधी भन त। मेरो यहाँ फुर्सद छैन। के भयो?"

"मैले साक्षीलाइ देखेँ।" सेतो कुर्ता बसेको रित्तो ठाँउलाइ हेर्दै भन्यो उसले।

"को? को रे?" बिबेकले फेरि सोध्यो।

"उहि, क्या त! साक्षी.... मेरो...... ।कस्तो कुरा नबुझ्या?" उसले कुरा बुझाउने प्रयाश गर्‍यो।

 "ए ! साक्षी! बल्ल बुझे। अर्का सङ पोइला गएकी स्वास्नीको नि के कुरा गरीराको होला यसले?" बिबेकले उसले कसैलाइ नदेखाएको पुरानो घाउमा नुन छर्कियो। तीब्र पीडाले उ छटपटियो र भित्तामा अडेश लाएर बस्यो।

क्रमश:...

 

Last edited: 21-Nov-08 06:20 PM

 
Posted on 12-17-08 11:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पत्कर भनेको पनि झरेको पातहरु नै हो स्ट्याट ज्यु, गल्ती भए सचच्याउ है क्रेजी।
 
Posted on 12-17-08 11:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 साक्षि ,सुधा ,सन्ध्या ।।।।।।।केटीहरुको नाम स बाट आउने बित्तिकै मलाई सारै राम्री हुन्छन् कि जस्तो लाग्छ भन्या crazy , great job done .........after long time read ur story ...completed in a shot ....felt like we r moving the same story paralllelly........कथा फरक ,परिस्थिति हरु फरक बिषय बस्तु फरक तर पढ्दै जाँदा अरे मैले पनि लेख्न खोजेको त यहि नै त हो नि जस्तो लाग्यो ।।।।।।ल चाँडो चाँडो लेख।।।।।

 
Posted on 12-17-08 1:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्रेज साक्षिले मान्दिन जस्तो लाग्छ मलाई।
हरेक दिन आफ्नो लोग्नेलाई हेरेर प्रायस्चित को ज्वलामा हुम्मिनु भन्दा त बरु बाबा मामु सँगै गएर बस्न सहज हुन्छ होला । 
बिचरा केटा को पनि के गल्ती छ र? छोडेर जाने एउटा, बिचरा चै कुरा लुकाइ लुकाइ हिंड्नु पर्ने

 


 
Posted on 12-17-08 1:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फुचचे केटो ज्यु म अघी  यता क्रेजी को कथा पढेर लगत्तै उता तपाईं को कथा पढ्न बस्या एक्छिन त दिमाग मा दुइटा स्टोरी मिक्स जस्तो भएर बसी रा भन्या,एता उस्को र साक्षी को नरमाइलो उता तपाईंको रोमान्टिक कथा म झन्डै जोड्न नलाको। ल ल दुबै खुन्खारहरु छिट्टो कथा अघी बढाउँ,पढ्ने,बिचरा पोख्ने हामी छौ नि।
 
Posted on 12-18-08 7:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लौ लौ फेरि साक्षीतिर नै पो मोडिन लाग्यो नि गाँठे उषातिर मोडिएला भन्ठानेको त। दीपूले सोचे झैं माइत फर्किन पनि सहज त देखिदिनँ म। क्रेजिजी अब के हुन्छ जान्न पाए हुन्थ्यो हजुर।    

 
Posted on 12-18-08 8:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Stat,

पत्करको प्रयोग मैले फुल बोटबाट झरेर फुल नभएको अबस्था, तर पात पतिंगर जस्तो भएको कुरा ब्यक्त गर्न खोजेको हुँ।

बिस्टे ! धन्यबाद अर्थ भनिदिनु भएकोमा।

फुच्चे,

तिम्रो कथा पनि पढीरहेको छु म, अब कता पुग्छ सुधाको यात्रा भने म पनि केहि अनुमान लाउन सकेको छैन।

दिपु,

साक्षीको मन उसको कुराले पग्लिसक्यो जस्तो छ दिपु ! मैले त भनेकै हो, कसै सङ पनि नजाउ म सङ आउ भनेर।

चिप्ले ज्यु,

उषाले उसको जिबनमा उषा ल्याँउछे कि कतै भन्ने मलाइ पनि झिनो आशा लागेको छ।

"Plzzz ! पत्करको अर्थ कसैलाइ थाहा छ भने बताइदिनु होला।कहिलेकहिं मैले गलत उच्चारण पनि गरेकि हुन सक्छु। "

"उसले अल्टिमेटम दिएको आज बल्ल दुइ दिन भएछ। अझै पाँच दिन बाँकि छ।"


 
Posted on 12-18-08 8:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

How CL can become wrong? That was my illiteracy.

1.पत्कर् patkar: (page 362)

पतिव्रता pativratā, or patibratā, pop. patibartā, s. A chaste and faithful wife. [lw. Sk. id.]

पत्कर् patkar, s. Fallen dry leaves. [cf. patkerā.]

पत्केरा patkerā, s. Fallen leaves; rubbish. [cmpd. pāt and kero.]

Source : Turner, R. L. (Ralph Lilley), Sir. A comparative and etymological dictionary of the Nepali language. London: K. Paul, Trench, Trubner, 1931

http://dsal.uchicago.edu/dictionaries/schmidt/

And Thank you to Biste jyu too.

 
Last edited: 18-Dec-08 09:17 AM

 
Posted on 12-18-08 8:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

How CL can become wrong?

Often I create a new word on my own and (I came to know recently) that is one of the symptoms of craziness doctor says.

I need to be corrected if  the word is not used in appropriate situation. I mix laguages in my mind and express in the writing in a flow. That way, I could have used expressions in my own way.

Plz stat ! Don't say how CL can be wrong. I am just an ordinary human and will learn from feedback too.

That was my illiteracy.

That is your alertness and that helps all of us to be aware of the beautiful nepali language, words and expressions to use in the appropriate way.

Thank you very much for doing research for the word.

Plz provide the link for the dictionary . ( It may help me to look for the meaning when I get confused.)

Thanks!

 See I realized so much grammatical errors in my editing.

Last edited: 18-Dec-08 08:55 AM

 
Posted on 12-18-08 9:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

CL, Sometimes I use that dictionary online, could not find exact match always though. Most of the time I forget exact Nepali words and dont know the alternate english words at the same time. budho bhaiechha ki kunni. You are still very good in word composition to make story intersting. I would be glad if I understand the writing properly.


 
Posted on 12-18-08 9:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्रेजी ले नयाँ पाटो लिएर आईछिन भनेर च्याएको त हैन रईछ,अर्को भाग सकेको हो क्रेजी ?
Thanks for the Digital Dictionary link Stat jyu.
 
Posted on 12-18-08 9:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Its going pretty well..Keep it up.....

 

NepaliThita


 
Posted on 12-19-08 7:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Stat,

मेरो समस्या नेपाली पनि अधकल्चो, इङ्लिश पनि अध्कल्चो, सोचाइ पनि त्यसरी बन्दो रहेछ। आफुले लेखेको अभिब्यक्तिहरु पनि नेपालीमा पढ्दा कहिले काहि आफैलाइ अप्ठ्यारो के नमिलेको के नमिलेको जस्तो लाग्छ। फेरि पनि म सिक्दैछु अरुहरुसङ।

budho bhaiechha ki kunni.

कहिले भएको? ल बधाइ छ। हामीलाइ भोजै नखुवाइकन बुढो भएछ Stat।

बिस्टे,

अर्को भाग छिट्टै आँउदैछ् आज दिंउसोभित्रै।

Nepali_Thita,

धन्यबाद साथी! यहाँहरुकै प्रेरणाले लेख्न मन लाग्छ।


 
Posted on 12-19-08 11:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाग-१३

 

एकहप्ता सकिएर त्यसको दुइ दिन पछि पोखरा बसपार्कमा साक्षीको प्रतिक्षामा थ्यो। साँझ बजे आइपुग्ने भनेको बस बन्दमा परेर लगभग बजे आइपुग्यो। उसले साक्षीलाइ सङै प्लेनमा जाने भनेकोथ्यो, तर साक्षीले अरुले थाहा नपाउन् भनेर बसबाट आउने निर्णय गरेकी थी। बसबाट झर्दा साक्षी धेरै थाकिएकी जस्तो देखिन्थी। बसपार्कबाट होटेलसम्म पुग्न २० मिनेट लाग्यो। कोठामा पुग्दा उसको शरीरमा  रुमानी तरङहरु बग्न थालेका थे। बन्द कोठा, एकान्त परिबेश अब्यक्त चाहनाहरु गतिशिल हुन खोजीरहेका थिए।  साक्षी सम्पुर्ण रुपमा उसकी थी, केबल उसकी मात्र। उनिहरुको संसार रङिबिरङी फुलहरुको मिठो सुबासले मगमगाउन थालेको थ्यो। साक्षी ब्यागबाट सफा लुगा झिकेर नुहाउन जान लागेकी थी। उसले आफ्नो मनमा उर्लिरहेको रहरहरुलाइ अरु नियन्त्रण गर्न सकेन। बाथरुम पस्न लागेकी साक्षीको हात समातेर आफु नजिक तान्यो उसले। साक्षीले थकाइ लागेको , नुहाएर आँउछु भनेर हलुका तरिकाले उसको हात छुटाइ।

 

साक्षी नुहाएर आँउदा बेलुकीको खानाको लागि "रुम अर्डर" गरिरहेकोथ्यो। साक्षी खाना खान मन छैन "चिकेन सुप" मात्र खाएर आराम गर्छु भन्न थाली। उसले सोच्यो साक्षी थाकेकी , एकछिन आराम गर्छे भनेर तल रेस्टुरेन्टमा खाना खान गयो साक्षीको लागि चिकेन सुप कोठामा पठाइदियो।  साक्षी अब सधैं उसैको हो, उसलाइ लाग्यो मायाको लागि प्रशस्तै समय छ।

 

 खाना सकिएपछि केहि समय तल बंगैचामा टहल्यो, एकछिन भएपनि साक्षी आराम गरोस् भन्ने सोचिरहेको थ्यो। भित्रभित्र पुनरमिलनको चाहनाले खुशी भैरहेको थियो। बिहेको पहिलो रात जस्तो लागिरहेको थ्यो उसलाइ त्यो रात। साक्षी कसरी खुम्चिएकी थीइ  पहिलो  रात, उसको दिमागमा दुलही बनेर खाटको एउटा छेउमा लजाइरहेकी साक्षीको तस्बीर नाच्न थाल्यो। त्यो मधुर सम्झनाले मात्र पनि उसको शरीर झनझनाउन थाल्यो। पहिलो स्पर्श, नयाँ अनुभुति भयले काँपीरहेकी साक्षीको मुटुको ढुकढुकी सम्झिदाँ उसको शरीरमा उन्माद छाउन लाग्यो। तुरुन्तै कोठामा फर्क्यो, साक्षी अर्धनिद्रामा थी। आकासी नाइट गाउनमा साक्षीको शरीरबाट मादकता छचल्किरहेकोथ्यो। खाटमा पल्टिन लागेकी साक्षीलाइ उसले बिस्तारै जिस्काउन थाल्यो। शुरुमा साक्षी निद्रा लाग्यो भन्दैथी, तर पछि चुप लागी। साक्षीको कोमल शरीरमा उसका हातहरु अनायासै दौडिन थाले। साक्षी बिस्तारै लट्ठिन थाली। साक्षीको अधरमा प्रेमका फुलहरु बर्साउन थाल्यो, साक्षी मदहोश हुन थाली। उसको ओठंहरु साक्षीको कोमल घाँटितिर सलबलाइ रहेको थ्यो, साक्षी आफ्नो थकित शरीरलाइ बिस्तारै समर्पित गरिरहेकी थी।।

 

"उफ्फ् ! कस्तो गार्हो भयो।"

अकस्मात निस्सासियो, साक्षी जुरुक्क उठी, उठ्न सकेन, ओछ्यानमा दुइ हातले टाउको समाएर पल्टिरह्यो।

 

"के भयो तपाइलाइ ?" साक्षी डराएकी थी।

 

"रिङटा लाग्न थाल्यो।" आँखा बन्द गरेर बसेको थ्यो।

 

"चिसो पानी पिउनु हुन्छ?"

 

"  हल्चल गर्नै सक्दिन। फन्फनी घुमाइरहेको छ।"

 

"कोठा गुम्म भएर होला।" साक्षीले झ्याल खोली सरर चिसो बतास कोठा भित्र पस्यो। साक्षी बिस्तारै उसको छातीमा मालिश गर्न थाली।

 

"यो के को गन्ध आयो?" उसले साक्षीको हातलाइ झट्कार्दै भन्यो।

 

"मेरो हातमा केहि छैन।" साक्षी आफ्नै हात सुँघ्न थाली।

 

"तिम्रो हात मात्र होइन, कोठैभरि स्वाश फेर्न नसकिने दुर्गन्ध साक्षी। तिमी पर गएर बस।"

 

"खोइ ! मलाइ त्यस्तो महसुस भएको छैन।" भनेर साक्षी "रुम स्प्रे" गर्न थाली।

 

"साक्षी ! प्लिज केहि स्प्रे नगर। सहनै सक्दिन यो दुर्गन्ध।" बिस्तारै सिरानी उठाएर बस्यो।

 

साक्षीले बाथरुममा चेक गरी, कोठाको कुना कुना हेरी, त्यस्तो केहि भेट्टाइन जसको दुर्गन्ध महसुस गरिरहेको थ्यो।

 

"शायद तिम्रो शरीरबाट आएको दुर्गन्ध हो यो।" उसले नाक खुम्च्याँउदै भन्यो।

 

" अघि भर्खर  नुहाएकी।" त्यसपछि आफ्नो अस्तब्यस्त नाइट गाउनलाइ मिलाउन थाली। साक्षी आफ्नो कपाल सुंघ्न थाली।श्याम्पु पनि उहि हो, गन्ध छैन त।

 

"तिम्रो शरीरमा असहनीय दुर्गन्ध साक्षी!"

 

साक्षी  उसलाइ  टुलुटुलु हेरीरही।

 

"तिम्रो शरीरमा "गाइने"को गन्ध छ।" उसले  बास्तबिकता पोख्यो।

 

"यो शरीर मात्र हो। यो नाशवान शरीरमा कसैको सुगन्ध वा दुर्गन्ध रहदैंन।" अलि अलि कुरा बुझी साक्षीले।

 

"साक्षी !  तिम्रो  शरीर सिनो जस्तो दुर्गन्ध फैलाइरहेको छ।। तिमीलाइ माया गर्न सक्दिन।" उसले साक्षीको छातीमाथि ठुलो ढुङा खसाल्यो। साक्षी मर्माहत भइ।

 

"हे भगवान !" आकाशतिर हेर्दै साक्षी पुकार्न थाली।

 

"मलाइ माफ गर साक्षी ! तिम्रो उपस्थितिले यो कोठा पुरै दुर्गन्धित भएको छ। मलाइ गार्हो भएको छ।"

 

"तपाइ मलाइ मात्र होइन, आफुलाइ पनि माया गर्न सक्नु हुन्न।" साक्षी  आँखाबाट आफ्नो गालामा बग्न थालेको आँसु पुछ्न थाली।

 

"के हो माया?" उसले सोध्यो।

 

"माया  आफै महसुस गरिने  भावना हो। तर तपाइमा त्यो बुझ्न सक्ने क्षमता छैन। तपाइ पहिले पनि रित्तो हुनु हुन्थ्यो। यी भित्ताहरु जस्तै चिसो हुनुहुन्थ्यो। अहिले पनि त्यस्तै हुनु हुन्छ। तपाइ मानबिय संबेदना नभएको खाली मान्छे। हे भगवान ! मैले फेरि किन गल्ती गरे?"  त्यतिबेला साक्षीले आफ्नो रुवाइलाइ अरु रोक्न सकिन, कोठामा साक्षीको हिक्काहरु निर्बाध छुट्न थाले।

 

"माया  खोक्रोशब्द” मात्र हो साक्षी, साँच्चैको भाव होइन। यदि माया भन्ने चिज भएको भए किन  जन्म दिने आमा मलाइ सानैमा छाडेर अरुसङ किन जानु हुन्थ्यो?” भाबबिहिन देखिन्थ्यो।

 

"तपाइंले कारण होइन, परिणाम मात्र देख्नु भएको छ। कुनै कारण  नभै घटना घट्दैन।" साक्षी  बेला बेलामा हिक्क हिक्क गर्दैथी।

 

"के हो कारण ? एउटा नवजात शिशुलाइ टुहुरो  बनाएर अर्को सङ जानु कस्तो बिडम्बना हो?" जवाफ माग्दैथ्यो।

 

"उहाँमाथि अत्याचार भएको थ्यो। ठुल्दि भन्नु हुन्थ्यो, नन्द, आमाजु, सासु ससुराहरु सबै मिलेर तपाइकी आमामाथि अन्याय गर्थे, तपाइको बुबालाइ कुरा लाँउथे, अनि बुबा उहाँलाइ पिट्नु हुन्थ्यो। उहाँलाइ नोकर भन्दा बढी काम लगाउथें, कहिलेकहिं सानो सानो काम बिगार्दा सजाँय पनि पाउनु हुन्थ्यो। कति दिनसम्म खान पाउनु हुन्थेन। त्यो बेला उहाँको दुख सुन्ने कोहि थिएन। त्यसैले उहाँ बाध्यताले गर्दा घर छोड्नु पर्यो। तपाइलाइ उहाँबाट खोसिएर  ल्याइएको हो। उहाँले तपाइलाइ छोड्नु भएको होइन।" साक्षी रोक्किदैं, बिच बिचमा रुँदै , बोल्दै गर्दैथी।

 

क्रमश:

Last edited: 19-Dec-08 11:24 AM

 
Posted on 12-19-08 11:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाग-१३

"के हो कारण ? एउटा नवजात शिशुलाइ टुहुरो  बनाएर अर्को सङ जानु कस्तो बिडम्बना हो?" जवाफ माग्दैथ्यो।

 

"उहाँमाथि अत्याचार भएको थ्यो। ठुल्दि भन्नु हुन्थ्यो, नन्द, आमाजु, सासु ससुराहरु सबै मिलेर तपाइकी आमामाथि अन्याय गर्थे, तपाइको बुबालाइ कुरा लाँउथे, अनि बुबा उहाँलाइ पिट्नु हुन्थ्यो। उहाँलाइ नोकर भन्दा बढी काम लगाउथें, कहिलेकहिं सानो सानो काम बिगार्दा सजाँय पनि पाउनु हुन्थ्यो। कति दिनसम्म खान पाउनु हुन्थेन। त्यो बेला उहाँको दुख सुन्ने कोहि थिएन। त्यसैले उहाँ बाध्यताले गर्दा घर छोड्नु पर्यो। तपाइलाइ उहाँबाट खोसिएर  ल्याइएको हो। उहाँले तपाइलाइ छोड्नु भएको होइन।" साक्षी रोक्किदैं, बिच बिचमा रुँदै , बोल्दै गर्दैथी।

 

एकछिन घोत्लियो, फेरि बोल्यो।

 

"अनि तिमी ? तिमीलाइ कसले अन्याय गरेको थ्यो साक्षी?" एक्टक साक्षीलाइ हेरिरहेकोथ्यो।

 

"तपाइ मेरो भाबनाहरुलाइ पिट्नु हुन्थ्यो,कुल्चिनु हुन्थ्यो   मिलनको त्यो अन्तरङ  क्षणमा पनि तपाइ मलाइ पीडा दिनुहुन्थ्यो, सट्टामा आफु मात्र सन्तुस्ट भएर सुत्नु हुन्थ्यो। लोग्नेसङको मायाले मलाइ कहाली लाग्दो दुखको रात फर्काँउथ्यो।"

 

“" बन्द गर यी रङ ढङका कुराहरु। केहि पनि सुन्न चाहदिन। तिमीलाइ नयाँ लोग्ने चाहिएकोथ्यो, त्यसैले तिमीले  आफुलाइ निर्दोष साबित गर्ने राम्रो बहाना  बनाएकोछौ।" रिसले आँखा नदेख्ने भैसकेकोथ्यो।

 

" तपाइ ढुङामा केहि फरक थिएन।  यी मेरो यही शरीरलाइ निचोर्न, चिथोर्न तहसनहस गर्न चाहनु हुन्थ्यो तर मनलाइ छुने प्रयाश  गर्नु हुन्थेन। मेरो  रहर तपाइसङ मायामा चुर्लुम्म डुब्न चाहन्थ्यो, तपाइ मलाइ डुबुल्कि मार्नु अघि सतहमा फालिदिनुहुन्थ्यो। मेरो मन तपाइंसङ आत्मियता खोज्थ्यो। शरीर तपाइं अङाल्नु हुन्थ्यो तर तपाइको  मनसम्म पुग्न नसक्ने गरी पर्खाल बनाउनु हुन्थ्यो। तपाइसङ जिबन बाँच्न चाहन्थे तर तपाइ हरेक चोटि मलाइ "निषेधित क्षेत्र" भित्र प्रबेश रोक गर्नु हुन्थ्यो। हामी एकै छतमुनि अपरिचित भएर बाँचेका थ्यौं। तपांइ आफ्नी आमालाइ जस्तै मलाइ पनि हेला गर्नुहुन्छ। तपाइ पहिले पनि असुरक्षित हुनु हुन्थ्यो, अहिले पनि हुनुहुन्छ।“

 

" चरित्रहिन आइमाइ ! मलाइ तिम्रो अरु कुरा सुन्ने रहर छैन। यो कोठामा तिमी रहुन्जेल स्वास फेर्न सक्दिन। प्लिज! तिमी बाहिर जाउ।"

 

"बाहिर अध्याँरो छ।" भन्दै साक्षी रुन थाली।

 

"के तिमी मलाइ अझै यातना दिन चाहन्छौ? प्लिज ! साक्षी ,तिमी जाउ। अध्याँरोले तिमीलाइ खाँदैन।

 

"यो ठाँउ मेरो लागि नौलो छ। भोलि बिहान सबेरै जान्छु। अहिले रातको १२ बज्न लाग्यो।" साक्षी बिन्ती गर्न थाली।

 

"अहँ, हुँदै हुदैन। भोली बिहान सम्म दुर्गन्धको कारण गर्दा म मरिसकेको हुनेछु। तिमी अहिले नैं जाउ।“

 

साक्षी झोलामा लुगा मिलाउन थाली।

 

"साक्षी ! किन अटेर गरेर बसेकी? तिमी निस्किहाल।" उसले  उठेर साक्षीलाइ घिसारेर बाहिर निकाल्यो भित्रबाट चुकुल लगायो।

 

रात गहिरिदैंथ्यो, एक्दम शान्त स्थिर।

 

 

 

 

समाप्त!

 

 


 
Posted on 12-19-08 11:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

CL, Unexpected Ending.. kehi bhannain aayena ahile ta...
 
Posted on 12-20-08 2:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

What an unusual ending

 एकदमै अनपेक्षित..


 
Posted on 12-20-08 3:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कथाले नयाँ मोड लिएको रहेछ पद्द्दा खुशी लाग्यो | तपाईंका प्रतुस्ती निकै गहिरो छ र कथालाई पुरै अर्को दिशामा पुराउनु भएको छ| निकै मार्मिक छ लेख्दै जानुहोस् सफलताको शुभकामना |
 
Posted on 12-20-08 10:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

unexpected ending, within reason though. usle sakshi lai ajha thulo sajaya dina kai lagi yeti natak racheko thiyo ki? sakshi le ahile aayera "ta yesto, ta usto, ..." bhannu ko satta uhi bela ma sutukka Gaine sanga bhagnu ko satta ma yehi kura ramro sanga uslai convince gareko bhaye ta hunthyo ni. galti ko sajaya usle bhognu thiyo, bhogi nai. very great and relevant message!! katha, patkatha ra sambad sabai utkrista, euta movie nai bhnne rahechha ni, direction pani Crazy le nai gare kaso hola?
 
Posted on 12-20-08 10:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

well, its hard to comment at this point. btw, are you trying to say sth about sensual disorder/misconduct  of male towards female or the main essence is sth different?

unexpected ending though.

 


 
Posted on 12-21-08 6:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कतै शन्का छैन "पगल प्रेमी" को लेखन शैली मा। मानविय मस्तिस्क मा छचल्किने छाल हरू लाई कती सजिलै समेट्न सकेको?? चाहो त्यो मानशिक अन्तर्द्वन्द होस् या भावनात्मक बहाव, यौनता पोखेर पाठक जोस्याउन होस् या स्वच्छ माया को पारीधी ले पाठक समेट्न लेखक निक्कै खप्पिस लाग्यो मलाई। जे होस् पढ्न समय दिएर बस्ने हामी जस्ता पाठक ले पढि सक्ता समय खेर गएको महसुश गर्ने नपाउनी नै सबै भन्दा ठुलो सफलता हो लेखक को।

तर अन्यथा नमाने मेरो मन मा खट्केको कुर भनौ है? अन्त्य मा लेखक ले कथा मा न्याय गरे जस्तो लागेन मलाई चाहिन- अली हतारिएर अन्त्य गरे जस्तो महसुश भयो मलाई। अर्को कुरा, अन्त कतै एक छन्द पनि नदेखाइ अन्त्य मा कसरी उस्ले साछ्छी को गन्ध मात्र पायो? यो मैले बुझ्न सकिन। यहाँ नेरी लेखक आँफै रनभुल्ल मा परे जस्तो छ। यसरी हेर्नु मेरो कम्जोरी हुन पनि सक्ला, अन्यथा परे अहिले नै सरी है!

जे भएनी कथा पढुन्जेल गजब रमाइलो छ- अझ सबै भाग लाई एकै चोटि पढ्दा झन रमाइलो हुन्दोरहेछ।

अरू पनि छिट्टै पढ्न पाउने आशामा,
उही धरान


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Nas and The Bokas: Coming to a Night Club near you
Will MAGA really start shooting people?
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
emergency donation needed
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Disinformation for profit - scammers cash in on conspiracy theories
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters