[Show all top banners]

crazy_love
Replies to this thread:

More by crazy_love
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 शीर्षक जे पनि हुन सक्छ।

[Please view other pages to see the rest of the postings. Total posts: 250]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 NEXT PAGE
[VIEWED 156326 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 13 pages, View Last 20 replies.
Posted on 11-11-08 11:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     4       ?     Liked by
 

 

भाग-१

( यो कथा पुरै कल्पनामा आधारित भएकोले कसैको जीवन सङ मिल्न गएमा संयोग मात्र हुनेछ। )

असनबाट सुरज आर्केड निस्किने गल्ली हुँदै उसले बाइकलाइ बल्लबल्ल त्यो भिंडबाट घिसार्दै मुख्य सडक भन्दा अलि वर आइपुग्यो। आकाशमा कालो बादल भए पनि पानी पर्ने संकेत थिएन, गर्मीले उ लखतरान भैसकेको थ्यो। धुवाँ, धुलो र दिनभरीको ब्यस्तताले उ एकैछिन भये पनि चिसो पिउन भनेर मुख्य सडकलाइ जोड्ने बाँयातिरको एउटा होटेल भित्र छिर्यो। मिठाइ सङै अन्य परिकार भएको त्यो पसल उसले पहिला त्यो बाटो हिडे पनि कहिले याद गरेको थिएन। भित्र पस्नासाथै उसले शीतल महसुस गर्यो। हेर्दाखेरि होटेल सफा देखिन्थ्यो, खुला र उज्यालो पनि थ्यो। उ सरासर कुनापट्टिको मेचमा गएर बस्यो। उ एकछिनको लागि भएपनि एकान्त चाहन्थ्यो, ब्यापार, नाफा, घाटा, मिटिङ र शेयर बजार झेल्दा झेल्दै उस्को जीबन एउटा तनाबको गोला भैसकेको थ्यो। बस्नासाथै उसले चिसो कोक अर्डर गर्‍यो र सङैको टेबुलमा कसैले छोडेको "कान्तिपुर" हेर्न थाल्यो, समाचार भन्दा पनि "हेडलाइन" हरु पढ्न थाल्यो।

उसलाइ कसो कसो त्यहाको बाताबरण एकदम आरामदायी लाग्न थाल्यो, एउटा मिठो सुवास जुन उस्ले पहिले पनि महसुस गरेको छ, त्यही बासना फैलिए जस्तो लाग्यो वरिपरि। मानौं उ त्यहाँको प्रत्यक सुक्ष्मतासङ राम्ररी परिचित छ। कतैबाट मसिनो गुनगुनको आवाजले उसले टाउको उठाएर हेर्‍यो, उसको ठ्याक्कै २ टेबुलभन्दा पर दुइ युबती उ पट्टि ढाड फर्काएर बसेका थे। बेला बेलामा मसिनो हाँसो सुनिन्थ्यो। उनिहरु शायद कुनै पत्रिका हेर्दै कुरा गरि रहेका थे। पछाडीबाट हेर्दा उसले उनिहरुको उमेर अड्कल गर्न सकेन तर उ दाँया पट्टी बसेकी केटिको सेतो कुर्ता हेरिरह्यो। त्यो सेरो कुर्ता उस्ले कतै देखेको जस्तो लाग्यो, कुर्ता मात्र होइन उस्को गलाभन्दा केहि तल झरेका केशराशी पनि आत्मिय लाग्यो। होइन होइन, कुर्ता बाहिर को उसको शारिरक बनोट यस्तो लाग्यो, उस्ले त्यो शरीरलाइ चिनेको छ। गोरो ढाडमुनिको पातलो कम्मर र त्यसमुनिको घुमाउरो फुकेको गोलाइ उसले देखेको मात्र होइन अनुभुत गरेको छ। उसले "कान्तिपुर"मा ध्यान दिन सकेन, उसलाइ सेतो कुर्ता बाहिर देखिने आकर्षक शरिरले  तानिरह्यो, उसलाइ त्यो शरीर प्यारो लाग्न थाल्यो, माया गरि रहुँ जस्तो। त्यस्तो अदभुत कुरा के छ र त्यो सेतो कुर्ता लाउने सङ? उसले आफैलाइ प्रश्न गर्यो र सेतो कुर्तासङै बसेकि हरियो कुर्तालाइ हेर्यो। पछाडी बाट त हरियो कुर्ता पनि उस्तै सुन्दर देखिन्थी, अझै राम्रो शरीर, लामो ढाड, चिटिक्क छिनिएको कम्मर र मन लोभ्याउने "सिल्की" लामो कपाल। तर हरियो कुर्ताले उसलाइ आकर्षण गरे पनि मनमा आफ्नै जस्तो भाव जन्माउन सकेन।

अब उसले एक्दम चनाखो भएर उनिहरुको स्वर सुन्ने प्रयाश गर्‍यो। दुबै स्वरहरु उस्तै उस्तै सुनिन्थे पछाडिबाट। हरियो र सेतो कुन चाहिको स्वर मधुर भन्नै गार्हो पर्‍यो। अगाडी गएर प्रतक्ष्य हेर्न पनि अलि अप्ठ्यारो हुने। पछाडीबाट झन धेरै कौतुहुलता जाग्ने। उस्लाइ सेतो कुर्ता लाउने को अनुहार हेर्न मन लाग्यो। शायद उसले देखेको हुनु पर्छ त्यो अनुहारलाइ। उसलाइ लाग्यो, सेतो कुर्ता लाउनेको शरीरको प्रत्येक अङसङ उ नजिकिएको हुनु पर्छ, प्रेम गरेको हुनु पर्छ। त्यो स्पर्श कल्पिएर उ एक्छिन आनन्दित भयो। एकैचोटि पछाडी फर्के पनि हुने नि सेतो कुर्ता, उसको मनमा उठिरहेको आँधी त केहि शान्त हुन्थ्यो कि। बेला न कुबेला मोबाइल बज्न थाल्यो उसको, उसले मोबाइल अफ गर्‍यो। उपाय सोच्यो कसरी सेतो कुर्ताको अनुहार हेर्ने भनेर। त्यतिकैमा ठुलो खित्का छुट्यो त्यो सेतो कुर्ताको टेबुलबाट, उ मात्रै होइन होटेलमा भएका सबैले उनिहरुतिर हेरे। उनिहरु फेरि खासखुस मात्र गर्न थाले। उसले राम्रो बहाना पायो, कोकको सिसी लिन आउने केटोलाइ सेतो कुर्ताहरुलाइ गएर त्यसरी हाँस्दा अरुहरुलाइ "डिस्टर्ब" हुन्छ भन्ने कुरा पठायो। त्यो केटो गएर उनिहरुलाइ केहि भन्यो। उसले सतर्क भएर प्रतिक्रिया कुरि रह्यो। उनिहरुले पनि केटोलाइ सोधे क्यारे, केटोले उ बसेको कुनामा त्यहीबाट चोर औँलाले देखायो।

"सरी" सेतो कुर्ता लाउने केटीले पछाडी फर्केर उसलाइ भनी। दुबैको नजर जुध्यो, समय केहि बेरलाइ रोकियो र फेरि पछि भाग्न थाल्यो। उसले केहि भन्नु वा सेतो कुर्ताले अरु केहि बोल्नु अगाडी उकुसमुकुस, भय र पग्लिएर नबगेको बिगतले उसको सबै उमङहरुमा प्रहार गर्यो। नसोचेको कुरा घट्यो त्यहाँ। हेर्दाहेर्दै सेतो कुर्ताको अनुहारमा संकोच र ग्लानिका रेखाहरु एक पछि अर्को गर्दै आउन थाले, सेतो कुर्ताले उसको आँखामा हेर्न सकिन। उ त्यहाँबाट हरियो कुर्तालाइ लिएर तुरुन्त निस्की हाली। उ जड भयो। आजै किन उस्लाइ यहाँ आउनु पर्‍यो? के काठमान्डु यति सानो छ जहाँ उसले आफुले कहिले हेर्न नचाहेको अनुहारलाइ देखि रहनु पर्छ? के जिन्दगीले फेरि उ सङ अर्को कुनै खेल खेल्न लागेको हो? यत्रो सहरमा उ नै किन भेटिनु पर्ने?

उसले आफ्नो मिल्ने साथी बिबेकलाइ त्यहीँ बाट फोन गर्‍यो।

"बिबेक, तँ मलाइ अहिले भेट्न सक्छस्?"

"अहिले त मि बिजि छु, किन?" बिबेकले सोध्यो।

"आज सारै नराम्रो दिन रैछ यार।" उसको स्वर सानो भयो।

"भुमिका नबाँधी भन त। मेरो यहाँ फुर्सद छैन। के भयो?"

"मैले साक्षीलाइ देखेँ।" सेतो कुर्ता बसेको रित्तो ठाँउलाइ हेर्दै भन्यो उसले।

"को? को रे?" बिबेकले फेरि सोध्यो।

"उहि, क्या त! साक्षी.... मेरो...... ।कस्तो कुरा नबुझ्या?" उसले कुरा बुझाउने प्रयाश गर्‍यो।

 "ए ! साक्षी! बल्ल बुझे। अर्का सङ पोइला गएकी स्वास्नीको नि के कुरा गरीराको होला यसले?" बिबेकले उसले कसैलाइ नदेखाएको पुरानो घाउमा नुन छर्कियो। तीब्र पीडाले उ छटपटियो र भित्तामा अडेश लाएर बस्यो।

क्रमश:...

 

Last edited: 21-Nov-08 06:20 PM

 
Posted on 12-07-08 1:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यतिका दिन पछी लेखेर पनि कस्तो छोटो - अली लामो त लेख्नु पर्छ
यो क्रजी पनि - त्यसरी पनि कुराउनु हुन्छ - कुर्या कुरै
ल एनी वेज

अब कथा मा बिचरा ले साक्षी लाई अब भैगो तिमी चिन्ता नगर, गाइनेले छोडेर के भयो त
म छदैछु नि - जब सम्म अर्को गाइने जस्तो भेटाउदैन तिमी म सँगै बस मेरी श्वासनी भएर
अनी फेरी कोही गाइने भेटायो भने जानु भन्छ होला है -

पुनर मिलन नै गराउने बिचार  छ होला यो केर्जी को त - 


Last edited: 07-Dec-08 01:30 PM

 
Posted on 12-07-08 1:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Crazy got ability to make people crazy about her conclusion.

Really nice Story.


 
Posted on 12-07-08 1:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thanks lahare!

Btw, पिरन मिलन नै गराउने बिचार  छ होला यो केर्जी को त -  bhanya k ni????????

 

राछस ज्यु!

प्रतिक्रियाको लागि धेरै धेरै धन्यबाद!


 
Posted on 12-07-08 1:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले गाली गरेको मन परेर थ्यांक यू भने को हो
त्यसोभए म सधैं गाली गर्छु है, धन्दै नमाने हुन्छ -

ल शुरु गरुँ त - अर्को गाली को इन्स्टल्मेन्ट - है है

फेरी बुझे पनि नबुझेको जस्तै गर्छ - यो वेँ लाई त
 
Posted on 12-07-08 4:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

laaa, aaja crazy pakshya parechha balla. chhoto bhayo pani ramro chha presentation. arko crazy pakshya kahile parni ho kunni? 
 
Posted on 12-08-08 12:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्रेजी किया रे....

म पनि यहि गित गाउँछु

पढ्दै आएको त हो, कमेन्ट हान्न मिलेको थिएन।

गजबै गयो यसपाली त झन्! थप्दै जाम हजूर!


 
Posted on 12-08-08 2:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

oye crazZ ammamama kati lamo katah lekheyko hola, sajha ma fulltime ho ajkal :P  -- purai katha bharkhari print garey hai, padheyra comment lekhchu  la. 
 
Posted on 12-08-08 8:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

भाग-९

"साक्षीssss!"

साक्षी फरक्क पछाडी फर्केर उसलाइ हेरी। फुङ उडेको साक्षीको अनुहारमा हर्ष, बिस्मात, कौतुहुलता र पस्चाताप केहि पाएन उसले। शुन्य आँखाहरु मौन थिए। भावहिन अधरमा हेर्दै उसले अनुरोध गर्‍यो।

"साक्षी! म तिमी सङ कुरा गर्न चाहन्छु।"

साक्षीलाइ पेटिमा हिडिरहेका मानिसहरुले धकेल्दै अघि पुर्‍याइरहेकोथ्यो, उ फलामको बार समात्न पुगी र सकेसम्म छेउमा उभिएर उसले भनेको कुरा सुनिरही, केहि बोलिन। साक्षी थकित थी, धेरै दिन देखि पानी नपाएकी बिरुवा जस्ती, पहेंली र रुखा त्वचाले उसलाइ झन बिरामी जस्तो बनाएकोथ्यो। ओंठ् सुख्खा देखिन्थ्यो भने उसको लुगाको रङले पनि उसलाइ उराठ उराठ बनाएकोथ्यो। हलुका खरानी रङको कुर्तामा सेतो सल ओढेकी थी। एक महिना अघी त्यो इन्द्रचोकको होटेलमा भेटिएकी साक्षी नैं अहिले त्यो फलामको बारमा अढेस लगाएकी उभिएकी साक्षी हो भन्न उसलाइ गार्हो भयो। कतै भुल त भएन फेरि भनेर उसले आफुलाइ सोध्यो। होइन, उसको अगाडी उभिएकी केटि साक्षी नैं थी, उसलाइ एक्लै छोडेर जाने साक्षी।

"साक्षी, म तिमी सङ कुरा गर्न चाहन्छु।" उसले फेरि दोहोर्‍यायो।

"म सङ केहि कुरा छैन।" साक्षीले भुँइमा हेर्दै भनी।

"त्यस्तो कुरा गरेको होइन मैले।" उसलाइ के कुरा भन्ने भनेर पनि भन्न आएन।

"मैले गल्ती गरेँ।" साक्षीको रुन्चे स्वरमा नदेखिएको पीडा थ्यो।

"भैगो, त्यो कुरा नगर।" उसलाइ कस्तो कस्तो भयो, छातीमा कसैले फेरि घाउ कोट्याए जस्तो, अलिकति पीडा अलिकति छटपटी। बटुवाहरु बरोबर उसलाइ धक्का दिंदै हिंड्थे। हुन पनि त्यहाँ कुरा गर्ने ठाँउ थिएन, कोही कोही चाहीँ साक्षीलाइ र उसलाइ अनौठो तरिकाले हेर्थे। अरुहरुले साक्षीको मुहारलाइ हेरेको तरिका मन परेन उसलाइ।

"साक्षी, यहाँ भिंड छ, उतातिर गएर एक्छिन कुरा गरौं।" उ साक्षी सङ एकान्त चाहन्थ्यो।

"के कुरा गर्नु छ र?" साक्षीले उसको आँखामा हेर्न अझै सकेकी थीइन।

"यहाँ मान्छेहरु हिंड्छन्, राम्ररी कुरा गर्न मिल्दैन, कतै बसौं न।" भन्दै उसले साक्षीको दाँया हात बिस्तारै समात्यो। साक्षी ले हत्त न पत्त उसको हातबाट आफ्नो हात छुटाइ।

"के भयो र?" उसलाइ अचम्म लाग्यो, त्यो हात उसले कति चोटि स्पर्श गरेको थ्यो।

साक्षी चुप रही। उसले साक्षीलाइ अलि भित्रको बाटोमा एउटा चिया र मिठाइ भएको पसलमा लग्यो। साक्षी उ सङ हिंड्न हिच्किचाउथी र घरि अघि घरि पछि गर्दै हिंड्थी। पहिले त साक्षी कुरा गर्न मानेकी थिन। तर उसले अति कर गरेपछि सरासर उ सङ हिंड्न थाली। होटेलमा गएर उसले दुइटा कोक मगायो। तिर्खा कसलाइ लागेको थ्यो र? एउटा बहाना थ्यो, परिस्थिती मिलाउनु थ्यो। अब्यक्त कुराहरु ब्यक्त गर्नु थ्यो, भित्र भित्र चट्टान भन्न नसकेका लाभाहरुलाइ बगाउनु थ्यो। धेरै थ्यो त्यहाँ हुनु पर्ने कुराहरु। तर उ र साक्षी केहिबेरसम्म केहि बोल्न सकेनन्। न त एक अर्कालाइ हेर्न सके, साक्षी टेबुलमा औंलाले कोतरी रहेकी थी भने उ कसरी कुरा शुरु गर्ने भनेर सोची रहेको थ्यो।

"मलाइ माफ गर्नुस्।" साक्षीले आफै मौनता तोडी।

उ स्तब्ध भयो। अब त झन् बोल्ने कुरै सकिए उसका। लामो स्वास फेरेर बाटोतिर हेर्न थाल्यो उ।

"मैले जिन्दगीमा ठुलो गल्ती गरें र त्यसको परिणाम भोगिरहेकी छु।" साक्षीको गला अबरुद्ध भैसकेका थिए।

उ साक्षीको अनुहारमा एकोहोरो हेर्न थाल्यो। साक्षीको मुहारमा पश्चातापका भावहरु बगिर्हेका थिए, आँखाहरु सजल भइ सकेका थिए। साक्षी तल्लो ओंठलाइ जबर्जस्ती टोकीरहेकी थी। मानौं धेरै कुराहरु निस्कन खोज्दैथे त्यहाँबाट र निस्कन पाइरहेका थिएनन्। उसले साक्षीको यस्तो रुप पहिले कहिले देखेको थिएन, देख्ने अपेक्षा पनि गरेको थिएन। जे भए भए पनि साक्षी नरोइदिए हुन्थ्यो भन्ने चाहन्थ्यो उ। उसलाइ साक्षी रोइभनी कसरी फकाउने भन्ने पनि थाहा थिएन।

"अरु केहि पनि ल्याउने की ?" उनिहरुलाइ निक्कै बेरसम्म काउन्टरबाट हेरिरहेको साहुजीले सोध्यो।

"साक्षी, केहि खाने हो?" उसलाइ थाहा थ्यो तै पनि सोध्यो, साक्षीले टाउको हल्लाएर "नाँइ" भनी।

"तिमी खुशी छौ भने मेरो भन्नु केहि छैन।" उसले आफ्नो मनलाइ जबर्जस्ती लुकाएर बोल्यो।

साक्षीको आँखाबाट बरर आँसुको ढिक्काहरु टेबुलमा खसे। उ हतार हतार सलले आँखा पुछ्न थाली।

उसले छुदैं नछोएको कोकको पैसा तिर्‍यो। साक्षी सङ सहिदगेट सम्म हिंडेर गयो, बाटोमा दुबै बोलेनन्। नबोले पनि सङै हिंड्दा आनन्द लाग्यो उसलाइ। उ सङै छेउमा हिंड्ने साक्षी छ, उ एक्लै छैन। यति मात्र कुराले पनि उ खुशी भयो। सहिदगेटपुगेपछि साक्षीले ट्याक्सी रोकी र कालिमाटी जाने भनी। ट्याक्सीमा बस्नु अघि उ सङ साक्षीले आँखैले जाने अनुमति मागी।

"भोली पनि आँउछौ? म तिमीलाइ त्यही मन्दिर अगाडी कुरिरहन्छु नि यही समयमा।" उसले साक्षीको सललाइ आफ्नो मुठ्ठीमा कसेर भन्यो।

"थाहा छैन।" मात्र भनेर साक्षीले उ सङ बिदा मागी। ट्याक्सी हिंड्नु अघि साक्षीले अलिकति हाँस्ने प्रयास गरी, तर त्यो निरर्थक भयो।

उ फेरि हिंड्न थाल्यो, कता जाने भनेर अलमल्ल पर्‍यो एकछिन। बाइक उसले बिर अस्पतालनिर पार्क गरेकोथ्यो। फेरि फर्कियो उ साक्षीसङ हिंडेको बाटो।

भोली के होला ?? उ त्यही सोचिरहेको थ्यो बाटोभरि।

क्रमश:

Last edited: 08-Dec-08 08:17 PM
Last edited: 08-Dec-08 08:20 PM

 
Posted on 12-08-08 8:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साक्षी आउन सक्छे त क्रेज? आँफै मर्माहित भएकी होली आफ्नो फैसला देखेर।
गलत निर्णय को गलत परिणाम भोग्दै छे बिचरी।
पढ्दै छु है क्रेज। भोली के होला त?

सिसु, बल्ल प्रिन्ट गरेकी लौ अब एक महिना पछी आउने भयो उस्को प्रतिकृया


 
Posted on 12-08-08 9:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दामी दामी वेँ पासा दामी गयो
बिचरा कती पछी लाको नि फेरी साक्षी को -
मलाई त बिचरा ले फेरी साक्षी लाई नै घर लान्छ जस्तो लाग्यो है
अर्को भाग मा ल एसो सस्पेन्स खोलौ न - किन के कसरी भयो भनेर

गज्जब, चियर्स
 
Posted on 12-08-08 9:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

crazy_love, story interesting rahecha. baki katha pani chadai lekhnus na.
 

 
Posted on 12-08-08 9:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धातुलाई जती हान्दै गयो तेती नै त्यसबाट बन्दै गरेको बस्तुको स्वरुप आउदै जान्छ र त्यो बस्तुको उमेर पनि लामो हुन्छ भन्थे । तेस्तै यहाँ पनि यि दुइको बिचमा बिस्तारै असली स्वरुपमा दिगो र अटल समबन्धले बास बनाउन लागेको भान भयो । तर पनि यहाँ धेरै आनुतरीत प्रश्नहरु छन जस्को जवाफ CRAZY_LOVE बाहेक हामीले आड्कल बाहेक के नै गर्न सकिन्छ र, होईनत ? 
 
Posted on 12-08-08 9:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो बिचरा उ पनि ली जस्तै रैछ अलि अलि,
बिचरा पीडितहरु!!

 
Posted on 12-08-08 10:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Crazy love ji

कस्तो राम्रो सग बगेको कथा हो यो। मर्स्याङ्दिकै छेउ मा हुर्केर पनि मर्स्यङ्दिको प1नि एस्तो सलल बगेको देखेको छैन अहिलेसम्म।
तर   कथा कती राम्रो सग बगेको हो   Incidents after incidents.

R u a professional Writer?????


 
Posted on 12-09-08 9:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साथीहरु! कमेन्टको लागि धन्यबाद!

फुर्सद मिल्नासाथ् अर्को भाग लेख्ने प्रयाश गर्नेछु।


 
Posted on 12-09-08 9:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कथा आयो भनेर आको त
साथीहरु धन्यवाद रे
वेँ पासा खुरुक्क नटाँसी फुर्सद मिल्नासाथ रे -

धन्यबाद दिने समय लाई लेख्न पत्ती लगाउदा कस्तो होला - ठीक होला जस्तो छ।
बिहान बिहान देखी झुक्याइदिने -


 
Posted on 12-09-08 11:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्रेजी को कथाको स्तरको प्रतिकृया त लेख्न आउँदैन तर पनि दुई शब्द नलेखी बस्न सकिन।
कथा को बहाव गजब छ्। झम झम पानी परेको दिन मा घरमा सिरक मा बसेर राम्रो सिनेमा हेर्न नपाए पनि यो कथा पढेर उत्तिकै रमाइलो लिये तर क्रमस: ले अली बोर गर्‍यो।
थप्दै जाँउ थप्दै जाँउ।
कबितालाइ क्रेजी चाइ बनाएको हो क्रेजी तर क्रेजी लाई क्रेजी बनाउन त सकिन्न होला कि
Last edited: 09-Dec-08 11:44 AM

 
Posted on 12-09-08 1:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Sakshi le dhokha diyekai ho uslai. tesaile usle uslai u garera u garna hudaina, galti ko sajaya purai bhogna dinu parchha.


 
Posted on 12-09-08 2:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Great, CrazyLove

Finally, I  had a chance to go through entire episodes. It took me nearly and hour but woth it.

Waiting for a next part. Nice story...

 

NepaliThita


 
Posted on 12-10-08 8:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गाली नगर्ने को हो होला भनेर सोच्दैथे, फेरि आफ्नो पारा देखाइ हाल्यो लहरेले। पख पख, म समय मिल्नासाथ अर्को भाग लेखुला। लेखे पनि गाली नलेखे पनि गाली। अब तिम्रो गाली र ताली उस्तै उस्तै लाग्यो मलाइ त। कुन् गाली कुन ताली।

अब देखि चियर्स गर्दा मार्गरिटाको ग्लास राखै पासा!

बिरु,

म त तिमी हराएको सुचना साझामा टाँस्न टाँस्न लाको थें, धन्न देखा परेछौ। ल बेला बेलामा यस्तो गायब भएर नहराउनु।
जमाना ठिक छैन बाबै, बुढो मान्छे अलि राम्ररी बिचार गर्नु। हे हे हे।

प्रेज्ज्,

के छ त मोरी नयाँ हाल्खबर्? मिस्सिङ् यु यार। म त दाइजो जोगियो भनेर दङ पर्‍या। हा हा हा।

दिपु,

भोली घाम लाग्छ कि पानी पर्छ होला है? मौसमको आजकाल ठेगान नैं छैन भन्या।

Yakku,
लङ टाइम नो सी। सन्चै हुनु हुन्छ?

भक्ते ज्यु,

हजुरको कुरा सही हो। उत्तरहरु कहिले अौला भनेर म पनि कुरिरहेको छु।

चेलि,

पिडित भनु कि के भनु। ली को कथा पढे मैले।

sabaiko_satru ज्यु,

म प्रोफेस्सिनल गफाडी चाहि हो कि जस्तो लाग्छ।
कथा पढेर यति धेरै प्रंससा गर्नु भएकोमा धन्यबाद।

बिस्टे ज्यु,

फेरि पनि धन्यबाद। क्रेजी चाहि पक्का क्रेजी हो है?

Ctal,
लौ आन्दोलन नैं गर्ने हो कि क्या हो? मलाइ त डर लाग्यो।

Nepali_Thita,

Thank you for your time and comment!

 


 


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
ढ्याउ गर्दा दसैँको खसी गनाउच
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
मन भित्र को पत्रै पत्र!
Travelling on TPS advance travel document to different country...
Are you ready to know the truth?
Morning dharahara
Guess how many vaccines a one year old baby is given
Does the 180 day auto extension apply for TPS?
Another Song Playing In My Mind
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
Alert: Turbo Cancers: A Rising Global Threat
1974 AD Pinjadako Suga Remixed
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters