crazy_love
Replies to this thread:

More by crazy_love
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 शीर्षक जे पनि हुन सक्छ।

[Please view other pages to see the rest of the postings. Total posts: 250]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 NEXT PAGE
[VIEWED 156633 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 13 pages, View Last 20 replies.
Posted on 11-11-08 11:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     4       ?     Liked by
 

 

भाग-१

( यो कथा पुरै कल्पनामा आधारित भएकोले कसैको जीवन सङ मिल्न गएमा संयोग मात्र हुनेछ। )

असनबाट सुरज आर्केड निस्किने गल्ली हुँदै उसले बाइकलाइ बल्लबल्ल त्यो भिंडबाट घिसार्दै मुख्य सडक भन्दा अलि वर आइपुग्यो। आकाशमा कालो बादल भए पनि पानी पर्ने संकेत थिएन, गर्मीले उ लखतरान भैसकेको थ्यो। धुवाँ, धुलो र दिनभरीको ब्यस्तताले उ एकैछिन भये पनि चिसो पिउन भनेर मुख्य सडकलाइ जोड्ने बाँयातिरको एउटा होटेल भित्र छिर्यो। मिठाइ सङै अन्य परिकार भएको त्यो पसल उसले पहिला त्यो बाटो हिडे पनि कहिले याद गरेको थिएन। भित्र पस्नासाथै उसले शीतल महसुस गर्यो। हेर्दाखेरि होटेल सफा देखिन्थ्यो, खुला र उज्यालो पनि थ्यो। उ सरासर कुनापट्टिको मेचमा गएर बस्यो। उ एकछिनको लागि भएपनि एकान्त चाहन्थ्यो, ब्यापार, नाफा, घाटा, मिटिङ र शेयर बजार झेल्दा झेल्दै उस्को जीबन एउटा तनाबको गोला भैसकेको थ्यो। बस्नासाथै उसले चिसो कोक अर्डर गर्‍यो र सङैको टेबुलमा कसैले छोडेको "कान्तिपुर" हेर्न थाल्यो, समाचार भन्दा पनि "हेडलाइन" हरु पढ्न थाल्यो।

उसलाइ कसो कसो त्यहाको बाताबरण एकदम आरामदायी लाग्न थाल्यो, एउटा मिठो सुवास जुन उस्ले पहिले पनि महसुस गरेको छ, त्यही बासना फैलिए जस्तो लाग्यो वरिपरि। मानौं उ त्यहाँको प्रत्यक सुक्ष्मतासङ राम्ररी परिचित छ। कतैबाट मसिनो गुनगुनको आवाजले उसले टाउको उठाएर हेर्‍यो, उसको ठ्याक्कै २ टेबुलभन्दा पर दुइ युबती उ पट्टि ढाड फर्काएर बसेका थे। बेला बेलामा मसिनो हाँसो सुनिन्थ्यो। उनिहरु शायद कुनै पत्रिका हेर्दै कुरा गरि रहेका थे। पछाडीबाट हेर्दा उसले उनिहरुको उमेर अड्कल गर्न सकेन तर उ दाँया पट्टी बसेकी केटिको सेतो कुर्ता हेरिरह्यो। त्यो सेरो कुर्ता उस्ले कतै देखेको जस्तो लाग्यो, कुर्ता मात्र होइन उस्को गलाभन्दा केहि तल झरेका केशराशी पनि आत्मिय लाग्यो। होइन होइन, कुर्ता बाहिर को उसको शारिरक बनोट यस्तो लाग्यो, उस्ले त्यो शरीरलाइ चिनेको छ। गोरो ढाडमुनिको पातलो कम्मर र त्यसमुनिको घुमाउरो फुकेको गोलाइ उसले देखेको मात्र होइन अनुभुत गरेको छ। उसले "कान्तिपुर"मा ध्यान दिन सकेन, उसलाइ सेतो कुर्ता बाहिर देखिने आकर्षक शरिरले  तानिरह्यो, उसलाइ त्यो शरीर प्यारो लाग्न थाल्यो, माया गरि रहुँ जस्तो। त्यस्तो अदभुत कुरा के छ र त्यो सेतो कुर्ता लाउने सङ? उसले आफैलाइ प्रश्न गर्यो र सेतो कुर्तासङै बसेकि हरियो कुर्तालाइ हेर्यो। पछाडी बाट त हरियो कुर्ता पनि उस्तै सुन्दर देखिन्थी, अझै राम्रो शरीर, लामो ढाड, चिटिक्क छिनिएको कम्मर र मन लोभ्याउने "सिल्की" लामो कपाल। तर हरियो कुर्ताले उसलाइ आकर्षण गरे पनि मनमा आफ्नै जस्तो भाव जन्माउन सकेन।

अब उसले एक्दम चनाखो भएर उनिहरुको स्वर सुन्ने प्रयाश गर्‍यो। दुबै स्वरहरु उस्तै उस्तै सुनिन्थे पछाडिबाट। हरियो र सेतो कुन चाहिको स्वर मधुर भन्नै गार्हो पर्‍यो। अगाडी गएर प्रतक्ष्य हेर्न पनि अलि अप्ठ्यारो हुने। पछाडीबाट झन धेरै कौतुहुलता जाग्ने। उस्लाइ सेतो कुर्ता लाउने को अनुहार हेर्न मन लाग्यो। शायद उसले देखेको हुनु पर्छ त्यो अनुहारलाइ। उसलाइ लाग्यो, सेतो कुर्ता लाउनेको शरीरको प्रत्येक अङसङ उ नजिकिएको हुनु पर्छ, प्रेम गरेको हुनु पर्छ। त्यो स्पर्श कल्पिएर उ एक्छिन आनन्दित भयो। एकैचोटि पछाडी फर्के पनि हुने नि सेतो कुर्ता, उसको मनमा उठिरहेको आँधी त केहि शान्त हुन्थ्यो कि। बेला न कुबेला मोबाइल बज्न थाल्यो उसको, उसले मोबाइल अफ गर्‍यो। उपाय सोच्यो कसरी सेतो कुर्ताको अनुहार हेर्ने भनेर। त्यतिकैमा ठुलो खित्का छुट्यो त्यो सेतो कुर्ताको टेबुलबाट, उ मात्रै होइन होटेलमा भएका सबैले उनिहरुतिर हेरे। उनिहरु फेरि खासखुस मात्र गर्न थाले। उसले राम्रो बहाना पायो, कोकको सिसी लिन आउने केटोलाइ सेतो कुर्ताहरुलाइ गएर त्यसरी हाँस्दा अरुहरुलाइ "डिस्टर्ब" हुन्छ भन्ने कुरा पठायो। त्यो केटो गएर उनिहरुलाइ केहि भन्यो। उसले सतर्क भएर प्रतिक्रिया कुरि रह्यो। उनिहरुले पनि केटोलाइ सोधे क्यारे, केटोले उ बसेको कुनामा त्यहीबाट चोर औँलाले देखायो।

"सरी" सेतो कुर्ता लाउने केटीले पछाडी फर्केर उसलाइ भनी। दुबैको नजर जुध्यो, समय केहि बेरलाइ रोकियो र फेरि पछि भाग्न थाल्यो। उसले केहि भन्नु वा सेतो कुर्ताले अरु केहि बोल्नु अगाडी उकुसमुकुस, भय र पग्लिएर नबगेको बिगतले उसको सबै उमङहरुमा प्रहार गर्यो। नसोचेको कुरा घट्यो त्यहाँ। हेर्दाहेर्दै सेतो कुर्ताको अनुहारमा संकोच र ग्लानिका रेखाहरु एक पछि अर्को गर्दै आउन थाले, सेतो कुर्ताले उसको आँखामा हेर्न सकिन। उ त्यहाँबाट हरियो कुर्तालाइ लिएर तुरुन्त निस्की हाली। उ जड भयो। आजै किन उस्लाइ यहाँ आउनु पर्‍यो? के काठमान्डु यति सानो छ जहाँ उसले आफुले कहिले हेर्न नचाहेको अनुहारलाइ देखि रहनु पर्छ? के जिन्दगीले फेरि उ सङ अर्को कुनै खेल खेल्न लागेको हो? यत्रो सहरमा उ नै किन भेटिनु पर्ने?

उसले आफ्नो मिल्ने साथी बिबेकलाइ त्यहीँ बाट फोन गर्‍यो।

"बिबेक, तँ मलाइ अहिले भेट्न सक्छस्?"

"अहिले त मि बिजि छु, किन?" बिबेकले सोध्यो।

"आज सारै नराम्रो दिन रैछ यार।" उसको स्वर सानो भयो।

"भुमिका नबाँधी भन त। मेरो यहाँ फुर्सद छैन। के भयो?"

"मैले साक्षीलाइ देखेँ।" सेतो कुर्ता बसेको रित्तो ठाँउलाइ हेर्दै भन्यो उसले।

"को? को रे?" बिबेकले फेरि सोध्यो।

"उहि, क्या त! साक्षी.... मेरो...... ।कस्तो कुरा नबुझ्या?" उसले कुरा बुझाउने प्रयाश गर्‍यो।

 "ए ! साक्षी! बल्ल बुझे। अर्का सङ पोइला गएकी स्वास्नीको नि के कुरा गरीराको होला यसले?" बिबेकले उसले कसैलाइ नदेखाएको पुरानो घाउमा नुन छर्कियो। तीब्र पीडाले उ छटपटियो र भित्तामा अडेश लाएर बस्यो।

क्रमश:...

 

Last edited: 21-Nov-08 06:20 PM

 
Posted on 11-14-08 12:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Pulchok ko hardik fitness centre? :D

lekhai darilo chha ketiko. :) chhito arko bhag lekha na.


 
Posted on 11-14-08 12:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Crazy , the strory is getting crazy , this guy is crazy man ............

just jocking waiting deperately for next part.


 
Posted on 11-14-08 1:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गजब छ् क्रेजी यो भाग पनि। एक पान्ना त एक मिनट मै सकियो,सबै कुरा को स्पस्ट चित्र आउछ पढ्दै जाँदा।
लेखन सैली लाई मानु पर्छ। के खाने गरेको छौ भनम न बरु?
 
Posted on 11-14-08 1:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिस्टे,

उस्को नाम चाहि "उ" हो। नाम के राख्ने होला उसको?
सोचौं न।

ma ta horlicks khanchu din ko 2 glasses. he he he

लहरे,

Cheers!
सस्पेन्स रे? कस्तो सस्पेन्स? लहरीको जस्तो?

सान्नानी,


धन्यबाद! कथालाइ interesting मानेकोमा!

lau na yo pretty lai sabai tha cha jasto cha.

rawbee,

शीर्शक नैं नराखुँ कि के हो?

राहुलदाइ,
उ, साक्षी र गाइने सबैलाइ लिएर हजुरकहाँ मोमो खान आउनु पर्ला भनेर सोच्दैछु।

नक्कली,

u r soo sweet. क्रेजी त वाक्क भैसके म, अरु केहि शीर्शक राख्नु पर्यो।

planet10,

तपाइको शीर्शक चाहि मिल्ने हो कि जस्तो छ, तर कथा त अझै सकिएको छैन। तै पनि ट्राइ गरौं ब्रो।

nAyAni,

त्यो बाइक तपाइलाइ दिएपछि उ चाहि के चड्ने नि? भैगो, एउटा ट्र्याक्टर छ उपहारमा, लाने हो?

दिपु,

long time no see. how r u there?
तिम्रो नियमले मलाइ बांध्ने छ फुर्सद भयेसम्म।

ओ फुच्चे,
के  हो? बसमा पनि  साइड हान्ने?
teso bhaye  "हुन नसकेको लोग्ने"चाहि शीर्शक दामी हुन्छ होइन त?

बिर्खे,
कति डलर छाप्नु पर्ने? च्याङ्बा खोइ?

GT,
Why true love always hurts?
he he he. just kidding.Welcome!

The invisible star,
तपाइको शीर्शक चाहि खतरा रैछ। हुन ta समयले मानिसलाइ कहाँ कहाँ पुर्याउछ। कथा सकिन्जेलसम्म हेरौं है त समय कहाँ पुग्दो रैछ।

Stat,

मैले कुरा बुझें, कस्तो पीर गर्नु भाको तपाइ पनि हेत्तेरिका। उमेर जति भये पनि के भो र हैन?

सोमेसाहिला,
धन्यबाद २ चोटि पढेर २ चोटि कमेन्ट लेखेकोमा।

Ctal,

गाइने चाहि बास्तबमा पप सिङर हो, त्यतिकै रिसले उ र बिबेकले गाइने भन्द्या के।

gorkhethito08,
मरी सक्या छैन रे नि। तर तपाइको शीर्शकमा पनि बेजोडको दम छ।

हर्के,

लु, अर्को भाग पनि पढौं है।

harke le kati chito padheko hau? ani khana sakiyo harka bdr jee?

 


 

Last edited: 14-Nov-08 04:34 PM

 
Posted on 11-14-08 1:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बडा रहस्यमय लाग्यो। साक्षी ले यस्तो हुने खाने ९ कक्षा मै लभ लेटर खाने उद्यमी लाई छोडेर तातोनछारो ह्वाएह्वाए गाउने गाइने को पछी लाग्नु - फुट्या कर्म मात्र होइन, अज्ञानी पक्कै होइन, पत्थर दिलवाली हुंदै होइन, कामुक भन्दा नि भावुक लरकी । किन होला क्रेजी ? क्रेजि लाई  पक्कै थाहा छ।
 
Posted on 11-14-08 1:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुन्छ हुन्छ किन नहुनु ट्याकटरले। बरु खेत पो छैन। एसो NYC को down town तिर १ रोपनी जती खेत पनि पाए त्यही जोतेर गुजारा गर्थे।
BTW कथाको तेस्रो भागमा लेखाइ अघिल्ला २ भाग भन्दा राम्रो लाग्यो। बाँकिको प्रतिक्षामा
 
Posted on 11-14-08 2:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन त्यो हरीयो कुर्ता लाउने नी थिई भन्या थ्यो अघि साक्षी सँग ईन्द्रचोकको हुटेलाँ--साक्षी र त्यो गाईनेको घाताँ पर्नेको मुद्दा नसुल्टीए सम्म त्यो हरीयो कुर्ता लाउने पनि फुर्सदै होली के रे--म पनि फुर्सदै छु--

खै कथामा मैले हेर्दा न त उस्को न नै साक्षीको निर्णायक भुमीका देख्छु अहिले सम्म उनीहरुलाई जुन प्रकारले परीचय गराईएको छ त्यसको आधारमा। या त ओझेलमा परेकाहरुले पर्दा उठाउँछ्न नभए अहिले सम्म ओझेलमा परेका घटनाले जस्तो छ।

लेखाई त बलियो छ नी। घरैमा गएर बधाई दिउँ जस्तो लाग्छ, घर कता हो थाह् छैन र पो त।


 
Posted on 11-15-08 6:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kamaal ko lekhai....


 
Posted on 11-15-08 8:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

क्रेजी, शायद म मेरो प्रश्नको उत्तर तिम्रो कथामा खोज्ने प्रयास गर्ने छु,  दोस्रो भाग पनि अत्यन्त सुन्दर छ।  

 


 
Posted on 11-16-08 6:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hats Off to Crazy Love!!!
 
Posted on 11-17-08 2:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

CL de

Afain crazy crazy katha lekhne ani Crazy ta bho bhanne.

Teso bhaya katha purai sake pachi balla bichar garmala bho Sirsak hunna ra? (Godne bhaiyen hai De le aba)


 
Posted on 11-17-08 2:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

Katha padhera comment  garnai dhanna birseko, कल्पनामा आधारित भएकोले कसैको जीवन सङ मिल्न गएमा संयोग मात्र हुनेछ Bhanne feri kasai sanga thayekkai mile jasto gari lekhne bhanya. Tyo ex-keto (exhusband k) lai dherai crazy nabau re bhandinu hai de, feri rat bhari roirakhla

Hoina k ho de, alikati hamlai pani sikaunu na hus.


 
Posted on 11-17-08 7:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

भाग-४

साक्षी र उसको साथीहरु बिस्तारै हिंडेर शायद रत्नपार्क तिर जान लागेका थिए। उ पनि चियाको गिलास टेबलमा राखेर जुरुक्क उठ्यो र साक्षीहरु गएतर्फ ध्यान दिएर हेर्दै निस्क्यो।

"चियाको पैसा दिनु पर्दैन?" साहुको रुखो स्वरले उ रोक्कियो। उता साक्षी जाली भन्ने डर यता पैसा नतिरी पनि नहुने।

"म अहिले आएर पैसा दिन्छु" उसले उतैतिर हेर्दै भन्यो।

"सबै त्यसै भन्छन्। हुँदैन, हुँदैन। पहिला पैसा तिर्ने अनि भरै जतिखेर आए पनि हुन्छ।" साहुजीले छोडेन। उसले पर्सबाट २० रुपियाँ झिकेर दियो। साहुजीले फिर्ता पैसा दिनु अघि उ छिटो छिटो साक्षी गएतिर लम्क्यो। हतारमा जाँदा अघि पछि, दाँया बाँया कोहि देखेन उसले। मान्छेहरु उसलाइ अचम्म मानेर हेरिरहेका हुन्थे, उ कसैलाइ वास्ता नगरी अघि बढ्दैथ्यो।

"ऐया ! कस्तरी खुट्टा कुल्चिदियो ! बिहान बिहानै धोकेर आको हो कि क्याहो।" पछाडीबाट कोहि करायो, उ केहि नसुने झैँ गरी साक्षी भेट्टाउन दौड्यो।

"साक्षी!" नजिकै पुगेर उसले बोलायो।

एकैचोटी तिन जना केटिहरु पछाडी फर्के, जसलाइ उसले साक्षी देखेकोथ्यो, उ साक्षी नभएर अरु कोहि थी। साक्षी जस्तै उचाइ र गोरी भए पनि नजिकबाट हेर्दा अनुहार फरक थियो। कस्तो युनिफर्म हो यो? सबै जना उस्तै उस्तै देखिने? मनमनै सोच्यो उसले र "सरी" भन्यो।

"अनुहार हेर्ने बहाना त राम्रो थियो, नाम चाहियो?" एउटीले भनी।

"फोन नम्बर पनि चाहिएको हो कि?" अर्कीले उडाइ।

"उत्तावली मोरी हरु!" उसले मनमनै गाली गर्‍यो। बोलेर सक्नु थिएन।

त्यो दिन उ धेरै ब्यस्त भयो, एकैचोटि लखतरान भएर राती घर फर्क्यो। उस्लाइ हिजो साक्षी भेटिएको होटेलमा एकचोटि जान मन लागेकोथ्यो तर फुर्सदै भयेन। के उसलाइ देखेपछि पनि साक्षी त्यो होटेलमा आउली?

उसलाइ चाहि कसरी हुन्छ साक्षी भेट्नु थ्यो, उसको आफ्नो मनलाइ फकाउनुथ्यो। एउटा दुख जो उ सङ छ, त्यसलाइ साक्षीसङ बाँड्न चाहन्थ्यो। धेरै थ्यो उसका सपनाहरु जो साक्षीसङ मात्र पुरा हुन सक्थे।

एउटा डकुमेन्ट खोज्ने क्रममा उसले दराजभित्रका लुगाहरु खोतल्दा खोतल्दै एक टुक्रा कागज भेट्टायो उसले। साक्षीले लेखेको गीत हो या कबिता थियो। यसभन्दा अघि उसले कहिले पनि साक्षीको रचनाहरुमा रुचि देखाएको थिएन। कहिले पढेको पनि थिएन, तर अहिले उसलाइ त्यो कागजमा लेखिएको प्रत्येक मसीका थोपालाइ चुम्न मन लाग्यो। साक्षीको स्पर्शले पुलकित भएका हरेक शब्द उसलाइ मायालु लाग्न थाल्यो। उसले अक्षर अक्षरलाइ छोयो, छातीमा लगायो र साक्षीलाइ सम्झ्यो। यति धेरै जिबन्त अनुभव त उसले साक्षीसङ बिताएका अन्तरङ पलमा पनि महुसुस गरेको थिएन।

"साँझ बिती रात हुदाँ,सम्झनाले मुटु दुख्दा,


म जस्तै तिमी पनि तड्पी तड्पी रोयौ होला।


सारा संसार धमिलिएर, आफै एक्लो एक्लो हुँदा,


मैले जस्तै तिमिले पनि दुखी मनलाइ धोयौ होला।


साँझ बिती  ...............................................                  "

उसले त्यो पंक्तिलाइ दोहोर्‍याइ तेहर्‍याइ पढ्यो, साक्षीलाइ देखिरह्यो हरेक लाइनमा, हरेक शब्दमा, हरेक भावमा। 

शायद साक्षीलाइ उसले त्यसरी कहिले प्रेम गर्न सकेको थिएन।

क्रमश:


 

Last edited: 17-Nov-08 07:36 PM
Last edited: 21-Nov-08 06:25 PM

 
Posted on 11-17-08 7:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुलदाइ,

मलाइ तपाइको प्रश्न धेरै गार्हो लाग्यो? म पनि सोध्छु है त अरु कसैलाइ।

BTW, I like this "तातोनछारो ह्वाएह्वाए गाउने गाइने को पछी लाग्नु" and laughing whenever I remember this. 

nAyAni,

खेत पाउनु भयो भने मलाइ पनि खबर गर्नु होला। ट्याक्टर चाहि म चलाउछु क्या।

दीप,

ल घरैको ठेगाना लिनुस त।

अनाम नगर, काठ्मान्डु, नेपाल।

हरियो कुर्ताको पनि ठेगाना चाहिन्छ कि?

planet10!

kamal ko padhai! he he he. Just kidding.

धन्यबाद!

GT,

यो कथामा त प्रश्न मात्र होला। मलाइ त प्रश्न सोध्न मात्र आँउछ क्या।

चेलि,

Thank you!

नक्कली१०८,

हुन्छ, भै हाल्छ नि कथाको अन्त्यतिर शीर्शक खोजे पनि हुन्छ।

कस्तो माया लागेको हो उसको ? आँसु पुछिदिने हो कि?

Last edited: 17-Nov-08 07:52 PM

 
Posted on 11-17-08 7:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो पनि पढियो तर कस्तो छोटो हो - अली धेरै लेख्न - कती भन्नु पर्ने - जती भने नि मान्ने होइन
तारिफ नगरि त बस्न सकिदैन पढिसकेपछी -
फेरी क्रजी को कबिता नि निक्कै राम्रो जाँदो रहेछ,

आफुसँग हुँदा वास्ता नहुने अनी नहुँदा मात्र त्यस्को महत्व थाहा हुने है - मान्छे को जातै नहुने के,   
 
Posted on 11-17-08 8:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफुसँग हुँदा वास्ता नहुने अनी नहुँदा मात्र त्यस्को महत्व थाहा हुने है - मान्छे को जातै नहुने के,   

त्यहि त है, लहरे!

लहरीको धेरै याद आयो की क्या हो?


 
Posted on 11-17-08 8:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

को पर्‍यो यो लहरी भन्ने - जोल्ले पनि लहरी लहरी भनेर जिस्कौन थाले मलाई
निक्कै च्वाँक छे कि क्या हो - सोलिड हुनु पर्छ नि फेरी - भेट्नै पर्‍यो भएन
 
Posted on 11-17-08 9:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

The story is crazy, the guy in the story is crazy lover , writer of the story is Crazy Love.

so the "sirshak" of the story should be Crazy Love, haina ta.

लौ क्रेजी ज्यु , साछी सँग छिट्टो मेल गराइदेउ , बिचरा "पारो" भन्ने स्थिथीमा पुग्ला है फेरी।


 
Posted on 11-17-08 9:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे ! च्वाँक भन्या के हो नि? प्वाँख पनि भाको भन्या हो?

 

हर्क बहादुर जी को कमेन्ट पढत त म, हँसत हँसत, झन्डै नमरत।


 
Posted on 11-17-08 9:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एसो उठेर अइना अगाडि गएर उब
अनी थाहा भइहाल्छ च्वाँक के हो भनेर -
त्यस्पछी आफ्नो प्वाँख छ छैन चेक गर्ने -
कुरा को सुरो बुझेको हो
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
NRN card pros and cons?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
TPS Re-registration
अमेरिकामा छोरा हराएको सूचना
ओच्छ्यान मुत्ने समस्या ( confession )
Do nepalese really need TPS?
TPS Re-registration case still pending ..
Drawback for applying NRN card
Breathe in. Breathe out.
nrn citizenship
Democrats are so sure Trump will win
ढ्याउ गर्दा दसैँको खसी गनाउच
My facebook archive (for sale)
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters