[Show all top banners]

crazy_love
Replies to this thread:

More by crazy_love
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 शीर्षक जे पनि हुन सक्छ।

[Please view other pages to see the rest of the postings. Total posts: 250]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 NEXT PAGE
[VIEWED 156626 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 13 pages, View Last 20 replies.
Posted on 11-11-08 11:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     4       ?     Liked by
 

 

भाग-१

( यो कथा पुरै कल्पनामा आधारित भएकोले कसैको जीवन सङ मिल्न गएमा संयोग मात्र हुनेछ। )

असनबाट सुरज आर्केड निस्किने गल्ली हुँदै उसले बाइकलाइ बल्लबल्ल त्यो भिंडबाट घिसार्दै मुख्य सडक भन्दा अलि वर आइपुग्यो। आकाशमा कालो बादल भए पनि पानी पर्ने संकेत थिएन, गर्मीले उ लखतरान भैसकेको थ्यो। धुवाँ, धुलो र दिनभरीको ब्यस्तताले उ एकैछिन भये पनि चिसो पिउन भनेर मुख्य सडकलाइ जोड्ने बाँयातिरको एउटा होटेल भित्र छिर्यो। मिठाइ सङै अन्य परिकार भएको त्यो पसल उसले पहिला त्यो बाटो हिडे पनि कहिले याद गरेको थिएन। भित्र पस्नासाथै उसले शीतल महसुस गर्यो। हेर्दाखेरि होटेल सफा देखिन्थ्यो, खुला र उज्यालो पनि थ्यो। उ सरासर कुनापट्टिको मेचमा गएर बस्यो। उ एकछिनको लागि भएपनि एकान्त चाहन्थ्यो, ब्यापार, नाफा, घाटा, मिटिङ र शेयर बजार झेल्दा झेल्दै उस्को जीबन एउटा तनाबको गोला भैसकेको थ्यो। बस्नासाथै उसले चिसो कोक अर्डर गर्‍यो र सङैको टेबुलमा कसैले छोडेको "कान्तिपुर" हेर्न थाल्यो, समाचार भन्दा पनि "हेडलाइन" हरु पढ्न थाल्यो।

उसलाइ कसो कसो त्यहाको बाताबरण एकदम आरामदायी लाग्न थाल्यो, एउटा मिठो सुवास जुन उस्ले पहिले पनि महसुस गरेको छ, त्यही बासना फैलिए जस्तो लाग्यो वरिपरि। मानौं उ त्यहाँको प्रत्यक सुक्ष्मतासङ राम्ररी परिचित छ। कतैबाट मसिनो गुनगुनको आवाजले उसले टाउको उठाएर हेर्‍यो, उसको ठ्याक्कै २ टेबुलभन्दा पर दुइ युबती उ पट्टि ढाड फर्काएर बसेका थे। बेला बेलामा मसिनो हाँसो सुनिन्थ्यो। उनिहरु शायद कुनै पत्रिका हेर्दै कुरा गरि रहेका थे। पछाडीबाट हेर्दा उसले उनिहरुको उमेर अड्कल गर्न सकेन तर उ दाँया पट्टी बसेकी केटिको सेतो कुर्ता हेरिरह्यो। त्यो सेरो कुर्ता उस्ले कतै देखेको जस्तो लाग्यो, कुर्ता मात्र होइन उस्को गलाभन्दा केहि तल झरेका केशराशी पनि आत्मिय लाग्यो। होइन होइन, कुर्ता बाहिर को उसको शारिरक बनोट यस्तो लाग्यो, उस्ले त्यो शरीरलाइ चिनेको छ। गोरो ढाडमुनिको पातलो कम्मर र त्यसमुनिको घुमाउरो फुकेको गोलाइ उसले देखेको मात्र होइन अनुभुत गरेको छ। उसले "कान्तिपुर"मा ध्यान दिन सकेन, उसलाइ सेतो कुर्ता बाहिर देखिने आकर्षक शरिरले  तानिरह्यो, उसलाइ त्यो शरीर प्यारो लाग्न थाल्यो, माया गरि रहुँ जस्तो। त्यस्तो अदभुत कुरा के छ र त्यो सेतो कुर्ता लाउने सङ? उसले आफैलाइ प्रश्न गर्यो र सेतो कुर्तासङै बसेकि हरियो कुर्तालाइ हेर्यो। पछाडी बाट त हरियो कुर्ता पनि उस्तै सुन्दर देखिन्थी, अझै राम्रो शरीर, लामो ढाड, चिटिक्क छिनिएको कम्मर र मन लोभ्याउने "सिल्की" लामो कपाल। तर हरियो कुर्ताले उसलाइ आकर्षण गरे पनि मनमा आफ्नै जस्तो भाव जन्माउन सकेन।

अब उसले एक्दम चनाखो भएर उनिहरुको स्वर सुन्ने प्रयाश गर्‍यो। दुबै स्वरहरु उस्तै उस्तै सुनिन्थे पछाडिबाट। हरियो र सेतो कुन चाहिको स्वर मधुर भन्नै गार्हो पर्‍यो। अगाडी गएर प्रतक्ष्य हेर्न पनि अलि अप्ठ्यारो हुने। पछाडीबाट झन धेरै कौतुहुलता जाग्ने। उस्लाइ सेतो कुर्ता लाउने को अनुहार हेर्न मन लाग्यो। शायद उसले देखेको हुनु पर्छ त्यो अनुहारलाइ। उसलाइ लाग्यो, सेतो कुर्ता लाउनेको शरीरको प्रत्येक अङसङ उ नजिकिएको हुनु पर्छ, प्रेम गरेको हुनु पर्छ। त्यो स्पर्श कल्पिएर उ एक्छिन आनन्दित भयो। एकैचोटि पछाडी फर्के पनि हुने नि सेतो कुर्ता, उसको मनमा उठिरहेको आँधी त केहि शान्त हुन्थ्यो कि। बेला न कुबेला मोबाइल बज्न थाल्यो उसको, उसले मोबाइल अफ गर्‍यो। उपाय सोच्यो कसरी सेतो कुर्ताको अनुहार हेर्ने भनेर। त्यतिकैमा ठुलो खित्का छुट्यो त्यो सेतो कुर्ताको टेबुलबाट, उ मात्रै होइन होटेलमा भएका सबैले उनिहरुतिर हेरे। उनिहरु फेरि खासखुस मात्र गर्न थाले। उसले राम्रो बहाना पायो, कोकको सिसी लिन आउने केटोलाइ सेतो कुर्ताहरुलाइ गएर त्यसरी हाँस्दा अरुहरुलाइ "डिस्टर्ब" हुन्छ भन्ने कुरा पठायो। त्यो केटो गएर उनिहरुलाइ केहि भन्यो। उसले सतर्क भएर प्रतिक्रिया कुरि रह्यो। उनिहरुले पनि केटोलाइ सोधे क्यारे, केटोले उ बसेको कुनामा त्यहीबाट चोर औँलाले देखायो।

"सरी" सेतो कुर्ता लाउने केटीले पछाडी फर्केर उसलाइ भनी। दुबैको नजर जुध्यो, समय केहि बेरलाइ रोकियो र फेरि पछि भाग्न थाल्यो। उसले केहि भन्नु वा सेतो कुर्ताले अरु केहि बोल्नु अगाडी उकुसमुकुस, भय र पग्लिएर नबगेको बिगतले उसको सबै उमङहरुमा प्रहार गर्यो। नसोचेको कुरा घट्यो त्यहाँ। हेर्दाहेर्दै सेतो कुर्ताको अनुहारमा संकोच र ग्लानिका रेखाहरु एक पछि अर्को गर्दै आउन थाले, सेतो कुर्ताले उसको आँखामा हेर्न सकिन। उ त्यहाँबाट हरियो कुर्तालाइ लिएर तुरुन्त निस्की हाली। उ जड भयो। आजै किन उस्लाइ यहाँ आउनु पर्‍यो? के काठमान्डु यति सानो छ जहाँ उसले आफुले कहिले हेर्न नचाहेको अनुहारलाइ देखि रहनु पर्छ? के जिन्दगीले फेरि उ सङ अर्को कुनै खेल खेल्न लागेको हो? यत्रो सहरमा उ नै किन भेटिनु पर्ने?

उसले आफ्नो मिल्ने साथी बिबेकलाइ त्यहीँ बाट फोन गर्‍यो।

"बिबेक, तँ मलाइ अहिले भेट्न सक्छस्?"

"अहिले त मि बिजि छु, किन?" बिबेकले सोध्यो।

"आज सारै नराम्रो दिन रैछ यार।" उसको स्वर सानो भयो।

"भुमिका नबाँधी भन त। मेरो यहाँ फुर्सद छैन। के भयो?"

"मैले साक्षीलाइ देखेँ।" सेतो कुर्ता बसेको रित्तो ठाँउलाइ हेर्दै भन्यो उसले।

"को? को रे?" बिबेकले फेरि सोध्यो।

"उहि, क्या त! साक्षी.... मेरो...... ।कस्तो कुरा नबुझ्या?" उसले कुरा बुझाउने प्रयाश गर्‍यो।

 "ए ! साक्षी! बल्ल बुझे। अर्का सङ पोइला गएकी स्वास्नीको नि के कुरा गरीराको होला यसले?" बिबेकले उसले कसैलाइ नदेखाएको पुरानो घाउमा नुन छर्कियो। तीब्र पीडाले उ छटपटियो र भित्तामा अडेश लाएर बस्यो।

क्रमश:...

 

Last edited: 21-Nov-08 06:20 PM

 
Posted on 11-17-08 10:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

किरा पर्‍या मुख भन्न पनि नमिल्ने।

कस्तो गार्हो पार्यो यो चोथाले लहरे ले त।

मर्न नसक्या काल पनि भन्न नमिल्ने होला।


 
Posted on 11-17-08 10:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेर गाली गरेको मलाई - फेरी क्र्जी मुँया गाली गर्दा
झनै च्वाँक देखिने र पो पिर त - है 
 
Posted on 11-18-08 1:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कथा का पछिल्ला  भाग हरु मा सम्बाद को कमी भए
जस्तो भान  भएको थियो

तेश्रो भाग ले त्यसलाई पुरा गरिदिएको छ
झनै चाखलाग्दो भएको छ यो अनाम   कथा

अनाम कथा लेख्नु को पछाडि तिम्रो ठेगाना पो रहेछ crazy


 
Posted on 11-18-08 8:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

CL,

लौ कबिता गीत पनि लेख्न आउदो रहेछ नि त ठ्याक्कै मिल्यो जस्तो भयो । 
हैन 'उ' लाई झन झन किन पागल बनाएको ?  त्यो साक्षी को अगाडि झन धेरै माया गर्ने पनि पाउदो हो नि बिचरा


 
Posted on 11-18-08 9:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


क्रेजी यो त अन्याय नै भयो है,कलम ले लेखे पनि मसी सकिएला भनेर अलिकती मात्रा लेखेको भन्नु किबोर्ड को त कि खीईदैनन नि अली धेरै लेख्दा पनि। शिर्सक नभएको कथा र नाम नभएको उस्को ब्यथा झनै रोचक हुँदै छ्। अर्को भाग को प्रतिक्ष्यामा।
 
Posted on 11-18-08 9:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्रेज लौ साक्षीको बियोगमा त झन पागल हुने भयो जस्तो छ। सबैलाई साक्षी देख्न थाले पछी त बर्बाद भईहाल्योनी
नजिक को देउता हेला गरेपछी अब टाढाको मन्दिर नै धाए पनि के नधाए पनि के होइन त मैचा?
ल ल क्रेज बिचरालाई धेरै क्रेजी नबनाउ फेरी पढ्ने हामीहरुको दिमाग नि क्रेजी होला।

मैचा धमाधम थप्ने काम गर है। पढ्न ब्याकुल हामी छौँ


 
Posted on 11-18-08 1:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाग-५

शायद उसले त्यसरी साक्षीलाइ पहिले कहिल्यै प्रेम गरेको थिएन होला।

 पस्चाताप हुन थाल्यो उसलाइ, साक्षीको चाहनालाइ किन बुझ्न सकेन उसले? के साक्षी उ सङ सुख खोजीरहन्थी? यत्रो घर र सम्पन्न्ता हुँदा हुँदै उसलाइ अरु के कमी थ्यो? घरको काम छुनै पर्दैनथ्यो, ठुल्दी आफै सबै गर्नु हुन्थ्यो। साक्षीलाइ पैसाको लागि जागीर खानु पर्ने बाध्यता थिएन, तैपनि घर बस्दा बोर हुन्छ भनेर उसकै दीदीको स्कुलमा सघाउन जान्थी। पढाउन त हैन, त्यस्तै नाचगान के के सिकाउने गर्थी रे, साक्षीको दीदीबाट सुनेको उसले। उ कहिल्यै साक्षीलाइ काम, पढाइ र गीतको बारेमा सोध्दैनथ्यो, न त साक्षी उसलाइ केहि सोध्थी। साक्षी बिहानै उठेर कलेज जान्थी, जतिखेर उ निद्रामैं हुन्थ्यो। दिनभरी दुबै आ-आफ्नो काममा ब्यस्त हुन्थे, राति उ फर्किदाँ साक्षी निदाइ सकेकी हुन्थी। शनिबारको दिन उ घरमै हुन्थ्यो, प्राय जसो ससुरालीमा नैं खाना खान जान्थ्यो। साक्षी बिहानै उठेर माइती जान्थी, उ दिँउसो मात्र पुग्थ्यो। उसलाइ धेरै कुरा गर्न मन लाग्दैनथ्यो साक्षीको माइतीमा। त्यसैले खाना पछि औपचारिक कुरा सकेर ब्यस्तताको बहानामा उ बिबेक कहाँ जान्थ्यो। साक्षीको माइती खलक पनि ठुलो थ्यो, कहिले कसको जन्मदिन, पास्नी, भन्दै साक्षी आफ्नै दिदीबहिनी सङ रमाएकी हुन्थी उसको फुर्सद हुँदा पनि। उसले साक्षीलाइ कहिं जान रोकेन, गाइनेको कन्सर्ट होस् वा साथीहरुसङको भेटघाट। उ सम्झन्थ्यो साक्षी खुशी छे, त्यो भन्दा बढी उसलाइ खुशी लाग्थ्यो। साक्षी र उसको दुनियाँको भिन्दा भिन्दै भुगोलमा कुन बेला साक्षी उ सङ टाढीइ, उसले पत्तै पाएन।

बाहिरबाट आएको आवाजले उसको सोचाइलाइ बिथोल्यो, सुनसान रातमा बाहिरको ढोका कसैले ढकढकाए जस्तो सुन्यो उसलाइ। ठुल्दीले शाअयद ढोकामा ताल्चा लाइदिनु भएछ क्यारे भन्दै उ बाहिर गयो। चकमन्न अध्याँरो थ्यो, कतै केहि देखिदैनथ्यो, बाटोको खम्बामा बलेको मधुरो प्रकाशले ढोकामा कोहि उभिरहेको जस्तो देख्यो उसले। ठुल्दी पनि राती किन सबै बत्ती निभाउनु पर्ने होला भन्दै उ ढोकानिर पुग्यो। त्यो अस्पस्ट उज्यालोमा उसले सेतो लुगा लगाएकी एक युबतीको शरीर देख्यो। अनुहार चिन्न सकेन उसले, ढोकाको चाबी पर्खालको एउटा कुनामा छाम्दै उसले सोध्यो।

"कसलाइ खोज्नु भएको?"

"मेरो लोग्नेलाइ।"स्वर चिन्यो उसले सजिलै, साक्षी थी ढोकामा। उसकी साक्षी, उसकी मात्र साक्षी। हतार हतार ढोका खोल्यो उसले।

"भित्र आउ न साक्षी। म तिम्रै अगाडी छु नि। मलाइ चिनेनौ? म तिम्रो लोग्ने हुँ।" उ साक्षीको नजिकै उभिन गयो। साक्षी उ भन्दा अलिकति पछि हटी।

"तपाइको अनुहार नैं बेग्लै छ। म तपाइलाइ चिन्दै चिन्दिन। कसरी तपाइं मेरो लोग्ने हुँ भन्नु हुन्छ?" साक्षीको प्रश्नले उ छक्क पर्‍यो।

"यहाँ अध्याँरो छ। भित्र जाँउ, बत्तीको उज्यालोमा शायद तिमी मलाइ चिन्छौ होला। हिंड भित्र।" उसले साक्षीलाइ डोर्‍याउन खोज्यो, साक्षी अडिग भएर बसी।

"यो मेरो लोग्नेको घर होइन जस्तो छ। म भित्र जाँदीन।" साक्षी फर्किन खोजी।

"यती राती कहाँ जान लागेकी साक्षी? यो तिम्रो घर हो, अनि म-- यी हेर म तिम्रो लोग्ने।" उसले आफ्नो अनुहारलाइ बाहिरको बत्तीको मधुरो प्रकाशमा सकेसम्म देखाउन खोज्यो।

"होइन, तपाइ को? मैले तपाइँलाइ कहिल्यै देखेकी छैन। मेरो बिस्वास गर्नुस तपाइ भ्रममा हुनु हुन्छ जस्तो छ।" साक्षीको आवाजमा भय झल्कियो।

"म तिम्रो जीवनभरीको साथी, तिम्रो आफ्नो लोग्ने। नपत्याए सुन। मैले तिम्रो गीत कन्ठै गरेको छु, तिम्रो गीतको हरेक भावमा डुबेको छु, मैले तिम्रो गीतमा तिमीलाइ छोएको छु।" उ सकेसम्म प्रमाणहरु जुटाउन खोज्यो।

"त्यसोभए भए पक्कै पनि तपाइ मेरो लोग्ने हुनु हुन्न। उहाँ मानबीय संबेदनाभन्दा परको संसारमा बाँच्ने मान्छे। उहाँलाइ भावनाले कहिल्यै छुन सक्दैन।"साक्षी ढोकातिर लम्की।

"मलाइ छोडेर कहाँ जान लागेकी साक्षी? प्लिज फर्क--" उ बिन्ती गर्न थाल्यो।

साक्षी उसलाइ हेर्दै नहेरी अघि बढी, सेतो छाँया अध्याँरोमा नहराएसम्म उसले हेरि रह्यो।

क्रमश:

 

Last edited: 21-Nov-08 06:27 PM

 
Posted on 11-18-08 1:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिचरा पागल भयो जस्तो त साक्षी को बियोगमा
देवदास बन्न मात्र बाँकी छ जस्तो छ -

वो क्रजी कस्तो पागल बनाएको - खुरुक्क अर्को खोजिदिने एस्लाई -


 
Posted on 11-18-08 1:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lahare,

U r soo smart. gali nagare pani bhasa bujhdo raicha.

pakha pakha, usalai chittai arko khojidinchu hai. lahari jasti!

Planet10!,

Thank u very much for your comment!

Stat,

Gym jana suru garnu bhaako ho? maile ta tyastai suneko!he he he..

Biste,

lekhdai chu ni ...  tapai paDhna nabirsanu hola.

Dipu,

ani timro katha kahile aaucha ta sajhama?


 
Posted on 11-18-08 1:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सपना हो कि बौलाएकै हो त? क्रेजि छिटो छिटो लेख त, भर्खर एउटा टँसेर के भो त अर्को नि टाँस
 
Posted on 11-18-08 2:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिचरो 'उ' राती साक्षी को गीत हेर्दइ बसेको साक्षी लाई सपना मा देखेछ, एकदम सिनेमा हेरेको जस्तै छ्,एत्ती छिट्टो चिट्टो त जि टि.भी मा पनि ब्रेक हुँदैन है,

अब अर्को भाग घर जानु अघी सम्म राख ल क्रेजी। आइ नो यू क्यान डु इट।


 
Posted on 11-18-08 5:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्रेजीले "उ" लाई क्रेजी बनाइछन् जस्तो छ!!
लास्टमा साक्षीको उ र लहरेकी लहरीलाई () मिलाइदिम न बरु, साक्षी र लहरे भिलेन भइहाले जस्तो छ आखिर!!

 
Posted on 11-18-08 7:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बल्ल बल्ल समय को जोर जाम गरेर २-४ भाग पढन भ्याईयो। अती उत्तम लेखाइ रहेछ 'पागल प्रेमी' को। लेख्नुस् लेख्नुस् तपाईं लाई पाठक को समस्या मरे नि पर्दैन। अब त म नि हजुर को फ्यान!
तर कुन भाग मा हो (भाग नम्बर नलेखेको ले क्या) अग्ला केटा राम्रा हुन्छन भन्ने मनासय पाइयो- खाली अग्ला केटा मात्रै राम्रा हुन्छन र? आफु त ५'३" तर नराम्रो छु जस्तो लाग्दैन- के गर्ने होल "पागल प्रेमी"?

केटी हरु पनि नहुने क्या- आफ्नो हाईट नहेरी अग्लो केटा खोज्ने अनी परेन मर्का हामी जस्ता लाई?
फेरी अरु पनि पढ्न पाउने आशा मा
उही धरान
    


 
Posted on 11-18-08 8:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानी,

म त छक्क पर्‍या छु, सपना हो कि बौलाएको छुट्याउन गार्हो भयो। बरु एउटा झाँक्री ल्याएर झारफुक गर्नु पर्‍यो जस्तो छ उसलाइ। येसो चिनेको कोहि छैन भन्या।

बिस्टे ज्यु,

के गर्नु? मलाइ त ब्रेक नगरी यही बसेर लेखि रहन मन लाग्छ नि। तर बेला बेलामा जिन्दगी पनि बाँच्नै पर्‍यो। उहि क्या त जा अनि गीर।

यु नो व्हाट आइ मिन?

चेलि,

आइडिया त राम्रो हो तर लहरे देखि डर लाग्छ। मुख सङै हात पनि खतरा चल्दो रहेछ। भैगो, त्यस्तो रिस्क नलिम।

dharaana ज्यु,

तपाँइको कुरा मनासिब लाग्यो मलाइ।

 म पनि त्यही भन्छु क्या बाहीरी रुप रङ हेरेर पनि कसैको मनलाइ चिन्न सकिन्छ त भन्या?

आजकालका केटाकेटीहरु अलि कुरा बुझ्दैनन्।


हुन त यहाँ भन्न हुने हो कि होइन? तैपनि तपाइको कुराले मलाइ एउटा कुरा याद आयो।

एकचोटी म मिस नेपालमा भाग लिन गाको थें (गफै त हो)। त्यहाँ के जाती क्याट वाक भनेर अग्लो हिल लाएर हिड्नु सिकाउदो रहेछ। मेरो खुट्टा दुख्यो र एक्दिन कसलाइ के के सोध्न मन छ भनेर त्यहाँ ट्रेनरले सोध्नु भयो। मैले मौका हेरेर भने।

"अरु सबै त ठिकै छ तर म यत्रो हाइ हीलमा हिंड्न सक्दिन।"

"क्रेजी! तपाइ बसेर होइन, उठेर बोल्नुस्।" एक जना प्रशिक्षकले भन्नु भयो।

"सर! म उठेरै बोलिराको छु" भन्दा सबै मलाइ हेरेर हाँसे। तर मैले हिम्मत हारिन, म बेन्चमाथी उठेर बोलें।

त्यसैले धरान ज्यु पीर नलिनुस्। बाँस अग्लो हुँदैमा ह्यान्ड्सम हुन्छ र ? होइन त ?


 
Posted on 11-18-08 10:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Cl De,

Sapana dekhecha ni ta ex-husband le, jata tatai "UNI" lai matra dekhene college ma pani sapana ma pani. Atti bhayo crazy hune pani had huncha ni. Kun din kasle gala ma thyamma dine bho bichara lai......

Hoina De k ho "Sachi" ko bihe jabarjasti gardiyeka hun ki k ho, un ko kabita padhda ta arkai koi sanga man ga'thiyo jasto cha hai...


 
Posted on 11-20-08 9:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ बिचरा कस्को ढोकामा पुग्यो फेरी साक्षी साक्षी भन्दै।
रिसाएर गएकी भए पनि फकाएर लेराउनु भन्ने। अर्कै खोजेर गएकिलाई के गर्ने होला त अब क्रेज?
त्यो केटालाई पनि अर्कै खोजिदेउ अब नत्र साक्षीको भुत नजाला जस्तो छ दिमागबाट।
अर्को भाग टाँस है छिट्टो। 
 
Posted on 11-20-08 9:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

देवदास बनेछ बिचरा!

ल जावस जावस छिटो छिटो है?


 
Posted on 11-20-08 9:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो केटाको मनस्ताप  चै निकै बढ्ला जस्तो भयो नि त- 

 


 
Posted on 11-20-08 9:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिचरा अझै कती पागल बनाएको? यदी साच्चिकै पागल भयो भने साक्षी लाई जन्म कैद हुने गरी मुद्दा हाल्न लाउनु पर्‍यो, त्यसइ अर्कालाई पागल बनाएर छोड्न पाईन्छ त ?
अनी हाइ हिल लाउदा पनि कुर्सी मा चढ्न पर्‍यो भने पछी म भन्दा नि होची हो कि क्या हो? ए त्यही हाई हिल लाएको थाहा पाएर होला एक्चोटि मिस नेपाल को क्राउन खोसेर फर्स्ट रनर् अप लाई दिएको थियो नि । म त १ बर्ष पहिले नै बिहे गरेको भएर खोसेको भन्ने सुनेको थिए यस्तो पो रहेछ

जिम गर्न त अब पो जानु पर्ने स्थिती आउँला जस्तो छ त


 
Posted on 11-21-08 12:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

भाग-६

साक्षी आज पनि फर्की, उ त्यो कालो रातमा आफुलाइ खोज्न थाल्यो, उसका खुट्टाहरु भुँइमा गाडिए जस्तो लाग्यो, मानौं उसको जीउ मुर्ति जस्तो भएको छ, कतै हलचल गर्न नसक्ने पत्थरको आक्रिती। चिसो बतासले उसको मुटुसम्म छोयो। उ त्यहाँ धेरै बेर बस्न सक्दैन, त्यो उसैलाइ निल्ने अन्धकारमा। बिस्तारै उसले दाँया खुट्टा चलाउन कोशिस गर्‍यो, भुँइबाट हलुका उठायो र एक पाइला सार्यो। अर्को खुट्टा उचालेको मात्र के थ्यो, उसको दायाँ खुट्टा बिस्तारै जमिनमुनि भासिदैं गयो। उसको शरीर अनियन्त्रित भयो, उ कहिँ खस्दै छ जस्तो लाग्यो, पिंध नभएको गहिरो खाडलमा उ भास्सिदैँछ। उ "ठुल्दी" भनेर बोलाउदैथ्यो, ठुल्दी कतैबाट पनि आउनु भयेन। उ खस्ने क्रम जारी छ तर खाडल बाहिर निस्कने संभावना कम हुँदैछ। शायद अन्तिम प्रयाश भनेर उसले बिबेकलाइ सम्झ्यो, बिबेक देखा पर्‍यो र तुरुन्तै उसलाइ निकाल्ने कुनै बलियो डोरी दियो उ त्यही डोरी समात्दै माथी बाँच्ने आशा गर्दैथ्यो। मुटु जोडले धड्किदैंथ्यो र स्वास फेर्न गार्हो भइसकेको थ्यो, डोरी समातेका हातहरु कामीरहेका थे। उ निस्किदैथ्यो त्यो खाडलबाट, साक्षीको कारण खस्न पुगेको त्यो नर्कबाट।

"अझै उठ्ने बेला भएको छैन।" बिबेकले उसलाइ झकझकाँउदै भन्यो। ब्युँझदा उ आफ्नै कोठामा थ्यो, बिहानको झिसमिसे उज्यालो भइसकेकोथ्यो।

"उठ, उठ। जिम जाने भन्या होइन।" बिबेकले आफु आउनुको कारण सम्झायो।

"निद्रै पुग्या छैन आज, भोली गए हुन्न।" उसले अल्छि मानेर लामो हाइ काढ्यो।

"भोली पनि निद्रा नपुग्ने होला नि, फेरि पर्सि गए हुन्न भन्ने होला।"

"तँ सङ एउटा कुरा गर्न मन लाग्यो। आज मलाइ समय दिन सक्छस्, अहिले नैं?" उसले बिबेकलाइ आग्रह गर्‍यो।

"किन? फेरि भेटिस् कि क्या हो साक्षीलाइ?" बिबेकको अनुहारमा प्रश्नहरु देखिए।

"त्यही त! साक्षी मेरो सपनामा पनि आँउछे, मलाइ तर्साँउछे, मलाइ दुखाँउछे। म अब साक्षीसङको मेरो बिगतलाइ मेटाउन चाहन्छु, मलाइ मद्दत गर।" उ निरिह जस्तो देखियो।

बिबेक सोफामा बस्यो, जिम जाने भनेर बोकेको ब्यागलाइ काँधबाट झिकेर भुँइमा राख्यो। उसलाइ हेर्‍यो, कोठाको चारैतिर नियाल्यो, एकछिन घोरियो।

"ठुल्दीलाइ चिया पकाउनु भन्न त।" बिबेक गम्भिर देखियो अहिले।

"केहि दिनको लागि पोखरा जाने त?" बिबेकले उसलाइ सोध्यो।

"त्यो आइडिया नराम्रो होइन। तर म यहीँ बसेर सामना गर्नु चाहन्छु मेरो बर्तमानलाइ। पोखरा गएपनि फर्केर त यहीँ आउनु पर्छ, साक्षीसङ सम्बन्धित सम्झनाहरु त यहीँछन् नि।" उसलाइ पोखरा जानी कुरा त्यति मन परेन।

"एकछिन पख! म पहिला चिया लिएर आँउछु।" बिबेक कोठाबाट निस्क्यो।

हिजो राति भेटिएको साक्षीको गीतलाइ हत्त न पत्त उसले सिरानीमुनिबाट झिक्यो र डसनामुनि लुकायो। त्यसपछि मुख धुन गयो र बिबेक चिया लिएर आँउदा सम्म उसले आफ्नो ओछ्यान पनि मिलाइसकेको थ्यो।

"के तँ केहि दिनको लागि कामको जिम्मेबारी अरु कसैलाइ दिन सक्दैनस्?" बिबेकले चियाको चुस्की लिदैं भन्यो।

"म पनि त्यही सोचिरहेको छु। काम काम भन्दै मेरो तनाब झन् बढ्दै छ। आज म त्यो बारे राम्ररी सोच्छु, शायद भरपर्दो स्टाफलाइ अलिकति काम पनि दिन सक्छु।" उ अलिकति हलुका जस्तो भयो, पुरै त अझै होइन।

"मेरो क्याफेमा फुर्सदको बेलामा आउन सक्छस्? साँझमा ठमेल एकदम रमाइलो हुन्छ। हामी कफी खाँदै मनको कुराहरु गर्न सक्छौँ अथवा ठमेल घुम्न सक्छौं।" बिबेकको उपाय उसलाइ नराम्रो लागेन।

"तँलाइ फुर्सद त हुन्छ त्यहाँ?" उसलाइ बिबेकको काममा खासै बाधा पुर्‍याउन त मन लागेको होइन।

"तेरो लागि म फुर्सद नैं हुन्छु, तैपनि क्याफेमा पुरानै स्टाफहरु छन्, जो मेरो अनुपस्थितिमा पनि राम्ररी क्याफे चलाउन सक्छन्।" बिबेक ढुक्क देखिन्थ्यो।

"अँ, अर्को कुरा पनि भन्न मन लाग्यो तँलाइ। म त तेरो मिल्ने केटा साथी हुँ, तर अर्को केटि साथी पनि भए तेरो मन कतै साक्षीको सम्झनाबाट टाढिन्थ्यो कि?" बिबेक उसको उत्तरको प्रतिक्ष्यामा थ्यो।

"केटी साथी? कस्तो खालको केटी साथी?" उसले उल्टो प्रश्न गर्‍यो।

"तँलाइ कस्तो साथी चाहिएको त्यस्तै। समय कटाउने अथवा रमाइलो पनि गर्ने। तेरो इक्ष्या अनुसारको।"

"म अहिले नैं गम्भिर सम्बन्धको लागि तयार छैन। म भावनामा बहकिन चाहन्न, न त दोस्रो बिहेको लागि चिन्तित छु। मलाइ खालि समय बिताउने भए पुग्छ। त्यस्तो साथी पनि पाइन्छ?" उसले आफ्नो कुरा राख्यो।

"जस्तो साथी पनि पाइन्छ आजकाल। तर एउटा कुरा चाहि तैंले सिक्नु पर्छ।"

"के?" बिबेकको कुरा सक्किनु अघि उसले सोध्यो।

"केटिहरुलाइ प्रभाबित गर्ने केहि कुराहरु। त्यो त तलाइं थाहा छ होला नि हैन?"

"मलाइ त्यस्ता कुराहरु धेरै औपचारिक लाग्छन्। झुठो तारिफ गर्न आँउदैन मलाइ।" उ त्यस्तै थ्यो।

"ठिकै छ तेरो आफ्नो खुशी। के त "ब्लाइन्ड डेट" को लागि तयार छस् त?"

"मलाइ केहि समय दे। म तँलाइ त्यसपछि खबर गर्छु।" उ जिबनमा अगाडी बढ्न तयार भयो।

साक्षीको सम्झनालाइ छोपेर उ नयाँ गन्तब्यको लागि बढ्दैथ्यो। बागबजार र इन्द्रचोकको होटेलले उसलाइ बारम्बार तान्ने गर्थ्यो, उ अरु केहि बहाना गरेर ती बाटोहरुलाइ छल्दै हिड्थ्यो।

एक हप्ता पछि ठमेलको क्याफेमा उ कसैलाइ कुरि रहेकोथ्यो। बिबेकले उनिहरुको लागि बिशेष टेबल तयार गरेको थ्यो। कौसी नजिकैको त्यो टेबलबाट तल ठमेलमा हिँडीरहेका मायालु जोडीहरु देखिन्थे, पर्यटकहरु पसलहरु चाहार्दै गरेको देखिन्थ्यो, साना बच्चाहरु पोस्टकार्ड बेचिरहेका हुन्थे। साँझमा ठमेल कुनै "रात्रि बजार" जस्तो ब्यस्त देखिन्थ्यो। क्याफेको ढोका खोलेर निलो जिन्स् र कालो टी- शर्ट लगाएकी, छोटो कपाल भएकी एक युबती उनिहरु तर्फ आइ, बिबेक अघि बढ्यो र हात मिलायो। उसको मुटु तेज हुन थाल्यो, बिबेकले त्यो युबतीलाइ उसकै नजिक ल्याइसकेको थ्यो।

"उसको नाम................" बिबेकले युबतीको नाम भन्न लागेको थ्यो।

"कबिता" युबती आफैले हाँस्दै भनी।

क्रमश:

 

 


 

Last edited: 21-Nov-08 12:53 PM
Last edited: 21-Nov-08 06:28 PM

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
श्राद्द
TPS Re-registration
सेक्सी कविता - पार्ट २
What are your first memories of when Nepal Television Began?
पाप न साप घोप्टो पारि थाप !!
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
TPS Re-registration case still pending ..
Lets play Antakshari...........
What Happened to Dual Citizenship Bill
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
मेरो अम्रिका यात्रा -२
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
susta manasthiti lai ke bhanchan english ma?
कृष्ण नै अन्तिम सत्य
पुलिसनी संग - आज शुक्रवार - भाग २
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters