भाग-१३
एकहप्ता सकिएर त्यसको दुइ दिन पछि उ पोखरा बसपार्कमा साक्षीको प्रतिक्षामा थ्यो। साँझ ८ बजे आइपुग्ने भनेको बस बन्दमा परेर लगभग ९ बजे आइपुग्यो। उसले साक्षीलाइ सङै प्लेनमा जाने भनेकोथ्यो, तर साक्षीले अरुले थाहा नपाउन् भनेर बसबाट आउने निर्णय गरेकी थी। बसबाट झर्दा साक्षी धेरै थाकिएकी जस्तो देखिन्थी। बसपार्कबाट होटेलसम्म पुग्न २० मिनेट लाग्यो। कोठामा पुग्दा उसको शरीरमा रुमानी तरङहरु बग्न थालेका थे। बन्द कोठा, एकान्त परिबेश र अब्यक्त चाहनाहरु गतिशिल हुन खोजीरहेका थिए। साक्षी सम्पुर्ण रुपमा उसकी थी, केबल उसकी मात्र। उनिहरुको संसार रङिबिरङी फुलहरुको मिठो सुबासले मगमगाउन थालेको थ्यो। साक्षी ब्यागबाट सफा लुगा झिकेर नुहाउन जान लागेकी थी। उसले आफ्नो मनमा उर्लिरहेको रहरहरुलाइ अरु नियन्त्रण गर्न सकेन। बाथरुम पस्न लागेकी साक्षीको हात समातेर आफु नजिक तान्यो उसले। साक्षीले थकाइ लागेको छ, नुहाएर आँउछु भनेर हलुका तरिकाले उसको हात छुटाइ।
साक्षी नुहाएर आँउदा उ बेलुकीको खानाको लागि "रुम अर्डर" गरिरहेकोथ्यो। साक्षी खाना खान मन छैन "चिकेन सुप" मात्र खाएर आराम गर्छु भन्न थाली। उसले सोच्यो साक्षी थाकेकी छ, एकछिन आराम गर्छे भनेर उ तल रेस्टुरेन्टमा खाना खान गयो र साक्षीको लागि चिकेन सुप कोठामा पठाइदियो। साक्षी अब सधैं उसैको हो, उसलाइ लाग्यो मायाको लागि प्रशस्तै समय छ।
खाना सकिएपछि उ केहि समय तल बंगैचामा टहल्यो, एकछिन भएपनि साक्षी आराम गरोस् भन्ने सोचिरहेको थ्यो। भित्रभित्र पुनरमिलनको चाहनाले खुशी भैरहेको थियो। बिहेको पहिलो रात जस्तो लागिरहेको थ्यो उसलाइ त्यो रात। साक्षी कसरी खुम्चिएकी थीइ पहिलो रात, उसको दिमागमा दुलही बनेर खाटको एउटा छेउमा लजाइरहेकी साक्षीको तस्बीर नाच्न थाल्यो। त्यो मधुर सम्झनाले मात्र पनि उसको शरीर झनझनाउन थाल्यो। पहिलो स्पर्श, नयाँ अनुभुति र भयले काँपीरहेकी साक्षीको मुटुको ढुकढुकी सम्झिदाँ उसको शरीरमा उन्माद छाउन लाग्यो। उ तुरुन्तै कोठामा फर्क्यो, साक्षी अर्धनिद्रामा थी। आकासी नाइट गाउनमा साक्षीको शरीरबाट मादकता छचल्किरहेकोथ्यो। खाटमा पल्टिन लागेकी साक्षीलाइ उसले बिस्तारै जिस्काउन थाल्यो। शुरुमा साक्षी निद्रा लाग्यो भन्दैथी, तर पछि चुप लागी। साक्षीको कोमल शरीरमा उसका हातहरु अनायासै दौडिन थाले। साक्षी बिस्तारै लट्ठिन थाली। उ साक्षीको अधरमा प्रेमका फुलहरु बर्साउन थाल्यो, साक्षी मदहोश हुन थाली। उसको ओठंहरु साक्षीको कोमल घाँटितिर सलबलाइ रहेको थ्यो, साक्षी आफ्नो थकित शरीरलाइ बिस्तारै समर्पित गरिरहेकी थी।।
"उफ्फ् ! कस्तो गार्हो भयो।"
अकस्मात उ निस्सासियो, साक्षी जुरुक्क उठी, उ उठ्न सकेन, ओछ्यानमा दुइ हातले टाउको समाएर पल्टिरह्यो।
"के भयो तपाइलाइ ?" साक्षी डराएकी थी।
"रिङटा लाग्न थाल्यो।" उ आँखा बन्द गरेर बसेको थ्यो।
"चिसो पानी पिउनु हुन्छ?"
"म हल्चल गर्नै सक्दिन। फन्फनी घुमाइरहेको छ।"
"कोठा गुम्म भएर होला।" साक्षीले झ्याल खोली सरर चिसो बतास कोठा भित्र पस्यो। साक्षी बिस्तारै उसको छातीमा मालिश गर्न थाली।
"यो के को गन्ध आयो?" उसले साक्षीको हातलाइ झट्कार्दै भन्यो।
"मेरो हातमा त केहि छैन।" साक्षी आफ्नै हात सुँघ्न थाली।
"तिम्रो हात मात्र होइन, कोठैभरि स्वाश फेर्न नसकिने दुर्गन्ध छ साक्षी। तिमी पर गएर बस।"
"खोइ ! मलाइ त त्यस्तो महसुस भएको छैन।" भनेर साक्षी "रुम स्प्रे" गर्न थाली।
"साक्षी ! प्लिज केहि स्प्रे नगर। म सहनै सक्दिन यो दुर्गन्ध।" उ बिस्तारै सिरानी उठाएर बस्यो।
साक्षीले बाथरुममा चेक गरी, कोठाको कुना कुना हेरी, त्यस्तो केहि भेट्टाइन जसको दुर्गन्ध उ महसुस गरिरहेको थ्यो।
"शायद तिम्रो शरीरबाट आएको दुर्गन्ध हो यो।" उसले नाक खुम्च्याँउदै भन्यो।
"म अघि भर्खर नुहाएकी।" त्यसपछि आफ्नो अस्तब्यस्त नाइट गाउनलाइ मिलाउन थाली। साक्षी आफ्नो कपाल सुंघ्न थाली। “श्याम्पु पनि उहि हो, गन्ध छैन त।“
"तिम्रो शरीरमा असहनीय दुर्गन्ध छ साक्षी!"
साक्षी उसलाइ टुलुटुलु हेरीरही।
"तिम्रो शरीरमा "गाइने"को गन्ध छ।" उसले बास्तबिकता पोख्यो।
"यो शरीर मात्र हो। यो नाशवान शरीरमा कसैको सुगन्ध वा दुर्गन्ध रहदैंन।" अलि अलि कुरा बुझी साक्षीले।
"साक्षी ! तिम्रो शरीर सिनो जस्तो दुर्गन्ध फैलाइरहेको छ।। म तिमीलाइ माया गर्न सक्दिन।" उसले साक्षीको छातीमाथि ठुलो ढुङा खसाल्यो। साक्षी मर्माहत भइ।
"हे भगवान !" आकाशतिर हेर्दै साक्षी पुकार्न थाली।
"मलाइ माफ गर साक्षी ! तिम्रो उपस्थितिले यो कोठा पुरै दुर्गन्धित भएको छ। मलाइ गार्हो भएको छ।"
"तपाइ मलाइ मात्र होइन, आफुलाइ पनि माया गर्न सक्नु हुन्न।" साक्षी आँखाबाट आफ्नो गालामा बग्न थालेको आँसु पुछ्न थाली।
"के हो माया?" उसले सोध्यो।
"माया आफै महसुस गरिने भावना हो। तर तपाइमा त्यो बुझ्न सक्ने क्षमता छैन। तपाइ पहिले पनि रित्तो हुनु हुन्थ्यो। यी भित्ताहरु जस्तै चिसो हुनुहुन्थ्यो। अहिले पनि त्यस्तै हुनु हुन्छ। तपाइ मानबिय संबेदना नभएको खाली मान्छे। हे भगवान ! मैले फेरि किन गल्ती गरे?" त्यतिबेला साक्षीले आफ्नो रुवाइलाइ अरु रोक्न सकिन, कोठामा साक्षीको हिक्काहरु निर्बाध छुट्न थाले।
"माया खोक्रो “शब्द” मात्र हो साक्षी, साँच्चैको भाव होइन। यदि माया भन्ने चिज भएको भए किन जन्म दिने आमा मलाइ सानैमा छाडेर अरुसङ किन जानु हुन्थ्यो?” उ भाबबिहिन देखिन्थ्यो।
"तपाइंले कारण होइन, परिणाम मात्र देख्नु भएको छ। कुनै कारण नभै घटना घट्दैन।" साक्षी बेला बेलामा हिक्क हिक्क गर्दैथी।
"के हो कारण ? एउटा नवजात शिशुलाइ टुहुरो बनाएर अर्को सङ जानु कस्तो बिडम्बना हो?" उ जवाफ माग्दैथ्यो।
"उहाँमाथि अत्याचार भएको थ्यो। ठुल्दि भन्नु हुन्थ्यो, नन्द, आमाजु, सासु ससुराहरु सबै मिलेर तपाइकी आमामाथि अन्याय गर्थे, तपाइको बुबालाइ कुरा लाँउथे, अनि बुबा उहाँलाइ पिट्नु हुन्थ्यो। उहाँलाइ नोकर भन्दा बढी काम लगाउथें, कहिलेकहिं त सानो सानो काम बिगार्दा सजाँय पनि पाउनु हुन्थ्यो। कति दिनसम्म खान पाउनु हुन्थेन। त्यो बेला उहाँको दुख सुन्ने कोहि थिएन। त्यसैले उहाँ बाध्यताले गर्दा घर छोड्नु पर्यो। तपाइलाइ उहाँबाट खोसिएर ल्याइएको हो। उहाँले तपाइलाइ छोड्नु भएको होइन।" साक्षी रोक्किदैं, बिच बिचमा रुँदै , बोल्दै गर्दैथी।