[Show all top banners]

crazy_love
Replies to this thread:

More by crazy_love
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 शीर्षक जे पनि हुन सक्छ।

[Please view other pages to see the rest of the postings. Total posts: 250]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 NEXT PAGE
[VIEWED 156569 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 13 pages, View Last 20 replies.
Posted on 11-11-08 11:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     4       ?     Liked by
 

 

भाग-१

( यो कथा पुरै कल्पनामा आधारित भएकोले कसैको जीवन सङ मिल्न गएमा संयोग मात्र हुनेछ। )

असनबाट सुरज आर्केड निस्किने गल्ली हुँदै उसले बाइकलाइ बल्लबल्ल त्यो भिंडबाट घिसार्दै मुख्य सडक भन्दा अलि वर आइपुग्यो। आकाशमा कालो बादल भए पनि पानी पर्ने संकेत थिएन, गर्मीले उ लखतरान भैसकेको थ्यो। धुवाँ, धुलो र दिनभरीको ब्यस्तताले उ एकैछिन भये पनि चिसो पिउन भनेर मुख्य सडकलाइ जोड्ने बाँयातिरको एउटा होटेल भित्र छिर्यो। मिठाइ सङै अन्य परिकार भएको त्यो पसल उसले पहिला त्यो बाटो हिडे पनि कहिले याद गरेको थिएन। भित्र पस्नासाथै उसले शीतल महसुस गर्यो। हेर्दाखेरि होटेल सफा देखिन्थ्यो, खुला र उज्यालो पनि थ्यो। उ सरासर कुनापट्टिको मेचमा गएर बस्यो। उ एकछिनको लागि भएपनि एकान्त चाहन्थ्यो, ब्यापार, नाफा, घाटा, मिटिङ र शेयर बजार झेल्दा झेल्दै उस्को जीबन एउटा तनाबको गोला भैसकेको थ्यो। बस्नासाथै उसले चिसो कोक अर्डर गर्‍यो र सङैको टेबुलमा कसैले छोडेको "कान्तिपुर" हेर्न थाल्यो, समाचार भन्दा पनि "हेडलाइन" हरु पढ्न थाल्यो।

उसलाइ कसो कसो त्यहाको बाताबरण एकदम आरामदायी लाग्न थाल्यो, एउटा मिठो सुवास जुन उस्ले पहिले पनि महसुस गरेको छ, त्यही बासना फैलिए जस्तो लाग्यो वरिपरि। मानौं उ त्यहाँको प्रत्यक सुक्ष्मतासङ राम्ररी परिचित छ। कतैबाट मसिनो गुनगुनको आवाजले उसले टाउको उठाएर हेर्‍यो, उसको ठ्याक्कै २ टेबुलभन्दा पर दुइ युबती उ पट्टि ढाड फर्काएर बसेका थे। बेला बेलामा मसिनो हाँसो सुनिन्थ्यो। उनिहरु शायद कुनै पत्रिका हेर्दै कुरा गरि रहेका थे। पछाडीबाट हेर्दा उसले उनिहरुको उमेर अड्कल गर्न सकेन तर उ दाँया पट्टी बसेकी केटिको सेतो कुर्ता हेरिरह्यो। त्यो सेरो कुर्ता उस्ले कतै देखेको जस्तो लाग्यो, कुर्ता मात्र होइन उस्को गलाभन्दा केहि तल झरेका केशराशी पनि आत्मिय लाग्यो। होइन होइन, कुर्ता बाहिर को उसको शारिरक बनोट यस्तो लाग्यो, उस्ले त्यो शरीरलाइ चिनेको छ। गोरो ढाडमुनिको पातलो कम्मर र त्यसमुनिको घुमाउरो फुकेको गोलाइ उसले देखेको मात्र होइन अनुभुत गरेको छ। उसले "कान्तिपुर"मा ध्यान दिन सकेन, उसलाइ सेतो कुर्ता बाहिर देखिने आकर्षक शरिरले  तानिरह्यो, उसलाइ त्यो शरीर प्यारो लाग्न थाल्यो, माया गरि रहुँ जस्तो। त्यस्तो अदभुत कुरा के छ र त्यो सेतो कुर्ता लाउने सङ? उसले आफैलाइ प्रश्न गर्यो र सेतो कुर्तासङै बसेकि हरियो कुर्तालाइ हेर्यो। पछाडी बाट त हरियो कुर्ता पनि उस्तै सुन्दर देखिन्थी, अझै राम्रो शरीर, लामो ढाड, चिटिक्क छिनिएको कम्मर र मन लोभ्याउने "सिल्की" लामो कपाल। तर हरियो कुर्ताले उसलाइ आकर्षण गरे पनि मनमा आफ्नै जस्तो भाव जन्माउन सकेन।

अब उसले एक्दम चनाखो भएर उनिहरुको स्वर सुन्ने प्रयाश गर्‍यो। दुबै स्वरहरु उस्तै उस्तै सुनिन्थे पछाडिबाट। हरियो र सेतो कुन चाहिको स्वर मधुर भन्नै गार्हो पर्‍यो। अगाडी गएर प्रतक्ष्य हेर्न पनि अलि अप्ठ्यारो हुने। पछाडीबाट झन धेरै कौतुहुलता जाग्ने। उस्लाइ सेतो कुर्ता लाउने को अनुहार हेर्न मन लाग्यो। शायद उसले देखेको हुनु पर्छ त्यो अनुहारलाइ। उसलाइ लाग्यो, सेतो कुर्ता लाउनेको शरीरको प्रत्येक अङसङ उ नजिकिएको हुनु पर्छ, प्रेम गरेको हुनु पर्छ। त्यो स्पर्श कल्पिएर उ एक्छिन आनन्दित भयो। एकैचोटि पछाडी फर्के पनि हुने नि सेतो कुर्ता, उसको मनमा उठिरहेको आँधी त केहि शान्त हुन्थ्यो कि। बेला न कुबेला मोबाइल बज्न थाल्यो उसको, उसले मोबाइल अफ गर्‍यो। उपाय सोच्यो कसरी सेतो कुर्ताको अनुहार हेर्ने भनेर। त्यतिकैमा ठुलो खित्का छुट्यो त्यो सेतो कुर्ताको टेबुलबाट, उ मात्रै होइन होटेलमा भएका सबैले उनिहरुतिर हेरे। उनिहरु फेरि खासखुस मात्र गर्न थाले। उसले राम्रो बहाना पायो, कोकको सिसी लिन आउने केटोलाइ सेतो कुर्ताहरुलाइ गएर त्यसरी हाँस्दा अरुहरुलाइ "डिस्टर्ब" हुन्छ भन्ने कुरा पठायो। त्यो केटो गएर उनिहरुलाइ केहि भन्यो। उसले सतर्क भएर प्रतिक्रिया कुरि रह्यो। उनिहरुले पनि केटोलाइ सोधे क्यारे, केटोले उ बसेको कुनामा त्यहीबाट चोर औँलाले देखायो।

"सरी" सेतो कुर्ता लाउने केटीले पछाडी फर्केर उसलाइ भनी। दुबैको नजर जुध्यो, समय केहि बेरलाइ रोकियो र फेरि पछि भाग्न थाल्यो। उसले केहि भन्नु वा सेतो कुर्ताले अरु केहि बोल्नु अगाडी उकुसमुकुस, भय र पग्लिएर नबगेको बिगतले उसको सबै उमङहरुमा प्रहार गर्यो। नसोचेको कुरा घट्यो त्यहाँ। हेर्दाहेर्दै सेतो कुर्ताको अनुहारमा संकोच र ग्लानिका रेखाहरु एक पछि अर्को गर्दै आउन थाले, सेतो कुर्ताले उसको आँखामा हेर्न सकिन। उ त्यहाँबाट हरियो कुर्तालाइ लिएर तुरुन्त निस्की हाली। उ जड भयो। आजै किन उस्लाइ यहाँ आउनु पर्‍यो? के काठमान्डु यति सानो छ जहाँ उसले आफुले कहिले हेर्न नचाहेको अनुहारलाइ देखि रहनु पर्छ? के जिन्दगीले फेरि उ सङ अर्को कुनै खेल खेल्न लागेको हो? यत्रो सहरमा उ नै किन भेटिनु पर्ने?

उसले आफ्नो मिल्ने साथी बिबेकलाइ त्यहीँ बाट फोन गर्‍यो।

"बिबेक, तँ मलाइ अहिले भेट्न सक्छस्?"

"अहिले त मि बिजि छु, किन?" बिबेकले सोध्यो।

"आज सारै नराम्रो दिन रैछ यार।" उसको स्वर सानो भयो।

"भुमिका नबाँधी भन त। मेरो यहाँ फुर्सद छैन। के भयो?"

"मैले साक्षीलाइ देखेँ।" सेतो कुर्ता बसेको रित्तो ठाँउलाइ हेर्दै भन्यो उसले।

"को? को रे?" बिबेकले फेरि सोध्यो।

"उहि, क्या त! साक्षी.... मेरो...... ।कस्तो कुरा नबुझ्या?" उसले कुरा बुझाउने प्रयाश गर्‍यो।

 "ए ! साक्षी! बल्ल बुझे। अर्का सङ पोइला गएकी स्वास्नीको नि के कुरा गरीराको होला यसले?" बिबेकले उसले कसैलाइ नदेखाएको पुरानो घाउमा नुन छर्कियो। तीब्र पीडाले उ छटपटियो र भित्तामा अडेश लाएर बस्यो।

क्रमश:...

 

Last edited: 21-Nov-08 06:20 PM

 
Posted on 12-21-08 11:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

CL,

Kata harako..waiting to read another part

 

 


 
Posted on 12-22-08 12:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अझ सबै भाग लाई एकै चोटि पढ्दा झन रमाइलो हुन्दोरहेछ

हो। त्यसैले मैले समाप्त भन्ने देखेपछि मात्र पढ्न शुरु गर्छु ।

It was a good read. thanks CL.

 
Posted on 12-22-08 10:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

gogol

कहिलेकहि unexpected ending पनि हुँदो रहेछ है?
ला ! कथा त सकिसक्यो त।अर्को भाग कसरि लेख्नु?

अब केहि दिन पछि अर्को कथा लेख्छु नि है साथी।

Planet10,

हो भन्या कस्तो अनपेक्षित समाप्त भएछ। मलाइ पनि कस्तो कस्तो भयो।

nepalibabu101,

शुभकामनाको लागि धन्यबाद!

Ctal,
होइन, होइन। यो कथा सँजाय र बदलाको कथा होइन। यसमा मानिसले कसरी आफ्नो अनिक्षाहरुलाइ दबाँउछ र उपयुक्त समयमा ती बिक्रितीहरु कसरी बिनाशकारी भएर निस्किन्छन् भन्ने मात्र हो।
टेलिफिलिम त बनाउनु हुन्थ्यो, भात पकाउन नभ्याउने हो कि भन्ने पो चिन्ता।

ek@l,

As I said before, the story is not about revenge and punishment, it's about psychological problem to deal with own insecurity, fears and hatred feelings. Both saakshee and "u" are insecure in the story in terms of effective communication.

I will try to explain after responding this comment.

उहि धरान ज्यु,

साथीहरुको प्रतिक्रिया पढेपछि मलाइ पनि मैले कथा लेख्दा लेख्दै केहि संकेतहरु छुटाएको भान भयो। कथामा म यति डुब्न थाकेकी मलाइ अन्त्य पो सुन्दर लाग्न थाल्यो। शुरुमा कथा लोग्ने र पोइला गएकी स्वास्नीको जम्काभेटबाट शुरु भएकोले प्राय कथा केटा र केटीको सम्बन्ध मात्र जस्तो देखियो। मैले यहा मनोबिग्यान प्रयोग गर्न चाहेकी थिए। त्यसैले अन्त्य मनोबिग्यानको कुनै पाटोसङ मिल्ला जस्तो लागेको थ्यो, तर खोइ के भयो के भयो?

भबिस्यमा मैले यी कुराहरुलाइ ध्यान दिने नैं छु। बेला बेलामा "उहि धरान" भनेर झुल्किनु होला भन्ने आशाम।

 सुझाबको लागि धेरै धेरै धन्यबाद!

copycat,
धन्यबाद!
उता ब्लोगमा पनि राखिदिउकि क्या हो कथा एकै ठाँउमा तेसो भये।


 
Posted on 12-22-08 10:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Crazy great piece completed.... just like ur other stories .......Waiting to read more from you.

 
Posted on 12-22-08 10:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thanks fuchche luchche!
 
Posted on 12-22-08 10:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dear friends,

 

Please accept my apology for the concluding part of “Shirshak je pani huna sakcha.”

 

Actually, the story evolves around the psychological paradigm, a defense mechanism called “repression”. The protagonist of the story, “U” has been trying hard to exclude his hatred feelings from his consciousness and holding them in the unconsciousness. So, he was trying to get close to his eloped wife as far as possible to deal with his own insecure confidence to lead a normal love life. As he finds his eloped wife back to his life, in a body and a mind, his subdued feelings starts to show up, then he realizes he cannot love her any more.

 

 I could not give an appropriate title, though I thought of some for few months and they were misleading the core meaning of the story and more gender biased. The story is not about a man and a woman, or a husband and a wife; it is about an inability to face the real mental conflicts within oneself. As you know, “U” was obsessive for eloped wife from the beginning of the story which is not so natural and acceptable in normal life situation, his inability to move on indicates his own shortcomings to face the challenges in the upcoming days.

 

Having said all these, the main characters are justified according to their virtue and vice at the end. No matter what reasons Sakshi presents in her defense, she did betray her husband. So, she deserves the punishment as per literary device called poetic justice.

 

Thank you for your support and cooperation!

Warm regards,

Crazy_love

(Am I really crazy??????????)


 
Posted on 12-22-08 11:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Enjoyed each and every moments.........Thanks........Was expecting a little more and different ending.........nonetheless, WONDFRFUL PIECE!!!!!!!!!!!!!

"Stupida" (silent reader)


 
Posted on 12-22-08 12:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


क्रेजीजी, सार्है नाटकीय रुपमा कथाको अन्त्य भएछ। मध्यरातमा कोठाबाट निकाल्नु त अलि क्रुर भएन र भन्या जे जस्तै परिस्थिति भए पनि। अन्य पाठकहरुले भन्नु भए झैं अलि हतारमा कथा टुङ्गिए जस्तो लागे पनि समग्रमा तपाईंको प्रस्तुति उत्तम छ।  तपाईका अरु कोशेलिहरुको प्रतीक्षामा छु। 

 
Posted on 12-22-08 2:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

STUPIDA Jyu,

Thanks a lot!

Chiple Jyu!

ending kasto kasto bhaecha hai? ahile po tha paye maile pani. sorry hai!

 


 
Posted on 12-22-08 2:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hey crazy love how are you hope everything is awesome at ur end nah hehe?i've been a silent reader of this story always wanted to know why girls elope away hehe so waited long enough to know about sakshi too but poor sakshi wutta dramatic end  so girls dont leave your man with that tag elope  just do your paper work or wotever unfinished business with your mate otherwise be ready to end up like sakshi :p:p.To CL always a Exceptional  writer thanks for the read.ciao.
 
Posted on 12-22-08 2:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

CL,
कथा त राम्रो थियो। तर किन त्यसरी हतारमा "समाप्त" लेखेको नि? जे होस भिन्न बिषयबस्तुमा कलम चलाउने तिम्रो खुबीलाई मान्नै पर्छ। 

 
Posted on 12-22-08 9:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

the ending was so unexpected but was very gud. Hope to read more interesting like this very soon...
 
Posted on 12-23-08 2:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 एउटा मिठो मुस्कान!

यो बाहेक के भन्नु!

अन्त्यसंग मेरो कुनै आपत्ति छैन तर कथासंग छताछुल्ल छु!

पढ्न नभ्याएको राम्रो भएछ, बाँकि सबै मजाले एकैपटक पढ्दा मजा आयो!

गजब!


 
Posted on 12-23-08 7:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thanks Kinara!

Hmm.., I am thinking if there is any particular reason for the elopement. Need to do a research soon.

I like your suggestions to be safe after elopement. he he he.

NKC,

कथा त्यसरी नैं सकिन्थ्यो क्या, अनि काबाट कछुवा चालमा जानु त?

धेरैपछि साझामा आउनुभयो, खुशी लाग्यो।

logistic,

Thank u very much for your comment!

बिरु!

तिमी साँचिकै मुस्काएको कि ख्याल ख्याल को?

मेरो मन राख्न त तिमीले अन्त्यसङ आपत्ति छैन भनेको होइन है? कि हो? झुठ नबोल है जिब्रोमा खटिरा आँउछ नि।

 

 


 
Posted on 12-23-08 7:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कस्तो राम्रो भइराथ्यो लास्टाँ झुर भो - कस्तो कस्तो लाग्यो मलाई त - के नमिल्या नमिल्या जस्तो - चित्तै बुझेन मन मा लाग्या कुरा भन्या हो है क्रजी मुयाँ -
 
Posted on 12-23-08 7:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाइ पनि त्यस्तै भैराको छ भन्या पासा!
अन्तिम भाग सकेदेखि खान पनि मन लाग्दैन, दिनमा तिन छाक बाहेक, स्न्याकको त कुरै नगरौं, त्यो पनि के खाना भन्नु।

भन्न पाइ हालिन्छ नि मनको कुरा, किन नपाउनु।

म त सक्रिय पाठक लहरे हरायो भनेर झन्डै संबेदना तयार गर्न लाको।

जिँउदै रैछौ, लामो आयु होश्।

नत्रभने साझामा कसले गाली गर्छ नि सबैलाइ?

(अरु पनि छन् एक दुइ जना हराको, नामै तोक्नु पर्ला जस्तो छ। कि अन्तिम भागको कारण रिसले बोल्दै नबोल्ने हो म सङ)

Last edited: 23-Dec-08 07:19 PM

 
Posted on 12-23-08 7:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यही भएर तिम्रो बजन दिन को दुई गुना र रात को चार गुना प्रगती भइराखेको रैछ।
मन को कुरा भन्न पाईन्छ होइन - ल भन्न पाइन्छ भने भनु त - ल सुन - ह्या भयो कती सुनाउने
सुन्ने मान्छे भएपो

म हराको होइन - बेपत्ता मात्र भएको -
मैले कहिले गाली गर्या छ भन्या - क्या के नचाहिने हल्ला मात्र फैलाउने - र्याक गर्‍यो नि हो -  


 
Posted on 12-23-08 7:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यही भएर तिम्रो बजन दिन को दुई गुना र रात को चार गुना प्रगती भइराखेको रैछ।

जे भए पनि जिबनमा केहि प्रगति त भैरको छ नि। तिमी जस्तो हो खाने बेलामा जहिले पनि बहिर राखेको जस्तो!

मन को कुरा भन्न पाईन्छ होइन - ल भन्न पाइन्छ भने भनु त - ल सुन - ह्या भयो कती सुनाउने
सुन्ने मान्छे भएपो

मैले त कथाको बारेमा पो भनेको। "लहरेको कान बन्चरोले हान" भन्ने उखान बनाउनु पर्‍यो अब देखि।

म हराको होइन - बेपत्ता मात्र भएको -

थाहा छ हामीलाइ बेपत्ता पनि को सङ भाको। अनि भोज चाहि कहिले नी?


 
Posted on 12-23-08 7:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वो ध्यानग्री पासा - ध्यानग्री भनेको चाँही - त्यस्तो प्रगती गर्ने लाई भन्छ है - त्यही भएर भनेको

मैले पनि कथा को बारेमा भन्न खोजेको हो - तिमीले चाँही  के सोचेको नि फेरी - ईssssss नामै क्रजी लभ - अब म अरु के भनौ

अनी साचै म को सँग बेपत्ता भा नि - ल खुसुक्क भनु त मलाई -


 
Posted on 12-23-08 8:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ध्यानकी + सामाग्यी =ध्यानाग्री
कस्टो राम्रो नाम राखेर पठाको नि।

स्याबास दाउरे लहरे!

मुख त लाग्नै नहुने चोथालेसङ भन्या।

पहिला भोज कहिले खान्दिने भन अनि म सबै कुरा भन्छु।


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
Basnet or Basnyat ??
TPS Re-registration case still pending ..
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
Nas and The Bokas: Coming to a Night Club near you
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
I regret not marrying a girl at least for green card. do you think TPS will remain for a long time?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters