[Show all top banners]

crazy_love
Replies to this thread:

More by crazy_love
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 शीर्षक जे पनि हुन सक्छ।

[Please view other pages to see the rest of the postings. Total posts: 250]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 NEXT PAGE
[VIEWED 156406 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 13 pages, View Last 20 replies.
Posted on 11-11-08 11:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     4       ?     Liked by
 

 

भाग-१

( यो कथा पुरै कल्पनामा आधारित भएकोले कसैको जीवन सङ मिल्न गएमा संयोग मात्र हुनेछ। )

असनबाट सुरज आर्केड निस्किने गल्ली हुँदै उसले बाइकलाइ बल्लबल्ल त्यो भिंडबाट घिसार्दै मुख्य सडक भन्दा अलि वर आइपुग्यो। आकाशमा कालो बादल भए पनि पानी पर्ने संकेत थिएन, गर्मीले उ लखतरान भैसकेको थ्यो। धुवाँ, धुलो र दिनभरीको ब्यस्तताले उ एकैछिन भये पनि चिसो पिउन भनेर मुख्य सडकलाइ जोड्ने बाँयातिरको एउटा होटेल भित्र छिर्यो। मिठाइ सङै अन्य परिकार भएको त्यो पसल उसले पहिला त्यो बाटो हिडे पनि कहिले याद गरेको थिएन। भित्र पस्नासाथै उसले शीतल महसुस गर्यो। हेर्दाखेरि होटेल सफा देखिन्थ्यो, खुला र उज्यालो पनि थ्यो। उ सरासर कुनापट्टिको मेचमा गएर बस्यो। उ एकछिनको लागि भएपनि एकान्त चाहन्थ्यो, ब्यापार, नाफा, घाटा, मिटिङ र शेयर बजार झेल्दा झेल्दै उस्को जीबन एउटा तनाबको गोला भैसकेको थ्यो। बस्नासाथै उसले चिसो कोक अर्डर गर्‍यो र सङैको टेबुलमा कसैले छोडेको "कान्तिपुर" हेर्न थाल्यो, समाचार भन्दा पनि "हेडलाइन" हरु पढ्न थाल्यो।

उसलाइ कसो कसो त्यहाको बाताबरण एकदम आरामदायी लाग्न थाल्यो, एउटा मिठो सुवास जुन उस्ले पहिले पनि महसुस गरेको छ, त्यही बासना फैलिए जस्तो लाग्यो वरिपरि। मानौं उ त्यहाँको प्रत्यक सुक्ष्मतासङ राम्ररी परिचित छ। कतैबाट मसिनो गुनगुनको आवाजले उसले टाउको उठाएर हेर्‍यो, उसको ठ्याक्कै २ टेबुलभन्दा पर दुइ युबती उ पट्टि ढाड फर्काएर बसेका थे। बेला बेलामा मसिनो हाँसो सुनिन्थ्यो। उनिहरु शायद कुनै पत्रिका हेर्दै कुरा गरि रहेका थे। पछाडीबाट हेर्दा उसले उनिहरुको उमेर अड्कल गर्न सकेन तर उ दाँया पट्टी बसेकी केटिको सेतो कुर्ता हेरिरह्यो। त्यो सेरो कुर्ता उस्ले कतै देखेको जस्तो लाग्यो, कुर्ता मात्र होइन उस्को गलाभन्दा केहि तल झरेका केशराशी पनि आत्मिय लाग्यो। होइन होइन, कुर्ता बाहिर को उसको शारिरक बनोट यस्तो लाग्यो, उस्ले त्यो शरीरलाइ चिनेको छ। गोरो ढाडमुनिको पातलो कम्मर र त्यसमुनिको घुमाउरो फुकेको गोलाइ उसले देखेको मात्र होइन अनुभुत गरेको छ। उसले "कान्तिपुर"मा ध्यान दिन सकेन, उसलाइ सेतो कुर्ता बाहिर देखिने आकर्षक शरिरले  तानिरह्यो, उसलाइ त्यो शरीर प्यारो लाग्न थाल्यो, माया गरि रहुँ जस्तो। त्यस्तो अदभुत कुरा के छ र त्यो सेतो कुर्ता लाउने सङ? उसले आफैलाइ प्रश्न गर्यो र सेतो कुर्तासङै बसेकि हरियो कुर्तालाइ हेर्यो। पछाडी बाट त हरियो कुर्ता पनि उस्तै सुन्दर देखिन्थी, अझै राम्रो शरीर, लामो ढाड, चिटिक्क छिनिएको कम्मर र मन लोभ्याउने "सिल्की" लामो कपाल। तर हरियो कुर्ताले उसलाइ आकर्षण गरे पनि मनमा आफ्नै जस्तो भाव जन्माउन सकेन।

अब उसले एक्दम चनाखो भएर उनिहरुको स्वर सुन्ने प्रयाश गर्‍यो। दुबै स्वरहरु उस्तै उस्तै सुनिन्थे पछाडिबाट। हरियो र सेतो कुन चाहिको स्वर मधुर भन्नै गार्हो पर्‍यो। अगाडी गएर प्रतक्ष्य हेर्न पनि अलि अप्ठ्यारो हुने। पछाडीबाट झन धेरै कौतुहुलता जाग्ने। उस्लाइ सेतो कुर्ता लाउने को अनुहार हेर्न मन लाग्यो। शायद उसले देखेको हुनु पर्छ त्यो अनुहारलाइ। उसलाइ लाग्यो, सेतो कुर्ता लाउनेको शरीरको प्रत्येक अङसङ उ नजिकिएको हुनु पर्छ, प्रेम गरेको हुनु पर्छ। त्यो स्पर्श कल्पिएर उ एक्छिन आनन्दित भयो। एकैचोटि पछाडी फर्के पनि हुने नि सेतो कुर्ता, उसको मनमा उठिरहेको आँधी त केहि शान्त हुन्थ्यो कि। बेला न कुबेला मोबाइल बज्न थाल्यो उसको, उसले मोबाइल अफ गर्‍यो। उपाय सोच्यो कसरी सेतो कुर्ताको अनुहार हेर्ने भनेर। त्यतिकैमा ठुलो खित्का छुट्यो त्यो सेतो कुर्ताको टेबुलबाट, उ मात्रै होइन होटेलमा भएका सबैले उनिहरुतिर हेरे। उनिहरु फेरि खासखुस मात्र गर्न थाले। उसले राम्रो बहाना पायो, कोकको सिसी लिन आउने केटोलाइ सेतो कुर्ताहरुलाइ गएर त्यसरी हाँस्दा अरुहरुलाइ "डिस्टर्ब" हुन्छ भन्ने कुरा पठायो। त्यो केटो गएर उनिहरुलाइ केहि भन्यो। उसले सतर्क भएर प्रतिक्रिया कुरि रह्यो। उनिहरुले पनि केटोलाइ सोधे क्यारे, केटोले उ बसेको कुनामा त्यहीबाट चोर औँलाले देखायो।

"सरी" सेतो कुर्ता लाउने केटीले पछाडी फर्केर उसलाइ भनी। दुबैको नजर जुध्यो, समय केहि बेरलाइ रोकियो र फेरि पछि भाग्न थाल्यो। उसले केहि भन्नु वा सेतो कुर्ताले अरु केहि बोल्नु अगाडी उकुसमुकुस, भय र पग्लिएर नबगेको बिगतले उसको सबै उमङहरुमा प्रहार गर्यो। नसोचेको कुरा घट्यो त्यहाँ। हेर्दाहेर्दै सेतो कुर्ताको अनुहारमा संकोच र ग्लानिका रेखाहरु एक पछि अर्को गर्दै आउन थाले, सेतो कुर्ताले उसको आँखामा हेर्न सकिन। उ त्यहाँबाट हरियो कुर्तालाइ लिएर तुरुन्त निस्की हाली। उ जड भयो। आजै किन उस्लाइ यहाँ आउनु पर्‍यो? के काठमान्डु यति सानो छ जहाँ उसले आफुले कहिले हेर्न नचाहेको अनुहारलाइ देखि रहनु पर्छ? के जिन्दगीले फेरि उ सङ अर्को कुनै खेल खेल्न लागेको हो? यत्रो सहरमा उ नै किन भेटिनु पर्ने?

उसले आफ्नो मिल्ने साथी बिबेकलाइ त्यहीँ बाट फोन गर्‍यो।

"बिबेक, तँ मलाइ अहिले भेट्न सक्छस्?"

"अहिले त मि बिजि छु, किन?" बिबेकले सोध्यो।

"आज सारै नराम्रो दिन रैछ यार।" उसको स्वर सानो भयो।

"भुमिका नबाँधी भन त। मेरो यहाँ फुर्सद छैन। के भयो?"

"मैले साक्षीलाइ देखेँ।" सेतो कुर्ता बसेको रित्तो ठाँउलाइ हेर्दै भन्यो उसले।

"को? को रे?" बिबेकले फेरि सोध्यो।

"उहि, क्या त! साक्षी.... मेरो...... ।कस्तो कुरा नबुझ्या?" उसले कुरा बुझाउने प्रयाश गर्‍यो।

 "ए ! साक्षी! बल्ल बुझे। अर्का सङ पोइला गएकी स्वास्नीको नि के कुरा गरीराको होला यसले?" बिबेकले उसले कसैलाइ नदेखाएको पुरानो घाउमा नुन छर्कियो। तीब्र पीडाले उ छटपटियो र भित्तामा अडेश लाएर बस्यो।

क्रमश:...

 

Last edited: 21-Nov-08 06:20 PM

 
Posted on 11-21-08 1:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Crazy ji,

 sachhi ko prem ma pagal vako manchalai aba ke kabita sanga vetayer aba kabi nai banaune bichar ta haina hajurko??? Aba vane story ramailo nai hune cha thanks for ur valuable time and story. lala chito chito jawos arko part pani kabita sangai...


 
Posted on 11-21-08 1:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नक्कली बैनी! (बैनी त होला नि हैन त?)

कति माया लागेको हो उसको?

तपाइको प्रश्नको उत्तर बिस्तारै आउन सक्छ कथामा, तर आएन भने पनि नरिसाउनु होला है।

दिपु,

उ त आफ्नै ढोकामा होइन र भन्या? कि दिपुको ढोकामा पुग्यो?

ल मैले तिमिले भने जस्तै अर्कै खोजि दिएँ।

बिरु,

धन्न देवदासले जस्तो रक्सी चाहि खाको छैन है उसले अहिलेसम्म? नत्र त बर्बाद हुने।

कथा चौतारीको कहिले आँउछ त?

मिस सिस,

हो त त्यो केटाको मन र पस्चताप बढ्यो, अब घट्छ कि?

Stat,

होइन सबैलाइ उसको माया किन लागेको भन्या? ठिकै छ अब त साक्षीलाइ जन्म कैद हुँदैन होला नी। उ पागल भएको छैन नि।

तपाइँ हिल लाएर म भन्दा अग्लो कि हिल नलाएर? भन्न मिल्दैन भने म पनि सोद्धिन है।

जिमको लागि शुभकामना!

nepalibabu101 ज्यु,

कबि मात्र होइन(कबिहरु पागल् हुन्छ भन्छन् नि) महाकबि हुन्छ जस्तो छ उ त।

 


 
Posted on 11-21-08 1:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बल्ल राहत पायो बिचराले , तर कबिता ले पनि एउटा कबिता सुनाएर हिंड्ने हो कि ?
मलाई पनि बिहान उठ्न मन लाग्दैन बेलुका थकाई लाग्छ, बिबेक जस्तै "ब्लाइन्ड डेट मिलाइदिने साथी खोज्नु पर्ला जस्तो भयो

CL, म हिल मा हाइकिङ गरेको बेला अग्लो के


 
Posted on 11-21-08 1:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिबेक डेटिङ सर्भिस नि गर्छ, - हाम्रो लागि नि ब्यवस्था छ कि -
एसो मिलाईदिउँ न ल - 
 
Posted on 11-21-08 1:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई पनि बिहान उठ्न मन लाग्दैन बेलुका थकाई लाग्छ, बिबेक जस्तै "ब्लाइन्ड डेट मिलाइदिने साथी खोज्नु पर्ला जस्तो भयो

राति थकाइ सङै छाती पनि दुख्छ, तेसो हो भने त डाक्टर देखाउनु पर्छ "ब्लाइन्ड डेट" भन्दा पहिले?

फेरि लहरे आउला नि औसधी प्रेस्क्राइब गर्नलाइ, नक्कली डाक्टर भन्न नि मिल्दैन यहाँ त।

CL, म हिल मा हाइकिङ गरेको बेला अग्लो के

म भन्दा नि अग्लो रहेछ Stat त साँच्चिकै।

serial,
बिबेक डेटिङ सर्विसमा accidental insurance को सुबिधा छैन रे। त्यो बिना लहरे सङ डेटिङ जाने  को
होला?
Last edited: 21-Nov-08 01:50 PM

 
Posted on 11-21-08 1:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्रजी मुँया मेरो हात स्फ्ट छ रे क्या - त्यती साह्रो दुख्दैन रे - उसले भनेको
कोही नगए तिमी भएपनी जाने कि -
 
Posted on 11-21-08 1:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कथा राम्रो छ, पढ्दै छु है म पनि । जानकारी दिइदिया मात्तै ।
 
Posted on 11-21-08 1:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ahile operation 07 ko stylema crazy aauchhe ani lahare dum lukaera bhaagchha
 
Posted on 11-21-08 2:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानी बढी भएहो उस्लाई बोलाउ - कुरा लाइदिन्छौ पख न - अनी के के भन्छ तिमीलाई हेरिराखन
 
Posted on 11-21-08 2:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे,

त्यही भएर त पीर पर्‍या नि। तिम्रो हात सफ्ट रैछ आफ्नो त फलाम भन्दा सार्हो छ।

यो लहरेको हात नैं भाँच्नु त भएन नि!

CT,

धन्यबाद कथा पढेर, कमेन्ट लेख्नु भएकोमा।

Pretty,

"Hands up!" भनेर लहरेको सातो लिनु पर्ला जस्तो छ।


 
Posted on 11-21-08 2:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्रेजी यो भाग पनि तेत्तिकै रमाइलो छ्,तर पेट त भरियो मन भरिएन भन्या जस्ताइ पढ्न पाएर खुशी लाग्यो तर पुगेन।
बुढा को मन अन्तै छ यो कबिता ले मन बहलाउन सक्दिन बुढाको। सिधै साक्षी सँग कुरा नगरेर।
ठमेल्को क्याफे को झल्झल्ती आयो आँखामा। ल थप्दै गरौ अरु पनि। ह्याभ अ गूड् विकेन्ड।
 
Posted on 11-21-08 2:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

निशब्द छु। एकै छोटो २ भाग पढियो।

"ए दिल माँगे मोर । "


 
Posted on 11-21-08 2:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ न! बिस्टेले कसलाइ बुढा भनेको?

Thanks for your comment!


 
Posted on 11-21-08 2:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

rahuldai,

Thanks again!


 
Posted on 11-21-08 2:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कती निशब्द हुनु पर्ने ठुल्दाइ लाई - अमिताभ बच्चन को फ्लोप फिम को याद आयो - चालामाला ठीक लागेन ठुल्दाइ को नै निशब्द ले फेरी मन बिग्रेला
 
Posted on 11-24-08 3:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म त पल्पसा.........क्याफे हो कि भनेर झण्डै झुक्किएकिम नि, कबिता क्याफे परिचन् ।

----नक्कली बैनी! (बैनी त होला नि हैन त?)- ---
---त्यहि त है, पैले नै सोधखोज गरिएन अव म ४० भएनि दिदि  भनेर सोध्न भयो र भन्चु नि म

 

----कति माया लागेको हो उसको? ----

मायाले त संसार बिगारिच,किन गरदाम र नि माया... यसो सोधि टोपलेको नि

 

---तपाइको प्रश्नको उत्तर बिस्तारै आउन सक्छ कथामा, तर आएन भने पनि नरिसाउनु होला है।---
यति रमाइले संग पढ्न पाईराबेलामा के रिसाउनु र,पटक्कै  रिसाउन्न नि भन्न पो भएन त हि हि हि ...


 
Posted on 11-29-08 9:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Oops! I had almost forgotten what I was writing.

Sorry Frens! I will write as soon as the time permits.

Nakkali lai ta maile bhai bhanthanya the.

tara kehi chaina bahini bhaye pani bhai bhaye pani maya ta uhi ho ni haina ta? jwai saaplai pani sodhya cha bhandinu hai !


 
Posted on 11-29-08 10:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'lau aayo aaja ko taaja (episode of Crazy's) katha' bhandai bhitra chhireko, ke hunthyo. tehi ta ho ni - hatti aayo? hatti aayo?? fussaa!!!
 
Posted on 11-29-08 10:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ctal Jyu!

I will try my best to write another episode tomorrow.

Sorry for today!


 
Posted on 11-30-08 2:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाग-७

"उसको नाम................" बिबेकले युबतीको नाम भन्न लागेको थ्यो।

"कबिता" युबती आफैले हाँस्दै भनी।

नेपाली शब्दकोषमा खडेरी पर्न थालेछ, मान्छेको नाम पनि कबिता। मनमनै सोच्न थाल्यो उ। सुनिता, बिनिता, लता नभएर किन कबिता राख्नु पर्या होला नाम पनि। त्यसो भए कसैले लेखेको कबितालाइ चाहि के भन्ने नि? "अनिता"? आफ्नै बिचारमा जेलिन थाल्यो उ त्यहाँ।

बिबेकले कबिता बस्ने मेच पछाडी तानेर कबितालाइ बस्न सजिलो बनाइद्यो र एकचोटि उसलाइ घुरेर हेर्‍यो। उसले बिबेकको घुराइ बुझेन।

"तर मलाइ कबिता लेख्न आँउदैन।" कबिता आफैले उसको सोचाइमा अर्धबिराम लगाइदी।

"म पनि बुझ्दिन कबिता।" उसले कबितालाइ सजिलो बनाइदियो।

"कबिता लेख्न, बुझ्न र त्यसको गहिराइमा डुब्न अलिकति पागलपन चाहिन्छ रे।" बिबेक अझै उठिरहेको थ्यो।

"अलिकति होइन होला, पुरै पागल हुनु पर्छ होला।" कबिताले आफ्नो बिचार राखी।

"कसरी?" उसले कबितालाइ सोध्यो।

"किन भने म आधा पागल नैं छु नि, खोइ त अझै पनि मलाइ कबिता लेख्न आँउदैन।" कबिताको कुरा सुनेर सबैजना हाँसे एकछिनलाइ।

"त्यसो भये आज अर्ध पागलहरुको भेला हुने दिन रहेछ।" बिबेकले उसलाइ छड्के हेर्दै भन्यो।

"चिया, कफी के लिने?" बिबेकले दुबैलाइ सोध्यो। उसले कफी मगायो, कबिताले पनि "त्यही" भन्दै टाउको हल्लाइ। उ के कुरा गर्ने भनेर सोच्न थाल्यो। बिबेक गएपछि कबिता उसलाइ हेर्दै बाहिर हेर्दैथी।

" तिमी के गर्छौ?" उसले कबिताको काँधसम्म खसेका एकआपसमा अल्झेका कपाल हेर्दै भन्यो।

"मतलब?" कबिताले राम्ररी बुझिन क्यारे।

"काम गर्छौ कि पढ्दैछौ भनेर सोधेको। भन्न मिल्दैन भने भै हाल्यो।" उसलाइ अलिकति अप्ठ्यारो प्रश्न सोधेको हो कि जस्तो लाग्यो।

"म गफ गर्छु।" कबिता हाँसी।

"त्यो त सबैले गर्छन्।" उसले पनि तुरुन्तै जवाफ दियो।

"म गफ गर्ने काम गर्छु। भनेको मतलब "परामर्शदाता"(counsellor)।" कबिताले छर्लङ पारी।

"कसलाइ दिने परामर्श? के बिषयमा?" उसलाइ कबिताको काम अनौठो लाग्यो।

"जो परामर्श लिन आँउछन्, प्राय बैबाहिक सम्बन्धको बारेमा हुन्छ। हुन त म युबाहरुलाइ पनि जीबन उपयोगी सीपहरुबारे परामर्श दिन्छु। तर धेरै जसो बैबाहिक समस्या लिएर लोग्ने स्वास्नीहरु आउने क्रम बढेको छ आजकल।" आफ्नो पेशाबारे कुरा गर्दा कबिताको आँखामा सन्तुस्टी झल्किएको देखिन्थ्यो।

उ एकछिन चुप लाग्यो। कतै बिबेकले जानी जानी कबितासङ भेट गराइदेको त होइन? के कबितालाइ उसको र साक्षीको सम्बन्धको बारेमा पनि थाहा छ?

"बिबेकले तिमीलाइ मेरो बारेमा केहि भनेको त छैन?" उसले शंका लुकाउन सकेन।

"बिबेकलाइ मेरो कामको बारे केहि थाहा छैन। हामी एउटा साथीको पार्टीमा भेटेकाथ्यौं। त्यतिकै कुरै कुरामा म काठमान्डुमा एक्लो भएको छु भन्दा उसले तिमीसङ भेट भनेर मात्र सुझाब दिएको हो। खासै मेरो बारेमा पनि उसलाइ केहि थाहा छैन र तिम्रो बारेमा पनि मैले केहि सोधिन। कुनै दोस्रो ब्यक्तिसङ सोध्नु भन्दा हामी एक अर्कासङ कुरा गर्दै जाँदा सबै कुरा थाहा भैहाल्छ नि। तिमीलाइ केहि सोध्नु छ भने सोध मेरो ब्यक्तिगत जीबनबारे।" कबिताको कुरा सुने पछि उ ढुक्क भयो।

"जटिल सम्बन्ध लिएर आउने मान्छेहरुलाइ तिमी कसरी मद्दत गर्छौ त?" उसलाइ कबिताको काम नै मन पर्‍यो, अरुलाइ सहयोग गर्ने त्यो पनि सम्बन्ध जस्तो गम्भिर मामिलामा।

"समस्या र समाधान उनिहरुसङै हुन्छ। मैले त उपायहरु पहिल्याउन मद्दत गर्ने हो, बाटोहरु कोर्न सघाउने मात्र हो। निर्णय उनिहरुकै हुन्छ।

"के उनिहरुको सम्बन्ध सुध्रिन्छ त तिम्रो परामर्शपछि?" उ झन उहि बिषयमा जोड दिन थाल्यो।

"सुध्रिने र बिग्रिने भन्दा पनि उनिहरु स्पष्ट हुन्छन् सम्बन्धबारे। कुनै सकिन्छन्, कुनै फेरि बन्छन्, कुनै नबनि निसास्सिरहन्छन्। त्यसमा मेरो परामर्श भन्दा पनि उनिहरुको उत्प्रेरणाको भुमिका रहन्छ। बाताबरण र सम्बन्धको बनावटमा पनि भर पर्छ। यही हुनु पर्छ भन्ने हुँदैन।"

"लोग्नेमान्छे र स्वास्नीमान्छे दुबैको दाँजोमा को भट्किन्छन् धेरै जस्तो सम्बन्धमा?" उसको प्रश्नले कबिता एकछिन टोलाइ।

"म लोग्नेमान्छे वा स्वानीमान्छे भन्दा पनि मान्छे भन्न रुचाँउछु। कुनै मान्छेलाइ खराब वा असल भनेर मेरो पेशाले छुट्याउन दिदैंन। मान्छेहरु मन र मस्तिष्क को सहकार्यमा जिन्दगीलाइ परिभाषित गर्छन्। त्यस्मा कहिले मनले आधिपत्य गर्छ कहिले बिचार। परिस्थिति, आबश्यकता, भावना, असन्तुस्टी र अभाब जस्ता अन्य कारणहरुले गर्दा कोहि पनि कुनै बेला चिप्लिने संभाबना हुँदैन भन्न सकिदैन। तर ती सबै कुराहरुलाइ अबलोकन गर्ने क्षमता कमैमा हुन सक्छ। कोहि चिप्लेर सम्हालिन्छन् भने कोहि उठ्दै लड्दै गर्छन्। यी सबै कुरा समाजले तोकिएको नियमभित्र स्वीकार्य हुँदैन। त्यसैले सम्बन्ध झन जटिल हुँदै जान्छ।" कबिताको कुराहरु झन् रमाइला लाग्न थाले उसलाइ। उसले साक्षीलाइ "मान्छे" मात्र सम्झ्यो एकछिनलाइ, खराब वा असल भन्दा पनि सामान्य मान्छे।

बिबेकले कफी पठायो। कबिता कफी पिउन थाली। उसले सोचे जस्तो कबिताले उसको बारेमा केहि सोधिन। शायद कबिता उसलाइ मन पराउदिन। हुन सक्छ उसको प्रश्नहरु केलाँउदै उसको अनुहारको भाब पढिरहेकी छे। कबितालाइ केहि नभने पनि सबै कुरा बुझ्छे, उ मान्छेको मन र मस्तिष्कको जालोलाइ हरेक दिन नजिकैबाट नियाल्छे। शायद उ कसैले मुख खोल्नु अघि नैं  अभिप्राय बुझ्छे होला।

सन्दर्भलाइ मोड्न उसले फेरि कुरा शुरु गर्‍यो।

"तिमी मलाइ केहि सोध्न चाहदैनौं?"

"आज त मेरो मात्र अन्तर्बार्ता होला भनेर।" कबिताको ठट्टा गर्ने बानी पनि मन पर्‍यो उसलाइ।

"तैपनि होला नि तिम्रो पनि प्रश्न हरु।" उ कफी पिउँदा गार्हो भए जस्तै गरी बोल्यो।

"अर्को चोटि सोधुँला नि, हुँदैन?" कबिताले जिस्किदैं "अर्को चोटि" लाइ अलि ठुलो स्वरमा भनी। उ हाँस्यो र  बिश्वस्त भयो, कबितालाइ दिक्क पारेको  रहेनछ भनेर। कुरै कुरामा कबिताको घर, परिबारको कुराहरु निस्क्यो। घरले खोजेको केटाहरुले कबितालाइ मन पराउदैनन् र उसले मन पराएको केटाहरुले उसलाइ मन पराँउदैनन् रे। उसको बुबा आमा र दुइ भाइहरु भैरहवामा रहेछन्। उ केबल साथी मात्र चाहन्छे अहिलेलाइ। काठ्मान्डुको ब्यस्ततामा कहिले काहिँ कुरा मिल्ने साथी मात्र। केहि बेर उसले आफु के गर्छ? कहाँ बस्छ? भन्ने कुरा बतायो। तर उसको बिगत र साक्षीको कुरा बताउन उपयुक्त ठानेन। पहिलो भेटमा नैं सबै भन्न जरुरी ठानेन उसले। केहि छिन पछि बिबेक पनि आयो उनिहरुसङ कुरा गर्न। कबिता साँझ पर्न लागे पछि उसको घरमा एउटा जरुरी फोन गर्नुछ भनेर त्यहाँबाट हिँडी।

बिबेकले उसको आँखामा नियालेर हेर्‍यो, अलिकति खुशी जस्तो देख्यो। उसले कबिता भन्दा कबिताको कुराहरु मन पर्‍यो भनेर टार्‍यो। दुबैजना साँझको रमाइलो हेर्दै थे क्याफेबाट। एक हुल भर्खरका युबतीहरुको हल्लाले तल बाटोमा हिंडीरहेका बटुवाहरु पनि ठिङ उभिएर हेर्न थाले। बिबेक र उ त्यही बाटोतिर हेर्न थाले। एउटा सानो युबतीहरुको हुल ले एक जना युबकलाइ घेरिरहेको थ्यो। त्यो युबक हाँस्दै केहि लेख्दै युबतिहरुसङ कुरा गरिरहेको थ्यो। बिस्तारै युबतीहरु छाँटिन थाले, युबकको अनुहार प्रस्ट देखिन थाल्यो। बिबेकले ध्यानपुर्बक त्यो युबकलाइ हेर्‍यो र उसलाइ। उ अझै छक्क परेर बिबेकलाइ प्रश्नबाचक द्रिस्टीले हेरिरहेको थ्यो।

"गाइने देखिस् तल बाटोमा ?  केटिहरु पनि कहिल्यै देख्न नपाको जस्तै गरेर त्यै सङ अटोग्राफ माग्नु पर्ने।" बिबेकले फेरि तलतिर हेर्‍यो। बिबेक सङै उसको नजर गाइने भएतिर दगुर्‍यो। गाइने एक्लै थिएन, शायद गाइनेको हात समातेर हिंड्ने साक्षी हुनु पर्छ। अलि पर पुगेर गाइने र उसङै हिंडेकी केटी फरक्क फर्के र त्यही बाटोतिरबाट आँउदै गरेका फ्यानहरुलाइ कुरे। गाइने सङकी केटी साक्षी थिन, उ अरु कोहि थी। बिबेक र उ एक अर्कालाइ हेर्न थाले।

"अरुलाइ रुवाउनेहरु धेरै दिन हाँस्न सक्दैनन्।" बिबेकले उसलाइ हेर्‍दै भन्यो।

उ पर पर आकाशमा भर्खरै देखिएका केहि ताराहरुलाइ हेर्दै थ्यो।

क्रमश:

Last edited: 30-Nov-08 07:38 PM

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
NRN card pros and cons?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
TPS Re-registration
अमेरिकामा छोरा हराएको सूचना
ओच्छ्यान मुत्ने समस्या ( confession )
Returning to Nepal with us citizenship. Property ownership
Do nepalese really need TPS?
TPS Re-registration case still pending ..
Drawback for applying NRN card
Breathe in. Breathe out.
nrn citizenship
Democrats are so sure Trump will win
My facebook archive (for sale)
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters