crazy_love
Replies to this thread:

More by crazy_love
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 शीर्षक जे पनि हुन सक्छ।

[Please view other pages to see the rest of the postings. Total posts: 250]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 NEXT PAGE
[VIEWED 156628 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 13 pages, View Last 20 replies.
Posted on 11-11-08 11:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     4       ?     Liked by
 

 

भाग-१

( यो कथा पुरै कल्पनामा आधारित भएकोले कसैको जीवन सङ मिल्न गएमा संयोग मात्र हुनेछ। )

असनबाट सुरज आर्केड निस्किने गल्ली हुँदै उसले बाइकलाइ बल्लबल्ल त्यो भिंडबाट घिसार्दै मुख्य सडक भन्दा अलि वर आइपुग्यो। आकाशमा कालो बादल भए पनि पानी पर्ने संकेत थिएन, गर्मीले उ लखतरान भैसकेको थ्यो। धुवाँ, धुलो र दिनभरीको ब्यस्तताले उ एकैछिन भये पनि चिसो पिउन भनेर मुख्य सडकलाइ जोड्ने बाँयातिरको एउटा होटेल भित्र छिर्यो। मिठाइ सङै अन्य परिकार भएको त्यो पसल उसले पहिला त्यो बाटो हिडे पनि कहिले याद गरेको थिएन। भित्र पस्नासाथै उसले शीतल महसुस गर्यो। हेर्दाखेरि होटेल सफा देखिन्थ्यो, खुला र उज्यालो पनि थ्यो। उ सरासर कुनापट्टिको मेचमा गएर बस्यो। उ एकछिनको लागि भएपनि एकान्त चाहन्थ्यो, ब्यापार, नाफा, घाटा, मिटिङ र शेयर बजार झेल्दा झेल्दै उस्को जीबन एउटा तनाबको गोला भैसकेको थ्यो। बस्नासाथै उसले चिसो कोक अर्डर गर्‍यो र सङैको टेबुलमा कसैले छोडेको "कान्तिपुर" हेर्न थाल्यो, समाचार भन्दा पनि "हेडलाइन" हरु पढ्न थाल्यो।

उसलाइ कसो कसो त्यहाको बाताबरण एकदम आरामदायी लाग्न थाल्यो, एउटा मिठो सुवास जुन उस्ले पहिले पनि महसुस गरेको छ, त्यही बासना फैलिए जस्तो लाग्यो वरिपरि। मानौं उ त्यहाँको प्रत्यक सुक्ष्मतासङ राम्ररी परिचित छ। कतैबाट मसिनो गुनगुनको आवाजले उसले टाउको उठाएर हेर्‍यो, उसको ठ्याक्कै २ टेबुलभन्दा पर दुइ युबती उ पट्टि ढाड फर्काएर बसेका थे। बेला बेलामा मसिनो हाँसो सुनिन्थ्यो। उनिहरु शायद कुनै पत्रिका हेर्दै कुरा गरि रहेका थे। पछाडीबाट हेर्दा उसले उनिहरुको उमेर अड्कल गर्न सकेन तर उ दाँया पट्टी बसेकी केटिको सेतो कुर्ता हेरिरह्यो। त्यो सेरो कुर्ता उस्ले कतै देखेको जस्तो लाग्यो, कुर्ता मात्र होइन उस्को गलाभन्दा केहि तल झरेका केशराशी पनि आत्मिय लाग्यो। होइन होइन, कुर्ता बाहिर को उसको शारिरक बनोट यस्तो लाग्यो, उस्ले त्यो शरीरलाइ चिनेको छ। गोरो ढाडमुनिको पातलो कम्मर र त्यसमुनिको घुमाउरो फुकेको गोलाइ उसले देखेको मात्र होइन अनुभुत गरेको छ। उसले "कान्तिपुर"मा ध्यान दिन सकेन, उसलाइ सेतो कुर्ता बाहिर देखिने आकर्षक शरिरले  तानिरह्यो, उसलाइ त्यो शरीर प्यारो लाग्न थाल्यो, माया गरि रहुँ जस्तो। त्यस्तो अदभुत कुरा के छ र त्यो सेतो कुर्ता लाउने सङ? उसले आफैलाइ प्रश्न गर्यो र सेतो कुर्तासङै बसेकि हरियो कुर्तालाइ हेर्यो। पछाडी बाट त हरियो कुर्ता पनि उस्तै सुन्दर देखिन्थी, अझै राम्रो शरीर, लामो ढाड, चिटिक्क छिनिएको कम्मर र मन लोभ्याउने "सिल्की" लामो कपाल। तर हरियो कुर्ताले उसलाइ आकर्षण गरे पनि मनमा आफ्नै जस्तो भाव जन्माउन सकेन।

अब उसले एक्दम चनाखो भएर उनिहरुको स्वर सुन्ने प्रयाश गर्‍यो। दुबै स्वरहरु उस्तै उस्तै सुनिन्थे पछाडिबाट। हरियो र सेतो कुन चाहिको स्वर मधुर भन्नै गार्हो पर्‍यो। अगाडी गएर प्रतक्ष्य हेर्न पनि अलि अप्ठ्यारो हुने। पछाडीबाट झन धेरै कौतुहुलता जाग्ने। उस्लाइ सेतो कुर्ता लाउने को अनुहार हेर्न मन लाग्यो। शायद उसले देखेको हुनु पर्छ त्यो अनुहारलाइ। उसलाइ लाग्यो, सेतो कुर्ता लाउनेको शरीरको प्रत्येक अङसङ उ नजिकिएको हुनु पर्छ, प्रेम गरेको हुनु पर्छ। त्यो स्पर्श कल्पिएर उ एक्छिन आनन्दित भयो। एकैचोटि पछाडी फर्के पनि हुने नि सेतो कुर्ता, उसको मनमा उठिरहेको आँधी त केहि शान्त हुन्थ्यो कि। बेला न कुबेला मोबाइल बज्न थाल्यो उसको, उसले मोबाइल अफ गर्‍यो। उपाय सोच्यो कसरी सेतो कुर्ताको अनुहार हेर्ने भनेर। त्यतिकैमा ठुलो खित्का छुट्यो त्यो सेतो कुर्ताको टेबुलबाट, उ मात्रै होइन होटेलमा भएका सबैले उनिहरुतिर हेरे। उनिहरु फेरि खासखुस मात्र गर्न थाले। उसले राम्रो बहाना पायो, कोकको सिसी लिन आउने केटोलाइ सेतो कुर्ताहरुलाइ गएर त्यसरी हाँस्दा अरुहरुलाइ "डिस्टर्ब" हुन्छ भन्ने कुरा पठायो। त्यो केटो गएर उनिहरुलाइ केहि भन्यो। उसले सतर्क भएर प्रतिक्रिया कुरि रह्यो। उनिहरुले पनि केटोलाइ सोधे क्यारे, केटोले उ बसेको कुनामा त्यहीबाट चोर औँलाले देखायो।

"सरी" सेतो कुर्ता लाउने केटीले पछाडी फर्केर उसलाइ भनी। दुबैको नजर जुध्यो, समय केहि बेरलाइ रोकियो र फेरि पछि भाग्न थाल्यो। उसले केहि भन्नु वा सेतो कुर्ताले अरु केहि बोल्नु अगाडी उकुसमुकुस, भय र पग्लिएर नबगेको बिगतले उसको सबै उमङहरुमा प्रहार गर्यो। नसोचेको कुरा घट्यो त्यहाँ। हेर्दाहेर्दै सेतो कुर्ताको अनुहारमा संकोच र ग्लानिका रेखाहरु एक पछि अर्को गर्दै आउन थाले, सेतो कुर्ताले उसको आँखामा हेर्न सकिन। उ त्यहाँबाट हरियो कुर्तालाइ लिएर तुरुन्त निस्की हाली। उ जड भयो। आजै किन उस्लाइ यहाँ आउनु पर्‍यो? के काठमान्डु यति सानो छ जहाँ उसले आफुले कहिले हेर्न नचाहेको अनुहारलाइ देखि रहनु पर्छ? के जिन्दगीले फेरि उ सङ अर्को कुनै खेल खेल्न लागेको हो? यत्रो सहरमा उ नै किन भेटिनु पर्ने?

उसले आफ्नो मिल्ने साथी बिबेकलाइ त्यहीँ बाट फोन गर्‍यो।

"बिबेक, तँ मलाइ अहिले भेट्न सक्छस्?"

"अहिले त मि बिजि छु, किन?" बिबेकले सोध्यो।

"आज सारै नराम्रो दिन रैछ यार।" उसको स्वर सानो भयो।

"भुमिका नबाँधी भन त। मेरो यहाँ फुर्सद छैन। के भयो?"

"मैले साक्षीलाइ देखेँ।" सेतो कुर्ता बसेको रित्तो ठाँउलाइ हेर्दै भन्यो उसले।

"को? को रे?" बिबेकले फेरि सोध्यो।

"उहि, क्या त! साक्षी.... मेरो...... ।कस्तो कुरा नबुझ्या?" उसले कुरा बुझाउने प्रयाश गर्‍यो।

 "ए ! साक्षी! बल्ल बुझे। अर्का सङ पोइला गएकी स्वास्नीको नि के कुरा गरीराको होला यसले?" बिबेकले उसले कसैलाइ नदेखाएको पुरानो घाउमा नुन छर्कियो। तीब्र पीडाले उ छटपटियो र भित्तामा अडेश लाएर बस्यो।

क्रमश:...

 

Last edited: 21-Nov-08 06:20 PM

 
Posted on 11-12-08 1:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई त अहिले सम्म यो कथा एकदम राम्रो लाग्यो है
इन्टेरेस्टिङ् त भयन्कर को पो छ त, छिटो छिटो हात चलाऊन हो,
किन छोडेर गएछ भन्ने सस्पेन्स छिट्टै खोलौ त ल ल

 


 
Posted on 11-12-08 1:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Interesting hunchha crazy ko kathaharu ekdam. sacchai chhito lekhana sathi.
 
Posted on 11-12-08 1:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्रेजी को अर्को धमाका। इन्ट्रेस्टिङ छ कथा। अनी कथा को शीर्षक चै " क्रेजी लभ " नै राख्न्नु पर्ला कसो?

 
Posted on 11-12-08 1:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दोस्रो भाग नि पढियो । म साक्षी संग मात्र होइन, "उ " र गाइने दुबइ सित भेट्न चाहन्छु क्रेजी ,

 "उ" को छातीको पीडा, साक्षी को साहसिक- दुसाहसिक  पाइलाको गन्तब्य र मन्तब्य दुबैको साक्षी बन्न चाहन्न्छु। 

उत्क्रिष्ठ लेखाइ।


 
Posted on 11-12-08 11:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अँ..... नक्कलि त भो यो त JPT हुन्च।
 
बरू "क्रेजि लभ" राख्न पर्ला, rawbee को पक्छे मा म त।


बिचरा गाईने रे के, म त साँच्चिकै गाईने होला भन्ठान्या पढ्दै जाँदा त पप गायक पो रेछ गाठें


 
Posted on 11-13-08 2:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


अर्को भाग पनि समय मै  अाइ पुगेछ

निकै रोचक छ तपाईं को प्रस्तुती....

"पुनर्मिलन"  राखिदिएं मैले त ....keep up grt writing


 
Posted on 11-13-08 8:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो अर्काले लगाएको कुर्ता पनि के पुरस्कार भनेको होला? ती थोत्रा मान्छे पनि चाहिदैन बरु त्यो हिरोले चडेको मोटर साइकल भये हुन्थियो

 
Posted on 11-13-08 9:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्रेज, के छ मैचा?

पढिसिध्यो दुबै भाग तिम्रो कथा को। सधैं झै उत्साहित हुँदै पढेँ नि साथी। एकदम राम्रो सँग गईराछ। 
ल अब बिश्राम नलिकन खुरुखुरु बढाउ है मैचा कथालाई अगाडि। पाठकहरुलाई कुराउनु हुन्न क्या कथाको पहिलो नियम 


 
Posted on 11-13-08 9:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धेरै दिनपछि साझा हेरेँ शुरुमा हेरेकै कथा क्रेजिको।।।।।।।फ्यान हुने भइयो तिम्रो भन्या!
Spearhead jee "मेरि हुन नसकेकि स्रिमति" मेरो साझाको पहिलो कथा थियो ,अर्काको शिर्षक दिन पाईदैन है !

 
Posted on 11-13-08 9:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल हेर यता कोइकोइले आएर घगडान कथा लेखेर २ भाग पुर्याएर पाठकको मनमा कौतुहलता थप्न भ्याइसकेछन, आफूलेचाहिँ भुँडि भर्ने चाँजोपाँजोमा लाएर दिन बिताइएछ।

गजब छ! लेखाई तिखारिएर घोच्ने भैसकेछ। छिटो छिटो कलम चलाऊ!


 
Posted on 11-13-08 11:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

लौ क्रेजी म पनि तिम्रो पाठकहरुको सूचिमा सामेल भए है, कथा राम्रो छ मित्र, अगाडी बढाउदै जाउँ है त। 

 


 
Posted on 11-13-08 11:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Crazy Love, समय कति बलवान छ है, त्‍यो समय अनि यो समय त्‍यो पाल अनि यो पाल बास्‍तबमा भन्‍ने हो भन्‍ने हो भ‍ने म यस कथाको सिर्रसक समय राखने निचोडमा पुगे
 
Posted on 11-13-08 12:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कस्तो दर्दनाक स्थिती रहेछ बिचरा उसको । कबिता, गीत लेख्ने पागल हुन्छन भन्थे हो कि क्याहो? धेरै राम्री केटी बिहे गरेसी दु:ख नपाएर के पाउनु तगाइने को त के दोश र जालमा माछी फसाउनु थियो सिद्धिहाल्यो । 

बरु केटीहरुलाई  ठिटा भन्दा बुढाले बढी माया गर्छन् भन्ने कुरा नपरिकन थाहा पाउदैनन के


 
Posted on 11-13-08 2:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल साईली ले कथा लेखिछिन् । पढियो ।

बिषयबस्तु राम्रो छ । कुरा राम्रो संग राखेकि छौ । हामी सुन्दै छम् । धेरै पछि पस्कियौ तर मी ठो लाग्यो !!

-somewhereondearth!

 
Posted on 11-13-08 5:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

from the hints like "gungunaunu", "laughing out loud," etc, it seems that Sakshi is not worried about her current relationshio with Gaine, she might be happy with her decision of eloping with Gaine (is he tradional gaine or just a singer?). so reunion may not be possible even if her ex tries to meet her and convince her for that. so from the story so far read, the title can be "an encounter with a betrayer."  but in the case the story ends up with the reunion of Sakshi and her ex, it can be "reunion with a betrayer."

Crazy ko prastuti beautiful and effective chha ani katha interesting chha, real nai ho jasto ni. maile pani yestai batrayal ko ghatana ghateko ek manchhe chineko chhu. Sakshi in this story is definitely the betrayer in the relationship because she opted for eloping wiht the Gaine instead of talking to her husband frankly and clearly about the problems/issues about her husband and about her likes/dislikes, etc. 


 
Posted on 11-13-08 6:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'चौटा खान गाकी बुडी झोलमा डुबेर मरी ' भन्ने सिर्सक राखे कसो होला?
 
Posted on 11-13-08 9:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले फेरि पढें । अझ राम्रो लाग्यो । power writing!

 
Posted on 11-13-08 11:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सिर्शक त साच्चिक्कै जे नि हुन सक्ने रैछ , लु अर्को भागनी चाडै लेखी हालौ है ।
 
Posted on 11-14-08 12:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

भाग-३

"प्लिज ! बिबेक तँ मेरो साथी होस् भने मेरो ठाँउमा आफैलाइ राखेर हेर। गाइनेलाइ बिचमा ल्याउनै पर्दैन। यो मामलामा त्यसको कुनै भुमिका छैन।" भन्दै उसले बिबेकको हातको फोन खोसेर नजिकैको टेबलमा राखिदियो।

"हेर! तँ मेरो साथी होस्, यदि अरु कोही नचिनेको मान्छे हुँदो हो त म उहिले "नमस्ते" गरेर हिंड्थे। तर आज साक्षी गएको २ महिना हुँदा पनि तँ किन यस्ता नचाहिने कुरा गर्छस्? उ तँलाइ माया गर्दिन, उ गाइनेलाइ माया गर्छे। शायद २ महिनामा उसले तँलाइ २ चोटि पनि सम्झिन होला, जबकी तँ उसलाइ हरेक दिन सम्झिन्छस्, हरेक पल। जिन्दगी एकजनाको मायाले बित्दैन, यो मुटु धेरै ठुलो छ। तँ अझै माया गर्न सक्छस् अरु कोहिलाइ, साक्षी तेरो जिबनको अन्त्य होइन।" बिबेक अहिले केही साम्य हुन थाल्यो।

"त्यो अरु कोहिले पनि मलाइ मझधारमा छोडेर साक्षी जस्तै गइ भने?" उसले अब कसैलाइ पनि सजिलै बिस्वास गर्न सक्दैन।

"हरेक मान्छे फरक हुन्छ। हरेक केटि साक्षी जस्तो हुँदैन, हरेक सम्बन्धमा धोखा हुन्छ भन्ने छैन। तर घटना घट्दैमा जिन्दगी रोकिदैंन। एउटा स्वास्नीले छोडी त के भो? तँ अर्को बिहे गर्न सक्छस् अनि जिन्दगीलाइ गति दिन सक्छस्। यदि बिहे गरि हाल्न जरुरी छैन भने, कोहि साथी त बनाउन सक्छस्, जसले साक्षीको भुतलाइ तेरो दिमागबाट बिस्तारै हटाउन मद्दत हुन्छ।" बिबेकले उसलाइ सम्झाउन थाल्यो।

"मैले त्यो पनि कोशिस नगरेको हैन। शायद अहिले ठिक समय होइन" उसले बिबेकलाइ सबै भन्न आबश्यक ठानेन।

"ठिकै छ नि। अहिले नभए भोली, भोली नभए पर्सी। आखिर यति लामो जिन्दगी एक्लै त बित्दै बित्दैन, तैंले कसैसङ जिन्दगी बिताउनै पर्छ।" बिबेकले त्यसपछि कुरालाइ मोड्न थाल्यो।

उनिहरु केहि बेर राजनितिको कुरा गरे, त्यसपछि शेयर मार्केटको, अनि बिबेकले शुरु गर्न लागेको नयाँ प्रोजेक्टको। उ बिस्तारै बिबेकले निकालेको सन्दर्भमा सहभागी हुन थाल्यो। ठुल्दिले खाना खान बोलाउनु भयो र त्यसपछि बिबेक उ सङ बिदा भएर गयो।

रातको ११ बज्दा पनि उसलाइ निद्रा लागेन, भोली बिहानै एउटा बिजनेस पार्ट्नर सङ भेट्नु थियो। एकछिन टि वि हेर्दै निदाउने प्रयासमा उसले फेरि रिमोट कन्ट्रोल बटार्न थाल्यो। समाचार हेर्‍यो, स्पोर्ट्स् हेर्‍यो, च्यानल चेन्ज गर्दैं जाँदा एउटा गीतमा उसको आँखा अड्क्यो, रचना साक्षीको थ्यो। उसले गीतको बोललाइ ध्यान दिएन, गायकलाइ नियालेर हेर्‍यो र नाम पढ्यो बिशेस "आकाश"। उ झसङ भयो, त्यो गाइनेको नाम पनि त्यस्तै बि बाट आँउछ भनेर उसले कसैबाट सुनेको थ्यो। उसले त्यसको नाममा त्यस्तो बिधि चाख देखाएको थिएन। नाम जे भये पनि त्यो गाइने उसको लागि धुलो बराबर थ्यो। गाइनेको अनुहार भन्दा पनि शरीर चाहिं कसरत गरेको जस्तो सुगठित लाग्यो उस्लाइ। पाखुराहरु बलियो, चौडा जिम् गरेको जस्तो फुकेको छाती, हाइट पनि गीतको मोडेल केटी भन्दा धेरै अग्लो थ्यो। जिउ मात्र हेर्दा चाहिं ५ जनालाइ आरामले बजाउन सक्ने जस्तो। त्यसको बिपरित अनुहार चाहि चकलेटी थ्यो। उसको अगाडी त बच्चा जस्तो। बच्चा भनेर के गर्नु? साक्षीले गाइनेलाइ नैं चुनी त आफ्नो जिबनसाथी उसलाइ दोबाटोमा छोडेर।

के साक्षीलाइ उसको रुप मन पर्दैन थ्यो? उ जुरुक्क उठेर बाथरुमको ठुलो ऐना अघि उभिएर आफैलाइ नियाल्न थाल्यो। उ पनि अग्लो छ, गाइने जति नभये पनि होचो भन्न मिल्दैन। अनुहार पनि नराम्रो होइन, स्कुल र कलेजका दिनहरुमा केटिहरु पछि नलागेका होइनन्। ९ कक्षामैं "लब लेटर" पठाएकि थी एउटीले। बरु जिम नगरेको चाहि थुप्रै भयो उसले, आफ्नो पुटुक्क निस्केको भुँडीलाइ हेर्दै मनमनै सोच्यो उसले। आजकाल फुर्सदै हुँदैन जिम जाने। राती अबेरसम्म कम्प्युटरमा बस्यो, बिहानै झिसमिसेमा उठ्यो, उसको आफ्नै छापाखानामा हेर्न गयो, त्यसपछि फाइन्यान्स कम्पनीमा गएर सबै कुरा हेर्नै पर्‍यो, एक बर्स अघि शुरु गरेको "रिसोर्ट" पनि घाटामा गइरहेको थ्यो, त्यहाँ पनि दिनको एकपल्ट भ्याउनै पर्‍यो। अरु सानातिना पार्टनरशिपमा चलाएका उध्योगहरु पनि बेला बेलामा हेर्नै पर्‍यो।  यस्तो चालाले भयेन, आफ्नो शरीर पनि त फिट राख्नु पर्‍यो नि। जे गरेर भये पनि दिनको हप्ताको ३ घन्टा जिम जानै पर्ने ठान्यो उसले।

कोठामा आएर तुरुन्टै फोन गर्‍यो उसले।

"यतिखेर किन फेरि?" बिबेकले निद्राको सुरमा उठायो।

"तँ जाने जिम सेन्टरको नाम के रे?"

"हार्दिक फिटनेस सेन्टर। किन चाहियो?" बिबेकले सोध्यो।

"म पनि जानु पर्‍यो भनेर। भोली जान्छस्?"

"भोली होइन, पर्सी जान्छु। बिहान ६ बजे तंलाइ लिन आँउला।"

त्यसपछि उ ढुक्क भएर सुत्यो।

भोलीपल्ट बिहानै उठेर सधैं जस्तो पुतलीसडकको छापाखाना गयो, एकछिन स्टाफहरुलाइ कामको बारेमा ब्रिफिङ् गरेर त्यहाँबाट निस्क्यो। बागबजार आइपुग्दा पद्मकन्या क्याम्पसका धोती लगाएका केटीहरु देख्यो र सम्झ्यो साक्षीलाइ। साक्षी पनि बिहानको सेसनमा संगीत पढ्छे। शायद साक्षीको पनि छुट्ने बेला भयो होला अहिले। त्यही आशामा उसले बाइकलाइ एउटा कुनामा पार्क गर्‍यो र नजिकैको होटेलमा गएर चिया मगायो। उसको आँखा पद्मकन्या क्याम्पसको ढोकाबाट निस्किने प्रत्येक अनुहारमा साक्षी खोजी रहन्थ्यो। उसले ३ कप चिया सकायो, मोबाइल बजिराकोथ्यो, उसले उठाउदैं उठाएन, त्रिपुरेस्वरमा उसको बिजनेस पार्टनर कुरिरहेको थ्यो भन्ने कुरा उसलाइ महत्वपुर्ण लागेन। उ साक्षी भेट्न चाहन्थ्यो, नभन्दै साक्षी बाहिर केहि साथीहरुसङ हांस्दै निस्की। उसको अनुहारमा खुशीको लहर आयो।

क्रमश:

Last edited: 14-Nov-08 12:36 PM
Last edited: 21-Nov-08 06:24 PM

 
Posted on 11-14-08 12:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो भाग पनि सोलिड गयो ल - तर अली छोटो भएन र भन्या - लामो लेख्ने गर न -
कती तारिफ गर्ने - शब्द नै छैन - भएपनी पुग्दैन होला भन्छु के म - फेरी पनि चीएर्स् ल

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
कल्लाई मुर्ख भन्या ?
Travelling to Nepal - TPS AP- PASSPORT
Morning dharahara
मन भित्र को पत्रै पत्र!
Guess how many vaccines a one year old baby is given
emergency donation needed
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
जाडो, बा र म……
Susta Susta Degree Maile REMIXED version
1974 AD Pinjadako Suga Remixed
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters