crazy_love
Replies to this thread:

More by crazy_love
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 शीर्षक जे पनि हुन सक्छ।

[Please view other pages to see the rest of the postings. Total posts: 250]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13  
[VIEWED 156416 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 13 pages, View Last 20 replies.
Posted on 11-11-08 11:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     4       ?     Liked by
 

 

भाग-१

( यो कथा पुरै कल्पनामा आधारित भएकोले कसैको जीवन सङ मिल्न गएमा संयोग मात्र हुनेछ। )

असनबाट सुरज आर्केड निस्किने गल्ली हुँदै उसले बाइकलाइ बल्लबल्ल त्यो भिंडबाट घिसार्दै मुख्य सडक भन्दा अलि वर आइपुग्यो। आकाशमा कालो बादल भए पनि पानी पर्ने संकेत थिएन, गर्मीले उ लखतरान भैसकेको थ्यो। धुवाँ, धुलो र दिनभरीको ब्यस्तताले उ एकैछिन भये पनि चिसो पिउन भनेर मुख्य सडकलाइ जोड्ने बाँयातिरको एउटा होटेल भित्र छिर्यो। मिठाइ सङै अन्य परिकार भएको त्यो पसल उसले पहिला त्यो बाटो हिडे पनि कहिले याद गरेको थिएन। भित्र पस्नासाथै उसले शीतल महसुस गर्यो। हेर्दाखेरि होटेल सफा देखिन्थ्यो, खुला र उज्यालो पनि थ्यो। उ सरासर कुनापट्टिको मेचमा गएर बस्यो। उ एकछिनको लागि भएपनि एकान्त चाहन्थ्यो, ब्यापार, नाफा, घाटा, मिटिङ र शेयर बजार झेल्दा झेल्दै उस्को जीबन एउटा तनाबको गोला भैसकेको थ्यो। बस्नासाथै उसले चिसो कोक अर्डर गर्‍यो र सङैको टेबुलमा कसैले छोडेको "कान्तिपुर" हेर्न थाल्यो, समाचार भन्दा पनि "हेडलाइन" हरु पढ्न थाल्यो।

उसलाइ कसो कसो त्यहाको बाताबरण एकदम आरामदायी लाग्न थाल्यो, एउटा मिठो सुवास जुन उस्ले पहिले पनि महसुस गरेको छ, त्यही बासना फैलिए जस्तो लाग्यो वरिपरि। मानौं उ त्यहाँको प्रत्यक सुक्ष्मतासङ राम्ररी परिचित छ। कतैबाट मसिनो गुनगुनको आवाजले उसले टाउको उठाएर हेर्‍यो, उसको ठ्याक्कै २ टेबुलभन्दा पर दुइ युबती उ पट्टि ढाड फर्काएर बसेका थे। बेला बेलामा मसिनो हाँसो सुनिन्थ्यो। उनिहरु शायद कुनै पत्रिका हेर्दै कुरा गरि रहेका थे। पछाडीबाट हेर्दा उसले उनिहरुको उमेर अड्कल गर्न सकेन तर उ दाँया पट्टी बसेकी केटिको सेतो कुर्ता हेरिरह्यो। त्यो सेरो कुर्ता उस्ले कतै देखेको जस्तो लाग्यो, कुर्ता मात्र होइन उस्को गलाभन्दा केहि तल झरेका केशराशी पनि आत्मिय लाग्यो। होइन होइन, कुर्ता बाहिर को उसको शारिरक बनोट यस्तो लाग्यो, उस्ले त्यो शरीरलाइ चिनेको छ। गोरो ढाडमुनिको पातलो कम्मर र त्यसमुनिको घुमाउरो फुकेको गोलाइ उसले देखेको मात्र होइन अनुभुत गरेको छ। उसले "कान्तिपुर"मा ध्यान दिन सकेन, उसलाइ सेतो कुर्ता बाहिर देखिने आकर्षक शरिरले  तानिरह्यो, उसलाइ त्यो शरीर प्यारो लाग्न थाल्यो, माया गरि रहुँ जस्तो। त्यस्तो अदभुत कुरा के छ र त्यो सेतो कुर्ता लाउने सङ? उसले आफैलाइ प्रश्न गर्यो र सेतो कुर्तासङै बसेकि हरियो कुर्तालाइ हेर्यो। पछाडी बाट त हरियो कुर्ता पनि उस्तै सुन्दर देखिन्थी, अझै राम्रो शरीर, लामो ढाड, चिटिक्क छिनिएको कम्मर र मन लोभ्याउने "सिल्की" लामो कपाल। तर हरियो कुर्ताले उसलाइ आकर्षण गरे पनि मनमा आफ्नै जस्तो भाव जन्माउन सकेन।

अब उसले एक्दम चनाखो भएर उनिहरुको स्वर सुन्ने प्रयाश गर्‍यो। दुबै स्वरहरु उस्तै उस्तै सुनिन्थे पछाडिबाट। हरियो र सेतो कुन चाहिको स्वर मधुर भन्नै गार्हो पर्‍यो। अगाडी गएर प्रतक्ष्य हेर्न पनि अलि अप्ठ्यारो हुने। पछाडीबाट झन धेरै कौतुहुलता जाग्ने। उस्लाइ सेतो कुर्ता लाउने को अनुहार हेर्न मन लाग्यो। शायद उसले देखेको हुनु पर्छ त्यो अनुहारलाइ। उसलाइ लाग्यो, सेतो कुर्ता लाउनेको शरीरको प्रत्येक अङसङ उ नजिकिएको हुनु पर्छ, प्रेम गरेको हुनु पर्छ। त्यो स्पर्श कल्पिएर उ एक्छिन आनन्दित भयो। एकैचोटि पछाडी फर्के पनि हुने नि सेतो कुर्ता, उसको मनमा उठिरहेको आँधी त केहि शान्त हुन्थ्यो कि। बेला न कुबेला मोबाइल बज्न थाल्यो उसको, उसले मोबाइल अफ गर्‍यो। उपाय सोच्यो कसरी सेतो कुर्ताको अनुहार हेर्ने भनेर। त्यतिकैमा ठुलो खित्का छुट्यो त्यो सेतो कुर्ताको टेबुलबाट, उ मात्रै होइन होटेलमा भएका सबैले उनिहरुतिर हेरे। उनिहरु फेरि खासखुस मात्र गर्न थाले। उसले राम्रो बहाना पायो, कोकको सिसी लिन आउने केटोलाइ सेतो कुर्ताहरुलाइ गएर त्यसरी हाँस्दा अरुहरुलाइ "डिस्टर्ब" हुन्छ भन्ने कुरा पठायो। त्यो केटो गएर उनिहरुलाइ केहि भन्यो। उसले सतर्क भएर प्रतिक्रिया कुरि रह्यो। उनिहरुले पनि केटोलाइ सोधे क्यारे, केटोले उ बसेको कुनामा त्यहीबाट चोर औँलाले देखायो।

"सरी" सेतो कुर्ता लाउने केटीले पछाडी फर्केर उसलाइ भनी। दुबैको नजर जुध्यो, समय केहि बेरलाइ रोकियो र फेरि पछि भाग्न थाल्यो। उसले केहि भन्नु वा सेतो कुर्ताले अरु केहि बोल्नु अगाडी उकुसमुकुस, भय र पग्लिएर नबगेको बिगतले उसको सबै उमङहरुमा प्रहार गर्यो। नसोचेको कुरा घट्यो त्यहाँ। हेर्दाहेर्दै सेतो कुर्ताको अनुहारमा संकोच र ग्लानिका रेखाहरु एक पछि अर्को गर्दै आउन थाले, सेतो कुर्ताले उसको आँखामा हेर्न सकिन। उ त्यहाँबाट हरियो कुर्तालाइ लिएर तुरुन्त निस्की हाली। उ जड भयो। आजै किन उस्लाइ यहाँ आउनु पर्‍यो? के काठमान्डु यति सानो छ जहाँ उसले आफुले कहिले हेर्न नचाहेको अनुहारलाइ देखि रहनु पर्छ? के जिन्दगीले फेरि उ सङ अर्को कुनै खेल खेल्न लागेको हो? यत्रो सहरमा उ नै किन भेटिनु पर्ने?

उसले आफ्नो मिल्ने साथी बिबेकलाइ त्यहीँ बाट फोन गर्‍यो।

"बिबेक, तँ मलाइ अहिले भेट्न सक्छस्?"

"अहिले त मि बिजि छु, किन?" बिबेकले सोध्यो।

"आज सारै नराम्रो दिन रैछ यार।" उसको स्वर सानो भयो।

"भुमिका नबाँधी भन त। मेरो यहाँ फुर्सद छैन। के भयो?"

"मैले साक्षीलाइ देखेँ।" सेतो कुर्ता बसेको रित्तो ठाँउलाइ हेर्दै भन्यो उसले।

"को? को रे?" बिबेकले फेरि सोध्यो।

"उहि, क्या त! साक्षी.... मेरो...... ।कस्तो कुरा नबुझ्या?" उसले कुरा बुझाउने प्रयाश गर्‍यो।

 "ए ! साक्षी! बल्ल बुझे। अर्का सङ पोइला गएकी स्वास्नीको नि के कुरा गरीराको होला यसले?" बिबेकले उसले कसैलाइ नदेखाएको पुरानो घाउमा नुन छर्कियो। तीब्र पीडाले उ छटपटियो र भित्तामा अडेश लाएर बस्यो।

क्रमश:...

 

Last edited: 21-Nov-08 06:20 PM

 
Posted on 11-26-11 11:29 AM     [Snapshot: 19485]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 Khalnayak?? Malai ta tyo nayak ani yo khalnayak laagna thalyo hai!!!!!!
 
Posted on 12-02-11 12:28 PM     [Snapshot: 19801]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

test - If I can post
 
Posted on 12-02-11 2:48 PM     [Snapshot: 19840]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

भाग-२०

दुइ हप्तापछि उसले एक चोटि फेरि साक्षीलाइ भेट्ने मौका पायो, तर एक्लै हैन वकिलको साथमा। परिस्थिति यति गम्भिर भयो कि उनिहरुले कानुनी रुपमा पारपाचुके गर्नै पर्ने भयो। अहिले साक्षीको परिबारको दबाब थियो, उसको लागि बाध्यता। शायद साक्षीसङको यो अन्तिम भेट नै हो भन्ने कुराले उसलाइ पिरोलीरहेको थियो। साक्षीको दिदीलाइ उ र साक्षीको बीच केहि हुन गइरहेको छ भन्ने कुराको आभास भइसकेको थियो। यो बेला साक्षीको मनमा अरु परिबर्तन हुनु ठिक थिएन। उसको लागि राम्रो केटाको प्रस्ताब थियो, जसलाइ साक्षीको बिगतसङ कुनै चासो थिएन।

२-३ दिनदेखि उ सामान्य हुन  सकेको  थिएन, उ बेला बेलामा हडबडाउने, अहिले गरेको कुरा एक छिनमै बिर्सिने गरिरहेको थियो। यसपटक वकिलले सबै काम मिलाइसकेको थियो, मात्र दस्तखत गर्न थियो त्यो पनि वकिलकै कार्यालयमा। समय भन्दा केहि अघि पुग्ने सल्लाह गरेको थियो उसले साक्षीसङ। त्यसैले आधा घन्टा अघि जस्तो साक्षीलाइ उसकी दिदीले ड्रप गरी। आज पनि जरुरी काम परेकोले साक्षीकी  दिदी तुरुन्तै हिडि हाली। जाने बेलामा साक्षीलाइ के के सम्झाएकी जस्तो टाढाबाट उसले देख्यो। साक्षी सानो नानी जस्तो टाउको हल्लाइरहेकी थिइ। उसले सोच्यो साक्षी अझै उस्तै सरल छे, जसले जे भने पनि आज्ञाकारी बालक जस्तो मानीदिन्छे। साँच्चै नै उसको आफ्नो बिचार छैन, रहर छैन।

साक्षीले सेतो र कालो बुट्टा भएको कुर्ता लगाएकी थिइ। उसको लुगाको रङले हो कि आजको दिन नै त्यस्तो हो उ असाध्यै उज्याली देखिएकी थिइ। उसले साँच्चिकै आफ्नो भावनालाइ लुकाएकी हो वा उ शान्त नै देखिएकी  हो उसले छुट्याउन सकेन। यति धेरै घटनाहरु घटिसकेपछि पनि उसले साक्षीलाइ आफ्नो जिबनबाट हटाउन सकेको थिएन। शायद यो उसको मात्र भ्रम थियो, साक्षी त पहिले जस्ती थिइ, अहिले पनि त्यस्तै छे। लामो स्वाश तानेर उसले साक्षीलाइ सोध्यो।

"के तिमीलाइ एउटा हस्ताक्षर ले सम्बन्ध सकिने वा शुरु हुने कुरामा बिश्वाश लाग्छ?

शुरुमै अचम्मको प्रश्न सुनेर साक्षी एकछिन उसलाइ हेरिरही, त्यसपछि उ सङैको मेचमा बसी, कोठामा पत्रिकाहरु थिए, तर कोहि थिएनन्। वकिल पनि आइपुगेको थिएन शायद। ढोका खुल्लै थियो, बाहिरबाट जसले पनि उनिहरुको संबाद सुन्न सक्थ्यो, ढोका नजिकै माथि जाने र तल झर्ने भरेङ् थियो। मानिसहरु ओहोरदोहोर गर्दैथे।

"किन यस्तो प्रश्न? जे हुनुछ, भइहाल्छ।" साक्षीले मधुरो स्वरमा भनी।

"तिमीले त यही चाहेकी थियौ, तिमीलाइ के फरक पर्छ र?" उसलाइ रिस उठ्यो।

"तपाइलाइ नि?" साक्षीले तुरुन्त सोधी।

"थाहा छैन!"

"त्यसो भए फरक त कसैलाइ नि पर्ने रहेनछ।" साक्षीले थ्यौरी जस्तो सुल्झाउन खोजी।

"म २-३ दिनदेखि बेचैन छु, न केहि कुरामा ध्यान दिन सक्छु, न त काममा मन लाग्छ। यस्तो लागिरहेछ, कोहि तिमीलाइ म बाट छुटाएर लादैछ सधैको लागि। किन यस्तो भइरहेछ?" उसको अनुहारमा तनाब देखिन्थ्यो।

 "अब भावनाको भुमिका रहेन, बास्तबिकतासङ सामना गर्नु पर्छ, म त आफुसङै छैन।" साक्षी सकेसम्म उसलाइ सम्झाउने पक्षमा थि।

"तिमीलाइ के लाग्छ? आजको दिनपछि मेरो मानसपटलबाट तिमी अचानक हराउछौ? के हामीसङ स्मरणयोग्य त्यस्तो कुनै पल छैन जीबनको? जसले कहिले कहि मिठो अनुभुति दिन्छ?"

"त्यसको केहि अर्थ छैन, हाम्रो सम्बन्ध धेरै पहिले समाजले अमान्य घोषित गरिसक्यो। अहिले हामी नजिकिन खोजेका छौ किन भने हामी सम्बन्धको घेराबाट हामी पराइ भैसक्यौ।"

"साक्षी! तिमी यति असंबेदनशील छौ भन्ने कुरा मैले किन सोचिन।" उ उठ्यो र कोठामा एक कुनाबाट अर्को कुनातिर हिंड्नथाल्यो।

"बाहिर पानी पर्न थाल्यो जस्तो छ।" साक्षीले झ्यालबाट पर पर हेर्दै केहि बेरपछि त्यति मात्र भनी।

"तिमी खालि बाहिर देख्छौ भित्र पनि त्यस्तै छ।" उसले ब्यङ गर्यो।

"म के गरुँ ??" साक्षीको मनको बाँध भत्कियो।

उ बस्यो साक्षी सङै, केहि भन्न सकेन, त्यतिकैमा वकिल आइपुग्यो। वकिललाइ काम सकाउनु थियो, फाइल खोज्न थाल्यो, कहा कहा साइन गरे पुग्छ बताउन थाल्यो। एकैछिनमा साक्षी र उसले प्रत्यक कागजमा हस्ताक्षर गर्न थाले। त्यहा कुनै प्रश्न थिएन न त जवाफ नै। समय छिटोछिटो दौडिरह्यो।

"ल काम सकियो।" वकिल हाँस्यो, उ हाँस्न सकेन, साक्षी उठी, नमस्ते गर्दै भरेङबाट वर्ली। उ पनि वकिलसङ बिदा मागेर साक्षीको पछि पछि गयो।

बाहिर सिमसिमे पानी परिरहेको थियो, साक्षी भिज्दै भिज्दै बाहिर निस्किरहेकी थि, एकैछिन एउटा पसलको आडमा उभिइ, शायद दिदीलाइ कुरीरहेकी थि। उ पनि पुग्यो त्यही। वरिपरि मानिसहरु छाता ओढेर हिडिरहेका थिए, कोहि ट्याक्सी रोक्दै थिए। कोहि पसलमा किन्दै थिए। यो सबै कुराबाट बेखबर उसको आफ्नै अन्तिम इक्षा थियो।

"साक्षी! म तिमीलाइ घर पुर्याइदिन्छु।"

"दिदी एकछिनमा यही आउनु हुन्छ।"

"अब म तिम्रो कोहि हैन।"

"यो संसारमा कोहि पनि कसैको हुदैन।"

"तिमीसङ यो कोहि पनि हैनले चिया पिउने अनुरोध गर्न सक्दैन?" उसले नजिकैको एउटा चियापसल देखायो।

"यो अन्तिम चिया हो तिमीसङको!" उसले फेरि अनुरोध गर्‍यो।

"दिदी, आइहाल्नु भयो भने?" साक्षीले डर ब्यक्त गरी।

नभन्दै साक्षीको दिदीको मोटर वकिलको अफिस अगाडी रोकियो, साक्षी बाटो काटेर उतै जान थाली। उ पनि साक्षीसङै भिज्दै बाटो काट्यो। पानीमा रुझ्दै उसले सङै हिँडेकी साक्षीलाइ भन्यो।

"यस्तो लाग्छ साक्षी! तिमीलाइ अन्तिमपटक अङालुँ, तिम्रो निधारमा मिठो स्पर्श गरुँ। तिमीलाइ कहिले टाढा जान नदिउ। तर यो परिस्थितिमा अब म मा त्यो सामर्थ्य पनि रहेन!"

पानीको थोपा हो वा आँसु साक्षीको गालाबाट झरिरह्यो, त्यसपछि उसले यति मात्रै भन्न सक्यो।

"कहिले कहि मलाइ पनि सम्झ है साक्षी!" साक्षीले फेरि एकचोटि "हुन्छ" भने जस्तै गरी टाउको हल्लाइ। उसले  परबाटै देख्यो साक्षीको दिदी उनिहरुतिरै आइरहनु भएको थियो,  उसलाइ त्यहाबाट अघि जान मन लागेन । सम्बन्ध टुटिसकेको थियो, अब औपचारिकताको के अर्थ?

समाप्त!

ma_ lure Jyu!

Thank u for commenting after each part!

khalnayak chahi ko bhayo hola end maa?

Thanks a lot!


 
Posted on 12-04-11 1:17 AM     [Snapshot: 19981]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 Biyoganta bhanau ki samyoganta bhanau ta antya lai?? Anyways thanks for a nice read!!!
 
Posted on 12-04-11 10:44 AM     [Snapshot: 20028]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्रेजी, समाप्त भएछ त ?? 
सदाझै उत्क्रिस्ट लेखाइ .... पुनर्मिलन गराउने छाट निकालेर एथार्थपरक बनाएछौ खुसि लाग्यो (तर अन्त्यमा खल्लो पनि भो बियोग ले ) 

 
Posted on 12-06-11 12:08 PM     [Snapshot: 20147]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उत्कृष्ठ कथाको लागि धन्यवाद्!

यो सबै भागलाई एउटै मालामा उन्न नबिर्स है!छरिएका रचना थाहा नपाईकनै कतिबेला हराउँछन चाल पाइँदैन। जीवनको कुनै बिश्राममा सम्झिएर खोतल्दा भेटिएनन बने बडा नमिठो लाग्छ!

 
Posted on 12-06-11 12:21 PM     [Snapshot: 20158]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो कथा जनवरी २००९ मा सुरु भएको रहेछ ! शायद साझाको ईतिहासमा सबै भन्दा लामो चलेको श्रिन्खला नै यही होला !

क्रेजी को लेखाइ सदैव उत्कृष्ट ! धन्यवाद क्रेजी ! फेरी फेरी यस्तै मिठो रचनाहरु पस्किदै गर्नु !


 
Posted on 12-08-11 12:34 PM     [Snapshot: 20435]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म_लुरे ज्यु!

कथा बियोगान्त भयो, सरि है, कहिलेकहि बियोग अर्को नया शुरुवात पनि हुन सक्छ जस्तो लाग्छ मलाइ।
प्रत्येक भाग पछि आफ्नो अमुल्य समय खर्च गरेर दिनु भएको प्रतिक्रियाको लागि फेरि पनि धेरै धेरै धन्यबाद!

भक्ते दाइ,

नमस्ते!

यतिका दिन पछि देख्दा खुशी लाग्यो। प्रतिक्रिया को लागि धन्यबाद! अनि सन्चै हुनु हुन्छ?

बिर्खे,

म पनि त्यस्तै सोचिरहेको छु, सबैलाइ कतै उनेर राख्नु पर्ला। कमेन्टको लागि धन्यबाद साथी!

रिट्ठे,

प्रंशसाको लागि मुरि मुरि धन्यबाद!


 
Posted on 02-18-24 6:25 PM     [Snapshot: 151795]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो कथाको शिर्सक " च्यात्न नसकेको चिट्ठी " राखे कसो होला ?
 
Posted on 02-19-24 12:41 PM     [Snapshot: 152101]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

thank you for the support . old is always gold . कतिले त यो लेखि पनि छद्मभेषमा मेरै हो भने तर crazy_love म हैन . वहाको लेखि हरु माली एकदम राम्रो लग्छ
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
TPS Work Permit/How long your took?
कल्लाई मुर्ख भन्या ?
Morning dharahara
Travelling to Nepal - TPS AP- PASSPORT
मन भित्र को पत्रै पत्र!
Does the 180 day auto extension apply for TPS?
Another Song Playing In My Mind
Guess how many vaccines a one year old baby is given
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
Susta Susta Degree Maile REMIXED version
1974 AD Pinjadako Suga Remixed
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters