भाग-१३
"के हो कारण ? एउटा नवजात शिशुलाइ टुहुरो बनाएर अर्को सङ जानु कस्तो बिडम्बना हो?" उ जवाफ माग्दैथ्यो।
"उहाँमाथि अत्याचार भएको थ्यो। ठुल्दि भन्नु हुन्थ्यो, नन्द, आमाजु, सासु ससुराहरु सबै मिलेर तपाइकी आमामाथि अन्याय गर्थे, तपाइको बुबालाइ कुरा लाँउथे, अनि बुबा उहाँलाइ पिट्नु हुन्थ्यो। उहाँलाइ नोकर भन्दा बढी काम लगाउथें, कहिलेकहिं त सानो सानो काम बिगार्दा सजाँय पनि पाउनु हुन्थ्यो। कति दिनसम्म खान पाउनु हुन्थेन। त्यो बेला उहाँको दुख सुन्ने कोहि थिएन। त्यसैले उहाँ बाध्यताले गर्दा घर छोड्नु पर्यो। तपाइलाइ उहाँबाट खोसिएर ल्याइएको हो। उहाँले तपाइलाइ छोड्नु भएको होइन।" साक्षी रोक्किदैं, बिच बिचमा रुँदै , बोल्दै गर्दैथी।
उ एकछिन घोत्लियो, फेरि बोल्यो।
"अनि तिमी ? तिमीलाइ कसले अन्याय गरेको थ्यो साक्षी?" उ एक्टक साक्षीलाइ हेरिरहेकोथ्यो।
"तपाइ मेरो भाबनाहरुलाइ पिट्नु हुन्थ्यो,कुल्चिनु हुन्थ्यो र मिलनको त्यो अन्तरङ क्षणमा पनि तपाइ मलाइ पीडा दिनुहुन्थ्यो, सट्टामा आफु मात्र सन्तुस्ट भएर सुत्नु हुन्थ्यो। लोग्नेसङको मायाले मलाइ कहाली लाग्दो दुखको रात फर्काँउथ्यो।"
“" बन्द गर यी रङ न ढङका कुराहरु। म केहि पनि सुन्न चाहदिन। तिमीलाइ नयाँ लोग्ने चाहिएकोथ्यो, त्यसैले तिमीले आफुलाइ निर्दोष साबित गर्ने राम्रो बहाना बनाएकोछौ।" उ रिसले आँखा नदेख्ने भैसकेकोथ्यो।
" तपाइ र ढुङामा केहि फरक थिएन। यी मेरो यही शरीरलाइ निचोर्न, चिथोर्न र तहसनहस गर्न चाहनु हुन्थ्यो तर मनलाइ छुने प्रयाश गर्नु हुन्थेन। मेरो रहर तपाइसङ मायामा चुर्लुम्म डुब्न चाहन्थ्यो, तपाइ मलाइ डुबुल्कि मार्नु अघि सतहमा फालिदिनुहुन्थ्यो। मेरो मन तपाइंसङ आत्मियता खोज्थ्यो। शरीर तपाइं अङाल्नु हुन्थ्यो तर तपाइको मनसम्म पुग्न नसक्ने गरी पर्खाल बनाउनु हुन्थ्यो। म तपाइसङ जिबन बाँच्न चाहन्थे तर तपाइ हरेक चोटि मलाइ "निषेधित क्षेत्र" भित्र प्रबेश रोक गर्नु हुन्थ्यो। हामी एकै छतमुनि अपरिचित भएर बाँचेका थ्यौं। तपांइ आफ्नी आमालाइ जस्तै मलाइ पनि हेला गर्नुहुन्छ। तपाइ पहिले पनि असुरक्षित हुनु हुन्थ्यो, अहिले पनि हुनुहुन्छ।“
" चरित्रहिन आइमाइ ! मलाइ तिम्रो अरु कुरा सुन्ने रहर छैन। यो कोठामा तिमी रहुन्जेल म स्वास फेर्न सक्दिन। प्लिज! तिमी बाहिर जाउ।"
"बाहिर अध्याँरो छ।" भन्दै साक्षी रुन थाली।
"के तिमी मलाइ अझै यातना दिन चाहन्छौ? प्लिज ! साक्षी ,तिमी जाउ। अध्याँरोले तिमीलाइ खाँदैन।“
"यो ठाँउ मेरो लागि नौलो छ। म भोलि बिहान सबेरै जान्छु। अहिले रातको १२ बज्न लाग्यो।" साक्षी बिन्ती गर्न थाली।
"अहँ, हुँदै हुदैन। भोली बिहान सम्म दुर्गन्धको कारण गर्दा म मरिसकेको हुनेछु। तिमी अहिले नैं जाउ।“
साक्षी झोलामा लुगा मिलाउन थाली।
"साक्षी ! किन अटेर गरेर बसेकी? तिमी निस्किहाल।" उसले उठेर साक्षीलाइ घिसारेर बाहिर निकाल्यो र भित्रबाट चुकुल लगायो।
रात गहिरिदैंथ्यो, एक्दम शान्त र स्थिर।
समाप्त!