crazy_love
Replies to this thread:

More by crazy_love
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 शीर्षक जे पनि हुन सक्छ।

[Please view other pages to see the rest of the postings. Total posts: 250]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 NEXT PAGE
[VIEWED 156631 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 13 pages, View Last 20 replies.
Posted on 11-11-08 11:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     4       ?     Liked by
 

 

भाग-१

( यो कथा पुरै कल्पनामा आधारित भएकोले कसैको जीवन सङ मिल्न गएमा संयोग मात्र हुनेछ। )

असनबाट सुरज आर्केड निस्किने गल्ली हुँदै उसले बाइकलाइ बल्लबल्ल त्यो भिंडबाट घिसार्दै मुख्य सडक भन्दा अलि वर आइपुग्यो। आकाशमा कालो बादल भए पनि पानी पर्ने संकेत थिएन, गर्मीले उ लखतरान भैसकेको थ्यो। धुवाँ, धुलो र दिनभरीको ब्यस्तताले उ एकैछिन भये पनि चिसो पिउन भनेर मुख्य सडकलाइ जोड्ने बाँयातिरको एउटा होटेल भित्र छिर्यो। मिठाइ सङै अन्य परिकार भएको त्यो पसल उसले पहिला त्यो बाटो हिडे पनि कहिले याद गरेको थिएन। भित्र पस्नासाथै उसले शीतल महसुस गर्यो। हेर्दाखेरि होटेल सफा देखिन्थ्यो, खुला र उज्यालो पनि थ्यो। उ सरासर कुनापट्टिको मेचमा गएर बस्यो। उ एकछिनको लागि भएपनि एकान्त चाहन्थ्यो, ब्यापार, नाफा, घाटा, मिटिङ र शेयर बजार झेल्दा झेल्दै उस्को जीबन एउटा तनाबको गोला भैसकेको थ्यो। बस्नासाथै उसले चिसो कोक अर्डर गर्‍यो र सङैको टेबुलमा कसैले छोडेको "कान्तिपुर" हेर्न थाल्यो, समाचार भन्दा पनि "हेडलाइन" हरु पढ्न थाल्यो।

उसलाइ कसो कसो त्यहाको बाताबरण एकदम आरामदायी लाग्न थाल्यो, एउटा मिठो सुवास जुन उस्ले पहिले पनि महसुस गरेको छ, त्यही बासना फैलिए जस्तो लाग्यो वरिपरि। मानौं उ त्यहाँको प्रत्यक सुक्ष्मतासङ राम्ररी परिचित छ। कतैबाट मसिनो गुनगुनको आवाजले उसले टाउको उठाएर हेर्‍यो, उसको ठ्याक्कै २ टेबुलभन्दा पर दुइ युबती उ पट्टि ढाड फर्काएर बसेका थे। बेला बेलामा मसिनो हाँसो सुनिन्थ्यो। उनिहरु शायद कुनै पत्रिका हेर्दै कुरा गरि रहेका थे। पछाडीबाट हेर्दा उसले उनिहरुको उमेर अड्कल गर्न सकेन तर उ दाँया पट्टी बसेकी केटिको सेतो कुर्ता हेरिरह्यो। त्यो सेरो कुर्ता उस्ले कतै देखेको जस्तो लाग्यो, कुर्ता मात्र होइन उस्को गलाभन्दा केहि तल झरेका केशराशी पनि आत्मिय लाग्यो। होइन होइन, कुर्ता बाहिर को उसको शारिरक बनोट यस्तो लाग्यो, उस्ले त्यो शरीरलाइ चिनेको छ। गोरो ढाडमुनिको पातलो कम्मर र त्यसमुनिको घुमाउरो फुकेको गोलाइ उसले देखेको मात्र होइन अनुभुत गरेको छ। उसले "कान्तिपुर"मा ध्यान दिन सकेन, उसलाइ सेतो कुर्ता बाहिर देखिने आकर्षक शरिरले  तानिरह्यो, उसलाइ त्यो शरीर प्यारो लाग्न थाल्यो, माया गरि रहुँ जस्तो। त्यस्तो अदभुत कुरा के छ र त्यो सेतो कुर्ता लाउने सङ? उसले आफैलाइ प्रश्न गर्यो र सेतो कुर्तासङै बसेकि हरियो कुर्तालाइ हेर्यो। पछाडी बाट त हरियो कुर्ता पनि उस्तै सुन्दर देखिन्थी, अझै राम्रो शरीर, लामो ढाड, चिटिक्क छिनिएको कम्मर र मन लोभ्याउने "सिल्की" लामो कपाल। तर हरियो कुर्ताले उसलाइ आकर्षण गरे पनि मनमा आफ्नै जस्तो भाव जन्माउन सकेन।

अब उसले एक्दम चनाखो भएर उनिहरुको स्वर सुन्ने प्रयाश गर्‍यो। दुबै स्वरहरु उस्तै उस्तै सुनिन्थे पछाडिबाट। हरियो र सेतो कुन चाहिको स्वर मधुर भन्नै गार्हो पर्‍यो। अगाडी गएर प्रतक्ष्य हेर्न पनि अलि अप्ठ्यारो हुने। पछाडीबाट झन धेरै कौतुहुलता जाग्ने। उस्लाइ सेतो कुर्ता लाउने को अनुहार हेर्न मन लाग्यो। शायद उसले देखेको हुनु पर्छ त्यो अनुहारलाइ। उसलाइ लाग्यो, सेतो कुर्ता लाउनेको शरीरको प्रत्येक अङसङ उ नजिकिएको हुनु पर्छ, प्रेम गरेको हुनु पर्छ। त्यो स्पर्श कल्पिएर उ एक्छिन आनन्दित भयो। एकैचोटि पछाडी फर्के पनि हुने नि सेतो कुर्ता, उसको मनमा उठिरहेको आँधी त केहि शान्त हुन्थ्यो कि। बेला न कुबेला मोबाइल बज्न थाल्यो उसको, उसले मोबाइल अफ गर्‍यो। उपाय सोच्यो कसरी सेतो कुर्ताको अनुहार हेर्ने भनेर। त्यतिकैमा ठुलो खित्का छुट्यो त्यो सेतो कुर्ताको टेबुलबाट, उ मात्रै होइन होटेलमा भएका सबैले उनिहरुतिर हेरे। उनिहरु फेरि खासखुस मात्र गर्न थाले। उसले राम्रो बहाना पायो, कोकको सिसी लिन आउने केटोलाइ सेतो कुर्ताहरुलाइ गएर त्यसरी हाँस्दा अरुहरुलाइ "डिस्टर्ब" हुन्छ भन्ने कुरा पठायो। त्यो केटो गएर उनिहरुलाइ केहि भन्यो। उसले सतर्क भएर प्रतिक्रिया कुरि रह्यो। उनिहरुले पनि केटोलाइ सोधे क्यारे, केटोले उ बसेको कुनामा त्यहीबाट चोर औँलाले देखायो।

"सरी" सेतो कुर्ता लाउने केटीले पछाडी फर्केर उसलाइ भनी। दुबैको नजर जुध्यो, समय केहि बेरलाइ रोकियो र फेरि पछि भाग्न थाल्यो। उसले केहि भन्नु वा सेतो कुर्ताले अरु केहि बोल्नु अगाडी उकुसमुकुस, भय र पग्लिएर नबगेको बिगतले उसको सबै उमङहरुमा प्रहार गर्यो। नसोचेको कुरा घट्यो त्यहाँ। हेर्दाहेर्दै सेतो कुर्ताको अनुहारमा संकोच र ग्लानिका रेखाहरु एक पछि अर्को गर्दै आउन थाले, सेतो कुर्ताले उसको आँखामा हेर्न सकिन। उ त्यहाँबाट हरियो कुर्तालाइ लिएर तुरुन्त निस्की हाली। उ जड भयो। आजै किन उस्लाइ यहाँ आउनु पर्‍यो? के काठमान्डु यति सानो छ जहाँ उसले आफुले कहिले हेर्न नचाहेको अनुहारलाइ देखि रहनु पर्छ? के जिन्दगीले फेरि उ सङ अर्को कुनै खेल खेल्न लागेको हो? यत्रो सहरमा उ नै किन भेटिनु पर्ने?

उसले आफ्नो मिल्ने साथी बिबेकलाइ त्यहीँ बाट फोन गर्‍यो।

"बिबेक, तँ मलाइ अहिले भेट्न सक्छस्?"

"अहिले त मि बिजि छु, किन?" बिबेकले सोध्यो।

"आज सारै नराम्रो दिन रैछ यार।" उसको स्वर सानो भयो।

"भुमिका नबाँधी भन त। मेरो यहाँ फुर्सद छैन। के भयो?"

"मैले साक्षीलाइ देखेँ।" सेतो कुर्ता बसेको रित्तो ठाँउलाइ हेर्दै भन्यो उसले।

"को? को रे?" बिबेकले फेरि सोध्यो।

"उहि, क्या त! साक्षी.... मेरो...... ।कस्तो कुरा नबुझ्या?" उसले कुरा बुझाउने प्रयाश गर्‍यो।

 "ए ! साक्षी! बल्ल बुझे। अर्का सङ पोइला गएकी स्वास्नीको नि के कुरा गरीराको होला यसले?" बिबेकले उसले कसैलाइ नदेखाएको पुरानो घाउमा नुन छर्कियो। तीब्र पीडाले उ छटपटियो र भित्तामा अडेश लाएर बस्यो।

क्रमश:...

 

Last edited: 21-Nov-08 06:20 PM

 
Posted on 12-14-08 9:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

CL ji
aja dherai din pachi samaya milayera khatha haru padhne mauka paye..
katha le ta jhanai ramailo ghumti po liyeko rahecha ta...
tara katha padhna kasto ramailo bhairako thiyo..tyo ramailo ma ni katha ma jastai kramasa lagyo ni ta...
la part 12 chadai nai aaucha bhanne ma biswasta chu...


 
Posted on 12-15-08 3:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

crazy jee

dherai din pachhi timro katha padhiyo. nikai agaadi pugisakechha...

ur writing style is superb as usual....the characters r so real...

aba chahin pleasant flavour misaunu paryo alikati.

 kati bichara sakshi, bichara u bhandai basne bhanya

 

 

 

 


 
Posted on 12-15-08 12:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कथा ले अर्को मोड लिन लागेछ।


उस्ले उषाको त फोटो पनि हेर्दैन जस्तो लाग्छ मलाई ।

बरु कबिता कता गई उस्लाई चाइ ल्याउनु पर्‍यो अगाडि ।कबिता ले चाइ केही गर्ली जस्तो थीई उस्लाई।

रमाइलो हुँदै छ् क्रेजी जि। बिचरी साक्षी दु:ख पाइछ आफ्नै कर्मले।


लौ अर्को भाग छिट्टै राख्नु होला।


 
Posted on 12-15-08 10:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

la balla katha track ma aayechha. ali chhito paskam hai baaki bhag.
 
Posted on 12-16-08 8:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Serial,

धैर्यताको कदर गर्छु। नयाँ भाग पोस्ट गर्नासाथ प्रतिकिया राख्नुहुने पहिलो साथी हुनु भएकोमा हार्दिक बधाइ दिन चाहन्छु।

logistic jyu,

Thank you very much for your comment! kathaa ramaailo manidinu bhaekomaa.

planet10,

I am going to add vanilla flavour next time. aru kun flavour ramro holaa?

बिस्टे काजीलाइ कसरी सबै थाहा भयो? मलाइ त अचम्म लाग्यो बा। हो त उसले उषाको फोटो बाटोमा खसाइसक्यो त। अब कसरी हेर्नु?

कथाको अन्तिम भाग पनि थाहा पाइसक्नु भाको हो?
कि तपाइले टाइप गरेर मलाइ मेल गर्नु म त्यहि पोस्ट गर्दिम् कि भनेर। जस्ट किड्डिङ, डोन्ट माइन्ड है।

ctal,

सक्रिय पाठक हुनु भएकोमा तपाइलाइ पनि बधाइ छ।


 
Posted on 12-16-08 8:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


क्रेजिजी, शुरु देखी नै कथा पढिरहेको भए पनि प्रतिकृया गर्न पाएको थिइनँ। जीवनसंगिनिसँग बिछोडिंदाको पींडालाई सशक्त रुपमा प्रस्तुत गर्नु भएको छ। अब कथा कतातिर मोडिने हो, छिट्टै जान्न पाए आफूलाई भाग्यमानी ठान्ने थिएँ।    

 
Posted on 12-16-08 9:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई पनि मामाले भन्नु भए जस्तै लाग्यो क्रेज, उषाको फोटो नै हेर्दैन जस्तो छ।
फेरी अर्को मोड लियो यार तिम्रो कथाले। पढ्दै छु है।  
 
Posted on 12-16-08 10:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भन्नु भनेर डोन्ट माइन्ड भन्ने क्रेजी:
खै त मैले पठाइ सके अन्तिम भाग टास्न पनि कत्ती ढिलो गरेको।
हे हे आई याम किड्डिङ टु।
 
Posted on 12-16-08 10:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

don't be sorry crazy.
my comment was based on my own experience. i came through  the shame phase, almost the same as u described here. but i'm not running  after her when she left.
as we all know,  there is no way we can find out what is inside the woman's mind.  i don't  know where she is now but i still i want to see her, at least once. i want to see her not because i want her but because i would love to see what she got after she left me; name, fame, money  or what? a

i may get my answer someday.......................kathmandu is not big and i'm not in US forever.

keep writing. i'm curious to know how u'll end this story.


 
Posted on 12-16-08 11:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन कती तड्पाउन सकेको हो "उ" लाई  ? भुलिसकेर पनि अर्को सम्बन्ध गास्न खोज्दा पनि साक्षी लाई भेटउनु त अन्याय भयो है, कम्सेकम कथामा पढेर भए पनि सन्तुष्टी होस् न
 
Posted on 12-16-08 12:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब अन्तिम भाग पढि सकेछी कमेन्ट लेख्नु पर्ला अन्तिम भाग कब आएगा क्रेज
 
Posted on 12-16-08 1:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कथाकारलाई छड्के सलाम छ!
 
Posted on 12-16-08 7:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाग- १२

त्यो दिन बिबेकले फोन गरेको थ्यो उसलाइ, कबिता भैरहवा नै जाने भै रे, उतै राम्रो काम पाइ रे। जानु अघि उ सङ भेट्छु भन्दै थी रे। अब कहिले फुर्सद हुन्छ भनेर सोध्दैथ्यो बिबेकले उसलाइ, उसले दुइ हप्ता कामको ओइरो छ भनेर टार्‍यो। बिबेकले शंका गर्दै भन्यो।

"के हो तेरो लव सब त पर्न थालेन? म सङ लुकाउनु पर्ने जस्तो त लाग्दैन।"

"होइन, होइन। घरमा पनि बुबालाइ सघाइराको छु अहिले।" उसले पनि झुठ बोल्यो, प्रेममा हर कुरा जायज हुन्छ।

"कि बिहेमा मात्र जन्ती बोलाउने हो? म त त्यस्तो गरिस् भने तेरो बिहेमा आँउदिन नि।" बिबेकले कुरा निस्किन्छ कि भनेर जिस्कियो।

"यदि मैले बिहेको कुरा नैं तंलाइ थाहा दिन भने नि।" उसले पनि ठट्टा गर्‍यो।

"के रे ? के भन्छ यो ? कि फेरि ...................?" बिबेकले अँध्यारोमा गोली हान्यो।

"बिबेक! म साक्षीलाइ अझै माया गर्छु। उ सुखी छैन।"

"हुतिहारा ! नामर्द ! तं आफै आफ्नो जिन्दगी बर्बाद गर्दैछस्। त्यसलाइ फेरि ल्याउने हो भने म मरें भनेर सम्झिनु।" बिबेकले उताबाट लाइन काटिदियो। सबै भन्दा मिल्ने साथी पनि रिसायो साक्षीको कारण। भोलिपर्सि घरपरिवार पनि पर होलान्, के त उ अझै साक्षीलाइ चाहन्छ? सबैसङ बैरी भएर साक्षीलाइ फेरि अपनाउन चाहन्छ? यो नाम नभएको सम्बन्ध अब कहाँ पुगेर टुगिन्छ त? उ दिनभरि त्यही प्रश्नहरुसङ लुकामारी गरेर बस्यो।

साँझ मांहाकालथान पुग्दा साक्षी उसैलाइ कुरेर बसेकी थी।

"तिम्रो र मेरो मन्दिर दर्शन गर्ने समय पनि एउटै हुँदो रैछ है साक्षी?" हिजो बेलुकीको साक्षीको रिस सम्झेर भन्यो।

"आज तपाइसङ मेरो एउटा कुरा छ।" साक्षी उदाश देखिन्थी हिजो अस्ति भन्दा।

"भन न। के कुरा हो त्यस्तो?" मन्दिर दर्शन गरेर बाहिर निस्किदाँ उसले सोध्यो।

"कुनै ठाँउमा बसेर कुरा गरौं।" साक्षीको अनुरोधले उसलाइ एकछिन आश्चर्यमा पार्‍यो। हिजो राति कहिले नभेट्नी भनेको मान्छे आज आफै कुरा गर्ने त्यो पनि कतै बसेर भन्दैथी। उसको कानलाइ भ्रम भाको जस्तो भयो। उनिहरु हिंड्दै त्यही इन्द्रचोकको होटेलमा पुगे जहाँ उसले साक्षीलाइ २ महिना अघि अचानक देखेको थ्यो।

"म बाबाको घर फर्किन चाहन्छु।" चिया अर्डर गर्नासाथ साक्षीले भनी।

"अनि ?" उसले प्रश्न गर्‍यो।

"बाबा र मुमा फोनमा पनि कुरा गर्नु हुन्न मसित। म उहाँहरु सङ माफी माग्न चाहन्छु। मैले गर्दा उहाँहरुको ठुलो बेइजत्ती भयो। मेरो आफ्नै जीबन पनि अस्तब्यस्त छ। मैले ठुलो गल्ती गरें, आफ्नो गल्तीको सजाँय पनि भोगें, अझै कति भोग्नु पर्छ त्यो थाहा छैन। अबदेखि म उहाँहरुले जे भन्नु हुन्छ त्यही गर्छु। म बाबाको घरमा जान चाहन्छु सधैको लागि।" साक्षी पीडा छचल्किएर पोखिन लागेका आँखाका डिलहरु पुछ्दैथी।

"मैले के गर्नु पर्‍यो त?"

"तंपाइले उहांहरुलाइ साक्षी फर्किन चाहन्छे, आफ्नो गल्तीको पस्चाताप गर्न चाहन्छे भनिदिनु भयो भने उहाँहरुले मलाइ घरमा आश्रय दिनु हुन्छ। तंपाइको कुरा सुन्नुहुन्छ।"

"त्यो भन्दा पहिले मेरो कुरा सुन साक्षी!"

" भन्नुस्!" उ आज्ञाकारी बालक झैं निहुरिएकी थी।

"मैले तिमीलाइ पहिलो दिन पनि सोधेको थे। तिमी खुशी छौ भने मेरो भन्नु केहि छैन। तर तिमीले केहि भनेनौ।"

"म जस्तो केटीको सुख र दुखको के कुरा? एउटा हुरीले उडाएको फुल जस्तो न बोटमा हाँसेकी थी न पत्कर भएर रमाउन सकी।"

"तिमी सुखी छैनौ म सुखी छैन भने, हामी दुबै फेरि किन प्रयाश नगर्ने एकचोटि।"

"असंभब! यो संभव छैन।" साक्षी एकै सासमा बोली।

"किन ? कसरी ?" उसले केहि बुझेन।

"म आफ्नै आँखाबाट झरिसकेकी छु। त्यो कहालीलाग्दो बिगत भुत जस्तो लखेटी रहनेछ तंपाइलाइ अनि मलाइ अबिस्वास, शंका र त्रासदी बनेर।" साक्षी "हुनै सक्दैन" भनेर टाउको हल्लाइ रहेकी थी।

"बुबाले मलाइ २ हप्ताभित्र अर्को बिहेको निर्णय गर्ने म्याद दिनु भएको छ। शायद यो हाम्रो अन्तिम भेट हुन सक्छ। अबदेखि म तिमीलाइ घरिघरि पछ्याइ रहने छैन। तिम्रो सम्झनाले मात्र मेरो जिबन बित्दैन नि, हैन त?" उसले साक्षीलाइ हेर्‍यो।

"हो त ! तँपाइले अर्को बिहे गर्नु पर्छ। सबै म जस्तो बिस्वास्घाती हुदैनन्। मैले तँपाइसङ सात जुनी क्षमा मागे पनि मेरो पाप माफी हुँदैन"। साक्षी अझै पस्चातापको भुमरीमा घुमिरहेकी थी।

"मलाइ अर्को बिहेको चिन्ता छैन। तिमी र म नैं एक अर्काको सहायक बनेर जिबन बिताउन सक्छौं भने यो अर्को बिहेको नाटक फेरि किन गर्नु पर्‍यो?" उ एकछिनलाइ चुप भयो। साक्षी केहि बोल्छे कि भनेर कुर्‍यो। साक्षी धेरै बेरसम्म नबोलेपछि फेरि उसले भन्यो।

"म यो जटिल सम्बन्ध, मेरो एकोहोरो पागलपन र तिम्रो समस्या सबैको उपचार चाहन्छु।"

"मतलब?" साक्षी अन्योलमा थी।

"तिमीसङको यो घिट्घिटिएको सम्बन्धलाइ नयाँ दिशा दिन चाहन्छु। मेरो घर तिम्रो प्रतिक्षामा छ। म तिम्रो लागि अल्झिएको जिबन सम्हालेर बसेको छु। अझै पनि म तिम्रो भाबनाको कदर गर्छु।  तर तिमीले मैले चाहे जस्तो गर्नु जरुरी छैन। यदि तिम्रो म प्रति अलिकति पनि भाबना छैन भने र मेरो घर  फर्किनै मन लाग्दैन भने हामी अर्को चोटिदेखि देखे पनि नदेखेको जस्तो गरौं। मानौं हाम्रो कहिले बिहे भएकै थिएन, म तिमीलाइ चिन्दिन र तिमी मलाइ चिन्दिनौ।"

साक्षी सुंक्क सुंक्क गर्दै थी।

"म तिमीलाइ एक हप्ताको समय दिन्छु।" उसको कुरा सुनेर साक्षी झस्की।

"एक हप्ता? के को लागि?"

"तिमी मेरो जिबनमा आउन चाहन्छौ वा.................. " उसले बाक्य पुरा गरेन।

"म यो अबस्थामा केहि भन्न सक्दिन।" साक्षी थाकेकी थी।

"ठिक छ। तिमी सङ भोली देखि सात दिन बाँकी छ, मेरो मोबाइल नम्बर चेन्ज भएको छैन। म तिम्रो उत्तरको प्रतिक्षामा छु।"

उनिहरु त्यो साँझ बाटोभरि नबोलेरै बिदा भए।

क्रमश:

Last edited: 16-Dec-08 07:17 PM

 
Posted on 12-16-08 7:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

CL, I was silent reader till now, couldn't stop writing this time. It's going really well... keep it up.. GOGOL
 
Posted on 12-16-08 8:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्ले ज्यु,

धन्यबाद! तपाइको कमेन्ट पढेर म पनि आफुलाइ भाग्यमानि ठानिरहेकी छु।

दिपु,

तिम्रो नयाँ कथा बिलुकुलै नयाँ छ, त्यो बिषयबस्तु राम्रो लाग्यो मलाइ।

बिस्टे,

तपाइले अन्तिम भाग भनेर खेस्रा पठाउनु भएको जस्तो छ। कथा त अझै सकिएन। कति बाँकि छ? हे हे हे।

ek@l

तपाइको अनुभव राख्नु भएकोमा धन्यबाद! यो कथाको अन्त्य पछि पनि आफ्नो धारणा राख्नु हुन्छ भन्ने आशामा छु।

stat

"उ" आफै तड्पिन्छ त म के गरु? अबदेखि stat ले नतड्पिनु भनेको छ भन्दिउला।

प्रेज्ज्,

यो त अत्ति भयो? कहाँ गायब यस्तरी?

बिर्खे,

मान्छे बाङो भएर सलाम बाङो भाको कि? कथा बाङो भएर हात पनि बाङिएको?

GOGOL,

Thanks for your beautiful comment!


 
Posted on 12-16-08 9:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hutihara nai rahechha ni 'bichara' ta, thuikka re kya. btw, i am not sexist, but i feel that whoever cheats or betrays badly in the relationship should get the punishment, should not be pardoned.

great naration, Crazy!


 
Posted on 12-17-08 2:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"म जस्तो केटीको सुख र दुखको के कुरा? एउटा हुरीले उडाएको फुल जस्तो न बोटमा हाँसेकी थी न पत्कर भएर रमाउन सकी।"  -  मनै छुनेखाल को प्रस्तुती

एउटा सङ्रह निकल्नु पर्छ है क्रेजी जी

as for flavour thing.... anything that makes sakshi happy wud be grt


 

 


 
Posted on 12-17-08 7:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ctal,

but i feel that whoever cheats or betrays badly in the relationship should get the punishment, should not be pardoned.

अर्को भाग लेख्नै डर लाग्यो। Just kidding...

planet10,

सुझाबको लागि धन्यबाद।

साक्षीलाइ मन पर्ने फ्लेबोर नै राख्नु पर्ला त्यसोभए। कुन फ्लेबोर राख्ने होला?

 raspberry, strawberry, chocolate, vanilla, mint, list goes on.............


 
Posted on 12-17-08 10:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


क्रेजी धन्यवाद एस्पाली छिटो आएकोमा
अब भने केही होला जस्तो छ्, के हुन्छ होला त भन्न भएन फेरी भेटिन्छ कडा।
तर तपाईंको हरेक वाक्य लेखाइ उत्तिकै मन पराइरहेको छु।
"एउटा हुरीले उडाएको फुल जस्तो न बोटमा हाँसेकी थी न पत्कर भएर रमाउन सकी।"
 
Posted on 12-17-08 10:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बल्ल 'उ' लाई राहत भयो, अब त उस्ले पनि अल्टिमेटम् दिने अवस्थामा पुगेछ जेहोस् खुशी लाग्यो । CL को शब्द सम्योजनको त कुरै छोडौ तर सबैले मन पराएको अनी मैले चाँही नबुझेको यो "पत्कर" को अर्थ चाँही के होला बरु? लौन कसैले बुझाईदिउँ । पत्झड भनेको झरेको पात हो जस्तो लाग्छ यो चाँही झरेको फुल हो कि ? कि आगन्तुक शब्द पर्‍यो ? "खुरु खुरु नपढेर के को शब्दार्थ" भन्ने आरोप चाँही मन मै बसोस है  
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
NRN card pros and cons?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
TPS Re-registration
अमेरिकामा छोरा हराएको सूचना
ओच्छ्यान मुत्ने समस्या ( confession )
Do nepalese really need TPS?
TPS Re-registration case still pending ..
Drawback for applying NRN card
Breathe in. Breathe out.
nrn citizenship
Democrats are so sure Trump will win
ढ्याउ गर्दा दसैँको खसी गनाउच
My facebook archive (for sale)
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters