[Show all top banners]

crazy_love
Replies to this thread:

More by crazy_love
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 शीर्षक जे पनि हुन सक्छ।

[Please view other pages to see the rest of the postings. Total posts: 250]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 NEXT PAGE
[VIEWED 156660 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 13 pages, View Last 20 replies.
Posted on 11-11-08 11:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     4       ?     Liked by
 

 

भाग-१

( यो कथा पुरै कल्पनामा आधारित भएकोले कसैको जीवन सङ मिल्न गएमा संयोग मात्र हुनेछ। )

असनबाट सुरज आर्केड निस्किने गल्ली हुँदै उसले बाइकलाइ बल्लबल्ल त्यो भिंडबाट घिसार्दै मुख्य सडक भन्दा अलि वर आइपुग्यो। आकाशमा कालो बादल भए पनि पानी पर्ने संकेत थिएन, गर्मीले उ लखतरान भैसकेको थ्यो। धुवाँ, धुलो र दिनभरीको ब्यस्तताले उ एकैछिन भये पनि चिसो पिउन भनेर मुख्य सडकलाइ जोड्ने बाँयातिरको एउटा होटेल भित्र छिर्यो। मिठाइ सङै अन्य परिकार भएको त्यो पसल उसले पहिला त्यो बाटो हिडे पनि कहिले याद गरेको थिएन। भित्र पस्नासाथै उसले शीतल महसुस गर्यो। हेर्दाखेरि होटेल सफा देखिन्थ्यो, खुला र उज्यालो पनि थ्यो। उ सरासर कुनापट्टिको मेचमा गएर बस्यो। उ एकछिनको लागि भएपनि एकान्त चाहन्थ्यो, ब्यापार, नाफा, घाटा, मिटिङ र शेयर बजार झेल्दा झेल्दै उस्को जीबन एउटा तनाबको गोला भैसकेको थ्यो। बस्नासाथै उसले चिसो कोक अर्डर गर्‍यो र सङैको टेबुलमा कसैले छोडेको "कान्तिपुर" हेर्न थाल्यो, समाचार भन्दा पनि "हेडलाइन" हरु पढ्न थाल्यो।

उसलाइ कसो कसो त्यहाको बाताबरण एकदम आरामदायी लाग्न थाल्यो, एउटा मिठो सुवास जुन उस्ले पहिले पनि महसुस गरेको छ, त्यही बासना फैलिए जस्तो लाग्यो वरिपरि। मानौं उ त्यहाँको प्रत्यक सुक्ष्मतासङ राम्ररी परिचित छ। कतैबाट मसिनो गुनगुनको आवाजले उसले टाउको उठाएर हेर्‍यो, उसको ठ्याक्कै २ टेबुलभन्दा पर दुइ युबती उ पट्टि ढाड फर्काएर बसेका थे। बेला बेलामा मसिनो हाँसो सुनिन्थ्यो। उनिहरु शायद कुनै पत्रिका हेर्दै कुरा गरि रहेका थे। पछाडीबाट हेर्दा उसले उनिहरुको उमेर अड्कल गर्न सकेन तर उ दाँया पट्टी बसेकी केटिको सेतो कुर्ता हेरिरह्यो। त्यो सेरो कुर्ता उस्ले कतै देखेको जस्तो लाग्यो, कुर्ता मात्र होइन उस्को गलाभन्दा केहि तल झरेका केशराशी पनि आत्मिय लाग्यो। होइन होइन, कुर्ता बाहिर को उसको शारिरक बनोट यस्तो लाग्यो, उस्ले त्यो शरीरलाइ चिनेको छ। गोरो ढाडमुनिको पातलो कम्मर र त्यसमुनिको घुमाउरो फुकेको गोलाइ उसले देखेको मात्र होइन अनुभुत गरेको छ। उसले "कान्तिपुर"मा ध्यान दिन सकेन, उसलाइ सेतो कुर्ता बाहिर देखिने आकर्षक शरिरले  तानिरह्यो, उसलाइ त्यो शरीर प्यारो लाग्न थाल्यो, माया गरि रहुँ जस्तो। त्यस्तो अदभुत कुरा के छ र त्यो सेतो कुर्ता लाउने सङ? उसले आफैलाइ प्रश्न गर्यो र सेतो कुर्तासङै बसेकि हरियो कुर्तालाइ हेर्यो। पछाडी बाट त हरियो कुर्ता पनि उस्तै सुन्दर देखिन्थी, अझै राम्रो शरीर, लामो ढाड, चिटिक्क छिनिएको कम्मर र मन लोभ्याउने "सिल्की" लामो कपाल। तर हरियो कुर्ताले उसलाइ आकर्षण गरे पनि मनमा आफ्नै जस्तो भाव जन्माउन सकेन।

अब उसले एक्दम चनाखो भएर उनिहरुको स्वर सुन्ने प्रयाश गर्‍यो। दुबै स्वरहरु उस्तै उस्तै सुनिन्थे पछाडिबाट। हरियो र सेतो कुन चाहिको स्वर मधुर भन्नै गार्हो पर्‍यो। अगाडी गएर प्रतक्ष्य हेर्न पनि अलि अप्ठ्यारो हुने। पछाडीबाट झन धेरै कौतुहुलता जाग्ने। उस्लाइ सेतो कुर्ता लाउने को अनुहार हेर्न मन लाग्यो। शायद उसले देखेको हुनु पर्छ त्यो अनुहारलाइ। उसलाइ लाग्यो, सेतो कुर्ता लाउनेको शरीरको प्रत्येक अङसङ उ नजिकिएको हुनु पर्छ, प्रेम गरेको हुनु पर्छ। त्यो स्पर्श कल्पिएर उ एक्छिन आनन्दित भयो। एकैचोटि पछाडी फर्के पनि हुने नि सेतो कुर्ता, उसको मनमा उठिरहेको आँधी त केहि शान्त हुन्थ्यो कि। बेला न कुबेला मोबाइल बज्न थाल्यो उसको, उसले मोबाइल अफ गर्‍यो। उपाय सोच्यो कसरी सेतो कुर्ताको अनुहार हेर्ने भनेर। त्यतिकैमा ठुलो खित्का छुट्यो त्यो सेतो कुर्ताको टेबुलबाट, उ मात्रै होइन होटेलमा भएका सबैले उनिहरुतिर हेरे। उनिहरु फेरि खासखुस मात्र गर्न थाले। उसले राम्रो बहाना पायो, कोकको सिसी लिन आउने केटोलाइ सेतो कुर्ताहरुलाइ गएर त्यसरी हाँस्दा अरुहरुलाइ "डिस्टर्ब" हुन्छ भन्ने कुरा पठायो। त्यो केटो गएर उनिहरुलाइ केहि भन्यो। उसले सतर्क भएर प्रतिक्रिया कुरि रह्यो। उनिहरुले पनि केटोलाइ सोधे क्यारे, केटोले उ बसेको कुनामा त्यहीबाट चोर औँलाले देखायो।

"सरी" सेतो कुर्ता लाउने केटीले पछाडी फर्केर उसलाइ भनी। दुबैको नजर जुध्यो, समय केहि बेरलाइ रोकियो र फेरि पछि भाग्न थाल्यो। उसले केहि भन्नु वा सेतो कुर्ताले अरु केहि बोल्नु अगाडी उकुसमुकुस, भय र पग्लिएर नबगेको बिगतले उसको सबै उमङहरुमा प्रहार गर्यो। नसोचेको कुरा घट्यो त्यहाँ। हेर्दाहेर्दै सेतो कुर्ताको अनुहारमा संकोच र ग्लानिका रेखाहरु एक पछि अर्को गर्दै आउन थाले, सेतो कुर्ताले उसको आँखामा हेर्न सकिन। उ त्यहाँबाट हरियो कुर्तालाइ लिएर तुरुन्त निस्की हाली। उ जड भयो। आजै किन उस्लाइ यहाँ आउनु पर्‍यो? के काठमान्डु यति सानो छ जहाँ उसले आफुले कहिले हेर्न नचाहेको अनुहारलाइ देखि रहनु पर्छ? के जिन्दगीले फेरि उ सङ अर्को कुनै खेल खेल्न लागेको हो? यत्रो सहरमा उ नै किन भेटिनु पर्ने?

उसले आफ्नो मिल्ने साथी बिबेकलाइ त्यहीँ बाट फोन गर्‍यो।

"बिबेक, तँ मलाइ अहिले भेट्न सक्छस्?"

"अहिले त मि बिजि छु, किन?" बिबेकले सोध्यो।

"आज सारै नराम्रो दिन रैछ यार।" उसको स्वर सानो भयो।

"भुमिका नबाँधी भन त। मेरो यहाँ फुर्सद छैन। के भयो?"

"मैले साक्षीलाइ देखेँ।" सेतो कुर्ता बसेको रित्तो ठाँउलाइ हेर्दै भन्यो उसले।

"को? को रे?" बिबेकले फेरि सोध्यो।

"उहि, क्या त! साक्षी.... मेरो...... ।कस्तो कुरा नबुझ्या?" उसले कुरा बुझाउने प्रयाश गर्‍यो।

 "ए ! साक्षी! बल्ल बुझे। अर्का सङ पोइला गएकी स्वास्नीको नि के कुरा गरीराको होला यसले?" बिबेकले उसले कसैलाइ नदेखाएको पुरानो घाउमा नुन छर्कियो। तीब्र पीडाले उ छटपटियो र भित्तामा अडेश लाएर बस्यो।

क्रमश:...

 

Last edited: 21-Nov-08 06:20 PM

 
Posted on 11-30-08 3:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कथामा नयाँ टुइस्ट - साक्षी ले धोका पाएको हो त ?
गाइने किन अर्कै सँग लागी त ?
साक्षी ले गाइनेलाई छोडेर फेरी अर्कै सँग लागी त ?
अब त्यो बिचरा र कबिता को चक्कर चल्छ होला त ?
फेरी त्यो बिचरा र साक्षी को पुनर मिलन हुन्छ कि ?

अब के होला त,
 
 
Posted on 11-30-08 5:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

CL ji ko katha le feri arko mod liyecha..katha ta feri yeuta ramailo twist aayo...

Lahare bro le bhane jastai maro man ma ni ti prasna haru kheliraheka chan...

arko episode ko partikshya ma.. aasa garau chadai nai aaune cha


 
Posted on 11-30-08 7:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

katha jhan jhan interesting and exciting hudai gairachha, lekhai ko ta tarif gari rahanu nai pardaina hola ni, hoina Crazy ji? tara je jasto bhaye pani Saakshi le dhoka diyeki nai ho "uslai" (btw, usko naam ke ho?), tesaile Saakshi ra usko reunion nabhayekai ramro. Ekdam chitta bujho yo bhanai sanga -- "अरुलाइ रुवाउनेहरु धेरै दिन हाँस्न सक्दैनन्।"
 
Posted on 12-01-08 10:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो लहरे पासा!

कति धेरै प्रश्नहरु?

तिम्रो उत्तरहरु खोज्नै मलाइ २ बर्स लाग्छ जस्तो छ। हे हे हे।

बडो जान्ने भएर अर्काको नाम "बिचरा" भन्दो रैछ। अलि राम्रो नाम पाएनौ?

logistic ज्यु,

तपाइको प्रश्न र लहरेको प्रश्नहरु एकै हुन्? कतै तपाइ लहरेको आफ्नै दाजुभाइ अथवा जुम्ल्याहा साथी त होइन है?

Just kidding! Thanks for your comment!

Ctal,

नाम टाइप गर्दै शीतल हुँदो रहेछ यो जाडोमा पनि।

(btw, usko naam ke ho?)

उसको नाम "बिचरा" हो अहिलेलाइ लहरे पन्डितले हिजो न्वारान गर्दिनु भएको।

प्रतिक्रियाको लागि धेरै धेरै धन्यबाद!


 
Posted on 12-01-08 11:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ गाइने त धोकेबाज निस्क्यो कि क्या हो क्रेज?
कथा त कस्तो नसोचिएको मोड तिर पो पुग्यो। तिम्रो खुबी नै त्यही हो कथामा के हुन्छ अनुमान पनि लगाउन नसक्ने।
अर्को भागलाई कुरिराछु है। 
 
Posted on 12-01-08 11:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

झन तिमीलाई गाह्रो होला लेख्न भनेर प्रश्न लेखिदिएकोछु अझ कराउने
खुरुक्क प्रश्न हरु को जवाफ दिने, अनी कथा बनिहाल्छ  है वेँ पासा
फेरी वेँ भनेको के भन्लाउ - अब वेँ लाई वेँ नभनेर के भन्ने त

अब बिचरा त हो - आफु नाम दिनु छैन - झन मैले दिइराखेको छु - त्यो पनि नहुने
यो क्रजी मुँया त त्यो जस्तै छ आफु पनि नाम नदिने अनी मैले दिएको नि नहुने


 
Posted on 12-01-08 11:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफुलाई धोका दिने लाई अरुले पनि धोका दिएको देख्दा एक्छिन भए पनि आनन्द लाग्यो, अब झन "साक्षी एक्लै भैछ मेरो साथको जरुरी छ" भन्दै पागल हुने त होला नि
अनी मलाई त डाक्टरले 'क्रेजी को कथा पढे ठीक हुन्छ' भनेको छ नि त
 
Posted on 12-01-08 12:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ दिपु!

आजकल तिमि किन भुमिगत हँ? तिम्रो कथा नपढेको पनि एक जुग भैसकेछ। लेख न साथी।

प्रेज् पनि गइ कि क्या हो त्यै सङ? ठिकै भयो दाइजो बच्यो।हे हे हे।

लहरे,

वेँ भन्या "मोस्ट वन्डरफुल पर्सन" भन्या होइन र?

धन्यबाद लहरे!

तिमि पनि धेरै धेरै वेँ है।

Stat ज्यु,

अनी मलाई त डाक्टरले 'क्रेजी को कथा पढे ठीक हुन्छ' भनेको छ नि त
 

खाना खाए पछि कि खाना खानु अघि पढ्नु re? डाक्टर त गज्जबको रैछ।


 
Posted on 12-01-08 12:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कस्तो बुझ्ने रैछ यो क्रजी त - विद्वान नै हो ल
मैले भनेपछी हो नै -
तर म चाँही अली अली वेँ हो अनी तिमी मात्रै धेरै धेरै - हो भन्या साचै

अनी कथा लेख्न बसेको हो - हो भने ठिकै छ - होइन भने
कथा लेख्न नबसेर के गरिरा ० खुरुक्क लेख्ने अनी आज साँझ सम्म टाँस्ने


 
Posted on 12-01-08 2:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ha! hilarious response to Stat's humorous comment.
 
Posted on 12-01-08 2:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ahile Krishna pakshya ho ki Chandra pakshya ho? Crazy ji ko pakshik (15-15 din ma) rup ma prakashan hune katha ke padna paiyela ra khai pakshya change nabhai kana ta?
 
Posted on 12-01-08 6:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

CL ji khai ta questions ko answers ta aayena ni ta..

ma lahare ko twins ta haina tara nepali bhako bhayera daju bhai or fren j bhane ni huncha hai...

 


 
Posted on 12-01-08 9:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो "पागल प्रेमी" ले त सबैलाई पागल बनाउने जस्तो छ नि, के हो? एकै चोटि दुई भाग पढ्न भ्याईयो- त्यो पनि एकै सास मा। कविता अमेरिका तिर भए, ईमेल पाउन बरू। सल्लाह लिन पर्ला जस्तो भयो।

अरू जे भये नि, मनोबिज्ञान सँग खेल्न "पागल प्रेमी" निकै खप्पिस भाको प्रमाणित भयो- मलाई।

अनी भाग नम्बर लेखेको ले पढन सजिलो भयो है - अरू पछी.

धरान

 
Posted on 12-03-08 12:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाई, ज्वाँई....... ऐया बाबा के भन्नु हुन्च हो दि

Bhetai deko pani ko sanga bhanda "Councellor" sanaga, hare. Hoina "Amrica" tira pathauna lagnu bha ki k ho gathe biocharo lai..heheh
ramailo hundai cha la de katha ta....Bicharo lai sarai apat naparnu hai.


 
Posted on 12-05-08 8:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

CL, yastari harauna bhaena....... parkhaima chhan bhanne bhule jasto chha ni
 
Posted on 12-05-08 12:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्रेजी किया रे...
"कबिताको कुराहरु झन् रमाइला लाग्न थाले उसलाइ" मात्र हैन मलाई पनि रमाइलो लाग्यो,
परामर्श लिन क्रेजी कै आउनु पर्ला जस्तो लाग्यो मलाई पनि,कथा मा पो कबिता ले बोलेको त लेख्ने त क्रेजी नै हुन।
लेखाइ एकदमै गहकिलो एवम लाजवाब छ्।
अर्को भाग लाई धेरै नकुराउ है। 
 
Posted on 12-06-08 10:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"अर्को भाग लाई धेरै नकुराउ है। " रे!!!
कुर्नु कुरिसकियो नि यहाँ !! के भएछ साक्षी र गाइनेको जिन्दगीमा भनेर खटपट भइसक्यो!! कथा पढ्न पाइया होइन !!!

 
Posted on 12-06-08 10:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Crazy Love जी,
यो कथा जती पढ्दै गयो तेती नै मनमा प्रश्नहरुको कुहिरो मणडल लाग्न थालछन, शायद कथाकारको ( तपाईं ) उधेस्य तेही नै होला । कथा रमाइलो छ, कथाको  लागि । 
 
Posted on 12-07-08 12:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाग - ८

त्यो रात घर पुगेर उ धेरै बेर सोचिरहेको थ्यो। कसले कसलाइ रुवायो अनि कसले कसलाइ हसाँयो? यो आँसु र हाँसोको हिसाब कसरी आफै मिल्न जान्छ? साक्षीको रोदनमा उ मन फुकाएर हाँस्न सक्ला र? जे भए पनि साक्षी गाइनेसङ खुशी होला जस्तो भने उसलाइ पटक्कै लागेन। शायद उसको मनले उसलाइ सान्त्वना दिंदैथ्यो, हुन सक्छ भित्र कुनै अबचेतन मनमा उ साक्षीलाइ अझै चाहन्छ।

त्यो रातको सपनामा साक्षी उसको घरभित्र आइ, उसले रोक्नै सकेन। यसरी आइ मानौं उ माइतीबाट फर्केकी छे, अथवा कतै बाहिर गएर आफ्नो घर फर्केकी छे। उसले ढोकामा बसेर साक्षीलाइ गाली गर्‍यो, भन्न नसकेको कुराहरु सबै भन्यो। तैपनि साक्षी त्यही घरभित्र पसी। कोठामा आएर उ सङै नजिकै पल्टी। अझ उसको सिरक तानेर कुनातिर फर्केर सुती। लाज नभएकि केटी! चरित्रहिन आइमाइ! बेइज्जती! उसले ठुलो स्वरले सुनायो साक्षीलाइ। आफ्नै इक्ष्याले उसलाइ छोडेर जाने अनि फेरि आफ्नै इक्ष्याले फर्किने। त्यो घरमा उसको केहि भुमिका छैन र, यसरी मनपरी गरेर हिंड्न। साक्षी केहि नबोली निदाइ। उसलाइ झनै रिस उठ्यो, उ सपनाभरी साक्षीलाइ तथानाम गाली गरि रह्यो।

बिहान बिंउझिदाँ उसलाइ साक्षी सङै सुतिरहेकी जस्तो लाग्यो। खाटमा उ एक्लै थ्यो, कोठामा अरु कोहि थिएनन्, र पनि उसलाइ साक्षी उ सङै छे जस्तो लागि रह्यो। कहिलेकाहिँ सपनाले पनि क्षणिक मिठो अनुभुति दिएर पीडा दिन्छ उसलाइ। दिनभरी उसले साक्षी फर्केको सपना सम्झिरह्यो र साँझमा सधैं झैं बिबेकको क्याफेमा गयो। कबितालाइ फोन गर्‍यो, कबिताले दुइ चार दिन आफु ब्यस्त हुन परेको कारण माफी मागी। ठमेल त्यस्तै थ्यो, जस्तो हिजो अस्ति हुन्थ्यो, गाइने जस्तै धेरै मान्छेहरु हिंडीरहेका हुन्थे, उनिहरुको फ्यानहरु हुन्थे, केहि नबुझेर टोलाउने बटुवाहरु हुन्थे। र आफुबाट भाग्ने प्रयासमा त्यो सडकलाइ नियमित नियालिरहने उ। बेला बेलामा गाइने र उसका नयाँ नयाँ सम्बन्धको बारेमा उसलाइ बिबेकले सुनाइ रहन्थ्यो, बिबेककी बहिनी पत्रिका मार्फत गाइनेको को सङ के भइ रहेछ भनेर थाहा पाँउदी रहेछ।

जीबन दौडिन थाल्यो, उसले कबितालाइ दुइ हप्ता पछि आधा घन्टा भेट्ने मौका पायो त्यही क्याफेमा। उ एउटा तालिमको लागी ब्यस्त थी। त्यसैले धेरै जस्तो कुरा औपचारिक नैं भए। कबिता पहिलो भेट भन्दा अरु फरासिली भएकी थी। उ कुरा गर्न भन्दा सुन्न मन पराउथ्यो। त्यस अर्थमा दोस्रो भेटमा पनि उ कबितासङ धेरै खुल्न सकेन। उसलाइ बिबेक उसको केटा साथी भए जस्तै कबिता केटी साथी भएको जस्तो मात्र लाग्यो। उसले कबितालाइ प्रेमिका वा भावी श्रीमतीको रुपमा हेर्नै सकेन। कबिताको ब्यक्तित्व नैं साथी मात्र हुन सक्ने जस्तो लाग्यो उसलाइ। तर उसलाइ कबितासङ बिताएका क्षण भने सामान्य लागे, न कुनै उत्साह न त कुनै तरङ।

कबितालाइ भेटेको दुइ हप्ता पछि उ आर्मी अस्पतालको अगाडी रहेको "साझा मेडिकल हल"मा ठुल्दीको लागि केहि औषधीहरु किनेर बाहिर निस्कदैंथ्यो, उसको आँखा ठ्याक्कै त्यहि अगाडी रहेको माहांकाल्स्थानको अघि उभिएर नमस्ते गरिरहेकी साक्षीमा पुगेर अड्यो। साक्षी आँखा बन्द गरेर मन्दिरको ढोका अगाडी उभिएकी थी। उ हतार हतार बाटो काट्न खोज्यो, लगातार आइरहेका गाडीहरुले उसलाइ बाटो काट्न दिएन। साक्षी एकछिनपछि भरेङबाट तल झरी र "नेपाल बायुसेवा निगम" भएतिर बाटो काटेर नयाँसडक जाने बाटोतिर लागी। उ साक्षीलाइ भेट्टाउन पछि पछि छिटो हिंड्यो। साक्षी एक्लै थी, उसको हिंडाइको रफ्तार त्यसैले पनि बढिरहेको थ्यो। मान्छेहरुको हुलले उसलाइ अगाडी जान नदिएपछि उसले बोलायो।

"साक्षीss!" साक्षीले सुनिन वा सुने पनि नसुने झैं गरी।

त्यसपछि उ मान्छेहरुलाइ आफ्नो बाटोबाट पन्छाउदैं दौड्यो र फेरि ठुलो स्वरले बोलायो।

"साक्षीssss!"

साक्षी फरक्क पछाडी फर्केर उसलाइ हेरी। फुङ उडेको साक्षीको अनुहारमा हर्ष, बिस्मात, कौतुहुलता र पस्चाताप केहि पाएन उसले। शुन्य आँखाहरु मौन थिए। भावहिन अधरमा हेर्दै उसले अनुरोध गर्‍यो।

"साक्षी! म तिमी सङ कुरा गर्न चाहन्छु।"

क्रमश:


 
Posted on 12-07-08 1:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो वेँ पासा पनि खाली थर्काउने मात्र रैछ।

ल ल सरी है छिटो लेख्न नसकेकोमा।

ctal,

आज चाहि बल्ल क्रेजी पक्ष पर्या जस्तो छ है?

logistic ज्यु,

धैर्यको लागि धन्यबाद!बिस्तारै आँउदैछ प्रश्न र उत्तरहरु शायद।

धरान ज्यु,

कबिता त कहाँ छे थाहा भएन, डाक्टर फिलको चाहि वेबसाइट छ, चाहिन्छ? हे हे हे।
भाग लेखेको यहाँ कै सुझाबले हो।
अरु पनि सुझाबको आशामा।

nakkali108

पक्कै भाइ हो भन्ने शंका लागेर पठाएको छ मलाइ पनि।

Stat,

सम्झिरहेको थें, तर आज मात्र लेख्न भ्याएँ, कहाँ भुल्न सक्नु र साझालाइ?

बिस्टे ज्यु,

लौ न! काँ क्रेजीलाइ कबिता, कबितालाइ क्रेजी बनाउनु भएको?

यति धेरै कुराउनु परेकोमा माफ चाहन्छु।

चेलि,

आयो आयो ताजा भाग!

bhakte ज्यु,

कथा रमाइलो मानिदिनु भएकोमा धन्यबाद!

यस कथालाइ धैर्यतापुर्बक पढीदिनु हुने सबै साथीहरुलाइ धन्यबाद।


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
emergency donation needed
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Morning dharahara
nrn citizenship
जाडो, बा र म……
1974 AD Pinjadako Suga Remixed
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters