Posted by: crazy_love December 7, 2008
शीर्षक जे पनि हुन सक्छ।
Login in to Rate this Post:     0       ?        

भाग - ८

त्यो रात घर पुगेर उ धेरै बेर सोचिरहेको थ्यो। कसले कसलाइ रुवायो अनि कसले कसलाइ हसाँयो? यो आँसु र हाँसोको हिसाब कसरी आफै मिल्न जान्छ? साक्षीको रोदनमा उ मन फुकाएर हाँस्न सक्ला र? जे भए पनि साक्षी गाइनेसङ खुशी होला जस्तो भने उसलाइ पटक्कै लागेन। शायद उसको मनले उसलाइ सान्त्वना दिंदैथ्यो, हुन सक्छ भित्र कुनै अबचेतन मनमा उ साक्षीलाइ अझै चाहन्छ।

त्यो रातको सपनामा साक्षी उसको घरभित्र आइ, उसले रोक्नै सकेन। यसरी आइ मानौं उ माइतीबाट फर्केकी छे, अथवा कतै बाहिर गएर आफ्नो घर फर्केकी छे। उसले ढोकामा बसेर साक्षीलाइ गाली गर्‍यो, भन्न नसकेको कुराहरु सबै भन्यो। तैपनि साक्षी त्यही घरभित्र पसी। कोठामा आएर उ सङै नजिकै पल्टी। अझ उसको सिरक तानेर कुनातिर फर्केर सुती। लाज नभएकि केटी! चरित्रहिन आइमाइ! बेइज्जती! उसले ठुलो स्वरले सुनायो साक्षीलाइ। आफ्नै इक्ष्याले उसलाइ छोडेर जाने अनि फेरि आफ्नै इक्ष्याले फर्किने। त्यो घरमा उसको केहि भुमिका छैन र, यसरी मनपरी गरेर हिंड्न। साक्षी केहि नबोली निदाइ। उसलाइ झनै रिस उठ्यो, उ सपनाभरी साक्षीलाइ तथानाम गाली गरि रह्यो।

बिहान बिंउझिदाँ उसलाइ साक्षी सङै सुतिरहेकी जस्तो लाग्यो। खाटमा उ एक्लै थ्यो, कोठामा अरु कोहि थिएनन्, र पनि उसलाइ साक्षी उ सङै छे जस्तो लागि रह्यो। कहिलेकाहिँ सपनाले पनि क्षणिक मिठो अनुभुति दिएर पीडा दिन्छ उसलाइ। दिनभरी उसले साक्षी फर्केको सपना सम्झिरह्यो र साँझमा सधैं झैं बिबेकको क्याफेमा गयो। कबितालाइ फोन गर्‍यो, कबिताले दुइ चार दिन आफु ब्यस्त हुन परेको कारण माफी मागी। ठमेल त्यस्तै थ्यो, जस्तो हिजो अस्ति हुन्थ्यो, गाइने जस्तै धेरै मान्छेहरु हिंडीरहेका हुन्थे, उनिहरुको फ्यानहरु हुन्थे, केहि नबुझेर टोलाउने बटुवाहरु हुन्थे। र आफुबाट भाग्ने प्रयासमा त्यो सडकलाइ नियमित नियालिरहने उ। बेला बेलामा गाइने र उसका नयाँ नयाँ सम्बन्धको बारेमा उसलाइ बिबेकले सुनाइ रहन्थ्यो, बिबेककी बहिनी पत्रिका मार्फत गाइनेको को सङ के भइ रहेछ भनेर थाहा पाँउदी रहेछ।

जीबन दौडिन थाल्यो, उसले कबितालाइ दुइ हप्ता पछि आधा घन्टा भेट्ने मौका पायो त्यही क्याफेमा। उ एउटा तालिमको लागी ब्यस्त थी। त्यसैले धेरै जस्तो कुरा औपचारिक नैं भए। कबिता पहिलो भेट भन्दा अरु फरासिली भएकी थी। उ कुरा गर्न भन्दा सुन्न मन पराउथ्यो। त्यस अर्थमा दोस्रो भेटमा पनि उ कबितासङ धेरै खुल्न सकेन। उसलाइ बिबेक उसको केटा साथी भए जस्तै कबिता केटी साथी भएको जस्तो मात्र लाग्यो। उसले कबितालाइ प्रेमिका वा भावी श्रीमतीको रुपमा हेर्नै सकेन। कबिताको ब्यक्तित्व नैं साथी मात्र हुन सक्ने जस्तो लाग्यो उसलाइ। तर उसलाइ कबितासङ बिताएका क्षण भने सामान्य लागे, न कुनै उत्साह न त कुनै तरङ।

कबितालाइ भेटेको दुइ हप्ता पछि उ आर्मी अस्पतालको अगाडी रहेको "साझा मेडिकल हल"मा ठुल्दीको लागि केहि औषधीहरु किनेर बाहिर निस्कदैंथ्यो, उसको आँखा ठ्याक्कै त्यहि अगाडी रहेको माहांकाल्स्थानको अघि उभिएर नमस्ते गरिरहेकी साक्षीमा पुगेर अड्यो। साक्षी आँखा बन्द गरेर मन्दिरको ढोका अगाडी उभिएकी थी। उ हतार हतार बाटो काट्न खोज्यो, लगातार आइरहेका गाडीहरुले उसलाइ बाटो काट्न दिएन। साक्षी एकछिनपछि भरेङबाट तल झरी र "नेपाल बायुसेवा निगम" भएतिर बाटो काटेर नयाँसडक जाने बाटोतिर लागी। उ साक्षीलाइ भेट्टाउन पछि पछि छिटो हिंड्यो। साक्षी एक्लै थी, उसको हिंडाइको रफ्तार त्यसैले पनि बढिरहेको थ्यो। मान्छेहरुको हुलले उसलाइ अगाडी जान नदिएपछि उसले बोलायो।

"साक्षीss!" साक्षीले सुनिन वा सुने पनि नसुने झैं गरी।

त्यसपछि उ मान्छेहरुलाइ आफ्नो बाटोबाट पन्छाउदैं दौड्यो र फेरि ठुलो स्वरले बोलायो।

"साक्षीssss!"

साक्षी फरक्क पछाडी फर्केर उसलाइ हेरी। फुङ उडेको साक्षीको अनुहारमा हर्ष, बिस्मात, कौतुहुलता र पस्चाताप केहि पाएन उसले। शुन्य आँखाहरु मौन थिए। भावहिन अधरमा हेर्दै उसले अनुरोध गर्‍यो।

"साक्षी! म तिमी सङ कुरा गर्न चाहन्छु।"

क्रमश:

Read Full Discussion Thread for this article