nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी २० ~

[Please view other pages to see the rest of the postings. Total posts: 302]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 99347 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 07-26-06 8:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी!चौतारी !! चौतारी !!!



चौतारीको २० औं संस्करणमा फेरी चौतारीको छपनी मिलाउदै म नमे हाजिर भएको छु । जति बस्यो उति मायामा फस्यो जस्तै करिब १ बर्ष पुग्दा थुप्रै मित्रहरु चौतारीमा जम्मा हुनुभएको छ र यति राम्रो मित्रता कायम भएको छ, त्यो त सबै सामु छर्लङ्ग छ । कथा, कविता, गीत, गजल भन्दै हासो ठट्टा गर्दै समय बितेको त पत्तो नै भएन । अझै आउने बर्षहरुमा हामी सबैले यसमा रमाइलो थप्दै जानुपर्छ !

यस्तो रमाइलो बनाउन, चौतारी हेरेर रमाउने अनि चौतारीमै आएर रमाइलो गर्ने नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, काका,निरे,सन्जु, सिरे, भौते, गोतामे, मास्टर्नी नानी, मुन्द्रे, लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते, मुखियाबा, लालुपाते, गुरासे, लाउरे दाई, लुते, नटे, डल्ली, सेर्पिनि, चमेली,लन्लि, रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, ठुल्नानि, प्रिती हिते ,नारने, कैले, तिर कुमारी, चरीनङ्रगे, बब दाई, ईश्वर, सान्कान्छा, राते, हिते, रामे, मने, इन्द्रेणी,हिमाल, कुम्ले, चित्रे, फोक्से, डि बी र मिस्टे
सबैको एकनास योगदान छ ।

कहिले काही रिकुटे आएर दु:ख दिदा र घरी घरी चौतारीमा सल्ला नमिल्दा पनि कुरो ट्याक टुक पारेर अघाडी बड्नु र तेस्मा आफ्नै तरिकाले रमाइलो थप्नु नै चौतारीको सफलताको कारण हो कि जस्तो लाग्छ ! संसारको सप्पै कुनाबाट एउटै साझा ठाउमा धोको फु्क्ने गरी मन खोल्न पाउने मौका पनि यै चौतारीले दिएको छ । फेरि पनि मन खोल्दै यो २० चौतारीको नया रुपसंगै रमाइलो गर्दै चौतारी महोत्शवको पनि तयारी गरौ ।

हरेक बिहान रविका प्रज्जवलित किरणसँगै
हरेक दिन हावाका शीतल झोंक्कासँगै
हरेक साँझ सागरका उर्लँदा लहरसँगै
अनि
हरेक साँझ जूनको मीठो प्रकाशसँगै
म आफैंलाई तिम्रो यादमा भुलेको पाउँछु
कल्पनाको बागमा डुलेको पाउँछु
अनुरागको फूलमा फुलेको पाउँछु
चौतारीको चिसो हावामा झुलेको पाउँछु ...

 
Posted on 07-31-06 10:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>हिजो राती थापेको बल्छिमा माछा पर्‍यो कि।

यो कुम्लेले बल्छि थापेर, माछा मारेर, कट्टु किनेर लाउला जस्तो मैले मानिन.
यो मामाकहाँ जाँदा पनि *री देखाउँदै जान्छ.

अब बल्छि पनि रातभरि थापेर राख्ने कुरा हो त ? हेर त दम्तरी हो यो कुम्लेका अक्किल.
 
Posted on 07-31-06 11:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाहा ठुल्नानी, दामि नाच्दी रैछौ त!
दादाले हसाँउनु भयो!
 
Posted on 07-31-06 11:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्नानी देउडा नाचेओ अस्तो छ।


काँचो सम्झि बेलौति-आर माझमा
पाक्यो र अम्बा भै बाँचुन्जेल सम्म माया हानपैतालि झम्म

बिरफाँट्याको जुवा माउरिर-माझमा
काँ बाट जम्माभै बाँचुन्जेल सम्म मायाँ हाँनपैतालि झम्म

रामिडाँडा सिपाचौर रमझम
रामिडाँडा सिपाचौर रमझम
रमाईलो बन पनि बाँचुन्जेल सम्म माया देउडा खेलाऊ-छम
रमाईलो बन पनि बाँचुन्जेल सम्म माया देउडा खेलाऊ-छम
कइले भेट होला भनि रमझम
कइले भेट होला भनि रमझम
आत्या थ्यो मन पनि बाँचुन्जेल सम्म माया देउडा खेलाऊ-छम
आत्या थ्यो मन पनि बाँचुन्जेल सम्म माया देउडा खेलाऊ-छम

 
Posted on 07-31-06 11:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ऊप्स्!
हाजिर गर्न बिर्सेछु ।
रोल न्ं १५, मिस्टे।
हाजिर मिस्
के छ बिर्खे माइला ?

 
Posted on 08-01-06 2:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्ले, के हो भएन नि यो त.... कविताको बल्छि त हालेको हैन माछा मार्न ??
ठट्टा गरेको है, सिरिएस्ली नलिनुहोला । ।

अनि tyra , आलु र तामा गीतको मलाई पनि एक लाइन मात्रै आउँछ । । । म सानो हुँदा मेरो पनि मनपर्ने गीत हो यो त । । । । बरु चौतारीका अरु साथीहरुलाई पो आउँछ कि पुरा गीत??

वीरखेजी को डेउडा गीतमा ताल मिलाएर नाच्न मन लाग्यो, लौ शुरु गर्ने हैन त नाच्न ......सबै जना उठौं ल नाच्न शुरु गरी हालौं .........

आच्या हाजिर गर्न त झन्डै बिर्सेको......

रोल लम्बर हन्ड्रेड वान । । । यस मिस् । । । ।

(कुम्लेलाइ कान मा खुसुक्क...) हाजिर भइ हाल्यो जाने हैन त माछा मार्न । । । । दिन भरि पौडी पनि खेलौं, माछा पनि मारौं । । ।

माच्छी मारन हो कुम्ले ब्रो, माच्छी मारन.....
माच्छी मारन हो कुम्ले ब्रो रातलाई चटनि...
माच्छी मारन........
 
Posted on 08-01-06 5:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राजुको होमवर्क कसले गरिदियो ?

राजुले आफ्नो होमवर्क कहिल्यै गर्दैनथ्यो । "कस्तो बोर लाग्छ ।" उसले भन्थ्यो । ऊ जहिले पनि खेलिरहन्थ्यो । उसका शिक्षकहरूले भन्नुहुन्थ्यो, "होमवर्क गरेनौ भने तिमीले केही पनि सिक्ने छैनौ ।" हुन पनि हो, उसलाई केही पनि आउँन्नथ्यो ।

तर उसले के गरोस् ? उसलाई होमवर्क भन्ने बित्तिकै दिक्क लाग्थ्यो ।
एक दिन राजु कोठामा एक्लै खेलिरहेको थियो । कोठाको कुनामा उसको बिरालो खेलौनासँग खेलिरहेको थियो । उसलाई पनि त्यो खेलौनासँग खेल्न मनलाग्यो । उसले अचानक त्यो खेलौनालाई च्याप्प समात्यो । तर त्यो त खेलौना होइन रहेछ । त्यो त खेलौनाजत्रो ख्याक पो रहेछ । उसको जिउ भालुको जस्तो कालो रौँले ढाकिएको थियो ।

राजुको मुठ्ठीमा परेको सानो ख्याक आत्तियो । उसले राजुसँग निहोरा गर्दै भन्यो, "मलाई त्यो बिरालोबाट जोगाऊ । तिमीले जे भन्छौ म मान्छु ।"

उसको कुरा सुनेर राजु छक्कै पर्यो । सेतो भूतलाई मुठ्ठीमा पार्नसक्यो भने भाग्यमानी भइन्छ भन्ने उसले हजुरआमाबाट सुनेको थियो । उसलाई आफ्नो मुठ्ठीमा ठूलो भाग्य परेजस्तो लाग्यो ।

"मेरो सबै होमवर्क यही ख्याकबाट गराउन पाए त सन्चै हुन्थ्यो । होमवर्कमा सबैभन्दा धेरै नम्बर ल्याउन पाए त जाँचमा पहिला हुने थिएँ ।" राजुले बिचार गर्यो । उसको जाँच आउन एक महिनाजति बाकी थियो । उसले ख्याकलाई भन्यो, "लौ मेरो सबै होमवर्क गरिदियौ भने म तिमीलाई छाडिदिन्छु ।"

राजुको कुरा सुनेर त्यो सानो ख्याक आत्तियो । उसले खुट्टा बजार्दै भन्यो, "हे भगवान ! कस्तो आपत आइलाग्यो । जे भए पनि बोलेको कुरा त पूरा गर्नैपर्यो ।"

ख्याकको कुरा सुनेर राजु दंग पर्यो ।

बचनको पक्का त्यो सानो ख्याक राजुको होमवर्क गर्न कस्सियो । उसले राजुको किताब र नोटहरू पढ्न थाल्यो । एकछिन पढेपछि उसलाई समस्या पर्यो । किताबमा उसले नजानेका धेरै शब्दहरू थिए । उसले राजुसँग भन्यो, "तिम्रो होमवर्क त म गर्छु तर तिमीले मदत नगरी हुँदैन । किनभने मलाई कतिपय शब्द थाहा छैन । तिनको अर्थ तिमीले बताइदिनुपर्छ ।"

राजुले पनि खुशीसँग उसलाई मदत गर्छु भुन्यो ।

ख्याकले पढदै जान्थ्यो र बेलाबेलामा राजुसँग शब्दको अर्थ सोध्थ्यो । कुनै शब्दको अर्थ राजुलाई थाहा नभए ख्याकले उसलाई डिक्सनेरी हेर्न लगाउँथ्यो । आधुनिक ज्ञानविज्ञानका शब्दहरू उच्चारण गर्न उसलाई गाह्रो हुन्थ्यो । त्यस्ता विषय राजुले उसलाई सिकाउँथ्यो । कुनैकुनै विषयमा त राजुले पूरै पाठ पढेर उसलाई सुनाउनुपर्थ्र्यो । जे होस् सानो ख्याक आफ्नो काममा इमानदारीसाथ लागेको थियो ।

तर गणितको होमवर्क गर्ने बेलामा सानो ख्याकलाई ठूलै समस्या पर्यो । उसलाई सामान्य जोडघटाउ र गुणाभाग मात्रै आउँथ्यो । गणितका फर्मुुलाहरू उसलाई थाहै थिएन । उसले राजुसँग मदत माग्यो । "मेरो छेउमा बसेर मलाई गणित सिकाउ त । अलिअलि गाइड गर्यौ भने मैले टिपिहाल्छु ।" उसले भन्यो ।

इतिहासको होमवर्क गर्ने बेलामा त्यो सानो ख्याक साह्रै दिक्क भयो । किनकि उसलाई भूतप्रेतको इतिहासमात्रै थाहा थियो । मानिसको इतिहास कत्ति पनि थाहा थिएन । यसैले उसले राजुलाई पुस्तकालयमा गएर इतिहासका किताब ल्याउन लगायो । उसले भन्यो, "यी सबै किताब मैले मात्रै पढ्न सक्दिन । तिमीले पनि पढन सघाउनुपर्यो ।"

यसरी दिनदिनै त्यो सानो ख्याकले राजुको होमवर्क गर्न मेहनत गर्यो । उसले राजुलाई पनि फुर्सत दिएन । नजानेको कुरा सोधिहाल्थो । राती अबेससम्म पढ्थ्यो र राजुलाई पनि सुत्न दिँदैनथ्यो । बिचरा राजु आँखा मिच्दै स्कुल जान्थ्यो । स्कुलबाट र्फकने बित्तिकै सानो ख्याकलाई मदत गर्न बस्थ्यो ।

आखिरमा स्कुलको अन्तिम दिन पनि आयो । होमवर्क पनि सकियो । सानो ख्याकलाई बिदा दिन करै लाग्यो ।

राजुले सबै विषयमा पहिलो श्रेणीको नम्बर पायो । उसका सबै साथीहरू छक्कै परे । उसका शिक्षकहरू पनि दंग भए र उसको तारिफ गरे । उसका आमाबालाई पनि अचम्म लाग्यो । राजुले कसरी यस्तो राम्रो नम्बर ल्यायो भन्ने उनीहरूले थाहै पाएनन् ।

राजुको व्यवहार फेरिएको देखेर पनि उनीहरू छक्क परे । किनकि राजुले आफ्नो कोठा सफा गर्ने, कापी किताब मिलाउने, लुगा स्याहार्ने आदि सबै काम आफैले गर्न थालेको थियो । उसको बोलीबचन पनि नम्र भएको थियो । ऊ अर्कै मानिस भएको थियो ।

सानो ख्याक विदा भएर गइसकेपछि पनि राजुलाई सबै होमवर्क ख्याकले नै गरेको हो भन्ने लागिरह्यो । तर वास्तवमा सानो ख्याकले होइन राजुले नै आफ्नो होमवर्क गरेको थियो ।

 
Posted on 08-01-06 5:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sabai jana lai laageko rog ta jharphook garera nai thik paare maile, aafno computer lai laageko rog chahi sakdai sakina. keyboard pani arkai bhasa ko cha. angreji ma lekhna pani gaahro paryo. nepali ma kasari lekhau?

umer bhaako bhaye MBBS padhera daktar banna hunthyo. jhaarphuuk garera yesari budho bhaisake. aamdani ko baato pani sukyo, natra naya computer nai kinna hunthyo.

k garau ma? a, bhandeo na kasaile ta.
 
Posted on 08-01-06 5:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए, आयो आयो । मलाई पनि नेपाली म टाईप गर्न आयो । एती लेखापढि गर्न त एमबिबिएस पढेर दाक्तर पर्नु पर्ने रैन्छ । फुक्फाक पनि गर्नु नपर्ने रैछ । आहा ।
 
Posted on 08-01-06 6:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

झाँक्री बा काम्दै, मन्तर पढ्दै आ'का छन् है गाम्ले हो! बाटा छेकेर नबस!

ल ल झाँक्री बा हाम्रो भउतेलाई एउडी केटी नभई भा' छैन, मन्तर लाईदेउ, मुहनी लाईदेउ, जसरी हुन्छ भउतेलाई केटी मिलाईदेउ!
 
Posted on 08-01-06 7:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपे तपाईं ने हेर्न आउनु भाको रैछ मेरो नाच । नेपे लु तपै नै भनुस् म खास्सा को नच्दिन त? म त खालि प्रकतिस् गेर्दै बसेको । अब तिज नि आउन लाग्यो सान्नानी, तितौरी, सबै जना आको नाच प्रकतिस् गर्नु । अनि तिजमा चम चम गर्दै नाच्नु पर्छ । कता गएचन नकाली हरु
:D
रोल # ६ ठुलि
हजुरर्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र मिस्
 
Posted on 08-01-06 7:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस्ते, वीरखे दाई सबै लाई धन्यवाद मेरो नाच मन् परएदिनु भाकोमा ।यो त खालि प्रकतिस् मात्र हो। रिएल् नच् हेर्न मन् भये सबै जानुस् आउनुस् मेरो नाच हेर्न तिज मा । :P
 
Posted on 08-01-06 7:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा!!
दादा गिरी---> दाल भात फिरी!!
राती थापेकै बल्छीमा कत्रो माछा पर्‍यो। आज घराँ त्यसैको तिउन छ। खाने भे आउ क्यारे। :पि

ग्वाँचे जी: बल्छि त अरु धेरै धेरै किसिमका पनि थापियो तर तपाईँ ले भन्न खोज्नु भएको माछा समात्न चाँहि गार्‍हो होला जस्तो भा'छ। हे हे हे! एकछिन् पर्खनुस है, म यसो कुरो मिलाउछु अनि जम्ला माछा मार्न अनि पौडी खेल्न खुसुक्क।

त्यो पुछारको नाममा कसैले सुटुक्क हाजिर गरिद्याओ त, मिसले थाहा नपाउने गरी, नत्र फेरि मार्छिन् मलाइ मिसले। "कुम्ले तिमी अत्ति बिग्रेउ" भन्दै थिइन् मिसले। आफु कहिले पो सुद्रेको थिएँ र। :पि

म नेपाली केटो: तिम्रो कथा खास्साको लाग्यो। शुरुको आधा भाग सम्म त मेरै बारेमा लेखेछ मुर्दारले जस्तो भा'को थियो। पछि सुद्रेको कुरो चाँहि म सङ्ग मिलेन। नत्र त ट्याक्कै!

ए ठुल्नानी के छ भन्या खबर खाबर? खोइ त चित्रे?? चित्रेको खयाल गर भनेको त झन, कस्ति भा'की हौ! अचेल त चित्रेको हाजिर नि गर्न छाड्यौ त? :पि
 
Posted on 08-01-06 8:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्ले, अब त हामी साथी भइ सक्युँ, तपाईं, जि हजुर नभनौं होला है । । । साथी भाईमा त तिमी भने कै सुहाउँछ । बरु मेरो त हाजिर भई सक्यो, म त निस्के झ्यालबाट फुत्त, माछा मार्न जानी भए तिमी पनि छिटो छिटो आइ हाल्, तल कान्छाबाको पसल निर भेट है ।

म भागेको कुरा मिस् लाई कसैले भन्ने हैन है नत्र फेरी भोली कुखुरा बन्नु पर्छ । अस्ती त मिस् ले घरमा पनि भनि दिनु भएछ । । । । बाबाले वेत को भाँटाले दनादन्, अझै ढाडमा उठेको सुम्ला ठीक भा छैन । । । तर के गर्ने । । । । नानी देखि लागेको बानी, माछा मार्न त जानै पर्‍यो । । । ।

फेरी ए क चोटि (जाँदा जाँदै) रोल लम्बर हन्ड्रेड वान यस मिस् । । । । कुम्ले छिट्टो आउ है । । । ।

अनि अप टाउन गर्ल (ठुली) तीजमा नाच हेर्ने निम्तो सबै लाई भनेपछी त हामीलाई पनि भई हाल्यो । । । । म पनि आउँछु है तिम्रो नाच हेर्न । । । । प्राक्टिस् नै एस्तो खतरा भए पछी साँच्चिकै नाच झन कति दामि होला । । । । तीज को लहर आयो बरि लई । । ।

अरु सबै साथीहरुलाई पनि अभिवदन है । । । अहिले म गए भोली फेरी भेटौँला
 
Posted on 08-01-06 9:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्ले मरो सत्ता तपाईं ले नि चित्रे को हजिर गरिदीए हुन्न र । उ तपाईं को पनि साथी हो नि कसो
 
Posted on 08-01-06 9:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ग्वाछे ज्यो हो तपाईं लाई नि निम्तो छ । आउनुस् मेरो नाच हेर्नु तिज मा ।

खै कुन गीता नच्ने होला भनि कन्फुज भाई राछु । तपाईं को कुनै सल्ला सुजाब पाए बेस् हुन्त्यो ।
 
Posted on 08-01-06 9:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो कुरौटे भउते नै हुनु पर्च, कि कुन चईं फत्तौरी बुईनी परिन्?

धत्! ज्यान गयो झण्डै अर्काको।

मेलाँ घुम्दै थिं के रे सालीसंग। बरफ पुनि ख्वाईयो, कोका कोला पुनि। दोहोरी नि सुनाईयो, संग संगै नि नाचियो। रमईलो भई रा’थ्यो। अनि एकचोटि दिल्ली, बम्बई नि देखाईहालम् भुनेर तो देसिले ल्याको पिक्चार देखाम्न लईनाँ उभि रा’थेम के रे। साली त निऽऽऽऽऽऽऽलो हुँदै “लौ न नि!!!!!! दाई! ऊऽऽऽऽऽ दाई!” भन्दै रन्थनिन थाली।

आफू त सानो मुन्छे, नजिकैको बान्दन चढेर हेरेको, नभन्दै त नि! त्यो भुसतिध्रे जेठान! ए रात्तै! गर्घन, गाला फुल्लेछ, कोस्लाई सिंगै निलुँ झैं अर्दै वरि परि हेर्दै थो।

स्वाट्ट लुकि हालम् भुनेको, के लाग्थ्यो? एक त जेठानको तेत्रा तेत्रा बलडेङ्ग्रे आँखा, अनि फेरि आफ्नो टलक्क टल्कने तालु! ट्याक्कै देखी हालो नि, दैत्य जेठानले! दुई चार जना अरु नि लेर आ’का थिए के रे, मेरै ससुरालीको केटोहुर।

ज्यानको मुया लाग्नि भै हाल्यो। “तिमी त कान्छी बुईनी हौ के रे, तिम्लाई तेस्ले केई अर्न आँट्दैन। बरु यतै भुलाऊ तेस्लाई, म चईं भागें” भुनेर त्याँट सुईंकुच्चा ठोकें नि मु त!

यई बेलाँ तो कुम्ले सुम्ले अरु को को केटाहुर मेलाँ जाने भन्थे, कता मरे कुन्नी? कोई देखा नपर्नि! आफ्नो त मुटु गर्घन माथि अडेको, पिसाब ला’र पेट फुल्लेको, चिट चिट पसिनाले तालु नि काली गण्डकी जस्तै पानी फाल्नि, गाँठे!

तै क्यारी उम्कियो, बरै! साली संगै कतै बास बस्नि धोको नि तेत्तिकै भो! घर नि क्यारन जानि तो राती त? फेरि उई मेरी धोबिनी कैं ग’र बास बसिम् के रे। “मेलाँट आएसि एउटा नयाँ पेटिकोट ल्याईदिन पर्दैन?” भुनेर हकारि तेस्ले नि।

खै, अब भोलि त जेठी नि फर्किन्छे के रे माईताट। क्यार्नि हो? यो बुढोलाई लाहुरमा नि लिन्न के रे आबो त! कता जानि हो? क्यार्नि हो? फेरि एकचोटि भेट्न पाए त सालीलाई नै भगा’र डाँडै काट्थिं के रे!

तो भउते नै हुन पर्च सासुरालीआँ कुरो लाउनि! कि नखरमाऊली बुईनीहुरले जेठी भाउजुलाई पोल लाईदिए, हँ?
 
Posted on 08-01-06 9:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ooooops!!!!!!

:D
 
Posted on 08-01-06 9:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hahaha khuching punte da... :P
 
Posted on 08-01-06 9:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले त ठुल्भाउजुलाइ खुशी पार्न हाम्रो पून्टे दा कति राम्रो मुन्छे हजुरका माइतकालाई नि कस्तो आफ्नै ठान्ने बाबै हजुरको बैनिलाई नि घुमाउन लगेको छ मेलाँ पो भन्या थेँ त लौ उल्टो त्यस्तो पो भएछ?
 
Posted on 08-01-06 10:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ज्या...... पुन्टे दाजीलाई पर्नु आपत परेछ । । । कस्ता असत्ति मोरहरु रेछन् कुरा लाउने।।।। पुन्टे दाजी (आदर गरेर दाजी भनेको है अनथ्या नलिनु होला) भाउजुसँग घुमुन् कि सालिसँग घुमुन् कि धोबिनिसँग घुमुन् ति मोराहरुलाइ के मत्लब ?? आफु पनि केइ अर्न नसक्ने, अर्काले प्रगति गरेको पनि देख्न नसक्ने।।।
भौते ले त त्यस्तो गर्नु नपर्ने।।।
कि पुन्टे दाजीको सालिको पहिलाको लबरले पो कुरा ला हो ?? त्यो मोरोले अस्ति सान्नानिको भट्टिमा पुन्टेलै ठीक नगरि छोड्दिन भन्दै थ्यो रे।।। मोरो त बाउँठ्या पो छ।।। होस गर्नु है, पुन्टे दाजी।।।। बरु पुन्टे दाजी डाँडा काटि हाल्नुस् सालिसँग।।। बरु बस को टिकस् सिकस् चाहिने भे भन्नुस् है, आफ्नु त खतरा चिन्जान् छ बस डिराइवर् र खलासीहरुसँग।।। भनि हाल्नुस् है । । । एक दम खतरा व्यबस्था गरिदिन्छु । । (खुसुक्क.... कानमा ...... पहिला म घरबाट भागेर लाहुर जान्छु भनेर गे को त भैरहवामा त्यै मोरा डिराइवर् र खलासीहरुसँग चार मैना बिताको । । । । पछी बाबाले खोज्दै आउनु भेर मलाई भेट्टाउनु भेछी को कथा अर्कै छ, पछी कुनै दिन भनौला )
-----------------------------
अनि ठुली तीज्मा नाच्ने गीत को बारेमा त मलाई पनि खासै था' भेन । । । हामीहरु त खाली झ्याप भेर केटीहरु नाचेको ठाम्मा गेर रमाइलो अर्ने हो । । । । गीत सीत त था' नै हुँदैन खाली लास्टमा बरि लइ भन्ने मात्रै बुझिन्छ । । । बरु पख है मिस् लाई सोधेर भन्छु । । । । तीजमा त मिस् पनि फन्फनि नाच्नु हुन्छ, पोर साल देखेको मैले । । । । झनडै मिस् ले नदेखेको म झ्याप भेर साथीहरु सँग हल्ली रा' ......नत्र फेरी अर्को दिन पनि कुखुरा बन्नु पर्थ्यो .... यो कुखुरा बन्दा बन्दा त कुखुराको मासु खानै मन लाग्दैन । । । । । कुखुरा त आफ्नै दाजु भाई जस्तो लाग्छ । । । । जे भे ने तीज्मा चाँही लास्ट मोज अर्नु पर्छ है । । । । । ।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Driver license help ASAP sathiharu
Nepali **fake** Veterans. Be aware!!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters