Posted by: gwanche August 1, 2006
~ चौतारी २० ~
Login in to Rate this Post:     0       ?        
कुम्ले, अब त हामी साथी भइ सक्युँ, तपाईं, जि हजुर नभनौं होला है । । । साथी भाईमा त तिमी भने कै सुहाउँछ । बरु मेरो त हाजिर भई सक्यो, म त निस्के झ्यालबाट फुत्त, माछा मार्न जानी भए तिमी पनि छिटो छिटो आइ हाल्, तल कान्छाबाको पसल निर भेट है । म भागेको कुरा मिस् लाई कसैले भन्ने हैन है नत्र फेरी भोली कुखुरा बन्नु पर्छ । अस्ती त मिस् ले घरमा पनि भनि दिनु भएछ । । । । बाबाले वेत को भाँटाले दनादन्, अझै ढाडमा उठेको सुम्ला ठीक भा छैन । । । तर के गर्ने । । । । नानी देखि लागेको बानी, माछा मार्न त जानै पर्‍यो । । । । फेरी ए क चोटि (जाँदा जाँदै) रोल लम्बर हन्ड्रेड वान यस मिस् । । । । कुम्ले छिट्टो आउ है । । । । अनि अप टाउन गर्ल (ठुली) तीजमा नाच हेर्ने निम्तो सबै लाई भनेपछी त हामीलाई पनि भई हाल्यो । । । । म पनि आउँछु है तिम्रो नाच हेर्न । । । । प्राक्टिस् नै एस्तो खतरा भए पछी साँच्चिकै नाच झन कति दामि होला । । । । तीज को लहर आयो बरि लई । । । अरु सबै साथीहरुलाई पनि अभिवदन है । । । अहिले म गए भोली फेरी भेटौँला
Read Full Discussion Thread for this article