Posted by: Poonte August 1, 2006
~ चौतारी २० ~
Login in to Rate this Post:     0       ?        
त्यो कुरौटे भउते नै हुनु पर्च, कि कुन चईं फत्तौरी बुईनी परिन्? धत्! ज्यान गयो झण्डै अर्काको। मेलाँ घुम्दै थिं के रे सालीसंग। बरफ पुनि ख्वाईयो, कोका कोला पुनि। दोहोरी नि सुनाईयो, संग संगै नि नाचियो। रमईलो भई रा’थ्यो। अनि एकचोटि दिल्ली, बम्बई नि देखाईहालम् भुनेर तो देसिले ल्याको पिक्चार देखाम्न लईनाँ उभि रा’थेम के रे। साली त निऽऽऽऽऽऽऽलो हुँदै “लौ न नि!!!!!! दाई! ऊऽऽऽऽऽ दाई!” भन्दै रन्थनिन थाली। आफू त सानो मुन्छे, नजिकैको बान्दन चढेर हेरेको, नभन्दै त नि! त्यो भुसतिध्रे जेठान! ए रात्तै! गर्घन, गाला फुल्लेछ, कोस्लाई सिंगै निलुँ झैं अर्दै वरि परि हेर्दै थो। स्वाट्ट लुकि हालम् भुनेको, के लाग्थ्यो? एक त जेठानको तेत्रा तेत्रा बलडेङ्ग्रे आँखा, अनि फेरि आफ्नो टलक्क टल्कने तालु! ट्याक्कै देखी हालो नि, दैत्य जेठानले! दुई चार जना अरु नि लेर आ’का थिए के रे, मेरै ससुरालीको केटोहुर। ज्यानको मुया लाग्नि भै हाल्यो। “तिमी त कान्छी बुईनी हौ के रे, तिम्लाई तेस्ले केई अर्न आँट्दैन। बरु यतै भुलाऊ तेस्लाई, म चईं भागें” भुनेर त्याँट सुईंकुच्चा ठोकें नि मु त! यई बेलाँ तो कुम्ले सुम्ले अरु को को केटाहुर मेलाँ जाने भन्थे, कता मरे कुन्नी? कोई देखा नपर्नि! आफ्नो त मुटु गर्घन माथि अडेको, पिसाब ला’र पेट फुल्लेको, चिट चिट पसिनाले तालु नि काली गण्डकी जस्तै पानी फाल्नि, गाँठे! तै क्यारी उम्कियो, बरै! साली संगै कतै बास बस्नि धोको नि तेत्तिकै भो! घर नि क्यारन जानि तो राती त? फेरि उई मेरी धोबिनी कैं ग’र बास बसिम् के रे। “मेलाँट आएसि एउटा नयाँ पेटिकोट ल्याईदिन पर्दैन?” भुनेर हकारि तेस्ले नि। खै, अब भोलि त जेठी नि फर्किन्छे के रे माईताट। क्यार्नि हो? यो बुढोलाई लाहुरमा नि लिन्न के रे आबो त! कता जानि हो? क्यार्नि हो? फेरि एकचोटि भेट्न पाए त सालीलाई नै भगा’र डाँडै काट्थिं के रे! तो भउते नै हुन पर्च सासुरालीआँ कुरो लाउनि! कि नखरमाऊली बुईनीहुरले जेठी भाउजुलाई पोल लाईदिए, हँ?
Read Full Discussion Thread for this article