Posted by: nepalean July 26, 2006
~ चौतारी २० ~
Login in to Rate this Post:     0       ?        
चौतारी!चौतारी !! चौतारी !!! चौतारीको २० औं संस्करणमा फेरी चौतारीको छपनी मिलाउदै म नमे हाजिर भएको छु । जति बस्यो उति मायामा फस्यो जस्तै करिब १ बर्ष पुग्दा थुप्रै मित्रहरु चौतारीमा जम्मा हुनुभएको छ र यति राम्रो मित्रता कायम भएको छ, त्यो त सबै सामु छर्लङ्ग छ । कथा, कविता, गीत, गजल भन्दै हासो ठट्टा गर्दै समय बितेको त पत्तो नै भएन । अझै आउने बर्षहरुमा हामी सबैले यसमा रमाइलो थप्दै जानुपर्छ ! यस्तो रमाइलो बनाउन, चौतारी हेरेर रमाउने अनि चौतारीमै आएर रमाइलो गर्ने नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, काका,निरे,सन्जु, सिरे, भौते, गोतामे, मास्टर्नी नानी, मुन्द्रे, लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते, मुखियाबा, लालुपाते, गुरासे, लाउरे दाई, लुते, नटे, डल्ली, सेर्पिनि, चमेली,लन्लि, रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, ठुल्नानि, प्रिती हिते ,नारने, कैले, तिर कुमारी, चरीनङ्रगे, बब दाई, ईश्वर, सान्कान्छा, राते, हिते, रामे, मने, इन्द्रेणी,हिमाल, कुम्ले, चित्रे, फोक्से, डि बी र मिस्टे सबैको एकनास योगदान छ । कहिले काही रिकुटे आएर दु:ख दिदा र घरी घरी चौतारीमा सल्ला नमिल्दा पनि कुरो ट्याक टुक पारेर अघाडी बड्नु र तेस्मा आफ्नै तरिकाले रमाइलो थप्नु नै चौतारीको सफलताको कारण हो कि जस्तो लाग्छ ! संसारको सप्पै कुनाबाट एउटै साझा ठाउमा धोको फु्क्ने गरी मन खोल्न पाउने मौका पनि यै चौतारीले दिएको छ । फेरि पनि मन खोल्दै यो २० चौतारीको नया रुपसंगै रमाइलो गर्दै चौतारी महोत्शवको पनि तयारी गरौ । हरेक बिहान रविका प्रज्जवलित किरणसँगै हरेक दिन हावाका शीतल झोंक्कासँगै हरेक साँझ सागरका उर्लँदा लहरसँगै अनि हरेक साँझ जूनको मीठो प्रकाशसँगै म आफैंलाई तिम्रो यादमा भुलेको पाउँछु कल्पनाको बागमा डुलेको पाउँछु अनुरागको फूलमा फुलेको पाउँछु चौतारीको चिसो हावामा झुलेको पाउँछु ...
Read Full Discussion Thread for this article