Posted by: CaMoFLaGeD August 1, 2006
~ चौतारी २० ~
Login in to Rate this Post:     0       ?        
हा हा हा!! दादा गिरी---> दाल भात फिरी!! राती थापेकै बल्छीमा कत्रो माछा पर्‍यो। आज घराँ त्यसैको तिउन छ। खाने भे आउ क्यारे। :पि ग्वाँचे जी: बल्छि त अरु धेरै धेरै किसिमका पनि थापियो तर तपाईँ ले भन्न खोज्नु भएको माछा समात्न चाँहि गार्‍हो होला जस्तो भा'छ। हे हे हे! एकछिन् पर्खनुस है, म यसो कुरो मिलाउछु अनि जम्ला माछा मार्न अनि पौडी खेल्न खुसुक्क। त्यो पुछारको नाममा कसैले सुटुक्क हाजिर गरिद्याओ त, मिसले थाहा नपाउने गरी, नत्र फेरि मार्छिन् मलाइ मिसले। "कुम्ले तिमी अत्ति बिग्रेउ" भन्दै थिइन् मिसले। आफु कहिले पो सुद्रेको थिएँ र। :पि म नेपाली केटो: तिम्रो कथा खास्साको लाग्यो। शुरुको आधा भाग सम्म त मेरै बारेमा लेखेछ मुर्दारले जस्तो भा'को थियो। पछि सुद्रेको कुरो चाँहि म सङ्ग मिलेन। नत्र त ट्याक्कै! ए ठुल्नानी के छ भन्या खबर खाबर? खोइ त चित्रे?? चित्रेको खयाल गर भनेको त झन, कस्ति भा'की हौ! अचेल त चित्रेको हाजिर नि गर्न छाड्यौ त? :पि
Read Full Discussion Thread for this article