[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी २० ~

[Please view other pages to see the rest of the postings. Total posts: 302]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 99326 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 07-26-06 8:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी!चौतारी !! चौतारी !!!



चौतारीको २० औं संस्करणमा फेरी चौतारीको छपनी मिलाउदै म नमे हाजिर भएको छु । जति बस्यो उति मायामा फस्यो जस्तै करिब १ बर्ष पुग्दा थुप्रै मित्रहरु चौतारीमा जम्मा हुनुभएको छ र यति राम्रो मित्रता कायम भएको छ, त्यो त सबै सामु छर्लङ्ग छ । कथा, कविता, गीत, गजल भन्दै हासो ठट्टा गर्दै समय बितेको त पत्तो नै भएन । अझै आउने बर्षहरुमा हामी सबैले यसमा रमाइलो थप्दै जानुपर्छ !

यस्तो रमाइलो बनाउन, चौतारी हेरेर रमाउने अनि चौतारीमै आएर रमाइलो गर्ने नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, काका,निरे,सन्जु, सिरे, भौते, गोतामे, मास्टर्नी नानी, मुन्द्रे, लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते, मुखियाबा, लालुपाते, गुरासे, लाउरे दाई, लुते, नटे, डल्ली, सेर्पिनि, चमेली,लन्लि, रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, ठुल्नानि, प्रिती हिते ,नारने, कैले, तिर कुमारी, चरीनङ्रगे, बब दाई, ईश्वर, सान्कान्छा, राते, हिते, रामे, मने, इन्द्रेणी,हिमाल, कुम्ले, चित्रे, फोक्से, डि बी र मिस्टे
सबैको एकनास योगदान छ ।

कहिले काही रिकुटे आएर दु:ख दिदा र घरी घरी चौतारीमा सल्ला नमिल्दा पनि कुरो ट्याक टुक पारेर अघाडी बड्नु र तेस्मा आफ्नै तरिकाले रमाइलो थप्नु नै चौतारीको सफलताको कारण हो कि जस्तो लाग्छ ! संसारको सप्पै कुनाबाट एउटै साझा ठाउमा धोको फु्क्ने गरी मन खोल्न पाउने मौका पनि यै चौतारीले दिएको छ । फेरि पनि मन खोल्दै यो २० चौतारीको नया रुपसंगै रमाइलो गर्दै चौतारी महोत्शवको पनि तयारी गरौ ।

हरेक बिहान रविका प्रज्जवलित किरणसँगै
हरेक दिन हावाका शीतल झोंक्कासँगै
हरेक साँझ सागरका उर्लँदा लहरसँगै
अनि
हरेक साँझ जूनको मीठो प्रकाशसँगै
म आफैंलाई तिम्रो यादमा भुलेको पाउँछु
कल्पनाको बागमा डुलेको पाउँछु
अनुरागको फूलमा फुलेको पाउँछु
चौतारीको चिसो हावामा झुलेको पाउँछु ...

 
Posted on 08-01-06 12:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ कस्को कुरा माने होला अब । तितौरी ले ३ वटा किन रे किम्ले ४ वटा म त अलम्ल मा परे । :(
 
Posted on 08-01-06 12:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुरो ठिक् गर्यौ सान्नानि लु । कुम्ले र त्यो कालि छ्याके बुढि लाइ दुइटा टिकेट् ल।

अनि पुन्टेदा लौ बुइनि हुर् लाइ लानु पर्थ्यो नि ,पछाडि बात एकैपटक् मा ठेल्दिन्थियौ कालि मा पुग्नि गरि लौ , खुब् जुरेलि स गीत् गाउने हाम्रो सोझो भाउजु लाइ माइत पठाएर :(

ठुल्नानि तिमि २टा आइस्क्रीम् मा बिक्छौ :(
 
Posted on 08-01-06 12:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए फिलम हेर्न जान लाका मुन्छे हरु,

फिलम हेर्न त मो पनि जाने नि ह-उ। मुलाइ पनि एउटा तिकेस किनिदिनु है।
:P

रोल नम्बर २१ नेप्चे
एस मिस
 
Posted on 08-01-06 12:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल हेर भौतेदाइ दङ् पर्या हरे शिव !
 
Posted on 08-01-06 12:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-01-06 12:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुन्टेदाइलाई त चौतारीमै जिम्दै गाड्ने रे !

कहाँ जालिस जुरेली, मेरै काखमा भो आफूलाई त। :-)

 
Posted on 08-01-06 12:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल हेर गुरु उफ्री उफ्री नाचेको त्यो रातो शर्ट प्यान्ट लाएर। गोरुहरु आउलान है हान्न लाइ ए राते भन्दै, होस गर्नुस है गुरु।

:P
 
Posted on 08-01-06 12:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

होमवर्क गर्नपनि "नाई"
सिनेमा हेर्न नि "हुन्न" भन्नेलाई
फकाउने कसरी लौन नी
निस्ठुरी मन हुनेलाई!!

चिन्ता नगर ठुल्नानी
सुर्ता नगर सन्नानी!
चित्रे र नेप्चे नि आउनेछन्
बेग्ला बेग्लै बसौला तिमेरु पनि!!

:-)
 
Posted on 08-01-06 12:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल के देख्नु पर्या ,भौते दाइ ले कालो चस्मा ढल्काएर् आउनु भएछ बेहुलो भएर लौ कसैले चेक् गर है दात् पुरै छ कि थोते हो? कठै जुरेलि !
 
Posted on 08-01-06 12:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तितौरी किन बिक्छु र २ वटा आईस क्रीम मा । कुम्ले लाई गफ हान्देको ।

पून्ते दाई त्यसरी भुत बनेर तर्साउन कुरा गर्दै नगर्नुस् । हेर्नुस् त भाउते दाङ परेको तपाईं भिर बात हाम्फल्न लाग्यो भनेर ।

भाउते ले एती खेर के सोच्दै भन्छु । आफु ले बरालनु पेर्ने धुलो आँफै हावाले उदाउन लाग्यो भनेर दाङ परिरछ ।
 
Posted on 08-01-06 12:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ, सान्नानी लाइ लौरी ले हान्ने है यो गीतमा। पक्कै पनि पुन्टेदाइ ले होला त्यो।
:P


 
Posted on 08-01-06 12:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए कुम्ले तिमि कत्ति कराएको ट्याँउ ट्याँउ
मुर्ख ले मात्रै कराउदै हिड्छ केटि कसरि पट्याउ?
तेत्ति नि था'नहुने ले किन ताक्दै हिड्नु केटि
केटि पट्याउनै ला'हो तिमि ले दौरा सुरुवाल् माथि पेटि??? :O :O haresssssssshiva !
 
Posted on 08-01-06 12:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानी लाइ मेरो जन्मदीन को शुभकामनाको लागि २-३ मुरि धनियाको पात है। सान्नानीलाइ हिजो सान्झ को पार्टी कस्तो लाग्यो कुन्नि? रमाइलो नै भयो होला भन्ने आसा गरेको छु।

:D
 
Posted on 08-01-06 1:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

he he he he!!!
 
Posted on 08-01-06 1:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए! ए!! ए!!!

काँ जान ला’ तिमेरु सब? सिनेमा? कसको सिनेमा? काँ को सिनेमा? काँ’र आयो तिमेरुलाई सिनेमा हेर्नि पैसो? बक! भा’गो सबै! ईईईईईईईईईईईईईईईईईईईई हेर्लाउ अब सिनेमा फिनेमा! तो मेरो पैसो जाँ थो तेईं राख्नि खुरुक्क!

साली महारानी पनि गजब कि छे! असाधै मुई खाऊँ खाउँ लाग्दी बाठी! दाईलाई मेलाँ भेटेसि सब कुरो मिलाई छे! बरु, अब मेरो तो बलडेङ्ग्रे जेठान त भउतेलाई पो ठीक पार्छु भन्दै कस्सि रा’छ रे! म नि जाने हो जेठानको पछि पछि ला’र। यई मौकाँ भउतेलाई २-४ मुक्का हान्नि हो!

“म त जान्न भन्दा भन्दै नि तो नकचरो भउतेले तानि तानि य्हाँ मेलाँ ल्यायो मलाई त। अनि धन्न पुन्टे भेनालाई भेट भो र भेनाले ‘काली तिर हुत्ताईदिम्?’ भुनेर तर्साएसि भाग्यो भउते त” भन्दिछे उसको दाईलाई।

“अनि तेरो भेनालाई भर्खरै संगै देखेथें त!” भनेर सोधेछ। उनको पाल नि, “तेई भउतेलाई लखेट्दै कता तिर पुग्नु भो, कुन्नि?” भनेर ठीक्क पारिछे!

जेठान त मेरो घर धन्नेवाद पो दिन आ’का रे। “बेकाराँ मुन्छेहुर नि तेस्ता लायकका मेरा ज्वाईंलाई के के आरोप ला’का” भन्दै फत्फताई र’च रे।

अब जानि हो घर नाच्दै। बरु, अर्को मौकाँ चईनि, कसैलाई नि केई नभनि सुटुक्क लान्छु सालीलाई जता जता लान पर्नि हो! यो बुईनीहुरले केई सुर पाए त झन् मरिजाम्, लु! तिहाराँ दिक्षिना ढुंगा दिनि हो!

फोड्लाऊ ओखर नि तालु मा, खुब! चिप्लिनछ छ तो ओखरै! तेसै चिल्लो पारे हुम र हाम्ले नि हाम्रो तालु?

“जवानी जानि मन, हसिने दिल रुबा!” (सिटि फुक्दै...जवानीमा लाहुरे हुँदो याद आयो के!)

:D ;)
 
Posted on 08-01-06 1:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए, साँच्चै! नेप्चेलाई ह्यापि बड्डे है! खुशी छु के रे अब त, बड्डेको भाग दुई हाँडी रउसी उडाउनि भए मै तिर्दिम्ला!
 
Posted on 08-01-06 2:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ सत्यानाश् भे'च् ।
(फकाउनु पर्यो अब पुन्टेदाइलाइ ) आफ्नै दाइ हुन् के रे ,मुख् ले हकारे नि मुया गर्चन् मन् मा , ओइ केटि हो,कता गे'चन् आओ है पुन्टेदाइ सङै जाउ भौते दाइ लाइ भकुर्या बेला तालि बजाउन ।
 
Posted on 08-01-06 2:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए राता मकै,
ह्याँ त हाम्रा भउते काजिलाई हिर्काउने पिलान पो बन्दै रच ।
ए मुलाँ साग हो, जे भए पनि काजिका मकै चपाउने दाँत चैं नखसाल है ।
फेरी हाम्रा काजी इ (तलका फोटा ) जस्ता देखिएलान्!
रोल न १५
मिस्टे
हाजिर मिस्!

 
Posted on 08-01-06 2:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तितौरी जाने बेलामा मलाई नि बोलाउ । म नि ताली बजाम ल । जे भए नि दाई को साह्रै माया लाग्छ के गर्नु । :P
 
Posted on 08-01-06 2:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राम राम राम
यि भुराभुरिलाई बैँश चडेओ!

पुन्टे दाईले गामका भुराभुरिलाई नि बिगार्ने भए। सपै मिलेर भौतेलाई भकुर्नि रे?
तो जुरेलीओ पनि आँखा फुटो कि के हो, तेस्तो लाठे भउते हुँदा हुँदा बुडो भेनासँअ नारिएर मेला जाँदो रेछे।अनि भउते नि के हेरेर बसिरा हो, खुरुक्क बोकेर डाँडा कटाम्नु नि, बरु एसो खर्च सर्च चाइए भन्नु, मर्दले आँटेसी जे नि सकिन्छ भन्छन भउतेले हेर्दा हेर्दा जुरेली बुडि कन्ने हुन लाइसकि।छिटो अर भउते छिटो, नत्र एइ चाल हो भने, कपाल फुलेर दाँत झरेसी र्र्याल काड्तै बस्नु पर्ला!
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
मन भित्र को पत्रै पत्र!
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
lost $3500 on penny stocks !!!
Nepalese Students Face Deportation over Pro-Palestine Protest
जाडो, बा र म……
Driver license help ASAP sathiharu
Is this a progressive step?
Trasiting through Istanbul, Turkey
Changing job after i-140 approval
TPS Reregistration and EAD Approval Timeline.......
Nepali **fake** Veterans. Be aware!!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters