Posted by: Poonte August 1, 2006
~ चौतारी २० ~
Login in to Rate this Post:     0       ?        
ए! ए!! ए!!! काँ जान ला’ तिमेरु सब? सिनेमा? कसको सिनेमा? काँ को सिनेमा? काँ’र आयो तिमेरुलाई सिनेमा हेर्नि पैसो? बक! भा’गो सबै! ईईईईईईईईईईईईईईईईईईईई हेर्लाउ अब सिनेमा फिनेमा! तो मेरो पैसो जाँ थो तेईं राख्नि खुरुक्क! साली महारानी पनि गजब कि छे! असाधै मुई खाऊँ खाउँ लाग्दी बाठी! दाईलाई मेलाँ भेटेसि सब कुरो मिलाई छे! बरु, अब मेरो तो बलडेङ्ग्रे जेठान त भउतेलाई पो ठीक पार्छु भन्दै कस्सि रा’छ रे! म नि जाने हो जेठानको पछि पछि ला’र। यई मौकाँ भउतेलाई २-४ मुक्का हान्नि हो! “म त जान्न भन्दा भन्दै नि तो नकचरो भउतेले तानि तानि य्हाँ मेलाँ ल्यायो मलाई त। अनि धन्न पुन्टे भेनालाई भेट भो र भेनाले ‘काली तिर हुत्ताईदिम्?’ भुनेर तर्साएसि भाग्यो भउते त” भन्दिछे उसको दाईलाई। “अनि तेरो भेनालाई भर्खरै संगै देखेथें त!” भनेर सोधेछ। उनको पाल नि, “तेई भउतेलाई लखेट्दै कता तिर पुग्नु भो, कुन्नि?” भनेर ठीक्क पारिछे! जेठान त मेरो घर धन्नेवाद पो दिन आ’का रे। “बेकाराँ मुन्छेहुर नि तेस्ता लायकका मेरा ज्वाईंलाई के के आरोप ला’का” भन्दै फत्फताई र’च रे। अब जानि हो घर नाच्दै। बरु, अर्को मौकाँ चईनि, कसैलाई नि केई नभनि सुटुक्क लान्छु सालीलाई जता जता लान पर्नि हो! यो बुईनीहुरले केई सुर पाए त झन् मरिजाम्, लु! तिहाराँ दिक्षिना ढुंगा दिनि हो! फोड्लाऊ ओखर नि तालु मा, खुब! चिप्लिनछ छ तो ओखरै! तेसै चिल्लो पारे हुम र हाम्ले नि हाम्रो तालु? “जवानी जानि मन, हसिने दिल रुबा!” (सिटि फुक्दै...जवानीमा लाहुरे हुँदो याद आयो के!) :D ;)
Read Full Discussion Thread for this article