Posted by: gwanche August 1, 2006
~ चौतारी २० ~
Login in to Rate this Post:     0       ?        
ज्या...... पुन्टे दाजीलाई पर्नु आपत परेछ । । । कस्ता असत्ति मोरहरु रेछन् कुरा लाउने।।।। पुन्टे दाजी (आदर गरेर दाजी भनेको है अनथ्या नलिनु होला) भाउजुसँग घुमुन् कि सालिसँग घुमुन् कि धोबिनिसँग घुमुन् ति मोराहरुलाइ के मत्लब ?? आफु पनि केइ अर्न नसक्ने, अर्काले प्रगति गरेको पनि देख्न नसक्ने।।। भौते ले त त्यस्तो गर्नु नपर्ने।।। कि पुन्टे दाजीको सालिको पहिलाको लबरले पो कुरा ला हो ?? त्यो मोरोले अस्ति सान्नानिको भट्टिमा पुन्टेलै ठीक नगरि छोड्दिन भन्दै थ्यो रे।।। मोरो त बाउँठ्या पो छ।।। होस गर्नु है, पुन्टे दाजी।।।। बरु पुन्टे दाजी डाँडा काटि हाल्नुस् सालिसँग।।। बरु बस को टिकस् सिकस् चाहिने भे भन्नुस् है, आफ्नु त खतरा चिन्जान् छ बस डिराइवर् र खलासीहरुसँग।।। भनि हाल्नुस् है । । । एक दम खतरा व्यबस्था गरिदिन्छु । । (खुसुक्क.... कानमा ...... पहिला म घरबाट भागेर लाहुर जान्छु भनेर गे को त भैरहवामा त्यै मोरा डिराइवर् र खलासीहरुसँग चार मैना बिताको । । । । पछी बाबाले खोज्दै आउनु भेर मलाई भेट्टाउनु भेछी को कथा अर्कै छ, पछी कुनै दिन भनौला ) ----------------------------- अनि ठुली तीज्मा नाच्ने गीत को बारेमा त मलाई पनि खासै था' भेन । । । हामीहरु त खाली झ्याप भेर केटीहरु नाचेको ठाम्मा गेर रमाइलो अर्ने हो । । । । गीत सीत त था' नै हुँदैन खाली लास्टमा बरि लइ भन्ने मात्रै बुझिन्छ । । । बरु पख है मिस् लाई सोधेर भन्छु । । । । तीजमा त मिस् पनि फन्फनि नाच्नु हुन्छ, पोर साल देखेको मैले । । । । झनडै मिस् ले नदेखेको म झ्याप भेर साथीहरु सँग हल्ली रा' ......नत्र फेरी अर्को दिन पनि कुखुरा बन्नु पर्थ्यो .... यो कुखुरा बन्दा बन्दा त कुखुराको मासु खानै मन लाग्दैन । । । । । कुखुरा त आफ्नै दाजु भाई जस्तो लाग्छ । । । । जे भे ने तीज्मा चाँही लास्ट मोज अर्नु पर्छ है । । । । । ।
Read Full Discussion Thread for this article