[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Nepali Unicode Revolution in Sajha

[Please view other pages to see the rest of the postings. Total posts: 175]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 NEXT PAGE
[VIEWED 83769 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 9 pages, View Last 20 replies.
Posted on 12-05-05 11:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपाली युनिकोडको अचेल साझामा क्रान्ति नै आएको छ। साझा मात्र किन, अरू धेरै वेबसाइटहरूमा नेपाली युनिकोडले तहल्का मच्चाइदिएको छ। अंग्रेजीमा टाइप गर्ने बानी भएकाहरूका लागि सिक्न अत्यन्तै सजिलो रोमनाइज्ड किबोर्डले गर्दा पनि म र म जस्ता अनगिन्ती प्रयोगकर्ताहरू लावान्वित भएका छन्।
तर यो अंग्रेजीको तुलनामा टाइप गर्न अझै ढिलो महसूस हुन्छ। धेरै अभ्यास नहुँदा पनि यसो भएको हुन सक्छ। अंग्रेजीमा जस्तो टाइप गर्न सिकाउने र गति नाप्ने 'टाइपिङ् टिउटर' जस्तो सफ्टवेयर कसैको नजरमा भए जानकारी दिनाले धेरैले फाइदा उठाउने थिए।
नेपाली युनिकोड चलाउने व्यक्तिले यस धागोमा आफूले कहिले देखि नेपाली युनिकोड चलाउन थालेको हो र के कस्ता समस्याहरू छन् लेखौं, यसबाट नेपाली युनिकोड कतिको चल्तिमा रहेछ र यसलाइ सुधार्नका निम्ति के गर्नु पर्ला भन्ने निर्क्यौल गर्न सकिन्छ।

लौ मबाटै शुरू गरौं। मैले नेपाली युनिकोड यो सालको मे, जुन देखि प्रयोग गर्न थालेको हुँ। प्रमुख समस्या गति हो, त्यसैकारण चाँडो टाइप गर्नको लागि म अंग्रेजीमा गर्ने गर्छु।
अरुको अनुभव पनि सुनौं न त।
 
Posted on 12-06-05 3:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thanks Shree5 for your very detailed replies.
एक पटक मेरो Windows system crash हुँदा मैले यस्तै Live Linux CD हालेर मेरा चाहिने सबै फाईलहरु USB port बाट बाहिर कपी गरेर बचाएको थिएँ, त्यस्तो गजब हुन्छ लिनक्स त ।
Sachai gajabai rechha linux ta.

साथै आवस्यक
परे पुरै लिनक्स अपरेटिङ्ग सिस्टम नै source code लेराएर आफूलाई चाहिने गरी तोडमोड गरेर compile गर्न सक्नु हुन्छ ।
वास्तवमा सफल "kernel recompile" तपाईँको लिनक्स ज्ञानको पहिलो परीक्षा पनि हो ।
Kun language ma lekhieko hunchha ta source code?

CD live linux sounds very interesting. I will try to burn it and play with it. Euta naya thread nai kholnu parla jasto chha Linux sikhneharuka laagi. I have only heard things like Microsoft vs Open Source but have not much clue about OpenSource. Khai Microsoft mai bhuliechha kyare. Aba ta sikhnai paryo jasari bhae ni.
 
Posted on 12-06-05 4:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे,
त्यो parallel port programming भन्नी त आजै सुनेको, रामाराम ल । ढुङ्गा-माटो खेलाम्नी सिभिल
ईन्जिनियरलाई तेस्ता भित्र-भित्रका कुरा काँ पाएर थाहा हुन्च र ? तर socket programming भन्नी चईनी आम्छ
है मलाई, C# (.NET Framework) मा मैले आफ्नो लागि काम नै गरेको छु र यसबाट पनि धेरै खाले
ommunication (TCP/ UDP-?) programming गर्न मिल्च केरे, के कामको लागि खोज्नु भओ र तेस्तो भित्री
कुरा ? आर्को कुरा C# मा लेखेरcompile नै गरेको कुरा पनि लिनक्समा (SUSE बिषेश) MONO भन्नी install गरेपछि गज्जबले चल्छ ।

मलाई पुरा विस्वास छ यसबारेमा धुरन्धर साझाबासीहरुले तपाईँको समस्याको बारेमा चासो दिईकन समाधान
नै गराम्नु हुनेछ ।

Pretty जी,
Linux source code मूलत: standard C language मा, केही अंश embedded assembly मा र कुनै
कुनै distro मा केही अँश C++ मा हुन्छ, तर compile गर्नी भनेर source code को executable
statements नै फेर्न पर्नी हुँदैन धेरैजसो, तेस्तो गर्न जान्नी त निकै थोरै मानिसहरु मात्रै होलान्, खाली
त्यसमा include गरिने definition भएका header files मा आफूलाई मिल्ने गरी टाक-टुक कुरा मिलाम्नी
हो, पुरै source code त दसौँ लाख लाईन हुन्च, क्यारी बुझ्नी हो र तेत्रो महाभारत भन्दा पनि लामो कुरा त ?
 
Posted on 12-06-05 4:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केदारजीसँग एउटा कुरो साउती गरम भनेर नि,
त्यो बनाम्नी जो भए पछि "नेपालिनक्स" को पनि एउटा "लाईभ सिडि" सँस्करण पनि साथ-साथै बनाईदेछन्
गुरुबाहुरले भनि त गज्जापले चलाम्न पाईन्थ्यो नि सपैले । फेरि त्यसो गर्दा खेरि आफ्नो कम्पुटराँ केही पनि
"ईन्स्टल" गर्नै परेन । मानिसले लिनक्स हाल्न नचाहेको एउटा कारण भैरहेको विण्डोज बिग्रिन्छ कि भनेर पनि हो
केरे, चईनी "लाईभ सिडि" भए पछि त सप्पैले खेल्न पाए केरे नि । जे हुन्छ सिडिबाटै हुन्च केरे, लिनक्स चलायो,
"रिबूट" ग-यो, कम्प्यूटर जस्ताको तस्तै । तेसरी त आर्काको कम्प्यूटराँ चईनी आफिस-अड्डाका कम्पूटराँ, चईनी
आफूलाई प्रोग्राम ईन्स्टाल गर्न "एड्मिनिस्ट्रेटिभ राईट्स" नभएको कम्पुटराँ पनि ढुक्क सित "नेपालिनक्स" चलाम्न
पाईयो केरे, । कस्तो मान्नु भओ, ठाममा कुरो पु-याईदिनु हुन्च कि त ?

Keep rolling...
 
Posted on 12-06-05 5:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सिरे,
त्यो parallel port programming चैं मेरो प्रोजेक्टको लागि हो। Java bit manipulation, अनि comm API प्रयोग गर्ने विचार छ, तर अझैं रिसर्च नै गर्दैछु यिनका बारेमा। केही battery operated appliances लाइ internet बाट remotely control गर्नु पर्ने प्रोजेक्ट हो यो। जेहोस् तपाइको सुझाव र concern को लागि धन्यवाद है।

केदारजी,
नेपालिनक्सको त म पनि व्यग्रताका साथ प्रतीक्षामा छु। सिरेले भने झैं live CD भए त सुनमा सुगन्ध हुने थियो नि।
 
Posted on 12-06-05 8:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

श्री ५ र मानचित्र जी,
तपाईँहरूले भन्नु भए जस्तै मदन पुरस्कारले निकाल्न लागेको लाइभ सीडी नै हो। great minds think alike भनेको यही होला हगि?

पाईँहरूको linux सम्बन्धी छलफल उपयोगी लाग्यो।
 
Posted on 12-06-05 8:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के लेख्या हो केदार जी त्यस्तो ? क्यै बुझ्या भे मार्दिम ल। गुरुले नै त्यस्तो लेख्न थाले'सि
हाम्ले क्यार्नि हो त नि।

:-)
-भउते
 
Posted on 12-06-05 9:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तो गुरुहरुको भाशा हो, भाऊते कैला।
चाईन्जो, जो'प्येतै ले लेख्नु र बुज्नु थालो भुने, तोलाईनै गुरु भुने भै गो नि। बरु, हाम्लेनि यसो ध्यान श्यान गरे हाम्रा केदार गुरुको लेख बुझ्न सकन्थोकि कुन्नि।

केदार गुरुकाँ कोचिङ किसाल जानु परो; गाँमं भरिका तन्नेरी कन्याहरु नि तै आऊछन् अरे।
 
Posted on 12-06-05 9:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो केदार ब्रो ले के के लेख्छन नि? पैले पैले त नेपालि लेख्दा पढ्न गारो हुन्थो, आजकाल त, मेरो कम्पुटर फिक्स
भयो अनि पढ्छु । आबो यो केदार बो़ ले नया युनिकोड त निकालेनन्? बल्ल बल्ल यो चैं फिगर आउट गर्दै थिएँ,
परेन फसाद?

-राते
 
Posted on 12-06-05 9:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यसो रेछ केदारजीको धागो

श्री५ लाई धन्यवाद, निकै उपयोगी लाग्यो तपाईको कुरा


इन्कोडिङलाई यूटीएफ ८ बनाउँदा यसो देखो मैले कदारजीको धागो

श्री ५ र मानचित्र जी,
तपाईँहरूले भन्नु भए जस्तै मदन पुरस्कारले निकाल्न लागेको लाइभ सीडी नै हो। great minds think alike भनेको यही होला हगि?

पाईँहरूको linux सम्बन्धी छलफल उपयोगी लाग्यो।
 
Posted on 12-06-05 9:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यसो रेछ केदारजीको धागो

श्री५ लाई धन्यवाद, निकै उपयोगी लाग्यो तपाईको कुरा


इन्कोडिङलाई यूटीएफ ८ बनाउँदा यसो देखो मैले कदारजीको धागो

श्री ५ र मानचित्र जी,
तपाईँहरूले भन्नु भए जस्तै मदन पुरस्कारले निकाल्न लागेको लाइभ सीडी नै हो। great minds think alike भनेको यही होला हगि?

पाईँहरूको linux सम्बन्धी छलफल उपयोगी लाग्यो।
 
Posted on 12-06-05 9:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

श्री५ सँग अर्को कुरो पनि सोध्न मन लाग्यो मलाई। मैले केहि दिन अघि SuSE9.3 install गरेको थिए तर त्यसमा मैले नेपाली किबोर्ड इनपुट सिस्टम राख्न जानिन, तपाईको विद्वता राखिदिनु भए म आभारी हुने थिए।

सिमलिन
 
Posted on 12-06-05 10:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन यो नेपाली भन्दा भन्दै कुरो कतातिर गाको?
अब गइसकेपछि म पनि भन्दिम् न।
मैले केहि अगाडि knoppix भन्ने चलाएको थिएँ, यो Unix in CD हो त्यो live cd जस्तै।
मजाको छ त्यो पनि।
तर computer क्षेत्र देखि वाक्क लागेर अहिले त खालि ईमेल र अरु खत्र्याक खुत्रुक कुरालाइ XP ले नै काम दि राछ। linux, unix न छोको नि बर्सौँ भएछ।
 
Posted on 12-06-05 11:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केदार जी र "नेपालिनक्स" बनाम्नी गाम्ले हुरलाई धेरै धेरै धन्यवाद, बधाई, अनि शुभकामना पनि छ है ।
तपाईहरुले नेपालकै विकासमा ठूलो योगदान दिँदै हुनुहुन्छ, हाम्रो धेरै धेरै प्रशंसा छ ।

symlyn जी,
तपैँले जो तेस्तो प्रश्न सोध्न त भएन नि मलाई, मैले पेन्गुईनवाला- केडिई डेक्सटप नेपालीमा नै छापेको चईनी यही
साझाँ नदेखेको हो र, अझ मैले त symlyn भनेको symlink होला भनेर अर्थ लगाको, के कुरा अर्नु भओ यस्तो ;)

खाँटी कुरो चईनी के भने मैले पनि त्यो सुजीको हलुवा भने खासै खाको छैन, तर "look and feel" ले गर्दा र
त्यसको live cd पनि भएको हुनाले विन्डोजबाट जानेहरुलाई learning curve flat होओस तथा NOVELL
स्थापित नाम पनि भएकोले SUSE सिफारिश गरेको हुँ । फेरि त्यसमा MONO पनि बनिबनाउ आउने हुनाले
विन्डोजका .NET programs पनि सजिलै चल्ने हुनाले मैले त्यो सुझाएको । म आफै भने FC4 प्रयोग गर्छु र
केही समय पहिले मैले साझामा नै यही font वाला प्रश्न सोधेको थिएँ । arch119 ज्यूले एउटा rpm (?) को सुझाब दिनु
भएको थियो तर त्यसले पनि काम गरेन, तर मेरो box 64-bit को भएकोले मैले तेही कारणले होला भनेर
छाडिदिएँ । नेपाली प्रयोग गर्न परे म चाहि "हिंदी" लोकाले बाट छिर्छु र यूनिकोड लगायत सबै चीज मजाले चल्छ ।

गाम्लेहुरलाई एउटा सानो जानकारी गराईहालम,
लिनक्स प्रति समर्पित गुगलको आफ्नै साईट छ जसवाट सर्च गरे लिनक्सकै कुरा मात्रै भेटिन्छ ।
www.google.com/linux

कुरै कुरामा नि, गुगल आफै पनि पिसि कम्प्यूटरको लिनक्स क्लस्टरमा चल्दछ (ठुलो मेनफ्रेमबाट होईन), मेरो जानकारी मा
भए सम्म क्यानाडाको गुगलको लिनक्स क्लस्टरमा PII देखि PIV गरेर जम्मा 700 वटा PC छन् रे ।

Keep rolling...
 
Posted on 12-06-05 11:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई पनि लिनक्स राख्न मन थ्यो । तर सब ले डाउनलोड गर भने, तर कहाँ बाट गर्ने भनेनन् । कोसैलाई थाहा
छ भने भन्नु न हौ । मलाई नि राख्न मन थियो । पैसा चै तिर्न मन पटक्कै छैन नि लौ ।

- राते
 
Posted on 12-06-05 11:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रातेले चईनी येसो मास्थिर फर्केर सेतो ब्याकग्राउण्डमा अँग्रेजीका काला काला साँवा अक्षरले लेखेको कुरा राम्ररी पढ्नु भएन
जस्तो लागो केरे मलाई त । मैले लेखेको थिएँ नि, हरेक प्रकार र परिकारका लिनक्स चईनी फोकटाँ पाईनी ठाम,

- http://www.linuxiso.org/

त्यँहा A-Z लिस्टो नै छ ।

र लिनक्स लगायत विन्डोजलाई पनि काम लाग्नी दसौँ हजार "ओपन सोर्स " सफ्टवेयर फोकटाँ पाईनी ठाम,
- http://sourceforge.net/

त्यँहा "project" मा हेर्नुहोस ।

Keep rolling...
 
Posted on 12-06-05 11:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एउटा कुरो नि, Intel Pentium Series processors को लागि लिँदाखेरि,

i386 version को ".iso" हरु

प्रयोग गरम है ।


सँधै जसो Product को website मा गए अझ ताजा version पाईन सकिन्छ । (जस्तो SUSE कै भनम न )

Keep rolling...
 
Posted on 12-07-05 3:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

श्री५, विगतमा मैले पोष्ट गरेको फोटु सम्झि राख्नु भएको रैछ, खुशी लाग्यो। त्यो कुनै जमानामा नेपालीटाइम्समा छापिएको फोटो थियो। साझावासीको मुड फ्रेस गराउन त्यो फोटो पोष्ट गरेको थिए। त्यो तस्वीर त छवी डिजाइनर द्वारा तयार पारिएको थियो क्या रे। त्यस बेला नेपालीमा कुनै पनि डिस्ट्रो वा ओएस बनिसकेको थिएन। तर अब भने साच्चिकै नेपाली डिस्ट्रो र ओएस आउने भयो।

सबैलाई वधाई छ।
 
Posted on 12-07-05 5:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले सुने अनुसार linux को Debian भन्ने धेरै सजिलो छ रे
यसले dvd जलाउने आदि इत्यादि पनि support गर्छ
winXp बाट त्यसमा गए हुन्छ शुरुमा।

सानो चाहिन्छ भने Gnoppix धेरै राम्रो छ
शुरुवातमा त्यसबाट गर्दा हुन्छ, सानो पनि छ, एउटा सिडिमा अट्छ।
यहाँ बाट झारौँ ;-)
- ftp://ftp.hosteurope.de/mirror/www.gnoppix.org/gnoppix-stable-i386.iso
 
Posted on 12-07-05 5:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

होइन!! मुइले लिनक्स कैले चलाको छैन । सब लिनक्स एउटै होला, विन्डोज को जस्तै भन्या त, कति थरि रैछन नि गाठें । मान्छे को एक्सपिरिएन्स हेरि हेरि छन् कि क हो? मलाई कुन ठिक होला? म त 'न्युबि' परे है , केहि
थाहा छैन । कुन चैं तानुम?

- रातो भाले क्वां क्वां हेहेहे :-)
 
Posted on 12-07-05 5:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आउन थालेको नेपालीनक्स पनि डेबियनमा आधारित छ रे। हुन त उबुन्टु लिनक्स पनि साह्रै सरल र राम्रो छ भन्ने सुनेको छु। तर मलाई भने सुसे लिनक्सको मोहनी लागेको छ, इन्टरफेसको वयान गरेर सकिदैन।

अब भने मेरो विचारमा लिनक्स कुराकानीको निम्ति नयाँ धागो शुरु गर्नु पर्ला जस्तो छ।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
NRN card pros and cons?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
अमेरिकामा छोरा हराएको सूचना
TPS Re-registration case still pending ..
nrn citizenship
Breathe in. Breathe out.
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Sajha has turned into MAGATs nest
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
Send Parcels from USA to Nepal & Worldwide.
TPS Work Permit/How long your took?
Why is every youths leaving Nepal? Why are not youths entering politics and serving the country, starting business etc?
Travelling to Nepal - TPS AP- PASSPORT
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters